Jump to ratings and reviews
Rate this book

शून्यको मूल्य: सास, साहस र स्नेहको कथा [Sunya ko Mulya]

Rate this book
एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।
म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! - बुद्धिसागर

244 pages, Paperback

Published December 31, 2022

Loading...
Loading...

About the author

Nawaraj Kc

2 books

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
17 (36%)
4 stars
24 (52%)
3 stars
4 (8%)
2 stars
1 (2%)
1 star
0 (0%)
Displaying 1 - 11 of 11 reviews
Profile Image for Sundar  Parajuli.
48 reviews
March 23, 2026
जीवनको भीडभाडभित्र कहिलेकाहीँ हामी आफू नै हराउँछौँ त्यही हराएको आत्माको खोजजस्तो लाग्छ यो कृति। नवराज केसी ले शब्दहरूलाई केवल अभिव्यक्तिको साधन बनाएका छैनन्, बरु तिनलाई अनुभूतिको स्पन्दन दिएका छन्। “शून्य” जस्तो सामान्य प्रतीकलाई उनले अस्तित्वको गहिराइसँग गाँसेर एउटा दार्शनिक यात्रामा रूपान्तरण गरेका छन्।
पुस्तक पढ्दै जाँदा लाग्छ यो कुनै कथा मात्र होइन, जीवनका अनगिन्ती धड्कनहरूको सङ्गीत हो। अस्पतालका शीतल पर्खालहरूभित्र उम्लिरहेका पीडा, आशा र निराशाका तरङ्गहरू यहाँ शब्दमा परिणत भएका छन्। बिरामीका आँखा, आफन्तका आँसु, र चिकित्सकको मौन दायित्व यी सबै मिलेर एउटा मौन संवाद रचना गर्छन्, जसले पाठकको हृदयमा गहिरो चोट पुर्‍याउँछ, तर त्यो चोटमा पनि अचम्मको मिठास छ।
लेखकको शैली सरल छ, तर त्यही सरलतामा असाधारण गहिराइ लुकेको छ। उनले ठूला दर्शनहरूलाई जटिल भाषामा होइन, दैनिक जीवनका स-साना घटनामा खोजेका छन्। “शून्य” यहाँ रिक्तता होइन यो त सम्भावनाको आधार हो, जहाँबाट जीवनका सबै अंकहरू सुरु हुन्छन्।
अन्ततः, शून्यको मूल्य एक यस्तो दर्पण हो, जसमा हेर्दा हामी अरूको कथा होइन, आफ्नै जीवनको प्रतिबिम्ब देख्छौँ। यो पुस्तकले सिकाउँछ जीवनको सबैभन्दा ठूलो अर्थ कहिलेकाहीँ “शून्य”मै लुकेको हुन्छ, जहाँ सबै कुरा हराएझैँ लाग्छ, तर वास्तवमा त्यहीँबाट सबै कुरा सुरु हुन्छ।
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
October 20, 2024
स्कुलको पाठ्यक्रममा सामाजिक र इतिहास एउटै विषय अन्तर्गत पर्न आउँथ्यो। अहिले के छ ठ्याक्कै थाहा भएन। ऐतिहासिक साहित्यमा छिर्नुअघि पाठ्यपुस्तकमा छापिएको इतिहासमा मलाई कहिल्यै रुचि रहेन। रुचि जगाउनमा पढाउने गुरुको पनि ठूलो भूमिका रहेको हुन्छ। आफ्नो कार्यक्षेत्रमा निपुण डा. नवराज केसी एक असल गुरु हुनुहुन्छ भन्ने पुष्टि हो 'शून्यको मूल्य'। कथामा भुलाउदै-भुलाउदै उहाँ आम पाठकलाई संयुक्त राष्ट्रसङ्घका मापदण्ड, चिकित्सा, मस्तिष्क विकास, मनोविज्ञान, इतिहास, वैज्ञानिक खोजकार्यका नतिजा लगायत ज्ञान पनि सजिलै बाँडिदिनु हुन्छ।
संयुक्त राष्ट्रसङ्घले तोकेको दिगो विकासका एकदेखि सत्रसम्मका लक्ष्यहरूमा सबैभन्दा सुरुमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण लक्ष्य नै छुटेको भान लेखकलाई हुन्छ। 'आमाहरूको पूर्ण सकुशलता', जसबिना बालबालिकाको पूर्ण विकास हुन र दिगो विकासका सत्र लक्ष्यहरूसम्म पुग्न असम्भव छ, लाई उहाँ एकअघिको शून्य स्थान थमाइदिनु हुन्छ। र त्यो शून्यलाई अँगाल्नुहुन्छ कर्णालीका दुर्गम पहाडहरूमा।
शून्यको मूल्य कर्णालीको कथा हो। दुर्गम कर्णालीमा आफ्नाहरूको सास बचाइराख्न संघर्षरत अभिभावक, मुख्यतः आमाहरू, को कथा। उहाँहरूको साहस र स्नेहको कथा। आफ्नो कार्यक्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भेटिएका बुधेकी फूपूआमा, भीम काजी, जुम्ल्याहाका आमाबुबा, हिम्मतबहादुर, भेडिनी कान्छी, नानीआमा, कर्किनी बज्यै, पुतली आमा लगायत पात्रहरूबाट लेखकले ठूल्ठूला विश्वविद्यालयमा पाइनसक्नु ज्ञान बटुल्नुभएको छ। कर्णाली आफैँमा एउटा खुल्ला विश्वविद्यालय लाग्छ उहाँलाई। ती ज्ञान र ती पात्रहरू पाठकको मस्तिष्कमा पनि जिन्दगीभर झल्याकझुलुक गरिरहनेछन्। आगोलाई घेरा लगाएर आफ्नाहरूमाझ कथाहरू आदानप्रदान हुँदा, यी पात्रहरूको जोसिलो कथा पनि जिब्रोमा झुन्डिन आइपुग्लान् कुनै दिन। छोटा र सरल वाक्यले भारी अर्थ बोकेका छन्। मान्छेको विचारबाट उसलाई मूल्यांकन गर्ने हो भने, डा. नवराज केसीबाट कागजी प्रमाणपत्रमा दम्भ गर्ने डाक्टरहरूले थुप्रै कुरा सिक्न जरुरी छ।
Profile Image for Sabin Chhetri.
162 reviews7 followers
August 3, 2024
यो किताबमा लेखकले आफूले भोगेको अनुभव र देखे सुनेका घटनाहरुलाई रोचक तरिकाले प्रस्तुत गरेका छन्। एउटा आमाको शारीरिक र मानसिक स्वास्थ्यले, जन्मिन लागेको बच्चा/बच्ची र जन्मेर हुर्कने संघारमा रहेका बाल/बालिकाहरुको मष्तिस्क विकास, उनीहरुको सोच, उनीहरुको स्वास्थ्यलाई कसरी फरक पार्नसक्छ भनेर यो किताबले देखाउन खोजेको छ। यो किताब पढ्नै पर्ने किताब हो त म भन्दिनँ, तर यो किताबबाट धेरै कुराहरु सिक्ने मौका पाइन्छ।

