What do you think?

घनचक्कर [Ghanachakkar]
247 pages, Hardcover
First published January 1, 2007
About the author
Sanjeev Uprety
5 books20 followersSanjeev Uprety is an Associate Professor at the Central Department of English, Tribhuvan University, Kathmandu. He is the author of notable novel Ghanchakkar, and a collection of essays, Siddhanta ka Kura.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 12 of 12 reviews
May 2, 2018
धन्न घनचक्कर बनाइदेन? दिमाग घुमाएर ल्यायो यो किताबले ।
January 5, 2018
“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न सकेको थिइनँ ।
त्यस यता एसएलसी, बाह्र र ब्याचलर पास गरिसकेपछि “घनचक्कर” पढेको थिएँ । प्रत्येक चोटि नयाँ अनुभव भएको थियो । नयाँ रहस्य खुलेका थिए । देशका घनचक्करहरू अलि बढी बुझ्दै गएर होला ।
मास्टर्स पढ्न कीर्तिपुर भर्ना भएदेखि नै “घनचक्कर” फेरि पढ्ने अनि समीक्षा लेख्ने इच्छा थियो । दरबारमार्ग, शहीदगेट, कालीमाटी, बल्खु हुँदै कीर्तिपुर पुग्दा कयौंपटक उपन्यासका दृश्यहरू आँखामा नाच्थे । बाटामा पुलिसहरू देख्दा घनचक्करको ‘म’ पात्र जस्तै कति पटक झस्केको छु । विश्वविद्यालय र देशको राजनीतिका भुलभुलैयामा रुमल्लिएको अनुभव गरेको छु । त्यसैले होला पढ्ने इच्छा भए पनि यो उपन्यास पढ्न भने डर लाग्थ्यो ।
यसपालि “घनचक्कर”पढ्दा केही भविष्यवाणीलाई ध्यान दिएँ । टावरहरूको पतन र उत्थानको प्रसङ्ग पहिले पनि याद गरेको हो । सत्तामा रहनेले टावरको निर्माणलाई अतिशय महत्त्व दिएको भएर त होला पहाडका टाकुरा र तराईका फाँटमा भ्यू टावर बनाउने ट्रेन्ड चलेको, नयाँ बनेको धरहरालाई ऐतिहासिक भीमसेन स्तम्भ नै पुनःनिर्माण गरेझैं प्रचार भएको ।
टावरहरू जबजब निरङ्कुशताका प्रतीक बनेका छन् तबतब कोही नायक जन्मिएको छ ती टावर ढाल्न । तथापि ती नायक कतै गुमनाम भएका छन् या त प्याजका डल्लामा परिणत भएका छ्न् । यिनमा मानवीय संवेदना नै छैन । आशा गरेका नेताहरूले निराश बनाएका छन् । निरङ्कुशतन्त्रको विरोध गर्नेहरू आफैं निरङ्कुश बनेका छन्, गुच्चा खेलेझैं राजनीति गरेका छन्, शक्ति संघर्षको घनचक्करमा नराम्ररी फसेका छन्, जनतालाई भ्रमको जालोमा फसाएका छन् । यस्तो संघर्षको बीचमा हर कोही धेरथोर पागल भएको छैन र ?
यस बाहेक आफ्नो जीवीकाका लागि गर्नुपर्ने दु:ख, काम र आरामका विरोधाभासमा परेर पनि मानिस घनचक्करमा परेको छ । प्रजातन्त्र र स्वतन्त्रताका आन्दोलन, आन्दोलनका उद्देश्य विपरितका गतिविधि, निरङ्कुशता अनि फेरि प्रजातन्त्रका लागि हुने संघर्ष एउटा यस्तो चक्कर हो जसबाट उम्कन प्रत्येक नागरिक प्रत्येक पल सचेत हुन जरुरी छ । घनचक्करसँग जुध्नु नै यसबाट उम्कने मुख्य उपाय हो भनेर आशावादी विचारमा उपन्यास सकिएको छ ।
यद्यपि देशमा शक्ति संघर्षका घनचक्कर चलिरहेकै छ । सञ्जीव उप्रेती सर उपन्यासको म पात्रझैं आशावादी भएर लोकतन्त्र र निरन्तर पक्षमा उभिनुभएको छ । मलाई नेपाली राजनीति बुझ्न सहयोग गरेको “घनचक्कर” आज पनि उत्तिकै सान्दर्भिक छ । कहिलेकाहीँ लाग्छ, यसमा भएका भविस्यवाणी असत्य भइदिए ! तर शक्ति संघर्ष मानवीय गुण नै हो । त्यसै यो घनचक्कर कहाँ अन्त्य हुन्छ र ?

