What do you think?

गाैरी [Gauri]
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 30 of 32 reviews
February 13, 2019
गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए
मन छुने काव्य

August 31, 2020
So beautifully written! Every chapter in this book had such deep emotions that brought tears into my eyes every time I read it. Written full of love...
September 14, 2013
Gauri brings back so many memories. I read this poem when I was in Grade 6. It was included in our course book, and was added so that we could learn Nepali rhythm. At those times, I read it just for the fun of it, and didn't really understand what it meant at all. And then, some years back, I found this small book in my old drawer and started reading it. It was such a beautiful experience. Written by Madhav Ghimire, it is an extra-ordinary tale about the life and death of his wife. He wrote it in the very day his wife died. A grief ridden story, of innocent love, of lovely children they had, of memories of his wife, it made me cry and it still makes me cry when I read it. It is one of the most beautiful, rhythmic poem ever written in Nepali literature. What makes it extra-ordinary is the feelings of grief embedded on it, which somehow touches my inner soul whenever I read it.
August 18, 2024
[ गौरी - माधवप्रसाद घिमिरे ]
स्कुल हुँदा खेरी सुनेको, सर - मिसले सुन्दर, सरस र सहज तरिकाले वाचन गरेको र पछि आफैँले वाचन सकि नसकी गरेको र भावुक भएको कृति हो गौरी। बिम्ब , यथार्थ, प्रेम, विछोड, भावना, आँसु, शोक अनि साहसको सुन्दर भावनात्मक संयोजन छ यसमा। घिमिरेका हर एक कृतिमा केही न केही विशेष फ्लेवर छ जसले सबै पाठकलाई आकर्षित त गर्छ नै, साथै भावनाको गहिराईमा नै पुर्याइदिन्छन्। कालीदार रचित मेघदुत कृतिमा आएका केही भावनात्मक संवेगात्मक पंक्तिमा पनि यस्तै भावुक रस मिसिएको सरले बताएको याद छ। अहिले पनि यो कृति पढ्दा होस् वा अरुको वाचन होस् अथवा युटुबमा रहेका केही गौरी संबंधि भिडियो होस् -- एउटा छुट्टै तरङ्ग उत्पन्न हुन्छ।
जुन हरफ\ पंक्ति पनि निकै सुन्दर अनि हृदयमा करुण रस प्रवाह गर्न सफल हुने के यस कृतिका। अनि जतिपटक दोहोर्याएर तेहर्याएर पढ्दा उस्तै तृप्त अनुभुति हुने र भावुकताको गहिराईमा चुर्लुम्मै डुबिने के।
" गौरीका बारेमा कविवर माधवप्रसाद घिमिरेले २०६५ सालमा ब्रिटिस–गोर्खा कलेज, बाँसबारीको एक काव्यिक मञ्चबाट भनेका थिए, ‘गौरी मेरो जीवनको वास्तविकता हो। आफ्ना जीवनका सबै वास्तविकतालाई दुरुस्त लेख्न सकिँदैन, लेखिए पनि त्यो निकै कठिन हुँदोरहेछ। म आँसुको दहमा डुबेका बेला साथीहरू र शुभचिन्तकले त्यो दर्द लेख्न सुझाए, मैले त्यसै गरेँ। लेख्दा मनको दुःख कम भएर हो, वा समयले नअह्राएर हो, मैले यसलाई त्यति सहजसँग फेरिफेरि छोइरहन र फुकाइरहन सकिनँ। प्रकाशित गर्ने पनि कुनै योजना थिएन, तर केही वर्ष बितेपछि यो रचनामार्फत गौरी अमर हुनेछिन् भनेर तिनै शुभचिन्तकले प्रकाशनका निम्ति सुझाए। यो भयो पनि। अहिले सोच्छु, प्रकाशन गरेर मैले गौरीलाई अमर बनाएँ कि मलाई गौरीले अमर बनायो !’"
मलाई मन परेका केही पंक्तिहरु :-
- छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे
फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ
- गौरी
- हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाई खालि मुखमा केही पनि बोल्दिन
...
आमालाई रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
...
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
- मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौआमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौआफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियोके थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
- यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयोयौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियोसाँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँवैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
- कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ हैसम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ हैखोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनिसम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
- छाडीद्यूँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा
हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आफ्नै व्यथा
यो दुखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे
फेरि जीवन पाइँदैन, प्रियको सामू क्षमा माग है ।
- साँच्चै; आफ्नो व्यक्तिगत शोक - रोग - बिरोध - अवरोध - समर्थन - प्रेम आदि अनेकन् भावनालाई कति शानदार अनि सुन्दर तरिकाले अक्षरमा लिप्यांतरण गर्न माहिर छन् कविका कलम। 😍🤩😍🤩
आज उनै उज्ज्वल नक्षत्र माधव प्र घिमिरे बाजेको पुण्य तिथि ! ! !

