Jump to ratings and reviews
Rate this book

सकस [Sakas]

Rate this book
Novel

306 pages, Paperback

First published August 1, 2012

Loading...
Loading...

About the author

Jagadish Ghimire

13 books52 followers
Jagadish Ghimire (जगदीश घिमिरे) was a Nepalese writer, political analyst and development worker.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
61 (33%)
4 stars
75 (41%)
3 stars
32 (17%)
2 stars
11 (6%)
1 star
3 (1%)
Displaying 1 - 21 of 22 reviews
Profile Image for Pallavi Dhakal.
58 reviews50 followers
February 8, 2016
मलाई लाग्छ सबै नेपालीले एक पल्ट पढ्नै पर्छ यो किताब 'सकस' | मेरो बुवाले पढिसके पछि, एकदम राम्रो छ पढ भनेर दिएको किताब, मलाई नी सार्है मन पर्यो |

इतिहासका कालखण्डमा भएका घटनाहरू समेटेर लेखिएको यस किताबमा नेपाली सर्व-साधारणले भोग्नु परेको - प्रताप मल्ल, नरभूपाल र पृथ्वी नारायण शाहहरुदेखि राणा काल, द्वन्द र नयाँ नेपाल सम्मको व्यथा र सकस निकैनै सरल र मार्मिक ढंगमा चित्रण गरीएको छ |

यो कुनै प्रेम वा रहस्यमय उपन्यास होइन, तै भएर धेरैलाई मन नपर्न पनी सक्छ | मलाई मन पर्नको कारण केवल एक छ | यो हाम्रो, हरेक नेपालीको वास्तबिकताको चित्रण गर्ने एउटा उपन्यास हो, त्यो वास्तबिकता के रैछ त बुझने कौतुहलताका करण, र राजनीति र इतिहाँसमा चासो भएकाले पनी मलाई यो किताब रोमांचक लाग्यो |

जिबाका अनुभवहरुबाट, उनका ज्ञानबाट, सरद र कुमारी जस्ता अरु धेरै पात्रका भोगाई, उकुस मुकुस र लाचारीपनबाट घिमिरेले नेपालको जीवनी लेखेका छन् | यो नेपालको जीवनी पढेपछि अन्त्यमा लाग्यो - येत्रो संघर्ष, येत्रो योगदान, येत्रो लामो अस्थिर यात्रा के का लागी? आजको देशको यो स्थिति तेत्रो बिगतको योगदान पछि विश्लेषण गर्दा बिरक्त लाग्छ | नेपालको भविष्यको बारेमा चिन्ता पनी हुन्छ | कति पटक किताब पढ्दा पढ्दै कुनै वाक्य तथा प्याराग्राफले मलाई किताब बन्द गरी सोच्न र टोलाउन बाध्य पनी बनायो |

म त भन्छु, किताब पढ्नुस् | पढ्दा कतै कतै कुनै भागमा पढ्न असजिलो होला, अल्छि पनी लाग्ला, कतै एक्कासी के आयो शृंखला नै नमिले जस्तो नी होला, तर बोर नमानी पढ्नु होला | मलाई त संदेश मुलक लाग्यो र एउटा नेपाली जसले नेपाललाई माया गर्छ, उसले त नेपाल र नेपालीको सकसलाई बुझन पनी पढ्नै पर्छ जस्तो लाग्यो |

Profile Image for Bibash Sapkota.
72 reviews32 followers
March 15, 2015
'सकस' वास्तविक इतिहास हो कि वैकल्पिक इतिहास भनेर छुट्याउन सकस पर्यो । पृथ्वीनारायणको पालाको कुरा देखि हाम्रो पाला सम्मका कुराहरू छन् उपन्यास भित्र । भिमसेन थापाको देवत्विकरण गरिएको जीवनि पढ्नु परेको थियो उहिले । सकसले भन्छ, उनी त्यति महान् थिएनन् । किताबले हामिमाथि थोपरिएका कुराहरूको वास्तविकतामाथि प्रश्न उठाउन प्रेरित गर्छ । साहित्यले यस्तै गर्नु पर्छ ।

उपन्यासको सुरूवात अलि गज्याङ्ग गुजुङ्ग पाराले हुन्छ । थोरै ठाउमा धेरै कुरा कोच्न खोजेजस्तो लाग्छ । तर एकपटक कथाले गति लिएपछि कतिखेर किताब पढिसकिइयो, पत्तै हँदैन ।

