गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे आमा बालककी नमार भगवन् ! संसार भर्ने भए
So beautifully written! Every chapter in this book had such deep emotions that brought tears into my eyes every time I read it. Written full of love...
Gauri brings back so many memories. I read this poem when I was in Grade 6. It was included in our course book, and was added so that we could learn Nepali rhythm. At those times, I read it just for the fun of it, and didn't really understand what it meant at all. And then, some years back, I found this small book in my old drawer and started reading it. It was such a beautiful experience. Written by Madhav Ghimire, it is an extra-ordinary tale about the life and death of his wife. He wrote it in the very day his wife died. A grief ridden story, of innocent love, of lovely children they had, of memories of his wife, it made me cry and it still makes me cry when I read it. It is one of the most beautiful, rhythmic poem ever written in Nepali literature. What makes it extra-ordinary is the feelings of grief embedded on it, which somehow touches my inner soul whenever I read it.
स्कुल हुँदा खेरी सुनेको, सर - मिसले सुन्दर, सरस र सहज तरिकाले वाचन गरेको र पछि आफैँले वाचन सकि नसकी गरेको र भावुक भएको कृति हो गौरी। बिम्ब , यथार्थ, प्रेम, विछोड, भावना, आँसु, शोक अनि साहसको सुन्दर भावनात्मक संयोजन छ यसमा। घिमिरेका हर एक कृतिमा केही न केही विशेष फ्लेवर छ जसले सबै पाठकलाई आकर्षित त गर्छ नै, साथै भावनाको गहिराईमा नै पुर्याइदिन्छन्। कालीदार रचित मेघदुत कृतिमा आएका केही भावनात्मक संवेगात्मक पंक्तिमा पनि यस्तै भावुक रस मिसिएको सरले बताएको याद छ। अहिले पनि यो कृति पढ्दा होस् वा अरुको वाचन होस् अथवा युटुबमा रहेका केही गौरी संबंधि भिडियो होस् -- एउटा छुट्टै तरङ्ग उत्पन्न हुन्छ।
जुन हरफ\ पंक्ति पनि निकै सुन्दर अनि हृदयमा करुण रस प्रवाह गर्न सफल हुने के यस कृतिका। अनि जतिपटक दोहोर्याएर तेहर्याएर पढ्दा उस्तै तृप्त अनुभुति हुने र भावुकताको गहिराईमा चुर्लुम्मै डुबिने के।
" गौरीका बारेमा कविवर माधवप्रसाद घिमिरेले २०६५ सालमा ब्रिटिस–गोर्खा कलेज, बाँसबारीको एक काव्यिक मञ्चबाट भनेका थिए, ‘गौरी मेरो जीवनको वास्तविकता हो। आफ्ना जीवनका सबै वास्तविकतालाई दुरुस्त लेख्न सकिँदैन, लेखिए पनि त्यो निकै कठिन हुँदोरहेछ। म आँसुको दहमा डुबेका बेला साथीहरू र शुभचिन्तकले त्यो दर्द लेख्न सुझाए, मैले त्यसै गरेँ। लेख्दा मनको दुःख कम भएर हो, वा समयले नअह्राएर हो, मैले यसलाई त्यति सहजसँग फेरिफेरि छोइरहन र फुकाइरहन सकिनँ। प्रकाशित गर्ने पनि कुनै योजना थिएन, तर केही वर्ष बितेपछि यो रचनामार्फत गौरी अमर हुनेछिन् भनेर तिनै शुभचिन्तकले प्रकाशनका निम्ति सुझाए। यो भयो पनि। अहिले सोच्छु, प्रकाशन गरेर मैले गौरीलाई अमर बनाएँ कि मलाई गौरीले अमर बनायो !’"
मलाई मन परेका केही पंक्तिहरु :-
- छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन् पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन् सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ
- गौरी
- हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन हेर्छे फेरि मलाई खालि मुखमा केही पनि बोल्दिन ... आमालाई रुँगेर कान्ति दिलको संसार जो घेर्दथी आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी ... यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
- मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौआमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौआफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियोके थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
- यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयोयौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियोसाँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँवैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
- कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ हैसम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ हैखोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनिसम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
- छाडीद्यूँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आफ्नै व्यथा यो दुखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे फेरि जीवन पाइँदैन, प्रियको सामू क्षमा माग है ।
- साँच्चै; आफ्नो व्यक्तिगत शोक - रोग - बिरोध - अवरोध - समर्थन - प्रेम आदि अनेकन् भावनालाई कति शानदार अनि सुन्दर तरिकाले अक्षरमा लिप्यांतरण गर्न माहिर छन् कविका कलम। 😍🤩😍🤩
A poet’s lamentation over the death of his beloved. The verses are rhythmic and beautiful. More importantly, emotions expressed are so authentic that it touches heart instantly, at times it could even damp the eyes. The author’s state of denial, confrontation, and acceptance can be seen to be beautifully portrayed here. A must read if you love poetry. ------- Few excerpts (I know a little too many. But loved them all):
यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ वैरीलाइ समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ ! (1)
छाडीद्युँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आफ्नै व्यथा यो दुःखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे फेरि जीवन पाइँदैन, प्रियको सामू क्षमा माग हे (3)
मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ (4)
छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी (6)
फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर (7)
ती ठट्टा सुखका र फेरि दुःखका सल्लाह हाम्रा गए ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि (8)
सम्झायो जति चित्त दुख्छ उति नै सम्झाइ के गर्दछौ मेरो जो हुनु भैसक्यो अब दया देखाइ के गर्दछौ केही भन्नु म��ाइ मित्र ! छ भने आएर रोऊ बरु लागेको दिलभित्र घाउ छ भने सम्झेर जाऊ बरु .. जो छाया पहिले पस्यो नजरमा खुर्केर खुर्किन्न त्यो जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो .. छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन् पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन् सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे (9)
डुब्छिन् सुन्दर इन्द्रिनी पनि जहाँ पानी परी लेकमा सल्लाको वन यो सुसाउँछ त्यहाँ एक्लै बसी शोकमा सम्झी रुन्छु म जो हिजो भरखरै माया बसेका दिन हामी छौँ त्यति नै अनित्य, जति नै छ यो जीवन (11)
Book with intense lines rooted to the love of a beloved wife. Makes you remember your beloved lost ones.
छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन् पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन् सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे नाशैलाइ छ सिर्जना सब भने रोएर के हुन्छ हे
Had not got a chance to go through the complete Gauri. But when I did, it was an awesome experience. Some poems even shed few droplets from the eye corners....No much words, Highly praised !!