सेतो बाघ एक ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो । 'बडामहारानी ! आज मैले सेतो बाघ देखेँ ।' 'कस्तो रहेछ? सरकार !' 'निक्खुर सेतो ।' 'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिइन ?' 'हानेँ, तर लागेन ।'
Diamond Shumsher Rana (डायमनशमशेर राणा) was born at Tansen Durbar in Palpa, where his grandfather, Sher Shumshere Jung Bahadur Rana, was governor. His father Buddha Shumshere Jung Bahadur Rana was a colonel in the Royal Nepal Army.Rana enjoyed a privileged upbringing and was a captain in the Royal Nepal Army. In 1948 Rana travelled to Benaras, India and had his first novel Basanti published. In Nepal, he had aligned himself with an anti-establishment faction of the Rana regime and was arrested, court-martialled and sentenced to death but was later freed after members of the Rana family pressured the regime for his release. Rana later joined the political opposition and was a member of the Nepali Congress Party from 1954 to 1987.
नेपालको कहाली लाग्दो इतिहासको सुन्दर प्रश्तुति हो सेतो बाघ । पढ्दा पटक्कै अल्छी नलाग्ने, सुरुदेखी अन्त्यसम्मै पाठकलाई बाँधेर राख्न सक्ने यस्ता उपन्यासहरु नेपाली साहित्यमा कमै देख्न पाइन्छ । यसमा जङ्गबहादुरको वंशको पतन कसरी भयो भन्ने कुरा देखाईएको छ । प्रेमका कुराहरु पनि छन् साथै ईर्ष्या, घृणा, धोका, षड्यन्त्र आदीको पनि सजीव चित्रण गरिएको छ । पैसा, पावर र कुर्सीले कसरी आफन्त-आफन्तहरु विचमै दुश्मनी पैदा गराउँछ भन्ने जान्न चाहनु हुन्छ भने यो उपन्यास पढ्नुस । पुरानो उपन्यास भएपनि यसमा बुझ्दै नबुझिने, कठीन शब्दहरुको प्रयोग गरिएको छैन, जुन हामी युवाहरुकोलागि राहतको विषय हो । अन्यमा यती भन्न चाहन्छु,"सेतो बाघ पढ्नुहोस्, जरुर पढ्नुहोस् ।"
"Seto Bagh" dives deep into the lives and politics of the affluent & much acclaimed Rana family of Nepal & even though most accounts of this book are highly dubious considering the fact that the author was in prison when these events took place, Seto Bagh was an absolutely insightful read. moreover, a few romantic scenes sprinkled in between were like a cherry on top. thoroughly enjoyed reading this book. 4/5.
Fantastic work by Diamond Sumsher. The book painfully sheds light on the political history of Nepal. It makes us question what we are currently doing to make the most out the freedom we, the citizen, possess today. Loved every bit of it.
डाइमन शमशेरको नेपाली इतिहाँसलाइ विवेचना गर्ने आफ्नै शैली छ। यो शैलीको म दिवाना हुँ।नेपाली इतिहाँसलाइ फिक्नाइज गर्दै इतिहाँस अध्ययनलाइ अझै चाखलाग्दो बनाउनमा उहाँको योगदानको कदर गर्नै पर्छ।
खगेन्द्र नेपालीको आवाजमा डायमण्ड शमशेरको सेतो बाघ सुनियो । पटक पटक पढ्न खोजेको तर मोटाइका कारण छोडेको यो किताब सुन्दा गज्जब लाग्यो । वसन्तीमा जंगेको उदयको कथा भनिसकेपछि जंगबहादुरका छोरा जगतजंगको कथालाई लेखकले यो किताबमा लेखेका छन् ।
हुन त नेपालीहरु पटकपटक जंगे खोज्छन् । तर जंगे र उसको व्यवस्थाले देशलाई मात्रै हैन उसकै सन्तानलाई पनि पिरायो भन्ने यो किताब पढेपछि प्रष्टै बुझिन्छ । सत्ता परिवर्तन अहिले पनि हुन्छ । एक अर्कालाई पदच्युत गर्ने खेल अहिले पनि हुन्छ तर त्यसका लागि रगतकै खोलो चाहिं बग्दैन । सधैं बग्दैन भनौं नत्र क्रान्ती पिच्छे ज्यान त गई नै रहेको छ । अथवा यो भनौं कि टाउकेहरुको टाउको जोगिएको छ । साधारण मान्छेमा खतरा सरेको छ ।
किताबमा प्रजातन्त्रका कुरा र वेलायती व्यवस्थाका कुरा पनि सोमनाथ नामका पात्र बाट बराबर आएको छ । तिब्बत युद्धको कुरा पनि छ । अनि उपेन्द्र विक्रमको प्रसंग आउंदा Saguna Shah दिदिको सम्झना आउंदै थियो । कान्छा माहारानीमा छुस्स आएका पात्र यसमा अलि बढि आएका छन् । अरु त सुनेरै मजा लिनुस् ।
वर्षाैँ अघि "रक्तकुण्ड" पढ्दा "सेताे बाघ" इतिहास नै हाे भन्ने लागेकाे थियाे । तर सेताे बाघ ऐतिहासिक उपन्यास हाे । इतिहासका पात्र र परिवेश छन् यसमा, सम्पूर्ण ईतिहास चाहिँ हाेइन । सेताे बाघमा राजा र राणाका अअाफ्नै शक्ति संघर्ष छन् । अाैपन्यासिक दृष्टिकाेणले भने याे केही फिक्का छ ।
शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गले अधिकांश स्थान अाेगटेकाे छ । इतिहासमा नभएको प्रसङ्गका लागि लेखकले लेखकीय स्वतन्त्रताकाे भरपुर फाइदा लिएका छन् । तर यति लामाे प्रसङ्ग अन्त्यमा अलिकति साहनुभूतिका लागि मात्रै काम लाग्छ । याे हटाइदिए पनि फरक पर्दैन किनकी क्लाइमेक्सका लागि जरुरी नै छैन ।
क्लाइमेक्सका लागि जरुरी थियाे जङ्गबहादुर र उनका भाइहरूकाे सम्बन्ध केलाउनु । ती दाजुभाइमा मेलमिलाप भए पनि तिनका सन्तानका बीचमा राम्राे सम्बन्ध देखिँदैन । तर केही दृश्यमा मात्रै सीमित छ । यता धीर समशेरका घरमा खानलाउनकाे दु:ख थियोे भन्ने कुरा अलि अपत्यारिलो छ । धीर सानाे उमेरमै जर्नेल भएका थिए, जङ्गबहादुरले पनि माया गरेका प्रसङ्ग छन् । जङ्गबहादुरले बरु कन्जुस्याइँ गर्थे भन्ने कुरा अाएकाे भए त्याे जङ्ग र समशेर खलककाे झगडाकाे बीउ बन्ने थियाे ।
वीर समशेरकाे पात्र जति सशक्त हुनुपर्ने हाे त्यति छैन । ऊ न शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गकाे बाधक हाे, न त रणाेद्दीप र जङ्ग खलककाे अन्त्यका याेजनकार हाे ।
भनिन्छ, कुनै पनि राम्रो कथामा कथाकार भगवानजस्ताे हुनुपर्छ । लेखककाे उपस्थिति हुनुपर्छ, तर केवल पात्र मार्फत । लेखकका नीजि विचार घरिघरि अाउँछन् जसले गर्दा साेमनाथजस्ताे पात्रले पनि खासै काम पाउँदैन । उसलाई बरु क्रान्तिकारी पात्र बनाइएको भए उपन्यासकाे संवाद गज्जबकाे हुन्थ्याे ।
विभिन्न कमजोरीका बाबजुद "सेताे बाघ" राणाकालकाे एउटा भयानक तस्बिर हाे । गरिब जनता र धनी राजाराणाकाे त्याे जमानामा सबैभन्दा शक्तिशाली पनि भयमुक्त थिएनन् । यसप्रकार याे प्रजातन्त्रको अावाज बाकेकाे उपन्यास पनि हाे ।
अन्तयमा, रत्न पुस्तक भण्डारबाट छापिएको पुसतकका अक्षर ठूला र सुन्दर छन् । एक ठाउँमा १९३८ लाई २०३८ लेखिएको छ । त्यस बाहेक प्रकाशनसँग गुनासाे छैन ।
Merged review:
वर्षाैँ अघि "रक्तकुण्ड" पढ्दा "सेताे बाघ" इतिहास नै हाे भन्ने लागेकाे थियाे । तर सेताे बाघ ऐतिहासिक उपन्यास हाे । इतिहासका पात्र र परिवेश छन् यसमा, सम्पूर्ण ईतिहास चाहिँ हाेइन । सेताे बाघमा राजा र राणाका अअाफ्नै शक्ति संघर्ष छन् । अाैपन्यासिक दृष्टिकाेणले भने याे केही फिक्का छ ।
शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गले अधिकांश स्थान अाेगटेकाे छ । इतिहासमा नभएको प्रसङ्गका लागि लेखकले लेखकीय स्वतन्त्रताकाे भरपुर फाइदा लिएका छन् । तर यति लामाे प्रसङ्ग अन्त्यमा अलिकति साहनुभूतिका लागि मात्रै काम लाग्छ । याे हटाइदिए पनि फरक पर्दैन किनकी क्लाइमेक्सका लागि जरुरी नै छैन ।
क्लाइमेक्सका लागि जरुरी थियाे जङ्गबहादुर र उनका भाइहरूकाे सम्बन्ध केलाउनु । ती दाजुभाइमा मेलमिलाप भए पनि तिनका सन्तानका बीचमा राम्राे सम्बन्ध देखिँदैन । तर केही दृश्यमा मात्रै सीमित छ । यता धीर समशेरका घरमा खानलाउनकाे दु:ख थियोे भन्ने कुरा अलि अपत्यारिलो छ । धीर सानाे उमेरमै जर्नेल भएका थिए, जङ्गबहादुरले पनि माया गरेका प्रसङ्ग छन् । जङ्गबहादुरले बरु कन्जुस्याइँ गर्थे ���न्ने कुरा अाएकाे भए त्याे जङ्ग र समशेर खलककाे झगडाकाे बीउ बन्ने थियाे ।
वीर समशेरकाे पात्र जति सशक्त हुनुपर्ने हाे त्यति छैन । ऊ न शाहज्यादी र जगतजङ्गकाे प्रेमप्रसङ्गकाे बाधक हाे, न त रणाेद्दीप र जङ्ग खलककाे अन्त्यका याेजनकार हाे ।
भनिन्छ, कुनै पनि राम्रो कथामा कथाकार भगवानजस्ताे हुनुपर्छ । लेखककाे उपस्थिति हुनुपर्छ, तर केवल पात्र मार्फत । लेखकका नीजि विचार घरिघरि अाउँछन् जसले गर्दा साेमनाथजस्ताे पात्रले पनि खासै काम पाउँदैन । उसलाई बरु क्रान्तिकारी पात्र बनाइएको भए उपन्यासकाे संवाद गज्जबकाे हुन्थ्याे ।
विभिन्न कमजोरीका बाबजुद "सेताे बाघ" राणाकालकाे एउटा भयानक तस्बिर हाे । गरिब जनता र धनी राजाराणाकाे त्याे जमानामा सबैभन्दा शक्तिशाली पनि भयमुक्त थिएनन् । यसप्रकार याे प्रजातन्त्रको अावाज बाकेकाे उपन्यास पनि हाे ।
अन्तयमा, रत्न पुस्तक भण्डारबाट छापिएको पुसतकका अक्षर ठूला र सुन्दर छन् । एक ठाउँमा १९३८ लाई २०३८ लेखिएको छ । त्यस बाहेक प्रकाशनसँग गुनासाे छैन ।