September 8, 2025
“चक्कर शब्दले समाधान हुन नसक्ने ससाना समस्याको जालो वा भूलभुलैयालाई जनाउँछ । यस्ता धेरै सानातिना चक्करहरूको संयोजनबाट घनचक्करको निर्माण हुन्छ । जीवन धेरै किसिमका चक्करहरूको भूलभुलैया हो, त्यसैले यो एउटा घनचक्कर हो ।
जीवनरूपी घनचक्करका चारवटा मुख्य कारक छन्- राजनीतिक, मनोवैज्ञानिक, अस्तित्वपरक र पदार्थवादी । यस लेखमा घनचक्करका यिनै चार कारकको सामान्य विश्लेषण गरिएको छ ।
राजनीतिक कारण, जीवन एउटा घनचक्कर हो किनभने कुनै पनि व्यक्ति शक्तिसङ्घर्षको जालोभन्दा बाहिर छैन । पदका लागि, पैसाका लागि, सम्मानका लागि वा आआफ्नो महानता स्थापित गर्नका लागि मानिसहरूबीच सङ्घर्ष चलिरहेकै हुन्छ । मानिसहरूबीच चलिरहने शक्तिको यसै सङ्घर्षका कारण वर्गीय विवाद, जातीय द्वन्द्व, आतङ्कका शृङ्खला तथा युद्धहरू भइरहेका हुन्छन् । शक्तिसङ्घर्षको अविरल मुसा दौड बाहिर कुनै आदर्शवादी संसार छ भन्ने सोच केवल कोरा कल्पना हो ।
जीवन एउटा घनचक्कर हो किनभने कोही पनि शक्तिसङ्घर्षको तानाबानाबाहिर छैन । समाजमा चल्ने शक्तिको खेललाई अस्वीकार गरी खरानी घसी धुनी बाल्ने जोगीहरूले समेत आराधना गरिरहेका हुन्छन् । राजनीतिक शक्तिको गोटीचालबाट बाहिरिएका ती जोगी, महन्तहरू आध्यात्मिक शक्तिको खोजीमा लाग्छन् । हावाबाट लकेट र माला निकालेर आध्यात्मिक शक्तिको प्रदर्शन गर्दै आआफ्ना भक्तजनलाई लोभ्याउँछन् ।
घनचक्करको दोस्रो कारक छ, मनोवैज्ञानिक । हाम्रो अस्तित्वको केन्द्रमा अभावको ठूलो प्वाल छ । त्यस प्वाललाई भर्न कहिले हामी पैसा जम्मा गछौं भने कहिले नाम कमाउने प्रयास । कहिले प्रेम गर्छौ, कहिले प्रतिद्वन्द्विता । हामीले आफैँलाई अन्तर्मनको गहिराइमा सम्झाउँदै हुन्छौ, सायद बैङ्कमा यति पैसा जम्मा गरेपछि वा यति मानिसले चिनेपछि मभित्रको अँध्यारो प्वाल बन्द हुनेछ । यो लोग्नेमान्छे वा स्वास्नीमान्छेको प्राप्ति गरेपछि सायद मेरो अभावको अन्त हुनेछ ।
तर यी सबै भ्रममात्र हुन् किनभने अस्तित्वको केन्द्रमा रहेको त्यो अँध्यारो प्वाल भने जस्ताको तस्तै रहिरहन्छ । त्यसैलाई भर्न क्रममा हामी नयाँनयाँ इच्छाहरूलाई पहिल्याउँदै जान्छौ । जीवनभरि नै एउटा वस्तुबाट अर्को वस्तुतिर, एउटा मानिसबाट अर्को मानिसतिर र एउटा विश्वासबाट अर्को विश्वासतिर लगातार चिप्लिरहन्छौ । कहिले सुपरमार्केटमा सजाइएका उपभोगका वस्तु किनेर आफ्नो अन्तर- अभावको प्वालमा ठेली लगाउन खोज्छौं भने कहिले प्रेमका गीत-कविता लेखेर त्यसको आभासलाई कम गर्न खोज्छौं । तर जेजति प्रयत्न गरे पनि अभावको त्यो अन्तरतम प्वाल भने सधै चिलाइरहने, कोट्याउन मनलाग्ने घाउजस्तै हामीभित्र निरन्तर कायमै रहन्छ ।
घनचक्करको तेस्रो मुख्य कारक मानवअस्तित्वको संरचनासँग जोडिएको छ । एकातिर मृत्युको अनिवार्यताको बोध छ । अर्कोतिर मृत्युबोधलाई नकार्ने वा सहज बनाउने किसिमकिसिमका उपायहरू छन् । कपाल र दाह्रीलाई कालो रङग्याएर हामी मृत्युबोधलाई केही समयका लागि नकार्न सक्छौ । भिटामिनका ट्याबलेट खाएर र टाउकामा नयाँ कपाल उमारेर पनि हामी मृत्युविरूद्धका आआफ्ना व्यक्तिगत आन्दोलन चलाइरहन सक्छौ ।