द्वन्दले जनतालाई दिएको पीडाको वयान छ सकसभित्र । अनि नेताहरूको अकर्मण्यता प्रतिको आक्रोशका साथै देशको अवस्थाप्रति असन्तुष्टी र चरम निराशा पनि ।

'अन्तरमनको यात्रा'मा आइसकेका उनका केही विचारहरू पनि दोहोरिन्छन् । विदेशीहरूले दिशा नधुने, ट्वाइलेट पेपर प्रयोग गर्ने कुरालाई ठूलो इस्यु बनाएर दुई-दुईवटा किताबमा लेखेको कुरा मन परेन ।

यो उपन्यास राजनैतिक प्रकारको पनि छ । राजनैतिकता धेरै भयो भनेर 'दमिनी भीर'को मात्र आलोचना गरियो, 'सकस'को गरिएन भने त्यो न्यायोचित हुँदैन । लेखकका आफ्ना केहि पुर्वाग्रहहरू छन् । जसलाई पाठकले आफ्ना आग्रह वा पुर्वाग्रहका साथ हेर्नेछन् र किताब मन पराउने वा नपराउने फैसला गर्ने छन् ।

तर किताबचाही सवैले पढ्नु पर्ने खालको छ । जनआन्दोलन पछिका धेरै कुराहरू मिस गरेको रहेछु । स्मरणमा रहेका खालिठाउँ भर्न , देशको स्थिति केही हदसम्म बुझ्न मद्दत गर्यो किताबले । र व्यक्तिगत रूपमा म किताबमा व्यक्त गरिएका जगदिशका धेरै विचारहरूसँग सहमति पनि राख्छु । 'सकस' मलाई मन परेका उपन्यासहरूको सुचिमा दर्ता भयो आजबाट ।

र अन्त्यमा, फेरिपनि उहीँ प्रश्न,
'सकस' वास्तविक ईतिहास हो कि वैकल्पिक ईतिहास ?
Profile Image for Akash Acharya.
36 reviews3 followers
July 11, 2020
Sakas(सकस)
Mahaakhyan
Nepali
2069 B.S
Jagdish Ghimire
306 pages

This book is not only sufferings of an individual person or a village or a district or an area but a country as a whole. This is a suffering of the public who are exiled and displaced without any crime. It is a highly specialized downright narrative Nepali novel written in an innovative style.

The novel revolves around three main characters Kumari, Sharad and Jiba, each with the story of their own to be told. The characters, too, are connected to each other and their lives and story intertwined as the book progresses.

Sakas is a good read if you want to understand the social, political, cultural and historical aspects of the Nepalese society.

Must Read
Profile Image for Sachin Joshi.
26 reviews8 followers
December 11, 2013
Political but more social. Portrays an in-detail explanation of the suffocation (sakas) that Nepali people have been going through with every political ruling.

Must read for every Nepali citizen.
Profile Image for Sushil.
83 reviews5 followers
May 20, 2020
जगदीश घिमिरे ज्यूको सकस नेपालको ३०० वर्षको इतिहास, त्यस कालखण्डमा बाँचेका नेपालीका छटपटी र पीडाको कथा हो। पुस्तकमा पृथ्वी नारायण शाह देखि ज्ञानेन्द्र शाह सम्मको इतिहास, माओवादी द्वन्द्वकालको देशको सकस, राणाहरू को दमनको कथा छ। प्रत्येक कालखण्डमा कसरी शोषक र राजनीतिले देश र जनतालाई बन्दी बनाइरहेका छन यहाँ उजागर गरिएको छ। सम्पूर्ण नेपालीहरुले पढ्नै पर्ने पुस्तक जस्तो लाग्छ। २०६९ सालमा प्रकाशित पुस्तक मैले ८ वर्ष पछि पढे। उहाँको अन्तरमनको यात्रा पनि पढेको छु। नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व श्री जगदीश घिमिरे ज्यू मा हार्दिक श्रद्धा सुमन।

पुस्तक मा राम्रा लागेका केही अंश यहाँ उल्लेख गरेको छु।

"सरकार? नेपालमा सरकार छ? कहाँ छ? कस्तो छ? सरकारले भ्रष्टाचार र सत्ताको एकलौटी दुरुपयोग बाहेक केही गरेको थाहा पाउनुभएको छ?"