August 19, 2020
A poet’s lamentation over the death of his beloved. The verses are rhythmic and beautiful. More importantly, emotions expressed are so authentic that it touches heart instantly, at times it could even damp the eyes. The author’s state of denial, confrontation, and acceptance can be seen to be beautifully portrayed here.
A must read if you love poetry.
-------
Few excerpts (I know a little too many. But loved them all):
यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ ! (1)
छाडीद्युँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा
हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आफ्नै व्यथा
यो दुःखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे
फेरि जीवन पाइँदैन, प्रियको सामू क्षमा माग हे (3)
मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ (4)
छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी
छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी
छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी
छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी (6)
फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू
फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू
हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर
हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर (7)
ती ठट्टा सुखका र फेरि दुःखका सल्लाह हाम्रा गए
ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए
बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि (8)
सम्झायो जति चित्त दुख्छ उति नै सम्झाइ के गर्दछौ
मेरो जो हुनु भैसक्यो अब दया देखाइ के गर्दछौ
केही भन्नु मलाइ मित्र ! छ भने आएर रोऊ बरु
लागेको दिलभित्र घाउ छ भने सम्झेर जाऊ बरु
..
जो छाया पहिले पस्यो नजरमा खुर्केर खुर्किन्न त्यो
जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो
..
छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे (9)
डुब्छिन् सुन्दर इन्द्रिनी पनि जहाँ पानी परी लेकमा
सल्लाको वन यो सुसाउँछ त्यहाँ एक्लै बसी शोकमा
सम्झी रुन्छु म जो हिजो भरखरै माया बसेका दिन
हामी छौँ त्यति नै अनित्य, जति नै छ यो जीवन (11)

Read
February 24, 2013भाका हालेर पढन सकिने मिठो शैलीमा लेखिएको वियोगान्त कबिता पढ्दा धेरै पटक आखा रसाए
February 10, 2026
हुन त मैले यो कृति दोहर्याई, तेहर्याई पढिसकें तर जति जति पल्ट मैले साहस गरेर यस्का पानाहरू पूनः पल्ट्याउॅछु वा कसैले यस्को वाचन गरेको सुन्छु, मेरो मन थप् भक्कानिएर आउॅछ र मेरा ॲाखाबाट अश्रूघारा बग्छ।
कुनै काल्पनिक घटना नभई, राष्ट्रकवि घिमिरेको पत्नी वियोगको पीडा र आमाको निधनपछि पनि आफ्नै दुःख नबुझ्ने उनका छोरीहरूको अबोध अवस्थाको यति सजीव र निर्मम चित्रणले त झन् काव्य पढी सकेको महिनौं सम्म पनि मन चिसो पारिरहन्छ। “ पीठै खानु मिठो बसेर सँगमा– फर्के नि हुन्थ्यो उनी” र “यी रोए पनि दुःख लाग्छ–यिनले सम्झे कि आमा भनी। यी हाँसे पनि सुक्ख छैन–यिनले बिर्से नि आमा भनी” जस्ता हरफले त झन् मुटुमा ब्रह्मास्त्र नै प्रहार गरिदिन्छन्।
राष्ट्रकवि घिमिरेको देहान्तसॅगै यस संसारले असमायिक रूपमा नै छुट्याइएका उनी र उनकी गौरी अब स्वर्गको शान्त आँगनमा कहिल्यै नछुटिने गरी पूनः एकाकार हुनेगरी मिलन होस् भनी ह्रृदयदेखि नै आशा र प्रार्थना गर्दछु। सायद त्यही पूनर्मिलनले मात्र यस काव्यमा पोखिएको असह्य पीडालाई कुनै अर्थपूर्ण शान्तिमा रूपान्तरण गर्न र विश्राम दिन सक्छ होला।
पक्कै पनि
“जानेलाइ छ सुख्ख, आज उसका लेखा यहाँ के छ र
बस्नेलाइ छ पीर, रातदिन नै छन् सम्झना निष्ठुर
केही औषधि भैदिए भुलिदिने, रोएर प्यूने थिएँ
जानेलाइ म बिर्सिएर सुखले हाँसेर ज्यूने थिएँ”

March 12, 2026
मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब
बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब
सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि
भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाँया पनि
छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी
छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी
छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी
छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी

July 19, 2019
Book with intense lines rooted to the love of a beloved wife. Makes you remember your beloved lost ones.
छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे
छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे
November 23, 2017
painful & emotional. Liked it a lot.
June 17, 2019
Mind blowing
July 26, 2019
Love it
Read
September 30, 2020Very emotional
Want to Read
October 15, 2020Gauri
December 5, 2020
Madhav Ghimire's Magnus opus!
Each verse is painful!
Each verse is painful!
May 6, 2021
overwhelming
Read
June 16, 2021Love
January 19, 2022
I enjoy reading this book. it helps me to know the poem style more. it also increases my respect towards Nepali Sahitya more and more.
June 17, 2022
I couldn't see how to read. Can someone help me how can I read this? Thank you!
October 18, 2022
I DON'T KNOW WHAT TO SAY , NOW
I HAVEN'T THE BOOK YET ,
SO , I THINK I WILL GET BACK AFTER READING THE CHAPTERS

November 28, 2022
It's wow
December 29, 2023
मार्मिक, कविको भावना
June 13, 2026
Gauri is a tribute from the writer to his wife. It is a spilled ink pot of grief on paper, guided by a pen. May both of their souls find peace alongside each other.
August 18, 2026
dukha lagyo. the indifference of fate to human love feels unfair. gauri's memory is both a sanctuary and an instrument of torture.
November 15, 2018
A world class elegy!
October 8, 2012
Had not got a chance to go through the complete Gauri. But when I did, it was an awesome experience. Some poems even shed few droplets from the eye corners....No much words, Highly praised !!
March 26, 2013
Every poems are painful..
Every words are awful..
Every words are awful..
Read
August 9, 201574o7885i768jk7ko
Displaying 1 - 30 of 32 reviews