आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।
अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले २०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथा सङ्ग्रह कलिलो मनले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । उनको उपन्यास सेतो धरतीले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरेको छ ।
खोई कहाँ बाट यस किताबको समीक्षा लेखुँ | आँखाबाट आँसु झार्दै किताब पढ्न शुरु गरे | अमर न्यौपानेले सार्है मिठो र सजिलो भाषामा लेखेका छन् यो किताब | हाम्रो रूढ़िगत संस्कृति र पारंपरिक सोचका कारण महिलाले भोग्नु परेका पिंडा, विशेषगरी बाल्बिध्वाका संघर्ष र जीवनका बारेमा सार्है मार्मिक र प्रेरणादायी ढङ्गमा लेखेका छन् | मैले यस पुस्तकका पात्र तारा, पवित्रा र यमुनाका कथाबाट बिशेष गरेर जीवन र समयको महत्व बारे बुझे |जीवन छोटो लामो जे भने पनि, समय रोक्न सकिन्न, हेर्दा हेर्दै मान्छे बच्चा देखी जवान र बुढो हुन्छ | ताराले जब पवित्राको जीवनको बारे मा थाहा पाउछिन्, उनले पछि पवित्रलाई घृणा नगरी श्रद्धाले हेर्छिन् ... किनभने वास्तवमा जीवनको सहि अन्नद तेस्को भोग गरेर मात्रै हुने रहेछ, जीवनलाई बुझ्ने तरिका पनि तेही नै रहेछ | हरेक कुराको लागि जीवनमा एउटा समय आउछ, तेस बेला त्यसको सहि उपयोग गर्नु नै हाम्रो धर्म रहेछ |
ताराले पवित्राको जीवनलाई यसरी विश्लेषण गर्छिन् .... "आफै रित्तिएर, खुईलिएर उमेर र समय ताप र राफले उडाएर लैजाने जीवनको रङ्गहरुलाई उनले कति कुशलतापूर्वक उपयोग गर्न जानेकी | करारी त्यसो गर्न सकेकी? उनले के भोगिनन् ? ....... वास्तवमा भोगेर नै जिन्दगीका दागहरु मेटिने रहेछन् क्यारे |"
अन्तयमा :
..धर्तिमा नँया मान्छेहरु आउदै पुराना मान्छेहरु जाने क्रम चलिरहेछ | हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर एउटा बालक किशोर हुन्छ, किशोर जवान हुन्छ, जवान प्रौढ हुन्छ प्रौढ बुढो हुन्छ | तर,बुढो प्रौढ हुँदैन, प्रौढ जवान हुँदैन ...
कति हृदयविदारक, कति सुन्दर। सेतो धरतीले मन छोयो, अमुक बनाईदियो। यति धेरै दुख कसैको जीन्दगीमा नहुनु पर्ने हो। तर यति अनि यतिभन्दा धेरै दुखी र पीडादायी थियो जिन्दगी, हजारौँ-लाखौँ विधवाहरुलाई इतिहास भरी। विधवा नभए पनि उपेक्षाको जीवन जिउनु र आफ्नो वश बाहिरका कुराहरुका कारण जीवन कष्टकर हुनु—यी त कैयौँ महिलाहरुको लागी अहिले पनि यथार्थ नै हो। अमर न्यौपानेलाई यो कथा लेखिदिएकोमा धन्यवाद।
आज सेतो धर्ती दोस्रो पटक पढ़े अब फेरि कथा विर्सिन्न होला ! यद्यपि जति पढ़े पनि पून पढ्ने इच्छा रहिरहनेछ। बालविबाह वालिधवा र एउटी निसन्तान महिला को यथार्थ चित्रण गरिएको यो उपन्यासले कस्को मन नछोला र! हुनत सन्तान बाट सुख प्राप्त भए पनि त्यों क्षणिक नै हुन्छ र अन्तमा " आखिर ईश्वर रहेछ एक" भन्ने सत्य चाहि जीवन पात्र पढ्दा अनुभूति हुन्छ। मदनपुरस्कार पाएको यस पुस्तक को बारेमा म जस्तो जिज्ञासुले लेख्ने कुनै शब्द हुन्न यो भन्दा धेरै ........
