Jump to ratings and reviews

उलार [Ular]

93 pages, Paperback

First published January 1, 2012

Loading...
Loading...

About the author

Nayan Raj Pandey

11 books80 followers
Nayan Raj Pandey (Nepali: नयनराज पाण्डे) is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, in a figurative style

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
110 (41%)
4 stars
107 (40%)
3 stars
36 (13%)
2 stars
9 (3%)
1 star
2 (<1%)
Displaying 1 - 30 of 35 reviews
Profile Image for Anshu Sharma.
344 reviews68 followers
January 12, 2019
छोटो, मिठो र एकदम सशक्त किताब।किताब पढी सिद्धौन कति नि बेर लागेन तर किताबको पात्र हरुको छाप चाई धेरै नै बेर सम्म बसिरह्यो।तराईको कथा र व्यथालाई लेखकले धेरै शब्द प्रयोग नगरी जसरि उठाएका छन्, त्यसले मेरो मन छोएको छ। जे होस् अब नयनराज पाण्डेका अरु किताब पनि खोजेर पढ्छु भन्ने विचार गरेकी छु ।
Profile Image for Benjana Basnet.
122 reviews3 followers
July 30, 2025
छोटो, गहिरो, भावपूर्ण।
Profile Image for Sundar  Parajuli.
94 reviews5 followers
March 13, 2026
“उलार” केवल उपन्यास होइन, यो जीवनको साँचो प्रतिबिम्ब हो। छोटो, मिठो र सशक्त, जसले कम शब्दमा ठूलो कथा सुनाउँछ।
उपन्यासमा (प्रेमललवा, द्रौपदी र वसन्ती) पात्रहरू मार्मिक र हृदयस्पर्शी छन्। उनीहरूको जीवनले हामीलाई सोध्छ, सपना र वास्तविकता बीचको दूरी कति ठूलो छ। राजनीतिले उनीहरूको साधारण जीवनमा पार्ने प्रभाव हेर्दा, मनमा एउटै प्रतिक्रिया आउँछ: राजनीति अनि त्यसमा लागेका साला चोरहरू..........
साना उपकथाहरू नहुँदा पनि, प्रेम, पीडा, संघर्ष र अन्यायको भावहरू यस पुस्तकमा स्पष्ट देखिन्छन्। उलार केवल कथा होइन, यो एक मर्मस्पर्शी अनुभव हो, जसले पढ्नेलाई सोच्न बाध्य पार्छ।

