मलाई लाग्छ सबै नेपालीले एक पल्ट पढ्नै पर्छ यो किताब 'सकस' | मेरो बुवाले पढिसके पछि, एकदम राम्रो छ पढ भनेर दिएको किताब, मलाई नी सार्है मन पर्यो |
इतिहासका कालखण्डमा भएका घटनाहरू समेटेर लेखिएको यस किताबमा नेपाली सर्व-साधारणले भोग्नु परेको - प्रताप मल्ल, नरभूपाल र पृथ्वी नारायण शाहहरुदेखि राणा काल, द्वन्द र नयाँ नेपाल सम्मको व्यथा र सकस निकैनै सरल र मार्मिक ढंगमा चित्रण गरीएको छ |
यो कुनै प्रेम वा रहस्यमय उपन्यास होइन, तै भएर धेरैलाई मन नपर्न पनी सक्छ | मलाई मन पर्नको कारण केवल एक छ | यो हाम्रो, हरेक नेपालीको वास्तबिकताको चित्रण गर्ने एउटा उपन्यास हो, त्यो वास्तबिकता के रैछ त बुझने कौतुहलताका करण, र राजनीति र इतिहाँसमा चासो भएकाले पनी मलाई यो किताब रोमांचक लाग्यो |
जिबाका अनुभवहरुबाट, उनका ज्ञानबाट, सरद र कुमारी जस्ता अरु धेरै पात्रका भोगाई, उकुस मुकुस र लाचारीपनबाट घिमिरेले नेपालको जीवनी लेखेका छन् | यो नेपालको जीवनी पढेपछि अन्त्यमा लाग्यो - येत्रो संघर्ष, येत्रो योगदान, येत्रो लामो अस्थिर यात्रा के का लागी? आजको देशको यो स्थिति तेत्रो बिगतको योगदान पछि विश्लेषण गर्दा बिरक्त लाग्छ | नेपालको भविष्यको बारेमा चिन्ता पनी हुन्छ | कति पटक किताब पढ्दा पढ्दै कुनै वाक्य तथा प्याराग्राफले मलाई किताब बन्द गरी सोच्न र टोलाउन बाध्य पनी बनायो |
म त भन्छु, किताब पढ्नुस् | पढ्दा कतै कतै कुनै भागमा पढ्न असजिलो होला, अल्छि पनी लाग्ला, कतै एक्कासी के आयो शृंखला नै नमिले जस्तो नी होला, तर बोर नमानी पढ्नु होला | मलाई त संदेश मुलक लाग्यो र एउटा नेपाली जसले नेपाललाई माया गर्छ, उसले त नेपाल र नेपालीको सकसलाई बुझन पनी पढ्नै पर्छ जस्तो लाग्यो |
"मैले पन्ध्र सय वर्षअघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भार्तृहरिको त्यो श्लोक सम्झें, जसमा उनी भन्छन्– राजनीति र वेश्या उस्तै बहुरुपी हुन्छन् ।"
मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि उनको लेखनीमा विशेष रुची बढेको हो । व्राह्मण परिवारमा जन्मेकाले सानै देखि संस्कृत प्रति केहि लगाव थियो । जमाना अनुसार अंग्रेजीमा शिक्षा हाँसिल गरिए पनि अनिवार्य संस्कृतका कक्षामा र घरमा भएका धार्मिक ग्रन्धमा भएका एकआध संस्कृतका श्लोकहरु कण्ठ गरेर कुराकानीका क्रममा सन्दर्भवस उल्लेख गर्न पाउँदा साह्रै गौरवान्वित हुने गर्दथे । ‘संस्कृतको युग सकियो अंगे्रजी सिक्नुपर्छ’ भन्ने पिताको संस्कृत शिक्षा प्रतिको उदाशीनता र एकखाले बन्देजका कारण पनि संस्कृत पढुँ पढुँ लाग्थ्यो । त्यति हुँदा हुँदै पनि न त मैले संस्कृत पढ्नका लागी कुनै ठूलो कदम चाल्न सकेँ न त