a lifelong journey about a widowed child, married at seven, who then proceeds to explore life in all its glory. and boy does life make it hard for her.
if this book were a phrase it would be:
‘life sucks. get on with it, cause it will get worse.’
there are dead husbands, dead brothers, and dead mothers (a lot of death surrounds the storyline. sad, i know) along with strange connections to men who are regular customers at a brothel, and the depiction of how miserable life can be.
there certainly is a deep meaningful moral at the end of the story but i couldn’t quite uncover it whilst struggling to understand the protagonist’s life as things juggle from pregnancy to exploration of one’s faith in god.
but my heart was tender for Tara. this book is pretty overrated and loved by many and i see why that is now. firstly, the language and writing style is impeccable. nepali literature is always a breath of fresh air. i absolutely loved so many sentences and paragraphs (which, my lack of skills in writing nepali on a keyboard, is holding me back from adding them here).
secondly, when you accompany a character from their birth to the end, you resonate with them. i resonated too, sure, but the endless grief-stricken vibe that the book provides isn’t the best for my mind.
someone told me once that this book is one every young girl should read. and i agree. from ‘bal vivah’ to ‘sati pratha’ this book touches many of the ‘evil’ and frowned upon cultural beliefs of older Nepal which i believe, every person of the younger generation should be aware of.
अमर न्यौपानेको नयाँ कृति "सेतो धर्ती" लाई उपन्यासभन्दा पनि काव्यात्मक अनुभवन्यास भन्नु अधिक उपयुक्त ठहर्ला । एउटी बालविधवा तारा भन्ने पात्रको जीवनानुभवको एकालाप हो यो पुस्तक । तारा जन्मेको समयदेखि मृत्युनिरको समयसम्म खिचिएको यो कथा पढ्नका लागि असीम धैर्य आवश्यक हुन्छ । बालविधवाको बिस्तारै बित्ने जीवन देखाउनका लागि लेखकले कथाको गतिशीलतामा अंकुश लगाएका हुन् कि भन्ने लाग्छ । ताराको बाल्यकालीन विवाह खेल, विधवा अवस्थाका घटना, सौतेनी आमाका तिरस्कार, देवघाटका एक्ला बसाइ, शारीरिक इच्छाका आँधीले ल्याएका पीडाले भरिएको छ पुस्तक ।
भाषा भने उत्कृष्ट छ । कविताको आत्मा छ भाषामा । अहिले नेपालीमा पत्रकारहरू साहित्यकार भएका छन् र तिनले साहित्यमा समेत अखबारी सपाट भाषा भित्र्याएका छन् । तर अमर साहित्यिक भाषाका राम्रा प्रयोक्ता हुन् र उनको प्रतिभाको कदर गर्नैपर्छ । बेलायती प्रख्यात उपन्यास लेखिका जर्ज इलियटको जस्तो कवितात्मक भाषा छ अमरको । जस्तो, उनले मूर्त र अमूर्त कुरालाई एकै ठाउँमा ल्याएर वर्णन गरेका छन्: "उनी मनको झोलाभरि पीर बोकेर फर्किइन् ।" यसले पुस्तकलाई सुललित बनाएको छ ।