यसमा लेखकले कर्णालीको दुर्गम अस्पतालमा काम गर्दा खेरि संगालेको अनुभवलाई रोचक किसिमले प्रस्तुत गरेका छन्। कतिपय कुरा अतिरन्जित लाग्न सक्छ। कतिपय बेला एउटै कुरा बारम्बार रिपिट भएको जस्तो लाग्छ।

समग्रमा मलाई ठिकै लाग्यो यो गैर आख्यान किताब।
Profile Image for Amrit Sharma.
45 reviews1 follower
November 11, 2024
I have read very few books in this genre (creative non-fiction). 'Sunya ko Mulya' was smooth and lively. I felt as if I was roaming around the Karnali region myself. The talks and the use of language are simple yet powerful.
Dr. KC has successfully narrated the essence of women's empowerment through well-crafted memoirs. After reading this wonderful book I have internalized the exceptional role of women in society, which often goes unnoticed.
Maybe, my love for my mother and all the other females has elevated to some extent.

Happy reading!
Cheers!!
Profile Image for Om Pokharel.
59 reviews3 followers
March 17, 2024
केही पुस्तकहरू यस्ता हुन्छन्, जसलाई पढ्न सुरू गरेपछि रोकिन मन लाग्दैन। सिलसिलेवार रूपमा कथा बग्ने यस्ता पुस्तक विरलै पढ्न पाइन्छ। शून्यको मूल्य तिनै कोटीमा पर्ने एउटा अद्भूत पुस्तक हो।

मानौँ, तपाईँको मन खोला हो भने यसभित्रका कथा पानी हुन्। अनि केही कथाहरू ती खोलाका जिद्धी ढुङ्गाहरू हुन् जो तपाईँको मनमा बस्छन् र त्यहाँबाट टसको मस पनि गर्दैनन्।

बुद्धिसागरले भने जस्तै "म जीवनमा थोरैे पुस्तक पढ्छु" भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनु।
48 reviews1 follower
July 5, 2023
Awesome book. Thanks to Dr.KC for bringing the grim reality of Karnali and showing how important maternal health and maternal mental health are for the growth and development of healthy children.
Profile Image for Sanjeev Khadka.
7 reviews
June 13, 2025
उत्कृष्ट कृति पढेँ भन्नेमा खुसी छु।

कर्णालीका आमाहरूको कथालाई सरल र सहज वर्णन गरेर पाठकको दिलमाझ अमिट छाप छाड्यौ डाक्टरसाब।
16 reviews
July 19, 2025
Complicated and powerful stories told in an uncomplicated and simple way.
Displaying 1 - 11 of 11 reviews