मनको हुटहुटी नै केहि गरि मार्न सकेँ । उपन्यासहरुमा छिटपुट प्रयोग भएका संस्कृत शब्द र श्लोकहरु कण्ठ गर्न पाउँदा वा तिनको अर्थ जान्न पाउँदा आफ्नो जुनीले सार्थकता पाएको महशुस हुन्थ्यो । त्यस्ता उपन्यासहरुमा विपिका उपन्यासहरु पर्दथे । जगदीश घिमिरेले अन्तर्मनको यात्रामा पनि संस्कृतका श्लोकहरु जस्ताको तस्तै अनि नेपालीमा उल्था गरेर समेत उल्लेख गरेका छन् । विपिको लेखाइमा यस्ता अनुवाद भेटिन्न थियो । त्यसैले पनि घिमिरेको लेखाइ एकदम मनप¥यो । त्यसमाथि घिमिरेको ‘नबुझिने लेख्नु र नसुनिने बोल्नु एउटै हो ।’ भन्ने कथनले साहित्य पढ्न भरखर मात्रै सुरु गरेको मेरो मनमा ‘हो त नि!’ भन्ने पा¥यो । अन्तर्मनको यात्रा पढेको निकै भएकाले त्यसको सबै कुराहरु याद छैन । तामाकोसी सेवा समितिका किस्साहरु र अलिअलि मन्थलीका कुराहरु भने सकस पढ्दा पनि आक्कल–झुक्कल याद आइरहे । सकसमा पनि विशेष गरी रामेछाप, जनकपुर र काठमाडौं गरेर तीन जिल्लालाई पृष्ठभूमीमा राखिएको छ । उपन्यासका पात्रहरु यिनै जिल्लामा आउने र जाने गरिरहन्छन् । तिनै पात्रहरुले प्रसंगबस स्मृतिका रुपमा नेपाली राजनीतिको इतिहाँसका विभिन्न पाटाहरुलाई उजागर पार्छन् । त्यसका साथसाथै मधेस आन्दोलनका कुरा पनि उपन्यासमा अटाएको छ । उपन्यासकी एक प्रमुख पात्र कुमारीले उनको पति शरदकुमारले बेपत्ता हुनु अघि छोडेको नोटबुक समाजसेवी देबीलाई छोड्छिन् । त्यही नोटबुक भित्र टिपोट गरिएका कुराहरु नै उपन्यासको मुख्य विषयवस्तु हो । इतिहासका धेरै कुराहरुलाई ‘जिबा’को स्मृतिका रुपमा प्रस्तुत गरिएको छ भने केहि कुराहरु शरदकुमारको व्यक्तिगत भोगाइका रुपमा उल्लेख गरिएको छ । नेपालको इतिहासमा पृथ्वी नारायण शाह देखि प्रचण्ड सम्म आइपुग्दा घटेका प्रमुख घटनाक्रमहरु यसमा समावेश छन् । विशेष गरी राजतन्त्रका बेलामा इतिहास पढेकाले राजतन्त्रका नकारात्मक पक्षहरु अध्ययन गर्न पाएनन् । त्यसैले यो पुस्तकले छुटेको इतिहासका पक्षहरुमा समेत प्रकाश पार्ने काम गर्दछ । सिन्धुली गढीको यात्राका क्रमा सन् १६६७ मा एकिकरण अभियान रोक्नका लागी अंग्रेजी सेनाले सिन्धुलीमा गरेको आक्रमण र गोर्खालीसँग हारेको कथा (त्यसबेलाका तोप अझै गढीमा सुरक्षित छन्) एकदमै रोचक लाग्यो । पृथ्वीनारायण शाहका हुकुममा छालाकाढेर नुनचुक दली मारिएका जयन्त रानामगरको चर्चा एकिकरण ताका अन्यायमा परेकाहरुको प्रतिनिधि कथा बनेको छ । पृथ्वीनारायण शाहको मृयुको प्रसंग पनि पढ्न लागयक छ । पृथ्वीनारायणका छोरा प्रतापसिंह साह राजा हुने वित्तिकै बहादुर शाह र दलजित शाहलाई नजरबन्द अनि अन्य चौतरीयाको सर्वस्वहरण गरेको प्रसंग, तान्त्रिक अनुष्ठानका लागी सवालाख हाँसका