“उलार”ले हामीलाई साधारण जीवनको असाधारण संवेदनशीलता र सामाजिक यथार्थ सम्झाउँछ। छोटो भए पनि, उलार नेपाली साहित्यको एक अमूल्य रचना हो, जसको भाव र संदेश सधैं जीवित रहन्छ।
7 reviews
June 18, 2021
अन्तरीक्षबाट पृथ्वीलाई हेर्दा कति शान्त अनि सुन्दर देखिएला | अलिक नक्सामा जुम गरेर हेरौ | घरहरु, खोला नाला आदि इत्यादी देखिएला | शान्त | चुपचाप | तर ती घरहरु भित्र रहेका हरेक पात्रहरुमा आ-आफ्नै जीवनको हुरी, वतास, वाढी चलेको हुन्छ | कसैले 'सिर्र' चल्ने बेगको मजा लिइरहेका हुन्छन् | कसैकोमा 'टोर्नेड़ो' | कसैले खाबामा च्याप्प ज्यानलाई कसेर होस या कसैले कसरि, जीवन बचाउछन, र खुलेको आकाशको अनुभूति गर्छन | तर कोहि मडारिएको बादलमा विलिन हुन्छन् | यस्ता अनेकौ जीवनको एउटा प्रतिनिधि पात्र हो 'प्रेमललव' र सँगै जोडिएका यद्दपी भिन्न जीवन भोगिरहेका 'द्रौपदी', 'कलवा' आदि | जो जीवनरुपी टाँगाको 'उलार'मा वतास पछिको सुर्यको किरण खोज्न दौडदै छन् |
Profile Image for Pallavi Dhakal.
58 reviews51 followers
June 21, 2013
पढ्दा 'लू' को सम्झना आयो.. राति हामी चार साथीहरु मिलिजुली एक एक वटा प्याराग्राफ इमोसनका साथ हरेक शब्द उच्चारण गरी आधा किताब सक्यौ | रमाइलो भयो | कथा नी राम्रो लाग्यो | पछिको आधा अंश आफै पढे.. छोटो मिठो कथा.. राजनीतिको नराम्रो अनुहार र एउटा गरिबको पीडा, लाचारीपन अनि शोषित जीवन रामरी दर्शाएका छन् पाण्डे ले |
मोटो किताब नभएका कारण सजिलै केहि बेरमै सकिन्छ | कथा नी राम्रो छ |
Profile Image for Bhaskar Dhakal.
22 reviews12 followers
March 18, 2015
So many things explained in one small book. Has to be one of the greatest books written in Nepali.
Profile Image for Jaiseri.
206 reviews16 followers
November 12, 2016
म उलार (थारुहरुले उल्लार भन्छन्) शब्दसँग सानै देखि परिचित थिएँ । सानामा विद्यालयबाट फर्कने क्रममा कहिलेकाहिँ बाटामा लडिया (बयलगाडा) भेटिन्थे । हामी लडिया चढ्ने रहरले त्यसका पछिल्तिर झुण्डिन्थ्यौँ । लडिया खाली भएको बेला र चालक असल परेको बेला मात्र बस्न पाउँथ्यौँ । अनि भरिएको बेलामा या धेरैजाना चढ्न खोज्दा ‘उल्लार हुइहे’(उल्लार हुन्छ) भनेर लडिया चालकले हप्काउँथ्यो । लडियाको पछिल्तिर बढि भार हुँदा अघिल्तिरको भाग उचालिन्थ्यो र त्यस्तै परे गोरुहरु झुण्डिन पुग्थे । अनाहकमा गोरुकालागी बोझ बढाउन चालक चाहन्नथे । त्यसैले उलार जाने भएपनि नजाने भएपनि कतिपयले ‘उल्लार हुइहे’ भनेर धपाउँथे । लडिया चालकको हातमा एउटा चाबुक हुन्थ्यो । सिमेन्टका कट्टा(बोरा) च्यातेर बनाएको डोरीलाई एकछेउ लट्ठीमा बाँधी अर्को छेउमा गाँठो पारिएको हुन्थ्यो । कहिले काहिँ भनेको नमान्दा तर्साउनको लागी लडिया चालकले पहियामा हिर्काउँथे । ‘स्वाँट्ट ...’, आवाज मात्रैले पनि सातो लिन्थ्यो । गोरु या राँगालाई हानेको दृष्यको सम्झना र आवाज मिसिँदा मन एकदम आतंकित हुन्थ्यो । कहिले भने गोरुको पुच्छर मुन्तिर लट्ठी कोचेर लडिया द्रुत गतिमा अघि बढाउँथे ।
लडियाहरुसँग अभ्यस्त भएको भएपनि टाँगासँग उस्तो बलियो साइनो छैन । टाँगा प्राय महेन्द्रनगरमा(कञ्चनपुर जिल्ला) भारतीयहरुले चलाउँछन् । टाँगाहरु विशेष गरी बनबासा–महेन्द्रनगर जोड्ने बाटामा बढि चल्छन् । ती टाँगामा धेरै नेपालीहरु लुटिने र हेपिने गर्छन । कहिले काहिँ धनगढीका बजारमा पनि टाँगा गुड्दा मान्छेहरु खुब चाख लिएर हेर्थे । टाँगा जस्तै तर गोरु या राँगाले तान्ने लडिया (बयल गाडा) भने धनगढी र आसपासका गाउँमा धेरै प्रयोगमा आउँथ्यो । अचेल ट्रयाक्टरले तिनलाई विस्थापित गर्दैछन् ।
