Krishna Dharabasi (born in 1960) in Panchthar, Nepal is an award-winning Nepali writer and a literary critic. Dharabasi won Madan Puraskar, Nepal’s most popular literary prize, in 2005 for his bestselling novel Radha. Krishna Dharabasi moved to the United States in 2012 with his family and is said to be working on an upcoming literary project, a novel.
हिटलर र यहुदी, Mein Kampf (हिटलरको autobiography, र Anne Frank को डायरी पढेपछि अनि विश्वविद्यालयस्तरीय विद्यार्थी exchange मा गएपछि रि-रिड गरेको एउटा सुन्दर कृति हो गेस्टापो। हिटलरको उदयपछिको जर्मनीमा देखिएको सामाजिक - आर्थिक - राजनीतिक अवस्था अनि मनोवैज्ञानिक स्थितिको दस्तावेजीकरण हो गेस्टापो। किताबमा हिटलरको सत्ता र शक्ति पहुँच, आम नागरिकका सामने उनको उपस्थिति, यहुदीहरुको नर-संहार, प्रेम प्रसङ्ग, अन्तिम दिनहरुका कथा व्यथा आदि उपन्यास प्लस अटोबायोग्राफिक तवरले प्रस्तुत गरिएको छ। विनाश लीला, युद्धको पराजय भोग्नु लुक्नु परेपछिको उनको मनस्थिति, अनि आफ्नो मनका कुराहरू बयान गर्ने शैली रोचक छ। दोस्रो विश्वयुद्धको त्रासदी किताब पढ्दै जाँदा दिमागमा फिल्म झैँ चल्दछ। अलिकता यथार्थ घटना र अलिकता काल्पनिक घटना मिलाएर राम्रो engaging ककटेल मकटेल बनेको छ किताब। नयाँ आवरणमा आको रहेछ अहिले त यो !
"गेस्टापोकै एकजना सदस्यले युद्धपछि आफ्नै संलग्नताको नाजी शासन, नाजी नायक हिटलर र त्यस समयको जर्मनी ग्यास च्याम्बर र कन्सन्ट्रेसन क्याम्पहरूको जिउँदोजाग्दो तस्वीर उतारेको गेस्टापो कृतिलाई आधार बनाएर यो उपन्यासको निर्माण भएको छ र उपन्यासकारले एकप्रकारले यो गेस्टापोकै नेपाली अनुवाद हो (पृ.३०६) सम्म भनेका छन् ।
साभार :- डा. नारायण चालिसे "
अलिकता स्वैर-काल्पनिक र सपनामा प्रमुख व्यक्तिहरुका साथ भेटेर कुराकानी गरेको न्यारेटिभ रोचक लाग्यो। हिटलर आफैँले आफ्नो जीवनको कथा व्यथा गाथा बयान गरेको आभास हुने के । विश्वेश्वरप्रसाद कोइरालाको हिटलर र यहुदीवाला गजपको vibes नि आउने हो के किताबमा। विश्वयुद्धकालीन त्रासदी आफू स्वयंले भोगे - देखे - अनुभुति गरे झैँ लाग्ने के। रिपिट हानेर पढ्दा नि उस्तै उल्का स्वाद आउने -- त्रास सहित। कतै कतै हिरो लाग्छन् हिटलर अनि धेरै पल्ट भिलेन लाग्दछन्।
धरावासी सरको आफ्नै शैली छ --- यथार्थ, कल्पना र experimentation मिसाए पनि पुराना फ्लेवर राखेर केही नयाँपन दिने। मज्जाले बाँध्ने सामर्थ्य राख्छन् उनका कृतिहरुले ; पट्यास नलागीकन। यो किताबमा न त अनावश्यक डिटेलिङ्ग छ न त लम्बेतान गफ न त विषयवस्तुबाट अनावश्यक विषयान्तर। "राधा" को जस्तो उल्का उम्दा expectation, फ्लेवर र content - context खोज्ने हो भने चै नरुच्ला यो किताब। highlight गर्दै पढ्न खुप मज्जा आको थियो यो किताब।
"यहाँभित्र तपाईँ प्रमुख पात्र लेखक स्वयं हो या, काल्पनिक पात्र “हेम्बर्ग” हो, या इतिहासको वास्तविक पात्र “हिटलर” ? छुट्याउन सक्नुहुन्न । लेखकको आफ्नै शब्दमा भन्नुपर्दा, “लीला लेखन”को उदाहरण हो यो।
जर्मनीमा प्रथम विश्वयुद्धपछि जब हिटरको उदय भयो, तब त्यहाँका अल्पसङ्ख्यक यहुदी जातिहरूमाथि बर्बर अत्याचार र दमन लाद्न थालियो । हो, त्यही अत्याचार र दमनको कहालीलाग्दो श्रृङखलालाई निरन्तरता दिन बनाइएको सङ्गठन हो गेस्टापो । जसले हामीले कल्पना गर्दा पनि आङ सिरिङ्ग पार्ने खालका क्रूर र हृदयविदारक हत्याहरू गरेको थियो । (आरती आचार्य, साहित्यपोस्ट) "