यसका बाबजुद पुस्तकमा प्रशस्त कमजोरी छन् । सर्वप्रथम त यसको शैलीमै समस्या छ । प्रथम व्यक्ति कथावाचक शैली अपनाइएकाले उपन्यासमा तारा मात्र छाएकी छिन् र उनले बोल्ने संवादमा लेखक नै आरोपित छन् । जसरी तारा विभिन्न पुरुषमा तथा भगवान् कृष्णमा आफ्नो बालसखा गोविन्दलाई आरोपित गर्छिन्, लेखक पनि तारामा आफैँलाई आरोपित गरिदिन्छन् । ताराजस्ती अपठित नारीले अभिव्यक्त गर्न नसक्ने भारीभरकम शब्द लेखकले हालिदिएका छन् । अझ "एम्पायर" र "सुनामी" जस्ता अंग्रेजी शब्द पनि घुसेका छन् ताराका सोचाइमा जुन पूरै अयथार्थापरक देखिन्छ । बरु लेखकले तृतीय व्यक्ति वाचकको शैली अपनाएर यस्ता शब्द हालेको भए सुहाउँथ्यो । अनि जस्तो, ताराले आफ्ना विगत सम्झिदैँ गर्दा बाल्यकालका एक एक घटना मसिनो गरी सम्झिने अनि अल्लि बुढी भएपछि ती घटना बिर्सने देखाएको त मिलेन किनकि ताराले डायरी राखेकी छैनन् ।
गहिराइ भने पाइन्छ चिन्तनमा । नारी र पुरुषको अन्योन्याश्रित सम्बन्ध छ र एकको अभावमा अर्कोको जीवन नीरस हुन पुग्छ भन्ने विचार निहित छ यहाँ । दार्शनिक कुरा पनि राम्रोसँग आएका छन् । ताराले शारीरिक सन्तुष्टि नपाएकीले गर्दा उनको सन्यास दृढ नभएको तर उनका साथी यमुना र पवित्राको भने पाएकाले भएको भन्ने कुरा विश्वासयोग्य छ । पुस्तकमा छोटा छोटा अध्याय छन् जसको विन्यास ठीकै लाग्यो मलाई । तर कुनै कुनै अध्यायको औचित्य देखिएन, जस्तै हवाइजहाजवाला अध्याय ।
पुनरावृत्ति दोषको सिकार छ पुस्तक । अब यानाफोरिक फन्क्सनका रूपमा दोहोरिएका वाक्य त ठीकै हो तर अन्य दोहोर्याइलाई पुस्तकको कमजोरी नै मान्नुपर्छ । लेखकलाई त आनन्द आउला कुरा दोहोर्याइरहँदा तर पाठकलाई झ्याउ लाग्छ । यसबाट सम्पादनको कमी ���ेखिन्छ । भाषा सम्पादन पनि राम्ररी नगरिएको देखियो । पुस्तकमा मुद्राराक्षस भरमार छन् । पुस्तक निकाल्न हतार गरेको जस्तो देखियो । चैतमा धेर पुस्तक निस्कन्छन् किनकि वर्षको अन्तमा निकाल्दा पुरस्कारको दौडमा हल्ला गर्न पाइन्छ । कतै यो पुस्तकको हतार त्यही मनोविज्ञानबाट त निर्देशित छैन ?
तार्किकताको पनि अभाव देखियो कुनै प्रसंगमा । जस्तो, पवित्रा भारतबाट देवघाट आउँदा उनकी छोरीको के भयो त ? उपन्यासको अन्त्य अल्लि दह्रो लागेन । अमर न्यौपानेले बुझ्नु जरुरी छ, राम्रो भाषाले मात्र उपन्यास उच्चकोटिको बन्दैन । कथोपकथन, हास्यचेत, गतिशीलता लगायतका अन्य औपन्यासिक सीपलाई पनि तिखार्नु जरुरी छ । उपन्यास भनेको महासागर हो, सानो तलाउ हैन । यत्तिको उच्चस्तरीय भाषाका धनी लेखकले यी पक्षमा मेहेनत गरे उनी नेपाली आख्यान साहित्यका धरोहर नै हुनेछन् भविष्यमा भन्ने मेरो विश्वास छ ।
Seto Dharti, the mirror of our Nepali society, is a Nepali novel written by Amar Neupane. It is a well-written story that portrays the painful and hard life of a young widow which keeps you absorbed until the end. In the novel, the main character, Tara, is a nine-year-old widow who goes through a lot of pain and suffering throughout her life. Click to read the full review
if you want to know how it feels like to be sobbing at 2 am with goosebumps all over your body, look no further. once you start in book, there's no going back. the descriptive way this book has been written and the way every word sweeps into your body and stirs deep seated emotions you didn't even know existed.. it's irreplaceable. you MUST read this book. period. kudos to amar neupane for touching lives in ways no one could have possibly imagined.