अण्डाको प्रसंग अनि वसन्तपुर दरवारको कैलाश मन्दिरलाई कामोत्सव मन्दिर बनाइ अनौठो तन्त्रसाधनाका रुपमा नवयोनि पूजनका लागी नौ वटी खोटरहित कन्यासँग माछा, मासु र मदिराको प्रसाद सेवन गरेर विचेत र निर्वस्त्र भएपछि उनीहरुसँग विभिन्न मुद्रामा मैथुनधर्मर हुने प्रसंगले राजाहरु कति मनलागी गर्थे भन्नेकुराको आभाष दिलाउँछ । राजेन्द्रलक्ष्मीले आफ्नो साटो नवयोनि पूजनका सबै भैरवी कन्यालाई सती पठाएको र आफ्ना पतिलाई तन्त्रसाधनामा लगाउने आचाजुहरुलाई कटाएको प्रसंगले अन्याय गर्नमा कोही कसैभन्दा कम थिएनन् भन्ने देखिन्छ । सर्वजित रानामगरमाथि राजमातासँग ‘करणी विराएको’ (उठबस भएको) आरोपमा दलजित शाहद्वारा सर्वजितको शीरच्छेदन गरिएको र रानीलाई बहादुर शाहद्वारा चाँदीका नेल ठोकेर नजरबन्द गरिएको कुरा नयाँ लाग्यो । रणबहादुरको बहुलट्ठीका अनेकन किस्साहरु पढ्दा राजसंस्था प्रति एक किसिमको घृणा उत्पन्न हुन्छ । साँढे जुधाइका लागी साँढेगोठ बनाउने देखि तराईंवाट पशुपति दर्शनका लागी आएकी वालविधवा कान्तवतीलाई अनेक जालझेल गरेर बिहेगरी उनैका सन्तानमार्फत राजकाज निरन्तरता दिएको चाखलाग्दा र कहिल्यै नपढिएका नसुनिएका किस्सा पुस्तकमा छन् । रणबहादुरले रामे पोडे मार्फत बहादुर शाहको हत्या गराएको प्रसंग सम्म आइपुग्दा दरबार भित्र एकअर्कालाई मार्ने खेल पुरानो हो भन्ने लाग्छ । रामे पोडेलाई घटना पश्चात क्षेत्री बनाएको र उसले मोरङको सालवाडीमा गएर आफ्नो बंश चलाएको प्रसंगले राजाले चाहे जात दिन र लिन सक्थे भन्ने कुराको पुष्टि गरिएको छ । कान्तीवतीबाट जन्मेका गिर्वाणयुद्ध विफरले मर्छन भन्ने भविष्यबाणी भएपछि उपत्यकाका तीनै सहरका सारा बालबालिकालाई चारभञ्ज्याङ्ग कटाएको तर गिर्वाण र उनकी रानी विफरले नै मरेको कुरा पुस्तकमा उल्लेख छ । त्यस घटनाको इतिहास बोकेको शितला माजुको गित पनि पुस्तकमा राखिएको छ । शाही सासनकालमा भारदारहरुलाई अपराधको निहुँमा मारिने, तिनको सर्वश्व हरण गरेर पत्नी, बुहारी, कमारी र सुसारेलाई दलितका जिम्मा लाउने चलन, आदिको फेहरिस्त पढ्दा राजसंस्था सम्पूर्ण रुपमा असल भन्ने एक थरिको भनाइलाई चुनौति दिन्छ । त्यसबाहेक ००७ सालको क्रान्ती अघि पूर्व मेची देखि पश्चिम महाकालीसम्म भन्सारको ठेका पाएका विपिका बाबु कृष्णप्रसाद कोइरालाको उत्थान र पतन, मकैको खेतीका लेखक कृष्णलाल अधिकारीको चर्चा, जयतु संस्कृतम र ००७ साले क्रान्तिको चर्चा, आदि एकदमै कम चर्चामा आएका घटनाहरुलाई पनि पुस्तकले बाहिर ल्याएको छ । मकैको खेतीका सबै प्रति जलाइए पनि एक प्रति बाँचेको र सो प्रति कहाँ छ भन्ने पत्तो नलागेको कुरा पुस्तकमा उल्लेख छ । सातसाले क्रान्ति पछि पञ्चायती व्यवस्था