खासै कसैको बारेमा पढीहालु झैँ लाग्दैन तर कुनै किताब सही मानेमा, सही समयमा तपाई सामु आइपुग्छन्। भग्न भैरव मेरोलागी त्यो किताब बन्यो।
सदैव कसैको बारेमा पढ्दा कुनै व्यक्तिलाई त्यसै टुप्याइएको हो कि झैँ लाग्थ्यो। तर यस किताबको हरेक पाना पल्ट्याउदा आफैलाई हरेक चोटी, "ओहो, भैरव पनि सामान्य मान्छे पो थे है" भन्ने reminder आफैलाई दिराखे। भैरवलाई define या अर्थाउन परे म किताबबाटै हरफ सापट्टी लिन्थे,
" कस्तो अभागी खेत रहेछ यो! तामाकोशी उर्लदा उसैलाई चोट्याएर बग्छ। तर, दुई - चार बुटो रोप्नुपरे आकाशे खेतीको भर पर्नुपर्छ, कोशीको एक छिटा पानी चढ्दैन।
कस्तो भैरवजस्तो खेत!!
" किताबले दिलाएको अर्को reminder भने, "व्यक्तिलाई चिन्नु छ भने निकट मित्रसंग दोस्ती बाध", यो त्यसै भनिएको हैन रच!
धेरै प्रश्नहरु मनमा सल्बलाइराछन् तर तपाई मलाई किताब कस्तो लाग्यो भनेर सोध्नु हुन्छ भने किताबैबाट साभार गरेको भैरवको शव्द यहाँ बिसाएँ,
" ...आफ्नो रहरले लेखिकाहरू अरुलाई राम्रा नलागे पनि म आफुलाई निकै सनतोष दिन्छन्: करले लेखिएकाहरुमा कुनै सार्है फितला पनि छन्- समालोचना वा समास्वाद गर्ने काम तपाईकै! "
'जय भुँडी' सङ्ग्रह पढेपछि मलाई भैरव अर्यालबारे धेरै भन्दा धेरै जान्नु थियो। मुख्यतः उनको आत्मघातको कारण। रोचक घिमिरेको संस्मरणसङ्ग्रह 'सम्झनामा फक्रिएका थुँगाहरू' पछि मेरो चाहना झनै प्रबल भयो। भैरव अर्यालका अन्य कृतिहरू पढ्न हेलचक्य्राइँ गरिरहे पनि, उनीबारे लेखिएको आत्मपरक आख्यान 'भग्न भैरव' घोषणा लगत्तै म उत्साहित थिएँ। रोचक घिमिरेको दृष्टिकोणबाट भैरव अर्यालको जीवन चियाउनु यस आख्यानको बेजोड पक्ष हो। भैरव अर्याललाई ज्यादै नजिकबाट चिनेका व्यक्तिलाई 'म' पात्रको रूपमा उभ्याएर कथा बुन्ने यो भन्दा उपयुक्त शैली सायदै अर्को हुने थियो। पुस्तकको पहिलो र अन्तिम अध्याय यसै कारण बडो मार्मिक बनेको छ। कलिलो उमेरमै विवाह-बन्धनमा बाँधिएका भैरव र भैरवपत्नीको बालसुलभ संवाद-लेखन प्रशंसनीय छ। कथामा हास्यरस र मार्मिकता बराबर घुलेको छ। भैरव अर्यालको बचपनदेखि कन्धनी डाँडा घटनासम्म अनवरत लयमा बग्छ कथा। त्यसपछिका घटनाहरू भने सन्दर्भ सामग्रीको आख्यानीकरणझैँ मात्र लाग्छ। पाठकलाई अध्यायहरू जोड्ने धागो चुँडिएको आभास हुन्छ। यस पुस्तकमा प्रयोग भएका सन्दर्भ सामग्रीहरू फेला पार्न हाल मुस्किल पर्ला! भैरव अर्यालसँग जोडिएका संस्मरणहरू बटुलेर आख्यानीकरण गर्दै पाठकलाई एउटा मिठो यात्रामा लाने लेखकको कलम स्तुत्य छ। आफूभित्र एउटा हुन्डरी लिएर बाँचिरहेका भैरव अर्यालले आफैँलाई सक्ने निर्णय किन लिए भन्ने तथ्यलाई सतहबाट छुन खोजे पनि त्यसको गहिराइमा कथा जान सक्दैन। सायद, कोही जान सक्दैन।
