नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका - दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।
Bishweshwar Prasad Koirala (Nepali: विश्वेश्वरप्रसाद कोइराला) was born in Varanasi to father Krishna Prasad Koirala, was one of the greatest Nepali political and literary figure. He was the Prime Minister of Nepal from 1959 to 1960 and also the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.
While Koirala is considered one of the most charismatic political leader of Nepal, he was also one of the most well-read and thoughtful writers of Nepalese literature. He wrote short stories and novels, and some poems. Koirala began writing short stories in Hindi. His first stories were published in Banaras in Hansa, a Hindi literary magazine edited by Prem Chand (India's Tolstoy). His first Nepali short story "Chandrabadan" was published in Sharada (a Nepali literary magazine) in 1935. Koirala was very good at depicting the character and mind of women. Four other stories of Koirala were included in Katha Kusum (an anthology of Nepali stories), published in 1938 in Darjeeling. As a social realist, with good psychological insight, Koirala had established himself as one of the most important Nepali short story writers of Nepal.
मुनरिया - मलाई यो नाम बड़ो प्रिय लाग्छ । हामी साना हुँदा बुवाले जिस्क्याउनु हुन्थ्यो, मेरा छोरीहरुको नाम सोफिया र मुनरिया हो । पछि यो उपन्यासमा आफ्नो नाम पाउँदा मलाई आश्चर्य लागेको थियो । एक दुइ वर्षदेखी मेरो मनमा एउटा कथा छ, र पात्रको नामकरण गर्न खोज्दा उही आईदिन्छे - मुनरिया !
हुन त सानो बाबुलाई जस्तै मलाई पनि गौरी भाउजु खुब मन पर्च्छिन । त्यो शान्त, स्निग्ध, देदीप्यमान उनको मुहार, अनि उनको दुखपूर्ण ज़िन्दगी - कस्तो विडम्बना, कति पीड़ा ! किशोरवयकी मेरी आदर्श पात्र मीराको सम्झना आउँछ । नरेन्द्र दाइलाई घृणा गर्न खोज्छु, तर सक्दिन । उनी पनि हामीजस्तै परिस्थिति र लालसाले किचिएका एक कमजोर व्यक्ति । अनि मुनरिया - सारा संसारले उसलाई पतित माने पनि आफ्नै नज़रमा उ कति उच्च छे, उसले माया गरेकी छे, उसको प्रेममा उ खोट देख्दीन, स्नेहका बलले संसार जितने उन्माद छ उसमा । त्यो आत्मविश्वासलाई समयले खुब गलाउँछ, पटक पटक जीवनले प्रहार गर्छ तर अन्त्यमा पनि नायिका नै बनिरहन्छे - हाम्री मुनरिया ।
विपी बांचेका भए के के हुन्थ्यो भनेर अनेक मन गढण्ते तर्क आउंदा मेरो भने एउटै लोभ छ, उनी रहिरहेका भए सौन्दर्य र भावनाले भिजेका यस्ता कति कृति लेख्थे होलान !
Exceptionally phenomenal..Narendra dai starts us with a typical Nepalese family reflecting its culture and tradition, with family drama and ends with a dreary and tragic end. The writing method is staggering and fills with an overwhelming experience...loved it❤❤🔥
पाप काम नगरे पनि पाप-भोग किन मानिसले सहनुपर्छ, भन न ?
के मानिसलाई चिन्नु नै त्यसलाई क्षमा पनि गर्नु हो ?