‘लू’मा इलैया, करिम, नुसरत, टुटे पण्डित लगायतकाको कथा पढेदेखि नयनराज पाण्डेलाई मैले मनपर्ने नेपाली लेखकको सूचीमा अग्रस्थानमा राखेको थिएँ । कैलालीमा जीवनका १८ वर्ष गुजारेकाले नेपालगञ्ज(बाँके)को कथा प्रति ‘लू’ पढ्दा नै एक प्रकारको आपनत्व महसुस गरेको थिएँ । त्यसैबेला देखि पाठकहरुको सिफारिस अनुसार पाण्डेका अन्य पुस्तकहरु पढ्ने निधो गरेको थिएँ । त्यसैले यसपाली नेपालबाट मगाएरै भएपनि ‘उलार’ पढियो । आएका पुस्तक मध्ये सबै भन्दा सानो भएकोले पनि पहिले ‘उलार’ नै पढेर सकेँ ।
साझाको निलो बसबाट ओर्लिएको मधेसीलाई चिया पसलेले दूध उम्लेर पोखिएको झोकमा पुल्चोक इजार मुन्तिर छ भनेर देखाउँदा घटनाका प्रत्यक्ष दर्शी तथा उपन्यासका लेखकको मन उलार हुन्छ । त्यसै मानसिक उलारले यो लघु उपन्यास लेख्ने प्रेरणा दिन्छ ।
उपन्यासमा टाँगा चालक प्रेमललवाको गरी खाने मेसो टाँगा उलार हुँदा उसका जीवनमै उलार जान्छ । त्यसै उलारले उसलाई राजधानी पु¥याउँछ, अनेक हण्डर खुवाउँछ र दोश्रो पटक विस्थापित बनाउँछ । प्रेमललवाको नेताहरुप्रतिको वफादारिता अनि नेताहरुले उनीहरुमाथि गरेको ठट्टा पढ्दा राजनीतिको जाँतोमा गरीवहरु कसरी पिल्सिएका छन् भनेर बुझ्न सकिन्छ । हरेक सानातिना कामका लागी राजधानी आउनुपर्ने बाध्यताले मोफसलका गरीबहरुलाई कतिसम्म मार्कामा पारेको छ भन्ने तर्फ पनि उपन्यासले प्रकास पारेको छ । प्रेमललवालाई काठमाडौँ जान सहयोग गर्ने नगरबधु(वेश्या) द्रौपदी र प्रेमललवाको प्रेमले समाजका नियमहरुलाई चुनौति दिएको छ । कथाभरी संघर्ष र दुःख भएपनि अन्त्य÷सपनामा एउटा आशामा गएर कथा टुङ्गिएको छ । उपन्यासका पात्रका चरित्रहरु परिवर्तनशील छन् । केही नैतिक रुपमा एकदमै तल खसेका पात्रहरु पनि छन् ।
उपन्यासको आकार सानो भएकाले धेरै उपकथाहरु अटाएका छैनन् । उपन्यासको लागी श्यामलले लेखेको भूमिका र लेखक स्वयंको बीस वर्षे विशेषांकका लागी लेखिएको कुराहरुलाई नजोड्ने हो भने उपन्यास ६८ पानाको छ । ‘लू’ नपढेकाले उलार पढेर ‘लू’ पढ्दा बढि मजा आउँछ । नत्र ‘लू’ पढेपछि लेखकप्रतिको अपेक्षा नै यति माथि पुग्छ कि अन्य कृतिले त्यसलाई भेट्नै सक्दैन । उलार पढ्दा तराईंका धेरै कुराहरु बुझिन्छ र त्यसले ‘लू’ बुझ्न समेत मद्दत गर्छ ।
नेपालगञ्जका धेरै ठाउँहरुको नाम त पढियो तर ती कता पर्छन भन्ने नक्सा कहिल्यै कोर्न सकिएन । उपन्यासमा एक पानामा कथाको भूगोल पनि कोरिएको भए सबै पाठकका लागी सजिलो हुन्थ्यो होला । केही मधेसका ठेट शब्दहरुको अर्थ समेत खोलिएको भए मधेससँग खासै नजिकको नाता नभएका अन्य समुदायका पाठकका लागी समेत बुझ्न सजिलो हुन्थ्यो । ‘लू’ र ‘उलार’ दुबैमा हिन्दु–मुस्लिम दंगाका प्रसंगहरु छन् । नेपालको इतिहाँसमा इराकमा बाह्र जना नेपाली मारिएको समयमा बाहेक अन्य समयमा कहिं कतै त्यस्तो दंगा भएको याद छैन । त्यसबेला पनि मुसलमानहरुमाथि एकतर्फी आक्रमण भएको थियो । त्यसैले नेपाली समाजको कथामा धार्मिक दंगा समेटिनु कत्तिको उचित छ भन्ने प्रश्न उपन्यासले जन्माउँछ ।
यी सामान्य कमीका बाबजुद उपन्यास पठनीय छ । उपन्यासमा मध्यपश्चिमको तराईको कथा समेटिनुले पाठकलाई नयाँ स्वाद त दिन्छ नै साथसाथै यसले मधेस र नेपालको अन्य समुदाय जोड्ने पुलको काम समेत गर्छ । उपन्यास पढिसकेपछि मधेसका पात्रहरुसँग एक किसिमको भावनात्मक सामिप्यता बढ्छ । सानो आकारको भएकोले पढ्न खासै समय लाग्दैन । पाण्डेको लेखनी राम्रो लाग्नुको पछि उनी घटना पस्कन्छन् र त्यसप्रति दुःख मनाउ गर्ने या खुशी हुने जिम्मा पाठकमा छोड्छन् । उलारमा पनि त्यसले निरन्तरता पाएको छ ।
Profile Image for Ray Kha.
157 reviews5 followers
August 21, 2021
….
“कहिलेकाहीं आफ्नै जिन्दगी उलार झैं लाग्छ।”
⚖️