यो उपन्यासको जति प्रसंशा गरे पनि कम हुन्छ जस्तो लाग्छ। कथाको मुख्य पात्र तारा अनि उनको साथीहरु यमुना, पवित्रा अनि गोविन्दकोको कहानी सायद अब म जिन्दगी भरी भुल्न सक्दिन।
७ वर्षको उमेरमा बिहे भएर ९ वर्षको उमेरमा बिधवा भएकी ताराको कहानी सुन्दा, बिधवा भए पछि उनले बेहुर्नु परेको समस्या, समाज अनि परिवारको हेला हुनु परेको कहानी पढ्दा साच्चै आफुलाई नै घटेको जस्तो महसुस भयो। छोरी मान्छेको जिन्दगी कति गारो हुन्छ, है? यस्तो कथा हाम्रो देशमा कति छोरीहरुले भोगे होलान, अझै भोगी राखेकै छन्। किताबको रूपमा भए पनि यस्तो जिन्दगीलाई हामी सामु लेइदिनु भएकोमा धन्यवाद छ अमरजी तपाइलाई ।
यो उपन्यासले मलाई धेरै कुरा सिकायो। मानिसहरु हेर्दा एउतै देखे पनि उनीहरुको जिन्दगी एउतै हुदैन, सबैले आ-आफ्नो भाग्य अनुसारको कर्म गर्नु पर्छ । साच्चैनै, ताराको जन्मे देखि बुढेसकाल सम्मको कहानी सुन्दा लाग्छ, जिन्दगी कति छोटो छ, तर जब उनको दुख सम्झिन्छु, लाग्छ कति लामो छ यो जिन्दगी। यो लामो जिन्दगी उनी सेतो धरती भएर एक्लै बिताउनु पर्यो। कति दुख भोग्नु पर्यो। आफ्नो मन परेको मान्छेसंग जिन्दगी बिताउने, छोरा छोरी बनाएर सुखी संसार बनाउने, ताराको लागि सबै कुरा सपनामा मात्र सिमित रहयो । उनले रोजेको जिन्दगी उनले पाउन सकेनन। अरु कसैको भुलले गर्दा ताराले सजाय भोक्नु पर्यो। यस्तो जिबन पनि जिउनु पर्छ मानिसले तर आज आफुलाई निकै भाग्यमानी महसुस गरि राखेको छु, धन्न म तारा जन्मेको युगमा जन्मिनु परेन।
बालविधवाको जीवनलाई संगालेर लेखेको यो उपन्यास, मलाई लाग्छ मैले आइलेसम्म यस्तो मन छुने किताब पढेकै थिएन। यो उपन्यासमा सजिएका नेपाली भाषाको मिठास देख्दा आफु नेपाली भएकोमा गर्ब लाग्छ, अनि त्यो भन्दा पनि धेरै गर्ब लाग्छ यो किताब पद्न पाएकोमा। फेरी पनि धन्यवाद अमर नेउपानेजी तपाइलाई। भबिस्यमा यस्तो किताबहरु अझै पढ्न पाउँ र यी किताबहरु नेपालमा मात्र नभएर संसार भरिनै छाउन पाउन। यही छ शुभकामना।
पहिलो वाक्यदेखि नै मेरो ध्यान खिचेको यस किताबले अन्तिम पानासम्म पनि ध्यानलाई कायम गरायो। ७ वर्षको उमेरमा ताराको विवाह छलपूर्वक गराइयो, अनि ९ वर्षको उमेरमा उनी विधवा भईन्। त्यसपछि उन्ले भोगेका कठिनाइहरुले मुटुलाई छिया छिया बनायो। त्यो समयमा कति महिलाहरुले उनीजस्तै दुख भोग्नु परेको थियो , विधवा भएपछि समाजले हेर्ने दृष्टिकोणमा आजभन्दा कति धेरै भिन्नता थियो भन्ने कुरा मानसपटलमा निकै बेरसम्म रुमलिरह्यो। किताबको लेखन शैली अतुलनिय छ, यसले गर्दा कथामा अझै बढी सुगन्ध थपिएको अनुभूति हुन्छ।
I took my time and really enjoyed the book. I can see why so many people love it. If I wasn't reading it while walking in front of so many people, I would have definitely cried more.
अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ पढीसक्दा लाग्छ, लेखक साना–तिना जादुगर नै हुन् । नत्र कुनै नौलो कथावस्तु नबोकेको, अद्भुत घटनाक्रम नसमेटेको र चकित पार्ने ‘वाद’ वा ‘प्रयोग’ को दावी नगर्ने कृतिको के को बलले पाना पल्टाउँ पल्टाउँ पार्छ ?
त्यो जादु छ उपन्यासको भाषा र लेखनशैलीमा । लेखकले उपन्यासमा समाविष्ट प्रत्येक घटना र पात्रका मनमा उत्पन्न विचारलाई शब्दमा परिवर्तन गर्दा यस्ता आकर्षक विम्ब, रुपक र प्रतीकलाई अघि सारेका छन्, हरेक पृष्ठमा लोभलाग्दा अनुच्छेदहरुको सिर्जना भएको छ । आफ्नो भावी जीवनको सङ्केत दिँदै नायिकाले भन्छिन्ः “म थिएँ आमाको पेटमा । तर, एउटा सेतो फूल फुलिरहेको छ भन्नेचाहीँ थाहा थिएन आमालाई ।” यस्तो काव्यात्मक र सुरम्य चिनारीबाट शुरु भएको कृति उस्तै अमूर्त मोडमा गएर टुङ्गिन्छ, हरेक संवेदनशील पाठकभित्र अनौठा भावना प्रष्फूटित गराएर ।
अघिनै भनेजस्तै कथाको मात्र विश्लेषण गर्दा त्यति नयाँपन छैन । वृत्तचित्र, चलचित्र र साहित्यका अनेक विधामा बाल विवाह र त्यसले कहिलेकाँही निम्त्याउने असामयिक वैधव्यको प्रशस्त चित्रण गरिएको छ — पुतलीको खेलजस्तै अबोध विवाह, यसको अर्थ बुझ्न र भोग्न नपाउँदै जीवनसाथीको निधन, अनि त्यसपछिका एकलासे दिनहरु । तर ‘सेतो धरती’का लेखकले यही सामान्य कथालाई एकदम फरक ढङ्गले नियालेका छन्, आजभन्दा झण्डै एक शताब्दी अघि जन्म लिएकी र नौ वर्षमै पतिको मृत्युपछि निरस जीवन बिताइरहेकी पात्रको यथार्थता पोखेर, अ�� भनौँ आफैँ नै त्यही महिला बनेर । ती मुख्य पात्र हुन् तारा, जसले आफूलाई यसरी चिनाउँछिन् ः “मलाई रातले देख्यो । जूनले देख्न पाएन । असङ्ख्य ताराहरुले देखे । त्यसैले, मेरो नाम पनि राखिदिनुभएछ — तारा ।” अँधेरी रातमा जन्म लिएकी ताराको कठोर यात्रा त्यहीँबाट शुरु हुन्छ, र दुखमाथि दुख थपिँदै गएपछि पाठकको मन नै कुँड्याइदिन्छ । सुखद पल थोरै छन् ताराको जीवनमा, त्यस्ता क्षण आउँदा सन्तोष लाग्छ, तर उनका व्यथाबारे पढेर थाहै नपाइ आँखाबाट आँसु झर्छन् । बडो सोझो भावमा उनी भन्छिन्ः “म विधवा नभएकी भए मैले यति धेरै मानिसहरुबाट यति धैरै दया, माया र करुण��� पाउने थिइनँ ।” उनको यस्तो निर्दोष बुझाईले पाठकलाई साह्रै चिमोट्छ ।
जसोजसो तारा बढ्दै जान्छन्, उनमा देखा पर्ने बदलाव र परिपक्वताले झनै मन छुन्छ । कृतिको अर्को रोचक पक्ष के हो भने तारा हुँर्कदै जाँदा उनका सोचाइ र उद्गार उस्तै परिस्कृत हुँदै जान्छन्, उनी आफ्नै आँखा अघि बढे जस्ती लाग्छ । कति महिला पाठकलाई ताराका जीवनका प्रसङ्ग आफ्नैसँग मिल्दाजुल्दा लाग्लान्, झसङ्ग भई आफैँसग सोध्लान् — यो अभागिनी मैँ त होइन ? ताराको बालसखा गोविन्दप्रतिको