नरेन्द्र दाइ मानवनियतिको सफल अभिव्यक्ति हो । यस उपन्यासका पात्रहरू नरेन्द्र, गौरी, मुनरिया कसैको पनि दोष देखिँदैन तर तिनीहरू पूर्णतः दोषी बनेका छन् । ती एकअर्कालाई बाँच्न पनि दिँदैनन् र स्वयम् पनि सन्तुष्ट छैनन् । त्यति मात्र होइन, यिनीहरू एकअर्कालाई दोष दिने अवस्थामा पनि देखिँदैनन् । मानिसले आफूले गल्ती नगरे पनि यदि नियतिले निर्देशन गरेको छ भने त्यसले सजायको भागी बन्नैपर्छ भन्ने रहस्य यस उपन्यासमा उद्घाटन गरिएको छ ।
*** बितेका दिनहरू मेरो पिठ्यूँतिर धमाधम खस्दै नाना किसिमका विभिन्न आकारका साना-ठूला गहिरा या भर्खरै बन्न लागेका- गुफाहरू रच्दै थप्पथप्प बसेका छन् । यसो फर्केर हेर्दा म देख्छु- टाढा, यवनिकामा चित्र भए पछिल्तिरका अरू तमाम दृश्यलाई पूर्ण रूपले ढाक्दै एउटा कालो-नीलो पर्वत शृङ्खला दृढतापूर्वक उभिएको छ र मतिर फर्केर त्यसको छातीमा कुनै पनि ठाउँ बाँकी नराखी मेरा बितेका दिनहरूले कुन्नि कहिलेदेखि हो गुफैगुफा खनेर राखिछाडेका छन् । मेरा दिनहरूको काम गुफा बनाउनु हो । कहिलेकाहीँ एक्लै भएका बखत वर्तमानबाट आफूलाई फुत्काई म पछि फर्केर हिँड्न थाल्दछु, मेरा गोडा अनायास नै अतीतका कुनै गुफाभित्र प्रवेश गर्छन् । कुनैकुनै गुफा त यति अन्धकारमय हुन्छ कि म त्यहाँको कुनै वस्तु पनि प्राप्त गर्न नसकेर बाहिर निस्किन्छु । कुनैकुनैमा भने अत्यन्त मधुरो प्रकाश रहन्छ; त्यहाँभित्रको दृश्य पनि मेरा लागि अस्पष्ट नै रहन्छन् । तर, कुनै गुफाचाहिँ जतिसुकै गहिरो भए पनि, तल पुगेपछि, कुन्नि कुन स्मृतिलोकबाट फुटेर आएको प्रकाश- किरणले उद्भासित भएका हुन्छन् कि त्यहाँ पुगेपछि मेरा आँखाबाट विस्मृतिको पर्दा पन्छिन्छ र म पुरानो युगको रस-रङ्ग-ध्वनिको लोकमा पुग्छु । मानौं, जीआमाहरूले भन्ने गरेका सुनकेस्री राजकुमारीहरूका कथामा निवास गर्ने र बालकहरूका थाकेका आँखामा हलुकोसँग निद्राको शीतल मलम लाइदिने मायालु परीको कुनै अलौकिक छलबाट मेरो उमेर मबाट फतफत गर्न थाल्दछ, शरीरबाट लुगा झरेजस्तो । म एउटा बालक हुन्छु र एक पल्ट बिताइसकेका दिनहरूलाई उही पुरानै किसिमबाट फेरिदेखि बिताउन थाल्छु । अनि म डाक्छु- “ए सान्नानी । ए फगुनी । ए नरेन्द्र दाइ…!!”