यो पुस्तक मैले अक्षर चिन्नु अघि नै लेखिएको हो। कोही व्यक्तीले यति विघ्न गहकीलो, गर्हौं, र गहिरो भावका साथ यस्तो गम्भिर विषयवस्तुको बारेमा जम्मा-जम्मी ९० पानामा पाठकलाई स्तब्ध पार्ने गरी लेख्न सक्छन् भने सायद उनी नयन राज पाण्डे नै हुन्।
🙏🏽
क्लब हाउसमा @maninthekitchenले उलारका विषयमा नभनिदिएका भए, फेस्बुकमा @mohitjoshiले उलारको समिक्षा नगरिदिएका भए र मेरो मिल्ने साथीको मामाको छोरो, रन्जीत तिवारीको छोरोले,”दिदी, लू पढ्नु न।” नभनि दिएका मए म नयन राज पाण्डेको कृति बारे अनभिज्ञ रहने थिएँ। त्यसकारण सबैमा आभारी छु।
📖
उलारको प्रेमललवा, द्रौपदी र वसन्तीको कथा मार्मीक अनि ह्रृदय स्पर्शी छ। राजनीति पक्कै आफैंमा नराम्रो होइन तर सोझो प्रेमललवाको जीवनमा राजनीतिले पारेको असर हेर्दा चाहीं सांच्चै, “छ्या! राजनीति अनि त्यसमा लागेका साला चोरहरू” भन्न मन लाग्छ।
👣
जिन्दगी त अघि बढ्नु पर्ने हैन र?
मेरो जिन्दगी अघि बढेको छ कि पछि धकेलिएको छ? प्रेमललवाको जस्तै!
🌑
“अश्लिलता कुनै शब्दविशेषमा होइन, अर्थविशेषमा हुन्छ।”
🌑
“राजनीति र हुलको निकै गहिरो सम्बन्ध रहेछ।”
Profile Image for Suresh Badal.
12 reviews1 follower
March 9, 2019
नयनराज पाण्डेद्वारा लिखित यस उपन्यास एक कालजयी नेपाली कृति हो। समयलाई जितेर हरेक कालखण्डमा उतिकै सान्दर्भिक रहनु र हरेक पुस्तालाई उतिकै छुन सक्नु कालजयी कृतिको विशेषता हो। यस मानेमा उलार प्रकाशनको बिस वर्षपछि पनि भर्खरको, फ्रेश कथा लाग्दछ। आकारमा सानो भएता पनि यस उपन्यासले बिकाउ राजनिती र त्यस राजनितीले सोझा जनताहरूप्रति गरेको अत्याचारको बृहत कथा बोल्दछ। तराई भुभाग, काठमाण्डु र मधेशी पात्रहरूको सेरोफेरोमा घुम्ने कथाको अन्त्य एकदम सटिक छ। पात्रहरू जिवन्त छन्। संवादहरू उतिकै सशक्त छन्। मधेशी लवजका मिहिन चित्रसहितका संवादहरूले पाठकलाई किताब पढेको हैन, घटनाहरूलाई प्रत्यक्ष देखेको भान दिलाउँछ। कसरी थोरै शब्दमा फराकिलो कथा भन्न सकिन्छ। र कसरी सरल भाषामा कठोर अभिव्यक्ति दिन सकिन्छ भनेर लेखनमा रूचि हुनेले त नपढी नहुने पुस्तक नै हो उलार।
Profile Image for Saurav.
32 reviews30 followers
August 28, 2019
नेपाली समाजको एक अतिनै उत्पीडित वर्गको वास्तविक चित्रण गरेर लेखकले हामी पाठक हरुमाज यस कृति प्रस्तुत गरिदिनुभएकोमा लेखकलाई धन्यवाद दिन चाहन्छु। लेखिएको २०/२५ वर्ष भइसक्दा पनि हाम्रो समाज मा अहिले पनि यो उपन्यास उत्तिकै महत्व राख्दछ। उक्त कुरा विचार गर्दा हामीले यत्रो समयमा हाम्रो समाज लाई कुन दिशा तिर मोड्यौ भनेर आफैलाई प्रश्न गर्न यस उपन्यास ले बाध्य गरिदिन्छ। समाज का विभिन्न वर्ग हरुबिचको खाडल अझैपनि व्याप्त अथवा फराकिलो हुँदैआएको महसुस हुन्छ। दण्डहीनता, अन्याय र दमन जता ततै व्याप्त छ, आम जनतालाई आफ्नै उपज मानिएको स्वतन्त्रताको आयतन दिन दिनै कसिदै आएको देखिन्छ। भ्रष्टाचार उदाङ्गो हुँदैछ र जनप्रतिनिधिहरूको सुबिधा प्रतिको मोहले सीमा नागिरहेको अवस्थामा हामीमाझ यस्तै लेख र रचनाको टड्कारो खटेको देखिन्छ।
Profile Image for Nascent.
108 reviews2 followers
Read
September 3, 2025
तर, उलारमा आएर मलाई आफू समाजसित, समाजका समस्याहरुसित र समस्या निर्माण गर्ने समाजभित्रका अवयवहरुका बारेमा अलिक बढी सचेत र जानकार हुन पुगेको हो कि भन्ने आभास हुन्छ । हामीले बेहोरिरहेको फोहर राजनीति,त्यसले आम मान्छेमा पारेको प्रभाव मधेशी चरित्र र मधेशको परिवेश मार्फत् ‘उलार’मा अभिब्यक्त भएका छन् । मभित्र मेरो समाज र समाजभित्रको विसंगत राजनीतिलाई हेर्ने दृष्टिचेत भने २०४६ सालको राजनीतिक परिवर्तन र त्यस आसपासका गतिविधिकै कारण आएको हो । उलारसम्म आउँदा त्यो दृष्टिचेत केही बढ्ता सफा भएको हुनुपर्छ । ठोसरुपले भन्दा उलार मेरो लेखनप्रवृत्तिको टर्निंग प्वाइन्ट पनि हो ।