विरुद्धको क्रान्तिका कुरा त्यसपछिका सरकार अनि माओवादी जनयुद्धको कुरा, रामेछापको जनसरकार गठनको प्रसंग अनि भैरवनाथ गण भित्रको यात्रताको किस्सा आदि सबैले ठाउँ पाएको छ । बाबुरामका राजनीतिक गुरु एस डि मुनीले माओवादी रअले सञ्चालन गरेको भनेर नेपाल इन ट्रान्जिसन नामक पुस्तकमा लेखेको भनेर माओवादी जनयुद्धको गुदी पहिल्याउने काम समेत भएको छ । दरबार हत्याकाण्डका अनेकन सम्भावित कारणहरुलाई पुस्तकले बाहिर ल्याएको छ तर यही थियो कारण भनेर भनेको चाहिँ छैन । राजनितिक घटनाक्रम बाहेक सांस्कृतिक महत्व राख्ने केहि घटनाहरु पनि पुस्तकमा समावेश छन् । ढिकुराको पुजारी अन्तर्गत मान्छे मरेपछि प्रेत आत्माको बासका लागी माटाको ढिकुरा (ढिस्को) बनाइ पुजा गरिने र दशदिनपछि जेठो छोरोले टाउकाले फुटाएर अन्त्यष्टि गर्ने चलनका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । सति प्रथा प्राय जसो राजखान्दान, भारदार र राजपुरोहितहरुमा सिमित रहेको भनेर पुस्तकमा उल्लेख छ । सो ही चलन अन्तर्गत नरभुपालको सती गएको गोरे कमारोको प्रसंगले नरभुपाल समलिंगी थिए कि भन्ने प्रश्न उब्जाउँछ । राजेन्द्रलक्ष्मीले पतिको निधन पश्चात पनि सधवा श्रिंगार गरेको कुराले शक्तिमा बसेकाहरुका लागी कहिल्यै कुनै छेकबार भएन भन्ने प्रष्ट पार्छ । वाल–विधवा कान्तीवतीसँग विवाह जायज या नाजायज भन्ने सन्दर्भमा राजा ययातिकी छोरी माधवीको ‘वहुविवाह’को प्रसंगको समेत चर्चा गरिएको छ । माधवीकै प्रसंगबाट स्त्री कहिल्यै नबिटुलिने निक्र्यौल समेत निकालिएको छ । माथि उल्लेख गरिएका बाहेक पनि अन्य धेरै रोचक सामग्रीहरु पुस्तकमा पढ्न पाइन्छ । समग्रमा पुस्तक पठनीय छ । नेपालको इतिहाँस र परम्पराको बारेमा राम्रो जानकारीहरु यसमा समेटिएको छ । ऐतिहासिक पात्रहरुको काल्पनि संवादहरुले पुस्तकलाई रोचक बनाएको छ । इतिहासमा नपढइएका र सार्वजनिक रुपमा बाहिर नआएका कतिपय घटनाहरु पुस्तकमा पाइन्छन् । त्यति हुँदाहुँदै पनि इतिहासका घटनाहरुको समयक्रम नमिल्दा सूचनाहरुलाई मन्थन गर्न अलि समय लाग्छ । साथै ऐतिहासिक घटनाक्रमहरुको श्रोतहरु खुलाइएको छैन । उपन्यासका कति कुरा काल्पनिक हुन् र कति कुरा वास्तविक हुन् भन्ने कुरा पुस्तकमा कहिँ कतै लेखिएको भए पाठकलाई के पत्याउने र के नपत्याउने भनेर ठम्याउन सजिलो हुन्थ्यो । जे होस् साहित्य र राजनीति जुनसुकै क्षेत्रमा चाँसो भएको व्यक्तिका लागी सकस एउटा छुटाउन नहुने भनेर भन्न सकिन्छ ।
'सकस' वास्तविक इतिहास हो कि वैकल्पिक इतिहास भनेर छुट्याउन सकस पर्यो । पृथ्वीनारायणको पालाको कुरा देखि हाम्रो पाला सम्मका कुराहरू छन् उपन्यास भित्र । भिमसेन थापाको देवत्विकरण गरिएको जीवनि पढ्नु परेको थियो उहिले । सकसले भन्छ, उनी त्यति महान् थिएनन् । किताबले हामिमाथि थोपरिएका कुराहरूको वास्तविकतामाथि प्रश्न उठाउन प्रेरित गर्छ । साहित्यले यस्तै गर्नु पर्छ ।