आजीवन आशक्ति, जबरजस्ती जुराइएको जोडीप्रतिको वितृष्णा, पराइघरमा भिज्न नसक्दाको अलमल, पति गुमाउनु भन्दा चुरा–पोते समर्पण गर्नुपर्दाको व्यथा, माइतीमा आफू बोझ भइएको अनुभव, र समाजले कहिल्यै बिर्सन नदिने ‘बैलो’ पनको डसाइ । यी सबै नारी भावनालाई लेखकले चित्तबुझ्दो गरी व्यक्त गरेका छन् । नारी अनुभुतिलाई विश्लेषण गर्नु वा लेखनमा प्रमुख स्थान नारीलाई सुम्पेर कथा रच्नु त्यत्ति गाह्रो काम होइन । तर विपरित लिङ्गीलाई समेत घत पर्ने गरी उनीहरुको मनोदशा केलाउनु भने सह्रानीय कला हो । अति सरल शब्द, ग्रामीण परिवेश र पात्रका मीठा लवजले कथामा लय थपेका छन् ।
तर अन्य शक्तिशाली कृतिजस्तै ‘सेतो धरती’लाई दरिले बनाउने सुत्रले नै यसलाई कमजोर पनि बनाउँछन् । गद्यमा पद्यको प्रवेश मन नपराउने पाठकलाई कृतिले तान्नै सक्दैन । वृत्तान्तलाई सीधै अघि बढाउनु भन्दा एउटा अति सूक्ष्म चेतनामै अल्झिएर यसका अनेक सम्भावना जाँच्ने लेखकको बानीबाट पनि त्यस्ता पाठक अधैर्य हुनेछन् । कतिलाई लाग्नेछ — एउटै वाक्यलाई घुमाई फिराई भनिरहन के जाँगर लागेको होला ? जस्तै “आफ्नै जीवनका हरिया पातहरु पहेँलिँदै झर्छन् आफ्नै जीवनको तलाउमा । एउटै पातको स्पर्शले पनि अनौठो तरङ्ग ल्याइदिन्छ पूरै तलाउमा । एउटै पातले पनि हल्लाइदिन्छ मेरो मनको तलाउ ।” कुरा सुन्दर छ, सुनिरहुँ लाग्ने छ, तर कतिपय पाठकको लागि यो दोहोरिरहने शैली बोझ पनि बन्छ ।
उपन्यासको अर्को कमजोरी हो, सरल हुँदा हुँदै अति सामान्य भइदिनु, केटाकेटीको किताब जस्तै । एउटा उदाहरणः “रोटी खान खोजेँ । भगवान्लाई नचढाई खान हुँदैन भन्नुभयो । चारओटा रोटी भगवानलाई चढाएपछि पहिलो रोटी बहिनी र मैले आधाआधा खायौँ ।” सबै तहका पाठकले भेउ पाउने गरी सहज भइदिनु कृतिको विशेषता हो, तर यसको अतिप्रयोग गरेर लेखक चुकेका पछि छन् । भावुकतामा नडुबेर आफ्नो बौद्धिकताको अपमान भएको सम्झेर पाठकले पढ्न छोडिदिन्छन् । यसैगरी कथा थाहा पाउन हतारिएका पाठकले पनि शैली स्वाद नलिइकन हुत्तिएर अन्तिम पानामा पुग्ने सम्भावना उत्तिकै छ । ‘सेतो धरती’ ले सबै पाठकलाई सम्मोहित पार्न नसक्ला । तर जतिलाई पार्छ, तिनलाई लेखकको शिल्पप्रति नतमस्तक बनाएर मात्र बिदा दिन्छ । कुनै भड्किलो प्रयास नगरी शालीन र सौम्य भाषामा एउटी सामान्य नारीको जीवनका प्रत्येक क्षणलाई कैद गर्न सक्ने उनको इष्र्यालाग्दो प्रतिभाको कदर नगर्ने पाठक बिरलै होलान् ।
“भगवानलाई पनि पाप लाग्ने भए सवैभन्दा धेरै पाप उनैलाई लाग्थ्यो होला ।”
नेपाली भाषामा आफु ठुलो भएपछी पढेको पहिलो किताब । थाहा थिएन कि मन नै रुवाउने छ यो किताबले । कस्तो कस्तो पेरिसथिती हरु भोग्नु पर्छ मान्छे भएपछी, तेस्माथि इस्त्री भएर जन्मिएपछी । सलाम छ ति नारिहरुलाई जस्ले समाज को बिभिन्न रिती हरु देखी हार नमानी जिन्दगी बिताएकाछन ।
