यो निकै नौलो शैलीमा लेखिएको उपन्यास हो। यो उपन्यासले नारी सशक्तिकरणको विषयमा बहस गर्छ। वंश थाम्न छोरा नै हुनुपर्छ भन्ने छैन, छोरीले पनि वंश धान्न सक्छे भनेर यो उपन्यासले वकालत गर्न खोज्छ। उपन्यासकारले पुरुष इगोलाई प्रहार नगरी, नारीको हक र समानताको लागि आवाज उठाइएको छ। कतिपय बेला यो उपन्यास उच्चाट लाग्दो लाग्छ, एउटै कुरालाई घुमाई घुमाई, धेरै पटक दोहोराइएको जस्तो लाग्छ।
समग्रमा ठीकै लाग्यो, तर मदन पुरस्कारको लागि मनोनयनमा पर्नु पर्ने खालको उपन्यास भने लागेन।