त्यसो भए के यो गल्प हैन ? के यो खेलाँचीको फुस्सा भूमिमा कल्पनाले बिनसित्ति खडा गरेको एउटा स्वप्न-महल- हुँदैनभएको एउटा मनगढन्ते कुरा लेखेको मात्र हो त ? मलाई लाग्छ, कुनै गल्प पनि असत्य हुँदैन । कल्पना झूटो हुँदै हुँदैन फुस्सामा सपनाको महल पनि खडा हुन सक्दैन- किमार्थ सक्दैन । सपनालाई पनि विपनाको आधार चाहिन्छ । चाहे म कुनै घटनालाई या कुनै कथालाई जतिसुकै बङ्ग्याएर बयान गर्न खोजूँ, चाहे त्यसलाई म कल्पनाले जतिसुकै माऊने या निखार्ने प्रयत्न गरूँ, मेरा सारा प्रयत्नको परिणाम यही हुन्छ कि सत्य यन् स्पष्टतर हुँदै जान्छ रे कथाले झन्झन् वास्तविक रूप लिँदै जान्छ । मानिस आफ्नो स्मृतिबाट आफूलाई जोगाउन सक्दैन । कल्पना भन्दै लेखेको कथा स्मृतिको भँडारबाट फिकेको एउटा सानो घटना मात्र हो- एउटा सत्य मात्र हो । त्यसो हुनाले कथाकार जेजति भन्छ त्यो सबै उसको आत्मकथाको एउटा टुक्रा मात्र हो। एक पटक भोग गरिसकेका बितेका (घटनालाई फेरिदेखि बिम्झाएर वर्तमानमा भोग गर्न खोज्नु नै सायद कथा हो, म पहिलेका कुरालाई कलकली सम्झन्छु, पहिलेका मानिसलाई कलकली देख्छु र बिस्तारै विश्वासको ध्वनिमा म तिनीहरूलाई मुटुभित्रै डाक्छु- “ए गौरी भाउजू ! ए मुनरिया ! ए नरेन्द्र दाइ…!!!”
***
मलाई लाग्यो, उनको संयम अब टुट्ने भयो, उनले अहिलेसम्म दृढतापूर्वक लुकाएर राखिराखेका आँखा अब रसाउँछन् र छलछल गरेर तिनबाट आँसु फर्न थाल्नेछ ।
***
‘पापको दण्डका लागि पापकर्म गर्नु पर्दैन हामीलाई’ –मेरो मस्तिष्कमा शून्यबाट ध्वनित हुँदै आउँछ र जीवनलाई एउटा नीरस मरुभूमिमा परिणत गर्छ । जीवन के एउटा अर्थहीन यात्रा मात्र हो, जुन यात्रामा पाप- पुण्यसँग सुख-दुःखको कुनै तारतम्य छैन ? केवल एउटा तर्कहीन अव्यवस्था हो यो मानवजीवन ?
“प्राणाधार ! के भनेर सम्बोधन गरूँ हजुरलाई ? मैले हजुरको प्रेम पाइनँ, प्रिया हुन सकिन म । तर प्रेमको कुनै अपेक्षा नगरेर, के म आफ्नो तरफबाट एकोहोरो प्रेम अर्पित गरेर हजुरलाई ‘प्राणाधार’ भनेर बोलाउन पाउँदिनँ र ? हृदयले बारम्बार साउतीको स्वरमा यही सम्बोधनद्वारा हजुरलाई बोलाउने गरेको छ । आज कलमले मेरो यही हृदयको वाणी समातेको हो ।
प्राणाधार ! मेरो के दोष छ र यसरी म प्रेम पाउने अधिकारबाट त वञ्चित भएँ भएँ, सेवा गर्ने अधिकार पनि मबाट खोसियो ? मेरो प्रार्थना पनि यति मात्र त हो नि, हजुरले टेकेको ठाउँमा म आफ्नो मस्तक राख्न पाऊँ र हजुरको श्रीचरणको सेवा गर्न पाऊँ । पत्नीले भिखारिणी भएर याचना गर्छे, प्रेमका लागि होइन- हे भगवान् एकछिन मेरो आँसु थाम- सेवा गर्न पाऊँ भनेर । तर आज यो याचना दिनातीत र अप्रासङ्गिक भैसक्यो, किनभने भोलि सुन्दछु, हजुर यो घरलाई सदाका लागि त्यागेर निस्कने रे । यो घरमा मेरो कुनै स्थान कहिल्यै पनि भएन; अन्यथा म स्वयम् यहाँबाटआफूलाई निष्कासित गरेर यो घरलाई हुन लागेको ��निष्टबाट सायद बचाउने थिएँ । मलाई लाग्छ, यद्यपि प्रकट रूपबाट मैले आफूलाई आफैँमा सीमित राखेर आ शून्य कोठाबाट एक्लो जीवन बिताइरहे पनि यो समस्त दुर्दैन्यको अन्तिम कारण म नै हूँ । मैले यहाँ स्थान खाली पारिदिए टुट्न लागेको गृहव्यवस्था फेरि सायद जोडिने थियो कि ? तर मैले यस घरमा आफ्नो स्थान नै कहाँ बनाउन पाएँ र कि आज स्थान खाली गर्ने प्रश्न नै उठोस् ।
