वर्षाैँ अघि "रक्तकुण्ड" पढ्दा "सेताे बाघ" इतिहास नै हाे भन्ने लागेकाे थियाे । तर सेताे बाघ ऐतिहासिक उपन्यास हाे । इतिहासका पात्र र परिवेश छन् यसमा, सम्पूर्ण ईतिहास चाहिँ हाेइन । सेताे बाघमा राजा र राणाका अअाफ्नै शक्ति संघर्ष छन् । अाैपन्यासिक दृष्टिकाेणले भने याे केही फिक्का छ ।
शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गले अधिकांश स्थान अाेगटेकाे छ । इतिहासमा नभएको प्रसङ्गका लागि लेखकले लेखकीय स्वतन्त्रताकाे भरपुर फाइदा लिएका छन् । तर यति लामाे प्रसङ्ग अन्त्यमा अलिकति साहनुभूतिका लागि मात्रै काम लाग्छ । याे हटाइदिए पनि फरक पर्दैन किनकी क्लाइमेक्सका लागि जरुरी नै छैन ।
क्लाइमेक्सका लागि जरुरी थियाे जङ्गबहादुर र उनका भाइहरूकाे सम्बन्ध केलाउनु । ती दाजुभाइमा मेलमिलाप भए पनि तिनका सन्तानका बीचमा राम्राे सम्बन्ध देखिँदैन । तर केही दृश्यमा मात्रै सीमित छ । यता धीर समशेरका घरमा खानलाउनकाे दु:ख थियोे भन्ने कुरा अलि अपत्यारिलो छ । धीर सानाे उमेरमै जर्नेल भएका थिए, जङ्गबहादुरले पनि माया गरेका प्रसङ्ग छन् । जङ्गबहादुरले बरु कन्जुस्याइँ गर्थे भन्ने कुरा अाएकाे भए त्याे जङ्ग र समशेर खलककाे झगडाकाे बीउ बन्ने थियाे ।
वीर समशेरकाे पात्र जति सशक्त हुनुपर्ने हाे त्यति छैन । ऊ न शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गकाे बाधक हाे, न त
रणाेद्दीप र जङ्ग खलककाे अन्त्यका याेजनकार हाे ।
भनिन्छ, कुनै पनि राम्रो कथामा कथाकार भगवानजस्ताे हुनुपर्छ । लेखककाे उपस्थिति हुनुपर्छ, तर केवल पात्र मार्फत । लेखकका नीजि विचार घरिघरि अाउँछन् जसले गर्दा साेमनाथजस्ताे पात्रले पनि खासै काम पाउँदैन । उसलाई बरु क्रान्तिकारी पात्र बनाइएको भए उपन्यासकाे संवाद गज्जबकाे हुन्थ्याे ।
विभिन्न कमजोरीका बाबजुद "सेताे बाघ" राणाकालकाे एउटा भयानक तस्बिर हाे । गरिब जनता र धनी राजाराणाकाे त्याे जमानामा सबैभन्दा शक्तिशाली पनि भयमुक्त थिएनन् । यसप्रकार याे प्रजातन्त्रको अावाज बाकेकाे उपन्यास पनि हाे ।
अन्तयमा, रत्न पुस्तक भण्डारबाट छापिएको पुसतकका अक्षर ठूला र सुन्दर छन् । एक ठाउँमा १९३८ लाई २०३८ लेखिएको छ । त्यस बाहेक प्रकाशनसँग गुनासाे छैन ।
Merged review:
वर्षाैँ अघि "रक्तकुण्ड" पढ्दा "सेताे बाघ" इतिहास नै हाे भन्ने लागेकाे थियाे । तर सेताे बाघ ऐतिहासिक उपन्यास हाे । इतिहासका पात्र र परिवेश छन् यसमा, सम्पूर्ण ईतिहास चाहिँ हाेइन । सेताे बाघमा राजा र राणाका अअाफ्नै शक्ति संघर्ष छन् । अाैपन्यासिक दृष्टिकाेणले भने याे केही फिक्का छ ।
शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गले अधिकांश स्थान अाेगटेकाे छ । इतिहासमा नभएको प्रसङ्गका लागि लेखकले लेखकीय स्वतन्त्रताकाे भरपुर फाइदा लिएका छन् । तर यति लामाे प्रसङ्ग अन्त्यमा अलिकति साहनुभूतिका लागि मात्रै काम लाग्छ । याे हटाइदिए पनि फरक पर्दैन किनकी क्लाइमेक्सका लागि जरुरी नै छैन ।
क्लाइमेक्सका लागि जरुरी थियाे जङ्गबहादुर र उनका भाइहरूकाे सम्बन्ध केलाउनु । ती दाजुभाइमा मेलमिलाप भए पनि तिनका सन्तानका ���ीचमा राम्राे सम्बन्ध देखिँदैन । तर केही दृश्यमा मात्रै सीमित छ । यता धीर समशेरका घरमा खानलाउनकाे दु:ख थियोे भन्ने कुरा अलि अपत्यारिलो छ । धीर सानाे उमेरमै जर्नेल भएका थिए, जङ्गबहादुरले पनि माया गरेका प्रसङ्ग छन् । जङ्गबहादुरले बरु कन्जुस्याइँ ��र्थे भन्ने कुरा अाएकाे भए त्याे जङ्ग र समशेर खलककाे झगडाकाे बीउ बन्ने थियाे ।