लेखन अत्यन्त मीठो छ, अमरले ठेट भाषालाई जस्ताको तस्तै राखेर असाध्यै राम्रो काम गरे। जसरी झोलाकी बिधवाको कथाले झोलालाई उचाईमा पुर्याएको छ, त्यसरी नै तारा र उनको जीवन नै आफैमा एक अमिट छाप छोड्न सामर्थ्य राख्छन। ताराको नियति र भोगाई, त्यो समयको परिप्रेक्षनै यो आख्यानको दम हो। अन्तिमको भागको 'भुमिका' जति ठोस र ओज अरु अगाडीका कुनै भागमा मैले पाईन। पढ्न शुरु गर्दा यो आख्यान एक बाल बाल-बिधवाको कथा हो भन्ने थाहा हुने बित्तिकै जुन गहिराई उत्पन्न भयो, र शुरुका घटनाक्रमले जति हुन्डरी ल्यायो, त्यत्तिको ओज बाँकी भागमा छैन। बिषयबस्तुको उच्चतम छनोट कारणले गर्दा पनि लेखाइका कमजोरीहरु केलाउन खास मन लागेन। तर जति गहिरो पीडा-भाव बोकेर र सहेर ताराको जिन्दगि (लगभग) सकियो, त्यसको कतिपय मिहिन द ृष्यहरु छुटेको जस्तो भान हुन्छ। यसलाई उपन्यास र तारा - दुई भागमा छुट्याउने हो भने, उपन्यास निकै खल्लो र कमजोर लाग्न जानेछ। तर उनी आफै चाहीं निर्विवाद रुपमा अमिट छिन। यसमा कुन ै शंका छ ैन।
Seto Dharti' is based on a life story of a child widow- Tara. Tara represents the life of all girls of Nepal in the past. A girl, who doesn't even know how to write her own name is married to a boy without her knowledge. It doesn't end here. After her husband dies shortly after the marriage, she isn't allowed to remarry. Her life becomes lifeless. Everywhere she goes, she is cursed. The novel shows the miserable condition of widows in Nepal. Tara needs to clad in white her whole life wherever she goes. No colours, no charm. And her life, accompanying. Many Taras of Nepal are forced to suffer this colourless life. Thanks to Neupane for presenting this beautiful yet heart melting novel.👌
नेपाली भाषामा यति मिठास हुनसक्छ भन्ने कुरा मैले यो किताब पढेपछि महसुस गरें । सरल भाषामा लेखेर पनि यति मिठो प्रस्तुति । जीवन्त पात्रका सुख दुखका कथा । ठेट नेपाली गाउँको परिवेश । अमर न्यौपानेको कवितात्मक लेखन शैली । यी सबै कुराले पुस्तकलाई उच्चतम कोटीमा उभ्याउन सफल भएका छन् ।
I am in awe of the author regarding the parts where being a man himself he could so precisely portray how a woman felt. Every question the character had in her mind regarding the circumstances she was in, it was questionable to me as well. I don’t question any of it. It’s not even about questioning.