मलाई सम्झना छ, मैले पहिला चोटि सुखसपनामा आफूलाई बिर्सेर आनन्दको पाइलो चाल्दै वधू भएर प्रवेश गरेको यस घरभित्र । म पहाडकी अशिक्षित गरिब बालिका थिएँ । विवाहको मण्डपमा जब लाजको आँखाले हजुरलाई चोरेर मैले हेरेकी थिएँ, त्यस बेला मैले हजुरको शिरमा सेतो सिल्कको फेटा र निधारमा उज्याला टीका देखेर नै मैले आँखा चिम्लिँदै मनमनमा भनेकी थिएँ- म कति भाग्यवती छ, शिवप्राप्तिको मेरो सुख ईर्ष्यालु देवतालाई सह्य भएनछ । म एउटी क्षुद्र बालिकाले जगन्माता पार्वतीको स्पर्धा गर्न चाहनु मेरो दुष्परिणामदायी गर्व थियो । यस घरमा मैले बिताएको प्रथम रात- मेरो सौभाग्यरात्रि, मधुरात्रि । हजुरले सम्झिबक्स्यो होला, मेरो त्यस समयको लज्जाको व्यवहार एकान्त भावले सम्पूर्ण रूपबाट आफूलाई हजुरको बनाउन अप्ठ्यारो मानेर भएको हो । त्यस अवसरमा अप्ठ्यारोपन र लज्जा स्वाभाविक पनि हुन्छ । अँध्यारो कोठामा प्रणय- शय्यामा जब हजुरको हात मेरो शरीरको अनुसन्धान गर्दै हिँडिरहेको थियो, त्यस बखतमा मलाई लाग्यो, हे भगवान् मलाई अझै अविकसित बालिका नै किन राख्यौ ? मलाई स्वयम् आफ्नो शरीरको अपर्याप्तताको मार्मिक अनुभव भयो र म लज्जाले झन्झन् डल्लो पर्दै गएँ । एकछिनपछि हजुरले कम्पित स्वरमा भन्नुभयो- ‘सानी रहिछौ ।’ र एकछिनपछि स्वरलाई स्थिर पारेर सोध्नुभयो- कति पढेको छ तिमीले ?”
जतिजति हजुर मबाट टाढा हुँदै जानुभयो उतिउति म आफ्नो शारीरिक र मानसिक अपर्याप्ततालाई पूरा गराउने प्रयत्नमा लागें। शरीर र बुद्धिलाई हजुरको योग्य बनाउन मैले के गरिन ? पौष्टिक भोजन, लोभीको जस्तो स्वार्थी भएर दूध, घ्यू र मेवाहरूको सेवन गर्दै, निर्लज्ज भएर दिनभरि सिँगारपटारले आफूलाई राम्री पार्दै दिनप्रतिदिन म ऐनाको अगाडि उभिएर आफ्नो शरीरको विकासलाई हेरिरहन्थें । म हजुरको आँखाले यस शरीरलाई हेर्न खोज्थे । हजुरकी अर्धाङ्गिनी हुनका लागि पुस्तक हेर्न थालेँ, मास्टर राखेर पढ्न थालेँ । गानाबजानामा हजुरको सोख देखेर स्वयम् परिवारको मर्यादालाई ख्यालसम्म नराखी गाना सिक्न थालें । इसराज बजाउन थाले, हजुरले गाएका गीत म गाउन थालें । तर म हजुरबाट टाढा हुँदै गएँ, र अन्तमा ससुराज्यू र हजुरको झगडाको घानमा म निर्धो प्राणी परें । म त्यक्ता भएँ र आज त्यसको अन्तिम स्थितिमा म पुगिसकेकी छु, परोक्ष भए पनि, म नै त्यस्तो अन्तिम कारण हुन गएँ कि हजुरले गृहत्यागको चरम निर्णय लिनुपर्यो ।