यसबाहेक कोही जन्ममृत्युको चक्रभन्दा परको मुक्ति वा निर्वाणको खोजीमा लागेका हुन्छौ । कोही भने कुण्डलिनी योगाभ्यास गर्दै टाउकामाथिको सातौ चक्रसम्म शक्ति उठाउने प्रयास गर्दै मृत्युबोधलाई उछिन्ने प्रयास गछौ ।
एकातिर छ, मृत्यु अनिवार्यताको निरन्तर बोध भने अकोतिर छ त्यसलाई नकार्ने वा पराजित गर्ने लगातार अभ्यास । मृत्युको निरन्तर बोध तथा त्यसलाई नकार्ने प्रयत्नहरूबीच दिनदिनैको यस्तै विरोधाभासले नै घनचक्करको तेस्रो, अस्तित्वपरक कारक जन्माउँछ ।
घनचक्करको चौथो पदार्थवादी कारक काम र आरामका अन्तसम्बन्धहरूसँग जोडिएको छ । आधुनिक संस्कृतिको विकासका साथसाथै कामको अवधारणा समयका एकाइहरूसँग जोडिएर परिभाषित हुन पुग्यो । कसले कति महिना, दिन वा घन्टा काम गर्छ, त्यसैअनुसार अफिस, फ्याक्ट्री तथा बजारहरूमा उसको पारिश्रमिक तोकिने व्यवस्था चल्यो । आधुनिक संसारलाई डोर्याउने मुख्य संयन्त्र नै काम गर्नुपर्ने अनिवार्यता हो । काम गरेरै पैसा कमाइ हामी आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न सक्छौँ । खानेकुरा, लत्ताकपडा, घरघडेरीलगायतका सामान खरिद गर्न सक्छौ । त्यसबाहेक हामीले गर्ने कामको प्रकृतिले नै हाम्रा सामाजिक परिचयहरूलाई समेत परिभाषित गर्ने गर्छ । तर मानिसलाई काम गर्ने समयबाहेक काम नगर्ने वा आराम गर्ने समय पनि चाहिन्छ । एकातिर छ, काम गर्नुपर्ने इच्छा र आवश्यकता । अर्कातिर छ, कामभन्दा परको आरामको खोजी । काम र आरामको यो निरन्तर विरोधाभासले नै घनचक्करको चौथो कारकलाई जन्माउँछन् । त्यही विरोधाभास नै घनचक्करको चौथो र पदार्थवादीको कारक हो ।
कोही पद्मासन कसी ध्यान गर्दै आराम खोज्छन् भने कोही टेलिभिजन हेरेर वा पहाड, जंगल, नदी, खोल्सा घुमेर आरामप्राप्तिको प्रयत्न गर्छन् । कोही गीतगजल गुनगुनाएर आरामको खोजी गर्छन् भने कोही तासजुवा खेलेर । केही सुखी र भाग्यशाली व्यक्तिहरूले मात्र काममै आरामको स्रोत भेट्छन् । बढीजसो भने कहिले काम त कहिले आराम खोज्दै पेन्डुलमझैँ यताउता मच्चिइरहन्छन् । धेरै काम गरेर थाकेका मानिसहरू आरामको खोजीमा लाग्छन् भने आराममात्र गरेर अघाई दिक्क भएकाहरू पुनः नयाँ काम खोज्छन् ।
घनचक्करका चारैवटा कारकबीच अविच्छिन्न अन्तर्सम्बन्ध रहन्छ । कामको मध्यमबाटै हामी राजनीतिक वा आर्थिक शक्ति प्राप्ति गछौं। कामै गरेर हामी आफूभित्रको अभावको प्वाललाई अस्थायी सन्तुष्टिको बुझो लगाई बन्द गर्ने प्रयत्न गर्छौ । कामको संसारमा डुबेर भित्रभित्रै मौलाइरहने मृत्युबोधलाई पर तर्काउने वा बिर्सने उपक्रम गर्न सक्छौं । अर्को शब्दमा भन्ने हो भने कामले नै हामीलाई जीवनमा चलिरहेका चक्करहरूलाई सहज बनाउन मदत गर्छ ।
तर कामकै माध्यमबाट चक्करहरूलाई काटी मुक्तिको द्वार खोज्नेहरूलाई पनि फर्कीफर्की आइरहने त्यही प्रश्नले सदैव सताइरहेकै हुन्छ, म सधै किन यति बढी काम गरिरहेको छु ? यही प्रश्नले चेतन वा अवचेतन तहमा तिनलाई बीचबीचमा घचघच्याइरहेकै हुन्छ, मृत्यु अनिवार्य, सन्तुष्टि क्षणिक र जीवन सदैव परिवर्तनशील हुँदाहुँदै म किन सधैं काममै जोतिएको छु ? केही समयपछि नाश हुने शक्ति र अस्थायी सन्तुष्टिको खोजमा किन यसरी लागिपरेको छु ?