"उनीहरूसँग तिनलाई खुसी पार्ने सबै यन्त्र थिए - सुन, सुभोजन, सुरा, सुन्दरी। देशको नीति जस्तो थियो, गाउँको रीति पनि त्यतै थियो।"

"जीवन भरी मैले कहिल्यै जीवन खोजिन। थला परेपछि खोज्दै छु। मान्छे भ्रममा रमाउँछ। हाम्रो शास्त्रले जीवन र जगतलाई उसै भ्रम भनेको होइन।"

"सन्तानको धर्म बाबुआमालाई सास्ती दिनु हो। मैले मेरा बालाई जे गरे, मेरो छोराले पछि मलाई त्यै गर्यो।"

"कमरेड प्रचण्डले भन्नुभएको छ - भौतिक कारबाही गर्दा नदुख्ने गरी, मानवीय ढंगले गर्ने हाम्रो नीति हो। उहाँ अत्यन्त भावुक र दयालु हुनुहुन्छ। हत्या, हिंशा मन पराउनु हुन्न; बाध्यतावस मात्रै अनुमोदन गर्नुहुन्छ।"



"हेर कर्मलाल, यो धनसम्पति भन्ने कुरा यस्तै हो। जसले सक्यो त्यसले लुट्छ। जग्गाको ज पछि झगडाको झ आउँछ। तिम्रा दाजुभाइको मात्र हैन, सबैका दाजुभाइ, आफन्तको चलन यै हो।"

"राजनीति भनेको गरिखाने होइन,मागिखाने कि लुटिखाने धन्दा हो। लुट्न नसक्नेले माग्छन्। सत्तामा नपुगुन्जेल माग्छन्। बन्दुक देखाएर माग्छन्। बन्दुक देख्याएर माग्नु पनि लुट्नु हो। सत्तामा पुगेपछि हाकाहाकी लुट्छन्।"

"म औसत मान्छे थिए, तर जीवनमा खलनायक हुनु लेखेको रहेछ; मन्त्री भएँ। हिजो भोकैनाङ्गै परेका बेला सुका मोहोर दिनुपर्ला भनेर मुन्टो बटारेर तर्किनेहरु मेरो चाकरी गर्न लागे। मेरै मुखेन्जी मेरो बढाई गर्न लागे। जसले सामुन्नेमा प्रसंशा गर्दछ, त्यसले पछिल्तिर निन्दा गर्छ।"

"यो संसार मान्छेको डेरा हो। यहाँका तेरो मेरो भनेका सबै नातागोता, धनसम्पति, पदप्रतिष्ठा कसैले सदाकाल लिएर बसेन। सबैले छोडेर गए। तर यो कुरा आफैले नभोगी, आफ्नै मन ज्ञानले नबुझी कसैले जान्दैन। त्यसैले यो जीवनलाई लीला भनेको हो। कालको दर्शन नगरी यो लीला देखिन्न, चिन्निन, बुझिन्न।"
Profile Image for Rabin Gaire.
1 review1 follower
June 24, 2020
After reading this book, I learned a lot about Nepali political history, I am interested in politics, I talk about politics, when I was reading this book I felt I was the character I felt the sakas of many neplease, I feel like the main character is the combination of all those innocent neplease whose voices were never heard who were always deceived by the leaders who ruled over them. I read this book when me myself was struggling internally, I read this book when I had to sit quiet and be angry at the empty walls as I was helpless because of the power cut (96 hours) I couldn’t work I could not communicate, I was angry at the local government that did nothing but sit around and only fixed the issue after 4 days. I was helpless like the character in this book, pain was different, situations were different but the politics same, government same, leaders same.
Profile Image for Sabin Chhetri.
170 reviews8 followers
November 1, 2023
Jagadish Ghimire को यो पुस्तक उपन्यास मात्र हैन, आख्यान र इतिहासको फ्युजन हो।
यसमा उल्लेख गरिएका घटनाहरुको सन्दर्भ मल्ल राजाहरु देखि पृथ्वी नारायण शाह हुँदै २००७ सालको प्रजातन्त्र को लागी राणा शासन बिरुद्दको लडाई हुँदै माओवादी जन युद्ध सम्मको घटना वृतान्त उल्लेख गरिएको छ। यो पुस्तक पढे पछि इतिहासको पात्रहरुको यस्तो पाटो उदाङ्ग हुन्छ, जुन पहिले देखि अहिलेसम्म हामीले पढेको इतिहासमा भेटिन्न। मुलधार इतिहासमा बयान गरेको भन्दा बिल्कुल भिन्न। कतिपय ठाउँमा आफुले पहिले पढेको सुनेको भन्दा एकदम भिन्न पाटो पढ्दा अचम्म लाग्छ।
हरेक युगमा, शासक जो सुकै होस् , निमुखा जनताले बाँच्नको लागी गर्नु पर्ने संघर्षको कथा पनि छ। शोषकहरुको शोषणले जीवन मरणको दोसाँध मा फँसेका जनताहरु को कथा छ यो पुस्तकमा