उपन्यासको सुरूवात अलि गज्याङ्ग गुजुङ्ग पाराले हुन्छ । थोरै ठाउमा धेरै कुरा कोच्न खोजेजस्तो लाग्छ । तर एकपटक कथाले गति लिएपछि कतिखेर किताब पढिसकिइयो, पत्तै हँदैन ।
द्वन्दले जनतालाई दिएको पीडाको वयान छ सकसभित्र । अनि नेताहरूको अकर्मण्यता प्रतिको आक्रोशका साथै देशको अवस्थाप्रति असन्तुष्टी र चरम निराशा पनि ।
'अन्तरमनको यात्रा'मा आइसकेका उनका केही विचारहरू पनि दोहोरिन्छन् । विदेशीहरूले दिशा नधुने, ट्वाइलेट पेपर प्रयोग गर्ने कुरालाई ठूलो इस्यु बनाएर दुई-दुईवटा किताबमा लेखेको कुरा मन परेन ।
यो उपन्यास राजनैतिक प्रकारको पनि छ । राजनैतिकता धेरै भयो भनेर 'दमिनी भीर'को मात्र आलोचना गरियो, 'सकस'को गरिएन भने त्यो न्यायोचित हुँदैन । लेखकका आफ्ना केहि पुर्वाग्रहहरू छन् । जसलाई पाठकले आफ्ना आग्रह वा पुर्वाग्रहका साथ हेर्नेछन् र किताब मन पराउने वा नपराउने फैसला गर्ने छन् ।
तर किताबचाही सवैले पढ्नु पर्ने खालको छ । जनआन्दोलन पछिका धेरै कुराहरू मिस गरेको रहेछु । स्मरणमा रहेका खालिठाउँ भर्न , देशको स्थिति केही हदसम्म बुझ्न मद्दत गर्यो किताबले । र व्यक्तिगत रूपमा म किताबमा व्यक्त गरिएका जगदिशका धेरै विचारहरूसँग सहमति पनि राख्छु । 'सकस' मलाई मन परेका उपन्यासहरूको सुचिमा दर्ता भयो आजबाट ।
र अन्त्यमा, फेरिपनि उहीँ प्रश्न, 'सकस' वास्तविक ईतिहास हो कि वैकल्पिक ईतिहास ?
Sakas(सकस) Mahaakhyan Nepali 2069 B.S Jagdish Ghimire 306 pages
This book is not only sufferings of an individual person or a village or a district or an area but a country as a whole. This is a suffering of the public who are exiled and displaced without any crime. It is a highly specialized downright narrative Nepali novel written in an innovative style.
The novel revolves around three main characters Kumari, Sharad and Jiba, each with the story of their own to be told. The characters, too, are connected to each other and their lives and story intertwined as the book progresses.
Sakas is a good read if you want to understand the social, political, cultural and historical aspects of the Nepalese society.
Political but more social. Portrays an in-detail explanation of the suffocation (sakas) that Nepali people have been going through with every political ruling.