The character portrayal defined a rebellious woman. However, other than in the beginning I don’t see her questioning more of it. She accepted her fate not that the expectation was of her being superhero. But did she make the most out of it? She was seeking to learn क ख ग but she didn’t seek it further. She could have learned from her brothers, I believe. I am more unsatisfied the way she grows silent with age. That is exactly what goes around. Exactly. How is it fiction?
At end I felt like the thing I awed about his work might be all the things he heard around and none were from his heart.
Seto Dharti is not only one of the most sensational and heart touching novel but also is written with utmost perfection and holds the bitter truth of our society of a few years back.The content is based on an old matter as dry as the desert,but the way the writer presents the scenes holds the power to urge the reader.The writing is simple ,brisk and well-placed.
This is the story of struggle ,struggle of a child widow through the different stage of life.While reading this book ,I felt as though her life is passing gently right before my eyes.At the times,my own eyes couldn't stop themselves from breaking down with tears out of a sympathy for the vulnerable life of child widows of those days. Tara tells her story in her own words how she was married at the age of 7 and had to be child widow at the tender age of 9. Her life changed colors and her world no longer remained colorful,just plainty white and dull!before i read the book, the title 'seto dharti' didn't make much sense to me.Going through the novel I felt like there can't have been another name for this novel.
I recommended this book to all modern boys and girls who often forget how they lucky they are to be born in this time and not in Tara's. I am not asking you guys to read this book to find out how conservative our society was then, or to acknowledge Tara's life.in fact I want you to read it because this book will help to find yourself and be thankful for what you have got.
Therefore, dear all don't take this life for granted because life is a blessing and you have got to utilize it like one. At the end, don't forget to check out 'Seto Dharti'
प्राचिन नेपाली समाज, तेसमा पनि पश्चिम नेपालको संस्कृति र रितिरिवाजलाई समेटेर लेखिएको 'सेतो धर्ती' ले कैयौं भाव उत्पन्न गरायो पढ्दापढ्दै | नारीलाई समाजले हेर्ने दृस्टीकोण र झन्नै बालबिधुवाले भोग्नुपर्ने जीवनभरको पीडालाई निकै राम्रोसंग प्रस्तुत गरेको यो लेख पढ्दा जिउ नै सिरिङ्ग भएको थियो | येदि अहिलेका नारीले नि तेस्तै पिडा भोग्नुपरेको भए? कहिले त लाग्यो किताब भित्रै छिरेर त्यो बेला बालबिधुवाहरुलाई रंगहीन बनाईदिने समाजमा गएर धिककार गरुम र कहिले लाग्यो कति सहनशील रहेछन त्यो बेलाका नारीहरु! तारा, पवित्रा र यमुना जस्ता पात्रको भिन्नतालाई देखाई, जीवनभोगका कुराहरु एबंम जीवनचक्रको कुरालाई प्रस्तुत गरि यो उपन्यासले नेपाली साहित्यलाई उकासेकोमा खुशी लाग्यो |