कहिलेकहिले मलाई यो ध्यान पनि आउँछ र आज त झन् मलाई अशान्त पार्दै बारबार आइरहेको छ- म नै यदि यी भयानक दुर्दैन्यको कारण हुँ भने किन त्यस कारणलाई अन्तिम रूपबाट विसर्जन नगर्ने ? आत्महत्याको विचार आवेशको परिणाम होइन, क्षणिक उन्माद होइन किनभने यत्तिका दिनको चिन्तनले पाकेर निर्णयको रूप लिन चाहने भावनालाई उन्मादको संज्ञा कसरी दिनु ? कति दिन मैले यस विचारसँग रात-दिन समय बिताएँ, अनुद्विग्न शान्त चित्तले यसको साहचर्यमा मेरा कति एकान्त क्षण बितेका छन्, तर के आत्महत्या त्यस्तो अन्तिम पाइलो हो जो बगेको पानीमा कुनै छाप नछाडेर, विलीन भएर समाप्त हुन्छ ? मेरा लागि आत्महत्या एउटा सहज उपाय होला तर अरूहरूका लागि, हजुरका लागि नै, यो अपहत्याले समस्यालाई सजिलो पार्ने सट्टा सदाका लागि झन् जटिल पार्ने त होइन ? फेरि आत्महत्याको विचारमा मेरो पत्नीत्वको अहम्मन्यता छैन र ? जे भए पनि म पत्नी भएर यस घरमा आएँ, मृत्युमा पनि पत्नी नै भएर म चितामा चढ्नेछु । अझै पनि मलाई लाग्छ, मेरो समाप्तप्रायः नारीत्वको अभिमानको अवशेष होला कि मेरो मृत्युले झन् हजुरलाई सदाका लागि निष्पाप प्रेमका निम्ति असमर्थ तुल्याउनेछ । त्यसो हुनाले, जीवनमै मृत्युलाई आलिङ्गन गरेर, आफूमै पूर्ण रूपले सीमित रहेर, यस घरको एउटा सानो कुना समातेर समय काटिरहेकी छु ।
हिजो बाबूसाहेबले मलाई भन्नुभयो- मैले पारिवारिक गृहकार्यमा भाग लिन सक्छु र हजुरलाई यसमा कुनै आपत्ति छैन रे । मैले उहाँसित बिन्ती गरें – ‘बाबूसाहेब, मैले गृहकार्य कसैको आपत्तिले त्यागेको होइन । म जुन कुनामा छु त्यहाँबाट मलाई नझिक्नोस् । मलाई दुश्चिन्ता हुन्छ तपाईंको यो प्रयत्न देख्दा ।’ उहाँले भन्नुभयो- ‘पतिपत्नीको स्वाभाविक स्थानमा तिमीहरू आपसमा मिल भनेर कहाँ भनेको हो र ! केवल परिवारको दैनिक जीवनमा तिमीले सजिलैसँग सामूहिक रूपबाट भाग लिन सक भन्ने मात्र मेरो उद्देश्य हो । देख्दिनौ, परिवारमा तिमीहरूको सम्बन्धले गर्दा क अप्ठ्यारो तनाउ छ ?”तर हिजोको आजै यो घटना भयो ।
प्राणाधार ! यो घर नछाडिबक्सियोस्, मबाट अगाडि सर्ने कुनै प्रयत्न हुनेछैन । म पुनः आफ्नो कुनाभित्र फर्कन्छु । हजुरलाई म यस घरमा छु भन्ने पनि थाहा हुनेछैन । मबाट निस्फिक्री भएर यस घरमा राज गरिबक्स्योस् । मैले कुनै किसिमको आशा गर्ने बानी पनि छाडिसकेकी छु, त्यसो हुनाले मलाई अस्तित्वहीन जीवन बिताउन गाह्रो पर्नेछैन् ।
श्रीचरणकी दासी गौरी
प्रेमको रूप कुन्नि कस्तो देखा पर्छ अरूहरूलाई मेरा लागि भने त्यो अत्यन्त कठोर, हठी, निष्ठुर, दुर्दमनीय, स्वार्थी, असामाजिक भएर आयो- एउटा अन्धवेग ।
***
नरेन्द्रको के हाल छ, सोधिपठाऊ न गाउँमा चिट्ठी लेखेर ! हुन्छ ?’ के प्रेम त्यसैलाई भन्छन् कि त्यस्तो अनाथाको स्थितिमा पनि ऊ सदाका लागि त्यागेर जाने व्यक्तिका (निम्ति व्यग्र भएर चिन्ता गरिरहन्छे के अवस्था होला उनको भनेर ?