जगदीश घिमिरे ज्यूको सकस नेपालको ३०० वर्षको इतिहास, त्यस कालखण्डमा बाँचेका नेपालीका छटपटी र पीडाको कथा हो। पुस्तकमा पृथ्वी नारायण शाह देखि ज्ञानेन्द्र शाह सम्मको इतिहास, माओवादी द्वन्द्वकालको देशको सकस, राणाहरू को दमनको कथा छ। प्रत्येक कालखण्डमा कसरी शोषक र राजनीतिले देश र जनतालाई बन्दी बनाइरहेका छन यहाँ उजागर गरिएको छ। सम्पूर्ण नेपालीहरुले पढ्नै पर्ने पुस्तक जस्तो लाग्छ। २०६९ सालमा प्रकाशित पुस्तक मैले ८ वर्ष पछि पढे। उहाँको अन्तरमनको यात्रा पनि पढेको छु। नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व श्री जगदीश घिमिरे ज्यू मा हार्दिक श्रद्धा सु���न।
पुस्तक मा राम्रा लागेका केही अंश यहाँ उल्लेख गरेको छु।
"सरकार? नेपालमा सरकार छ? कहाँ छ? कस्तो छ? सरकारले भ्रष्टाचार र सत्ताको एकलौटी दुरुपयोग बाहेक केही गरेको थाहा पाउनुभएको छ?"
"उनीहरूसँग तिनलाई खुसी पार्ने सबै यन्त्र थिए - सुन, सुभोजन, सुरा, सुन्दरी। देशको नीति जस्तो थियो, गाउँको रीति पनि त्यतै थियो।"
"जीवन भरी मैले कहिल्यै जीवन खोजिन। थला परेपछि खोज्दै छु। मान्छे भ्रममा रमाउँछ। हाम्रो शास्त्रले जीवन र जगतलाई उसै भ्रम भनेको होइन।"
"सन्तानको धर्म बाबुआमालाई सास्ती दिनु हो। मैले मेरा बालाई जे गरे, मेरो छोराले पछि मलाई त्यै गर्यो।"
"कमरेड प्रचण्डले भन्नुभएको छ - भौतिक कारबाही गर्दा नदुख्ने गरी, मानवीय ढंगले गर्ने हाम्रो नीति हो। उहाँ अत्यन्त भावुक र दयालु हुनुहुन्छ। हत्या, हिंशा मन पराउनु हुन्न; बाध्यतावस मात्रै अनुमोदन गर्नुहुन्छ।"
"हेर कर्मलाल, यो धनसम्पति भन्ने कुरा यस्तै हो। जसले सक्यो त्यसले लुट्छ। जग्गाको ज पछि झगडाको झ आउँछ। तिम्रा दाजुभाइको मात्र हैन, सबैका दाजुभाइ, आफन्तको चलन यै हो।"
"राजनीति भनेको गरिखाने होइन,मागिखाने कि लुटिखाने धन्दा हो। लुट्न नसक्नेले माग्छन्। सत्तामा नपुगुन्जेल माग्छन्। बन्दुक देखाएर माग्छन्। बन्दुक देख्याएर माग्नु पनि लुट्नु हो। सत्तामा पुगेपछि हाकाहाकी लुट्छन्।"
"म औसत मान्छे थिए, तर जीवनमा खलनायक हुनु लेखेको रहेछ; मन्त्री भएँ। हिजो भोकैनाङ्गै परेका बेला सुका मोहोर दिनुपर्ला भनेर मुन्टो बटारेर तर्किनेहरु मेरो चाकरी गर्न लागे। मेरै मुखेन्जी मेरो बढाई गर्न लागे। जसले सामुन्नेमा प्रसंशा गर्दछ, त्यसले पछिल्तिर निन्दा गर्छ।"
"यो संसार मान्छेको डेरा हो। यहाँका तेरो मेरो भनेका सबै नातागोता, धनसम्पति, पदप्रतिष्ठा कसैले सदाकाल लिएर बसेन। सबैले छोडेर गए। तर यो कुरा आफैले नभोगी, आफ्नै मन ज्ञानले नबुझी कसैले जान्दैन। त्यसैले यो जीवनलाई लीला भनेको हो। कालको दर्शन नगरी यो लीला देखिन्न, चिन्निन, बुझिन्न।"
After reading this book, I learned a lot about Nepali political history, I am interested in politics, I talk about politics, when I was reading this book I felt I was the character I felt the sakas of many neplease, I feel like the main character is the combination of all those innocent neplease whose voices were never heard who were always deceived by the leaders who ruled over them. I read this book when me myself was struggling internally, I read this book when I had to sit quiet and be angry at the empty walls as I was helpless because of the power cut (96 hours) I couldn’t work I could not communicate, I was angry at the local government that did nothing but sit around and only fixed the issue after 4 days. I was helpless like the character in this book, pain was different, situations were different but the politics same, government same, leaders same.