उलार लेखनको बीस वर्ष हुँदा मेरा मनभित्र एउटा बलियो प्रश्न जन्मिएको छ । उलार कसरी मेरो उपन्यास लेखनको विषय भयो ? यो प्रश्नको जवाफ मैले अरुबाट पाउँदिन । मैले मेरै अन्तर्मनलाई सोध्ने र त्यसैले जवाफ दिने प्रश्न हो यो । हरेक सचेत लेखकले बेलाबेलामा आफैँसित यो प्रश्न गर्छजस्तो मलाई लाग्छ । लेखकले हावामा विषय चयन गर्दैन । उसका विषय चयनका केही निश्चित आधार अवश्यै हुन्छन् । लेखकको आफ्नो भूगोल अनि समाजसितको जुडाव, उसको अध्ययनको परिपाटी, उसको निजी आनीबानी र संस्कार, उसको आफ्नो परिवार र समाजका विविधपात्रहरुसितको संगत र सहकार्य, उसले आफू बसेको समाजले बेहोरिरहेको आर्थिक, साँस्कृतिक र राजनीतिक गतिविधि, त्यसमा उसको सचेतता र सहभागिताजस्ता कुराबाट लेखकका लागि उसको लेखनका प्राथमिकताहरुको निर्धारण हुन्छन् । लेखन त्यसैले सामाजिक प्रतिवद्धता पनि हो । मेरो समाजसित चेतन या अवचेतनमा मैले गरेका संवाद, मैले राखेका अपेक्षा र मैले गरेका वाचाहरु नै मेरो लेखनमा प्रतिविम्बित हुने रहेछन् । उलार सायद त्यसैले मेरो लेखनको विषय बन्न आइपुगेको हो ।