***
… सानोबाबू, पाउनु भनेको के हो ? मैले पाएँ कि पाइनँ ? मलाई पहिले लाग्थ्यो, मेरो जीवन वञ्चितताले भरिएको छ, अभावैअभावले । त्यो त मैले नबुझेकी रहिछु । जुन समय मलाई लाग्थ्यो, मैले प्रेम पाइनँ, त्यस समयमा पनि अदृश्य रूपबाट पाइरहेकी नै थिएँ, माटोमुनि अँध्यारोमा गडेको बीउजस्तो । नरेन्द्रको हृदयमा प्रेमको बीउ लुकेर नरहेको भए आज यस्तो ठूलो वृक्षको रूपमा त्यो प्रकट हुन सक्थ्यो र ? नभन्ठान सानोबाबू, कि म आत्मवञ्चनामा यी कुरा लेखिरहेकी छु। म भित्री हृदयको मर्म भनिरहेकी छु तिमीलाई । जीवनको यो एउटा सत्य हो कि सुख ओइरिन्छ हठात् अकारण ! निरभ्र आकाशबाट मुसलधार पानी कहिल्यै पनि पर्दैन । लामो युगको सञ्चयपछि बर्सिन्छ सुख, जसरी आजकाल ममाथि त्यो ओइरिरहेको छ । .मेरो प्यारो देवर, नियतिको अगम्य चाला छ । हामी दुःखसुख भोग गछौं केही नबुझेर, क्षणक्षणमा मात्र जीवित रहेर, त्यसैले लाग्छ, कत्रा असहनीय दुःखी क्षण छन् हाम्रा । तर देख्दैनौं, तिनै कठोर शिलाखण्डद्वारा दुःखका क्षणहरूले हाम्रो सुखको विराट् प्रासादनिर्माणको आयोजना गर्दै रहन्छन्… सुख पनि त्यस्तो प्रचण्ड अग्निशिखा हो जसले क्षणभरिमै जीवनका यावत् दुःखलाई पोलेर समाप्त गरिदिन्छ । त्यस शिखाको एक स्पर्शले मात्र पनि मानिस सार्थक हुन्छ । त्यही त हो नि मोक्ष…।”
***
‘जीवन के हो ? यसमा प्राप्ति के छ ? सुख-दु:ख किन यस्तो मोहमय ? दुःख किन यस्तो पीडापूर्ण र सुख किन रिमरिमजस्तो; जीवनमा किन भागाभाग, दौडादौड, स्वाँस्वाँ र फ्वाँक्वाँ ? केको लागि ? केको लागि ?”
उनले के पाइन् अन्त्यमा ? दुःखबाहेक अरू के थियो र उनको जीवनमा ? उनको सुख पनि दुःखजस्तै, हेर्ने मानिसका आँखामा करुणाको आँसु झिक्ने । किन उनी जन्मिन् ? मानिस नै किन जन्मिन्छन् ?”