Jagadish Ghimire को यो पुस्तक उपन्यास मात्र हैन, आख्यान र इतिहासको फ्युजन हो। यसमा उल्लेख गरिएका घटनाहरुको सन्दर्भ मल्ल राजाहरु देखि पृथ्वी नारायण शाह हुँदै २००७ सालको प्रजातन्त्र को लागी राणा शासन बिरुद्दको लडाई हुँदै माओवादी जन युद्ध सम्मको घटना वृतान्त उल्लेख गरिएको छ। यो पुस्तक पढे पछि इतिहासको पात्रहरुको यस्तो पाटो उदाङ्ग हुन्छ, जुन पहिले देखि अहिलेसम्म हामीले पढेको इतिहासमा भेटिन्न। मुलधार इतिहासमा बयान गरेको भन्दा बिल्कुल भिन्न। कतिपय ठाउँमा आफुले पहिले पढेको सुनेको भन्दा एकदम भिन्न पाटो पढ्दा अचम्म लाग्छ। हरेक युगमा, शासक जो सुकै होस् , निमुखा जनताले बाँच्नको लागी गर्नु पर्ने संघर्षको कथा पनि छ। शोषकहरुको शोषणले जीवन मरणको दोसाँध मा फँसेका जनताहरु को कथा छ यो पुस्तकमा
संग्रह गरेर राख्नु पर्ने यो पुस्तक, पढ्ने पर्ने श्रेणीमा राख्दा गलत नहोला।
सर्वसाधारणले राजतन्त्र देखि लोकतान्त्रिक गणतन्त्रसम्म भोगेका/भोग्दै आएका दुखहरु, खेप्दै आएका चोटहरु, दमनहरु कुनै नौलो विषय होइन। तर जसरि सकसमा यी विषयहरुलाई राजनीतिक र ऐतिहासिक घटनाक्रमको आधारमा प्रस्तुत गरिएको छ त्यो सृजनशील छ, प्रभावकारी छ र निकै मार्मिक छ। लेखकहरु विचारशील हुन्छन, अभिनव हुन्छन। जगदीश घिमिरेको सकस पढिसकेर लेखकहरु निडरपनि हुन्छन भन्ने बुझें। केहि सम्बादहरु चरित्रले स्वभाविक रुपमा व्यक्त नगरी लेखकको व्यक्तिगत राजनैतिक टिप्पणिहरुजस्तो लाग्दा केहि ठाउहरुमा असजिलो भने महसुस भएको छ। जे होस् सकस नेपाली राजनीति, इतिहास र साहित्यमा चाँसो हुने सबले पढ्नु पर्ने उपन्यास हो भन्ने लागेको छ।
"राजनीति जटिल छ | राजनीतिमा जे हुन्छ ,त्यो हुँदैन | जे हुँदैन त्यो हुन्छ | जे देखिन्छ त्यो हुँदैन | जे देखिन्न त्यो हुन्छ |" लेखकज्युले नेपालको २०७० सालसम्म समग्र राजनैतिक उथल्पुथल एवम दाउपेच को बारेमा राम्ररी चित्रन गर्नु भाछ | यसबाट प्रस्ट हुन्छ कि देश प्रती बफदार हो कि सत्तालोभी मानसिकता भएका मान्छे देशको बाग्डोर आफ्नो हाथमा लिन मरिहत्ते गरिराखेका छन | आशा गरौ यस किताबको प्रभाबले देशले महराजा हरुभन्दा पनि राजनेताको जन्म होस | जय नेपाल !