यस्तै प्रश्नहरूबाट आत्तिएका उनीहरूरूमध्ये केही काम गर्न छोडी सिनेमा हलभित्र पस्छन् । केही टेलिभिजनको पर्दाअगाडि तेर्सिएर काम पन्छ्याउँछन्। अरूहरू भने पहाड, जङ्गल घुमेर, गीतगजल गुनगुनाएर, हुलाकका पुराना टिकट सङ्ग्रह गरेर वा जुवातास खेलेरै भए पनि आरामको खोजमा लाग्छन् । तर केही समयको आरामपछि मन पुनः व्याकुल हुन थाल्छ । उराठलाग्दो दिक्दारी र रिक्तताको आभासले चित्तलाई पुनः गाँज्न थाल्छ । अनि त्यसपछि उनीहरू फेरि कामको संसारमा फर्कन्छन् । नयाँनयाँ काम खोज्दै आफूभित्रको रिक्तता र दिक्दारी पुनः कम गर्नपट्टि लाग्छन् ।”
••••••••••••••••••••••••••••••••••
“मलाई लाग्यो, हो, प्रेमले मात्र पागलपनमाथि विजय प्राप्त गर्न सक्छ । हुन त कुरो गाह्रो छ किनभने कुरो प्रेमको छ र पागलपनको पनि । अनि न प्रेमलाई पूर्ण रूपले बुझ्न सकिन्छ, न त पागलपनलाई नै । तर पनि मलाई त्यस्तै लाग्यो । हो, सायद प्रेमले नै पागलपनलाई परास्त गर्न सक्छ । हुन त यो मेरो अहिलेको मात्रै विचार हो । सबै मानिसका आफ्नै जीवन छन् । आआफ्नै आँखा र दृष्टिकोण छन् । ती सबैले जीवनका असङ्ख्य चक्करहरूलाई बेग्लाबेग्लै अनुभव गरिरहेका होलान् । धेरैले भोगेको दुःख, कष्टहरू मैले अनुभव गरेका भ्रमहरूभन्दा पनि कैयौ गुणा बढी त्रासपूर्ण होलान् ।”

May 21, 2025
घनचक्कर (Ghanchakkar)
~ सञ्जिव उप्रेती
स्वसृजित जेलमा ऊ आफैँ कैद छ, आफ्नै सोचको कैदमा भ्रमको जालो बुन्छ, सत्यको खोजीमा अन्तर्मनमै हराउँछ।
यो कस्तो बन्धन हो? जहाँ पिँजरा पनि उही नै हो
पंक्षी पनि उही नै उड्न नचाहने कारण पनि उही
र उड्न सक्ने सामर्थ पनि उही
तलासको यात्रा तय गर्न हिँडेको ऊ
खोज! खोज! खोज! भन्दै कराउँछ
खनिजको खोजमा खोज्दा खोज्दै
खोज्ने घनचक्करमा हराउँछ।
खनिज खोज्ने चक्करमा
खोज्दा-खोज्दै हराउँछ॥
यो कस्तो संसार उसको??
मुद्दा ऊ आफैं उठाउँछ सवाल-जवाफ /वकालत आफैँ गर्छ
न्यायाधीश बनेर फेरी ऊ फैसला पनि आफैं गर्छ!