सारा कुरा कस्ता निस्सार ! पारिको बालुवालाई बीचबीचमा भुमरी हावाले उठाउँदै त्यसलाई केही माथिसम्म पुयाएर फेरि झार्थ्यो। जीवन कस्तो अर्थहीन ? लाग्यो, कोसीको तटमा बालुवाको राशिमाथि नरेन्द्र, गौरी र मुनरियाले एउटा खेलाँचीमा त्रिभुजको आकार अङ्कित गरे। नियतिको एउटा सानो फ्फुमा बालुवा हल्लियो । त्रिभुज विलीन भयो । बालुवाको निर्दोष राशि निर्द्वन्द्वतामा शून्यलाई चियाएर बसिरहेको छ, आजसम्म पनि बसिरहेकै छ…
B.P. Koirala is definitely one of the finest writers of Nepal. The way he choose his context of the book is phenomenal. Every book of his has a bit controversial context and can make you question about the belief you hold. Definitely a must read! ❤️🔥
I started slowly taking several days. But the second half of the book was finished in no time. I might read this book again in order to read the book in one go. I found this book even better than the other great books by the same author that I have been reading lately.
यो उपन्यास पढिसकेपछि गौरीलाई परेको तिरस्कार र पीडाका बारे सोच्दा कता कता मन भारी बनाउछ। र सानोबाबुले जस्तै सोध्न मन लाग्छ; “जीवनको यत्रो विघ्नको दोषी को? अनिष्ट भएको त स्पष्ट थियो; सबै कुरा भताभुङ्ग भएको आँखाअगाडि देखिन्छ। तर कसले गर्यो यो काण्ड? को दोषी? नरेन्द्र, मुनरिया? प्यारी भाउजू गौरी? को? को?? को???”
गौरी सँधै शान्त, सुन्दरताले भरिपुर्ण, र सकारात्मक। मुनरिया चंचल, आजाद तर स्वार्थी, र नरेन्द्र त झन् गौरीको दुखद एक्लो जीवनका कारर हुन्। गौरीले पतिलाई जीवनभर माया गर्दा गर्दै पनि नरेन्द्र उनीप्रति किन कठोर भएका होला? उनीजस्ती उदासी पत्नी को होली, जसको पति प्रेमीकाको लागि आफुलाई छाडेर हिन्छ, बर्षौ पछि घर फर्किन्छ, तर बिरामी भई; बल्ल बल्ल आफ्नो साथमा आएका पति, रोगसंग लड्दा लड्दै एक दिन सधैंको लागि संसारैबाट बिदा लिन्छ।एक्ली गौरी, उहि श्रीमानलाई गरेको बेशुमार प्रेमका करण आफ्नो मानसिक सन्तुलन नै गुमाउछे। उफ्फ्! लाग्छ गौरीको उमेर, रुप, बैंश त्येतिकै खेर गयो।
अर्कोतीर मुनरिया आफ्ना श्रीमान् र बिरामी बुबा एक्लै छाडि अर्काको श्रीमानलाई किन प्रेम गरेकी? कस्तो मन, कसरी सबै छाडि गाउँबाट शहर खुशी साथ नरेन्द्रसँगको प्रेममा हराउन सकेकी। यसो हेर्दा त नरेन्द्र र मुनरियाको आत्मिय प्रेम लोभ लाग्दो लाग्छ, तर यी दुई अरूलाई पर्ने पिंडाको अन्दाज राख्दैनन्, बस बेफिकर जीवनको आनन्द लिन्छन्। तर पनि नरेन्द्र र मुनरियालाई घृणा गर्न मन मान्दैन, किनकी बिचरी मुनरिया त मायामा फसेकी एक नारि; जो आत्मिय प्रेम पाएर खुशी छे। तर त्यो खुशी छोटो समयको लागि सीमित रहन्छ; नरेन्द्रले मुनरियालाई छाडेर जान्छ…तर मुनरियाले नरेन्द्रलाई कहिल्यै दोषी ठानिन, न त कहिले कुनै ठुलो अपेक्षा राख्छे, न त कहिले नरेन्द्रलाई बाध्नु नै खोज्छे। परदेशमा एक्ली नारि, दुःखै दुःखमा फस्छे। कठै! एकातिर गौरी, अर्कोतिर मुनरिया, यी दुई महिलाले पाएका पीडा र दु:खको मुख्य कारण नै नरेन्द्र हुन्। तर खै उसलाई नी के दोषी मान्नु, ऊ आफै आफ्नो व्यक्तिगत जीवनमा उदास र एक्लो छन्, फेरि ऊ एक खुला विचारक व्यक्ति हुन् जो समुदाय, जातीय स्थिति र लिङ्ग बीचको पदानुक्रम जस्ता सामाजिक असमानताहरू विरुद्ध उभिन्छन्, त्येसैले त ऊ मुनरियालाई खुल्ला प्रेम गर्छ।
