पछिल्लो बाहिरी पृष्ठबाट लगनशील, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ- सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति बाधक ! कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाको ऐना त देखाउँछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुऱ्याउनेछ । र बनाउनेछ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । कोइरालाले अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्तताबीच जेजति गर्न सके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ- भगवान (कोइराला), सलाम !
अपरेसन थिएटर बाहिरको कथा बाह हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए । सातै प्रदेशमा अस्पताल निर्माणको खाका कोरेका कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरू गरिसकेको छ । तपाईंले खरिद गर्नुभएको यस पुस्तकबाट प्राप्त हुने लेखकस्वको ५० प्रतिशत अस्पताल निर्माण अभियानलाई जानेछ ।
Dr. Bhagwan Koirala's autobiographical memoir, "Hridaya," offers an inspiring account of his remarkable journey from a rural Palpa village to becoming Nepal's preeminent cardiologist. Chronicling his transformation, the book delves into his childhood, academic challenges, and unwavering commitment to learning and serving the people. As a pioneer in open-heart surgery and an influential figure in healthcare management, Dr. Koirala's experiences at Gangalal Hospital and Teaching Hospital showcase his dedication to reform and patient care. The narrative provides valuable insights into healthcare reform, policy-making, and the challenges faced in Nepal's medical landscape. Dr. Koirala's vision for the Kathmandu Institute of Child Health (KIOCH) reflects his enduring commitment to providing top-notch medical care for Nepali children. The book is a compelling blend of personal reflections, professional achievements, and a call for positive change in Nepal's healthcare system.
It is one of the best professional autobiographies I have read so far. Dr. Koirala is inspiring and has a very vibrant personality. I like how he has presented the medical case studies in such a simplified manner. Also, I admired his presentation of very important events in such a lively manner. I felt as if I was in an operation theatre with Dr. Koirala witnessing the complicated surgeries. It's very moving and full of professionalism. A genuinely nice read.
इमान्दार, लगनशिल, मेहनती र आफ्नो काममा दक्ष डा. कोइरालाले यो आत्मकथामा आफ्नो जीवनलाई सर्सर्ती उतार्ने प्रयास गरेका छन् । नेपालमा मुटु शल्यक्रियामा विशेष योगदान दिएका तथा चिकित्सा क्षेत्रका मुशल व्यवस्थापन डा. कोइराला असल हृदयका साथ असल कर्म गर्नेका लागि प्रेरणादायी व्यक्तित्व हुन् ।
A doctor's journey from a village of Palpa to being one of the renowned cardiothoracic surgeons of Nepal. His journey inspires people to believe in hard work and humanity.