संग्रह गरेर राख्नु पर्ने यो पुस्तक, पढ्ने पर्ने श्रेणीमा राख्दा गलत नहोला।
Profile Image for Roshan.
2 reviews
December 12, 2021
सर्वसाधारणले राजतन्त्र देखि लोकतान्त्रिक गणतन्त्रसम्म भोगेका/भोग्दै आएका दुखहरु, खेप्दै आएका चोटहरु, दमनहरु कुनै नौलो विषय होइन। तर जसरि सकसमा यी विषयहरुलाई राजनीतिक र ऐतिहासिक घटनाक्रमको आधारमा प्रस्तुत गरिएको छ त्यो सृजनशील छ, प्रभावकारी छ र निकै मार्मिक छ। लेखकहरु विचारशील हुन्छन, अभिनव हुन्छन। जगदीश घिमिरेको सकस पढिसकेर लेखकहरु निडरपनि हुन्छन भन्ने बुझें। केहि सम्बादहरु चरित्रले स्वभाविक रुपमा व्यक्त नगरी लेखकको व्यक्तिगत राजनैतिक टिप्पणिहरुजस्तो लाग्दा केहि ठाउहरुमा असजिलो भने महसुस भएको छ।
जे होस् सकस नेपाली राजनीति, इतिहास र साहित्यमा चाँसो हुने सबले पढ्नु पर्ने उपन्यास हो भन्ने लागेको छ।
6 reviews
May 15, 2020
"राजनीति जटिल छ | राजनीतिमा जे हुन्छ ,त्यो हुँदैन | जे हुँदैन त्यो हुन्छ | जे देखिन्छ त्यो हुँदैन | जे देखिन्न त्यो हुन्छ |"
लेखकज्युले नेपालको २०७० सालसम्म समग्र राजनैतिक उथल्पुथल एवम दाउपेच को बारेमा राम्ररी चित्रन गर्नु भाछ | यसबाट प्रस्ट हुन्छ कि देश प्रती बफदार हो कि सत्तालोभी मानसिकता भएका मान्छे देशको बाग्डोर आफ्नो हाथमा लिन मरिहत्ते गरिराखेका छन |
आशा गरौ यस किताबको प्रभाबले देशले महराजा हरुभन्दा पनि राजनेताको जन्म होस |
जय नेपाल !
Profile Image for Saroj.
30 reviews
January 20, 2017
दुई शताब्दीदेखि वर्तमानसम्म नेपालको राजनीतिक र सामाजिक उथल पुथलको यथार्थ चित्रण बोकेको सकसपुर्ण इतिहास ।
Profile Image for shishir.
87 reviews5 followers
March 28, 2021
It's a good read, shows the true life of kings whom we praise also gave sever punishment to people who disobeyed them same as the devils.
Profile Image for Suresh Badal.
12 reviews1 follower
December 24, 2022
नेपाली सकसपुर्ण इतिहासको सटिक आख्यानिकरण ।
Profile Image for Roshan Tamang.
12 reviews
January 3, 2024
निकै रोचक तथा सङ्घर्षमय ऐतिहासिक आख्यान
Profile Image for Bindesh Dahal.
202 reviews22 followers
September 27, 2013
जगदीश घिमिरेको नयाँ उपन्यास “सकस” पढिसिध्याएँ । तीनजना कथावाचकका माध्यमले आधुनिक नेपालका प्रमुख राजनीतिक र ऐतिहासिक घटनाक्रमको विवरण प्रस्तुत गरिएको यो उपन्यासमा औपन्यासिकताभन्दा बढी उन्मुक्त आलोचनात्मक टिप्पणी बढी हावी भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालमा उनीपछिका शासकले ल्याएको भाँडभैलोको वर्णन गरेर घिमिरेले सबै (राज) नेता र राजनीतिक दलको हुर्मत लिएका छन् । सामान्य मान्छेका लागि नेपाल नर्कभन्दा कम नभएको अनि नेताले चाहिँ बेस्सरी लुटेको विवरण प्रस्तुत गरिएको छ । नेपाली जनताले जतिखेर पनि भनिरहने कुरालाई यो उपन्यासमा विषय बनाइएको छ । इतिहासका खास घटनामा केही कल्पनाको