Love from Sikkim. I watched a movie by the same name on YouTube. It was awesome. Now I definitely want to read the book too, but it’s hard to get these books here in Sikkim. All I could do is add these great Nepali books to my “to read” collection and wait for this Covid lockdown to get over, so I could go to Nepal for some book-shopping. If there is anyway I can buy Nepali book online, please let me know. If, anyone can share in some way, that would be nice too. Giving 5stars in advance. Namastey.
The novel is set against the backdrop of the political and social changes in Nepal during the Rana era. It tells the story of the struggle for identity and the quest for love amidst the complexities of feudal society The protagonist's journey reflects the broader themes of sacrifice, loyalty, and the harsh realities of life during a tumultuous period in Nepal's history. Rana's vivid storytelling and rich characterizations bring the narrative to life, making it not only a historical account but also a deeply emotional and engaging read.
उत्कृष्ट रचना! नेपालको इतिहास बोध गराउने, नेपालको राजनीति बोध गराउने, जङ्गबहादुर र उनका भाई अनि छोराहरूप्रति श्रद्धा बढाउने, शमशेरहरूप्रति उनीहरूले रचेको षड्यन्त्र र गरेको हत्याका कारण घृणा उत्पन्न गराउने, देव शमशेर र रणोद्दीप सिंहको निष्कपट चित्र मस्तिष्कमा प्रतिविम्बित गराउने, इतिहासमै गुमनाम उपेन्द्रविक्रम र नरेन्द्र विक्रम जस्ता शाहवंशीय युवराजहरूसँग परिचय गराउने, शक्तिको सरण पर्ने र निमुखाको चीरहरण गर्ने मानवीय चरित्रलाई चारचित पार्ने - यो कृति - उपन्यास कम र हकीकत बढी!
My key take away from this book is that power mongering sees no relation - not even blood. It's solely concerned with selfishness, insecurity, conspiracies and unfortunate consequences, not just for the citizens and the country, but also for the direct and indirect participants in that race. Good read! Enjoyed it!
This entire review has been hidden because of spoilers.
“He was experiencing what each and every autocrat had experienced since the beginning of time- the unpalatable truth of realising that the chains you had used to bind others will ultimately bind you also.”
Great book, certainly makes me want to delve deeper into the History of Nepal. The English translation of this book is well done, but I still wish I could’ve read it in Nepali.
This books was a trip down the slightly fictionalized true event in the lane of Nepal's history where the writer has used the story and real life incidents to expose and criticize the swamp that is autocratic rule and how it is a system that makes enemies out of family and brings with it never-ending paranoia.
More of a plot driven story than character driven, so while the author paints a fantastic and most chaotic time in the history of our country, he doesn't actively identify the roles of each individual characters as the events unfold.
This book paints the image of most chaotic time in history of Nepal. It shows big old tree with roots of jealousy, hatred, betrayal, conspiracies, money, power and the eye for position breathing out filthy air which, at the end, starts the tyranny of darkness.
Seto Bagh is a seminal work which blurs fact and fiction and subverts the official history of Nepal by presenting an alternative history of its protagonist, Jagat Jung.
This book is my favorite way to introduce people to the Nepali aristocracy and the internal conflicts that led to the decline of a family that had a class system within itself.
The way he portrays Shamsher's ignorance as an inseparable part of his very being is remarkable. Seto Bagh is a book I would gladly read over and over again