- नयनराज पाण्डे
Profile Image for Rusha Thapa.
200 reviews1 follower
August 12, 2026

सानो पुस्तक, तर मनमा धेरै बेरसम्म बसिरहने कथा। उलार ले गरिबी, अभाव, सामाजिक असमानता, राजनीति र आम मानिसको संघर्षलाई निकै सरल तर गहिरो तरिकाले प्रस्तुत गरेको छ।

कथा पढ्दै गर्दा लाग्छ समय फेरिए पनि हाम्रो समाजका केही समस्याहरू खासै फेरिएका रहेनछन्। नयनराज पाण्डेको सरल, जीवन्त र मानवीय लेखनले पात्रहरूलाई यति नजिक ल्याउँछन् कि पुस्तक सकिएपछि पनि उनीहरू मनमा कतै बाँकी रहन्छन्।
Profile Image for Brija.
167 reviews1 follower
February 5, 2022
Short book with a sad reality of the people living in outskirts of city.
The saddest part is that, it still is a reality of many people even today, after over 25 years of the book's writing. Poor and simple people are still exploited by corrupt politicians.
Profile Image for Sabin Chhetri.
173 reviews7 followers
July 1, 2023
नयनराज पाण्डे को यो छोटो मिठो उपन्यास निकै उम्दा लाग्यो मलाई। कहानी छोटो मिठो छ, पात्रहरु नी धेरै छैन, लेख्ने ढाँचा नी गज्जबको छ।
आख्यानकारले आफूले देखेको फोहोरी राजनीति, गरिबी, मजबुरी, समाजले मान्यता नदिने प्रेम, आदि विषय वस्तुलाई आधार मानेर निक्कै अघि लेखिएको यो उपन्यास औधी राम्रो छ।
Profile Image for Sushil.
83 reviews5 followers
June 18, 2020
छोटो, मिठो, मन छुने, उत्कृष्ट रचना छ। जबै कुनै कुरा थोरै लेखेर पूरा हुन्छ भने लामो ठेलिका ठेली पुस्तक किन लेख्ने। एकै बसाईमा पढि सकिने र फेरि फेरि पढ्न मन लाग्ने पुस्तक हो उलार।
May 7, 2023
छोटो मीठो कथामा बेरिएको हाम्रो समाजको राजनीति र गरीबीको अनन्त सत्य.
Profile Image for Ram Khatri.
Author 6 books6 followers
January 31, 2023
One of my all-time favorite books in Nepali literature!
Profile Image for BJ.
58 reviews1 follower
February 25, 2017
It was the first encounter with NayanRaj Pandey. I have read it more than 3 times in a single day.

Profile Image for Kisan Thapa.
6 reviews
November 2, 2019
कथाबस्तु पढ्दा छोटो भएपनि, त्यसले उठाएका मुद्दाहरु एकदमै ठुला छन् | छोटो कथाबस्तुमा पनि यत्ति ठुलो मुद्दा उठाएर लेखक नयन राज पाण्डे एक नया आयाम थपेका छन् | उलार धेरै पहिले लेखिएको उपन्यास भए त्यसमा देखाइएको कथाबस्तु आजको समाज भन्दा कति पनि फरक छैन |
Profile Image for Niraj Shah.
107 reviews5 followers
February 17, 2014
A very short novel beautifully written. People living in the southern edge of the country and their lives in the edge. A must read Nepali book.
Displaying 1 - 30 of 35 reviews