जगदीश घिमिरेको नयाँ उपन्यास “सकस” पढिसिध्याएँ । तीनजना कथावाचकका माध्यमले आधुनिक नेपालका प्रमुख राजनीतिक र ऐतिहासिक घटनाक्रमको विवरण प्रस्तुत गरिएको यो उपन्यासमा औपन्यासिकताभन्दा बढी उन्मुक्त आलोचनात्मक टिप्पणी बढी हावी भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालमा उनीपछिका ��ासकले ल्याएको भाँडभैलोको वर्णन गरेर घिमिरेले सबै (राज) नेता र राजनीतिक दलको हुर्मत लिएका छन् । सामान्य मान्छेका लागि नेपाल नर्कभन्दा कम नभएको अनि नेताले चाहिँ बेस्सरी लुटेको विवरण प्रस्तुत गरिएको छ । नेपाली जनताले जतिखेर पनि भनिरहने कुरालाई यो उपन्यासमा विषय बनाइएको छ । इतिहासका खास घटनामा केही कल्पनाको रंग चढाएर हल्का साहित्यिक पुट दिन खोजिएको भएपनि यो उपन्यासमा वस्तुतः टिप्पणी नै बढी छ । द्वन्द्वकालमा माओवादी तथा सेनाबाट प्रताडित अनि द्वन्द्वोत्तर समयमा मधेशवादीबाट पीडित बनाइएको शरद, बलात्कारपीडित उसकी श्रीमती कुमारी र राजनीतिक विचलन तथा सन्तानबाट पीडित उनीहरूलाई आश्रय दिने जीबा (हरिवंश) ले कथाका क्रम जोडेका छन् । पौराणिक शैली अपनाइएको छ । कथा र उपकथाका सञ्जाल र “अमुक उवाच” भनेर कुनै पात्रले पुराना कुरा सुनाउने शैली रमाइलो लाग्यो । संस्कृतका महाकाव्यका प्रसंग बीचबीचमा घुसाएर लालित्य थपिएको छ । भाषामा मीठास छ र हास्यचेत कायम राखिएको छ । भाषिक शुद्धता कायम छ, कतैकतै मात्र चिप्लिएको देखिन्छ । उपन्यास पढ्दा कहीँ पनि बोर लाग्दैन किनकि इतिहासका रोज्जा रमाइला प्रसंगलाई लेखकले प्रस्तुत गरेका छन् । तर केही ठाउँमा भने कोरा टिप्पणी छन् जसले अलिक रसभंग गर्छन् । सपनाको बिम्ब मोटिफका रूपमा आएको छ । सपना देखाएर युद्धबाट फाइदा उठाउने नारावादी नेताप्रति लेखकले तीखो प्रहार गरेका छन् । विदेशीको इसारामा चलेर नेपाली समाजको हार्मोनीमा धावा बोल्ने एनजिओ र आइएनजिओमाथि पनि निर्मम आक्रमण गरेका छन् उनले । अन्त्यमा आशावादी स्वर पनि गुञ्जिएको छ उपन्यासमा । तैपनि लेखकले ठाडो टिप्पणी गर्नतर्फ नलागेको भए उपन्यास अझै मीठासयुक्त हुनसक्थ्यो भन्ने चाहिँ लागिरह्यो मलाई । यसका बाबजुद मलाई उपन्यास मन पर्यो र यसको प्रकाशन स्वागतयोग्य मानेँ ।
Well ,i read this book when it was published, and to be honest I was not in the phase where i would appreciate it as it is ,that time i found it rather long and boring and stopped it .. and now i re- read it .. and OH MY GOD .. what a masterpiece it is .. explaining history from RANA DYNASTY to SHAH DYNASTY to MAOIST to REPUBLIC .. including changes in country,society and individual level .. it’s A MUST READ ..
नेपाली जनताले भोगेका बिभिन्न सकस पुर्ण कालखण्ड , जनताको मुक्तिप्राप्तीको सङ्घर्ष , क्रान्ती र इतिहासका बिभिन्न घटनाहरुलाई निकै नै उत्कृष्ट ढङ्गमा प्रस्तुत गरिएको यस किताब हरेक नेपालिले पढ्नै पर्ने किताब हो !
यस्ता बिषयमा रुची नभएकालाई पढ्दै जाँदा किताब खल्लो ,के नमिलेको जस्तो नि लाग्ला तर हामी सबैले जान्नै पर्ने बिषय समावेश गरिएकोले यो किताब पढ्नैपर्ने सल्लाह दिन चाहान्छु !