रंग चढाएर हल्का साहित्यिक पुट दिन खोजिएको भएपनि यो उपन्यासमा वस्तुतः टिप्पणी नै बढी छ । द्वन्द्वकालमा माओवादी तथा सेनाबाट प्रताडित अनि द्वन्द्वोत्तर समयमा मधेशवादीबाट पीडित बनाइएको शरद, बलात्कारपीडित उसकी श्रीमती कुमारी र राजनीतिक विचलन तथा सन्तानबाट पीडित उनीहरूलाई आश्रय दिने जीबा (हरिवंश) ले कथाका क्रम जोडेका छन् । पौराणिक शैली अपनाइएको छ । कथा र उपकथाका सञ्जाल र “अमुक उवाच” भनेर कुनै पात्रले पुराना कुरा सुनाउने शैली रमाइलो लाग्यो । संस्कृतका महाकाव्यका प्रसंग बीचबीचमा घुसाएर लालित्य थपिएको छ । भाषामा मीठास छ र हास्यचेत कायम राखिएको छ । भाषिक शुद्धता कायम छ, कतैकतै मात्र चिप्लिएको देखिन्छ । उपन्यास पढ्दा कहीँ पनि बोर लाग्दैन किनकि इतिहासका रोज्जा रमाइला प्रसंगलाई लेखकले प्रस्तुत गरेका छन् । तर केही ठाउँमा भने कोरा टिप्पणी छन् जसले अलिक रसभंग गर्छन् । सपनाको बिम्ब मोटिफका रूपमा आएको छ । सपना देखाएर युद्धबाट फाइदा उठाउने नारावादी नेताप्रति लेखकले तीखो प्रहार गरेका छन् । विदेशीको इसारामा चलेर नेपाली समाजको हार्मोनीमा धावा बोल्ने एनजिओ र आइएनजिओमाथि पनि निर्मम आक्रमण गरेका छन् उनले । अन्त्यमा आशावादी स्वर पनि गुञ्जिएको छ उपन्यासमा । तैपनि लेखकले ठाडो टिप्पणी गर्नतर्फ नलागेको भए उपन्यास अझै मीठासयुक्त हुनसक्थ्यो भन्ने चाहिँ लागिरह्यो मलाई । यसका बाबजुद मलाई उपन्यास मन पर्यो र यसको प्रकाशन स्वागतयोग्य मानेँ ।
Profile Image for Jhanak Shrestha.
21 reviews
March 14, 2022
This books gives the knowledge of our history. It would have been more interesting if the ending was extended.
7 reviews3 followers
July 19, 2020
Well ,i read this book when it was published, and to be honest I was not in the phase where i would appreciate it as it is ,that time i found it rather long and boring and stopped it .. and now i re- read it .. and OH MY GOD .. what a masterpiece it is .. explaining history from RANA DYNASTY to SHAH DYNASTY to MAOIST to REPUBLIC .. including changes in country,society and individual level .. it’s A MUST READ ..
Profile Image for Bimochan Ghimire.
11 reviews61 followers
October 8, 2013
नेपाली जनताले भोगेका बिभिन्न सकस पुर्ण कालखण्ड , जनताको मुक्तिप्राप्तीको सङ्घर्ष , क्रान्ती र इतिहासका बिभिन्न घटनाहरुलाई निकै नै उत्कृष्ट ढङ्गमा प्रस्तुत गरिएको यस किताब हरेक नेपालिले पढ्नै पर्ने किताब हो !

यस्ता बिषयमा रुची नभएकालाई पढ्दै जाँदा किताब खल्लो ,के नमिलेको जस्तो नि लाग्ला तर हामी सबैले जान्नै पर्ने बिषय समावेश गरिएकोले यो किताब पढ्नैपर्ने सल्लाह दिन चाहान्छु !
3 reviews7 followers
October 2, 2013
pure sense of suffocation to every Nepalese political illiterates..
Jay Nepal
Displaying 1 - 21 of 22 reviews