सायद हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलालाई कतै दोषी नपारी, महिलाको मनोविज्ञान प्रति गहिरो बुझाइ र सहानुभूतिपूर्ण कृतिहरु रच्न सक्ने खुबी केवल बीपीमा मात्र थियो होला! जसको रचनामा प्रेम र भावनाले भरिएका सौंदर्यवादका मिठास भेटीन्छन् र महिला नै सबैभन्दा ठुलो दाता हुन् र मुख्य पात्र उनीहरुकै नेतृत्वमा हुनुपर्छ भन्ने प्रमाणित गरेका हुन्छन् ।
बाकी रहे सानोबाबु - यो उपन्यासमा मलाई सबैभन्दा बढी प्रशंसनीय लागेको पात्र हुन् सानोबाबु! जो यहाँ मुख्य कथा वाचकका रुपमा देखिन्छन्।मलाई सानोबाबु महिलाहरुका लागी गहिरो चिन्तित् हुने एक नम्र पात्र लाग्यो जो एक पुरुष भएर पनि प्राय आमाहरुका कुराकानी सून्न रुचाउछन्, अनी साथीहरु पनि ज्यादा केटीहरु नै बनाउछन्, जुन पुरुष प्रधान समाजमा विरलै हुन्छ - बिशेष गरी उपन्यासका मुख्य दुइ नारी (गौरी र मुनरिया) को प्रेम-वियोगका कथा सुनीदीने एक विश्वासशीला पात्र पनि उनी मात्र देखिन्छन्।
A finest quality story plotted in a country's perspective. An epitome of compassionate and unconditional love of a women. Gauri bhauju's character's life is full of problems, still she is very strong not to let go of Narendra dai. Munariya character depicts a girl from a poor family, who is attracted by the worldly happiness and possessions and thus is lead to ruin her life. A story from the eyes of Ramesh, Narendra's little brother, this story repersents our rural, hill-located society. Yet the books is full of multi-languages, making it a cultural document too.
"Narendra Dai" is inscribed in the backdrop of the Terai region of Nepal. The novel unfolds the tale of a man named Narendra, his forsaken wife Gauri, and his mistress Munriya. It is a quintessential Nepali story masterfully crafted. BP Koirala penned this novel in a mere four days while incarcerated. I managed to devour this captivating narrative in less than a day. BP Koirala exhibits an extraordinary talent for storytelling, making it one of the author's finest works.
सक्काएको 10मिनेट भो... म कसलाई मन पराउँ, कसलाई मन नपराउ को दोसाँधमा छु.. नरेन्द्र दाई र उनको भावनाको कदर गरम की स्वार्थ भेटाई घृणा गरम.. गौरीको अबोधपन लाई स्नेह गरौँ की उनको सहिष्णुतालाई घृणा, र मुनारिया को माया प्रतिको निष्ठा लाई सम्मान गरौं की उसको मायाको लागि स्वार्थी भावना लाई घृणा ...... म अलमलमा छु... सायद म बुझ्दिन होला.. सायद सानो बाबु नी अकमक्क परे होलान्
This book is quite interesting, I recommend this if you want to explore contemporary culture and life situations back then with the imaginative words which can take you to the time of early 2000 BS.
4,5 -- A beautifully written exploration of love, duty, and the silent suffering caused by rigid social norms. Koirala masterfully portrays the inner emotions of his characters, making their moral struggles and unspoken desires deeply moving and relatable. The novel’s psychological depth and quiet tragedy make it one of the most timeless and poignant works in Nepali literature.