कहिले आलु कहिले प्याज
कहिले सर्प कहिले माछा
कहिले गुरू कहिले चेला
कहिले टावर कहिले गुच्चा
कहिले जोगी कहिले धरहरा
कहिले नेता कहिले जनता
कहिले यता कहिले उता
रहस्य भविष्यको
जीवनको अस्तित्वको
अनेकन अन्योलको चक्करमा
जीवनलाई घनचक्कर बनाउँछ
एक घनचक्करले अर्को घनचक्करेलाई
खोजको चक्करमा घनचक्कर बनाउँछ।
स्वसृजित जेलमा एक घनचक्कर कैद छ। आफ्नै सोचको कैदमा
एक घनचक्कर कैद छ॥
* “के सामान्य रूपमा सबैले कुनै न कुनै किसिमको पागलपन आफैँभित्र लुकाएको हुँदैनन् र? भनिएकै त छ नि, पूर्ण सामान्यता पनि एक किसिमको पागलपन हो।”

August 16, 2026
देशको राजनीतिक परिवेश देखेर त्यसको निकास खोज्न हिँडेको एक मान्छे अथवा विश्वविद्यालय प्राध्यापक बहुलाएको कथा हो । सत्य के हो भ्रम के हो छुट्याउन नसकेको अवस्थामा मानसिक रूपमा आफ्नै छुट्टै दुनियाँमा रमाइरहेको एक पात्र । आफू विद्यार्थी हुँदा आफूले जे कुरा को विरोध गरेको थियो पछि आफू प्राध्यापक भएपछि आफ्नो एक विद्यार्थी ले त्यस्तै रुपम बिरोध गर्नु नै उसको बहुलाएर हिँड्नु को trigger point जस्तो लाग्छ ।
September 21, 2024
ठीकै छ। कुनै-कुनै बेला उच्चाट लाग्दो लाग्छ। केही कुराहरू धेरै पटक दोहोरिएको जस्तो लाग्छ। कथा, अरूले भनेको जस्तो त्यस्तो दिमाग घुमाउने खालको लागेन। एउटै कुरा बारम्बार दोहोरिएको ले, यो उपन्यास निकै लामो लाग्छ बेला बेलामा।
समग्रमा ठीकै छ ।
समग्रमा ठीकै छ ।
January 28, 2019
unfortunately I could relate myslef with the protagonist.
May 13, 2020
True to the title.
I enjoyed reading it but not sure I understand it the way author presented. But was it by design? Everybody should come to their own understanding or lack thereof

November 16, 2022
Dimag ghumaune book. Great writing style.
January 26, 2021
दिलवरनाथ जोगीका असम्बन्धित लाग्ने भविष्यवाणीको रहस्य र फ्रेन्ज राइनरले गरेका उपत्यकाभित्रका शक्तिको नापतौल पत्ता लाग्दा नलाग्दै म युवाबाट अधबैंसे हुन्छु । क्षमा गर्नुहोला किशोरबाट युवा हुन्छु ।म मोटरसाइकल चढ्दिन । म पैदल हिँड्छु । मेरी वेदिका कार हैन स्कूटर चढ्छिन् । शायद बटुका लिएर गल्ली गल्ली हिँड्न पर्ने छैन उनलाई । मेरी नानू अहिले १६ महिनाकी भइन् विस्तारमा कथा हाल्न त सक्दिनन् तर उनकाे कथामा पनि 'दुष्ट राजा' छ, उनलाई मन नपर्ने 'गुडिया' हो त्यो । उनले माया गर्ने जीवहरूको नाम 'याहु' र 'गुगल' हुनेछैन । शायद 'फेसबुक' र 'ट्विटर' पनि नहोला तर 'टिकटक' र 'इन्स्टा' या यस्तै अरू केही हुन भने बेर छैन । उनका बाका पुस्ताकाहरू 'प्याजका धरहरा'का प्रशिक्षणमा 'गुच्चा खेल्नमै' व्यस्त छन् । तैपनि पूर्णिमाको कुनै रात किरातेश्वरमा 'सुशील गर्तौला' सुनाउन लानेछु म उसलाई । चाहे शिवको भजन होस् या चाहे अरू कसैकै, आशा छ उनले पनि अनहद्नादको झल्को पाउने छिन् ।
'घनचक्कर' पढ्नुपर्ने पुस्तक हो । यो कुरा तपाईँले 'पाइलेट पेनको कालो मसी'ले 'नीलो नोटबुकका सफा पाना'मा लेखेर राखे हुन्छ ।
https://www.shivasankalpa.com/2019/01...
December 1, 2014
sachai euta anautho ghanachhar. yo upanyaas padhne manxeharu praya le ghana-chakkar nai vayo bujhiyena vaneka thiye.
Malai ta bujhe jhai lagyo katai yo pani euta ghana-chakkar ko suruwat ta haina?
khair j hos sagar bhai lai dherai dherai dhanyabaad

This entire review has been hidden because of spoilers.
Read
May 31, 2016i wants read