पुस्तक बजारमा आउनासाथ हात पारे तापनि एक फेर बिमोचन गएर लेखकको हस्ताक्षर लिँदै किताबबारे धेरथोर बात सुनेर पढ्न थालियो यो कृति। हास्यव्यङ्ग्य, कविता , मुक्तक र निबन्ध लेखनमा एक विशेष स्थान बनाएका अर्याललाई केन्द्रमा राखेको यो कृति मजेदार लाग्दैछ। स्कुल बेला उब्जेका केही जिज्ञासाका उत्तर पनि पाइँदैछ। फ्लो, पेस र कथा बक्ने शैलीले खुब लोभ्याइरहेको छ। पटाक्षेप (prologue) सुरुवात पनि ईमोसनल बनाउने छ अनि बालविवाह भएपछि श्रीमती जि सङ्ग को बातचीत र मित्रताको कथनी अनि एक अर्कालाई कोठा बाहिर भन्ने सम्बोधन भित्र गर्ने भनेको सम्बोधन र माथापचिसी पनि रमाइलो छ।
आवरण तस्वीर अनि style पनि curiosity जगाउने है ! ! लेखक अनि प्रकाशकलाई धन्यवाद looming economic crisis का बाबजुद अरु बेला कम price rate मा पुस्तक उपलब्ध गराएकोमा।
Bhairav Aryal`s prose - poetry fans will definitely adore this book .....भैरव अर्यालक जीवन र करीअरका उतारचढाव, आरोह - अवरोह अनि सुखदुःखका पलहरुलाई कति मजाले लिपिबद्ध गरिएको के --- मोहनी र टुनामुना नै लगाउने गरी।
Good reading, indeed. Gives us chills from beginning to end, leaving us with the impression that we have truly lost a normal man by including him with individuals who really don't deserve to be there.
"भैरव अर्याल" – यो नाम एक समय नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा अत्यन्त चर्चित थियो। तर समयको कालचक्रसँगै यो नाम पाठ्यपुस्तकहरूबाट बिस्तारै हराउँदै गयो। आजको पुस्तालाई भैरव अर्याल को थिए र उनको योगदान कस्तो थियो भन्ने कुराको खासै जानकारी छैन। यस्तो परिस्थितिमा प्रोल्लास सिन्धुलीयद्वारा लिखित पुस्तक "भग्न भैरव" ले भैरव अर्यालको जीवन, साहित्यिक योगदान र व्यक्तिगत सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गरेर उनलाई पुनर्जन्म दिने प्रयास गरेको छ।
भैरव अर्याल नेपाली साहित्यमा हास्य-व्यङ्ग्य विधाका एक सशक्त हस्ताक्षर थिए। उनले लेखेका निबन्ध, कविता र लेखहरूले नेपाली पाठकहरूलाई मनोरञ्जन मात्र दिएनन्, समाजका विकृति र विसङ्गतिमाथि गहकिलो प्रहार पनि गरे। उनको निबन्ध सङ्ग्रह "जय भुँडी" नेपाली साहित्यको आकाशमा सधैं चम्किरहने तारा हो, जुन कालजयी र सदा प्रासङ्गिक रहनेछ। साहित्यिक योगदानका साथै उनले गोरखापत्रमा पत्रकारको रूपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको लेखन र सम्पादनले गोरखापत्रलाई नयाँ उचाइमा पुर्याएको थियो।
"भग्न भैरव" पुस्तकले भैरव अर्यालको जीवनीलाई उपन्यासको शैलीमा जीवन्त रूपमा प्रस्तुत गर्छ। लेखक प्रोल्लास सिन्धुलीयले गहन अनुसन्धान गरी भैरवका मित्र रोचक घिमिरेलाई "म" पात्र बनाएर कथालाई रोचक ढङ्गले बुनेका छन्। पुस्तकले भैरवको बाहिरी हँसिलो व्यक्तित्व र भित्री मानसिक सङ्घर्षलाई मार्मिक रूपमा चित्रण गर्छ, जसले उनलाई आत्महत्याको बाटोतर्फ डोर्यायो। भैरवको साहित्यिक यात्रा, सामाजिक योगदान र व्यक्तिगत सङ्घर्षलाई संवेदनशील ढङ्गले उजागर गर्ने यो पुस्तकले पाठकलाई उनको जीवन नजिकबाट बुझ्ने अवसर दिन्छ। नेपाली साहित्यप्रेमीका लागि अनिवार्य पठनीय, यो पुस्तक भैरव अर्याललाई नयाँ दृष्टिकोणबाट चिनाउँछ।