Jump to ratings and reviews
Rate this book

ययाबर

Rate this book
उपन्यासको नायक यायावर भन्छ, सबैका जीवनमा आआफ्ना गाँठाहरु हुन्छन् जसलाई आफैले फोउनु पर्छ, नसके तिनैमा अल्झिएर बाँच्नु पर्छ । मनको दायाँ र बायाँ कुनाको पीङ र पीडामा बारम्बार झुलिरहने, यौटा फरक जीवन भोग्न वाध्य निम्नवर्गको निर्धो र निर्दोष केटाको जीवनमा अनायास बन्न पुगेका जटिल गाँठाहरु र तिनलाई पुकाउन उसले आजीवन गरेको संघर्षको मार्मिक कथा हो यो । रोचक शैलीमा बुनिएको र सरल भाषामा लेखिएको यस कथाको विषाय र प्रस्तुति सर्वथा नवीन छ । यो मर्मस्पर्शी उपन्यास समसामयिक आख्यान साहित्यको एक उपलब्धि हो ।
-जगदीश घिमिरे

सिर्जनाका विभिन्न घुम्तीहरुमा भेटिइरहने नाम हो, ब्रजेश । कहिले चलचित्र-लेखन र अभिनेतामा, कहिले स्तम्भकारका रुपमा । जुनसुकै विधालाई डोर्‍याए पनि उनी भीडमा परैबाट अलग्गै दृष्टि पर्ने उचाइमा उभिएका देखिन्थे र देखिन्छन् । 'यायावर'सँग एउटा आख्यान-सर्जकको नितान्त बेग्लै विधामा पाइला टेक्ता पनि उनी त्यही उचाइमा उभिन सफल छन् । ‍औपन्यासिक शैली र प्रस्तुतिले उनलाई एउटा सफल उपन्यासकारका रुपमा स्थापित गर्ने छ भन्ने कुरामा द्विविधा छैन ।
-रमण घिमिरे

असंख्य दृश्य, अदृश्य तहहरुले बनेको जटिल र अनित्य संरचना रहेछ समाज । यसका पत्र-पत्र बीचका अस्पष्ट सीमामा उभिएर यथार्थलाई नियाल्नु पीडादायी, भयावह र कुनै बेला दिगमिग लाग्दो हुन्छ । जिम्मेवार लेखकहरु त्यो बिर्सेर नजीकबाट हेर्छन् जीवनलाई । त्यो पीडा सहन्छन्, त्यो भयलाई निल्छन् र त्यो कुरुपताको खरानीभित्र जीवन र सौन्दर्यको अग्निवीज खोज्छन् । आफ्ना पाठकहरुलाई जीवनको सत्य बताइदिन्छन्, आशाको उज्यालो दिन्छन् । ब्रजेश त्यस्तै सर्जक हुन् र यायावर उनको त्यस्तै उपन्यास हो ।
-सरोज धिताल

Hardcover

First published January 1, 2013

3 people are currently reading
57 people want to read

About the author

Brazesh

3 books11 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (7%)
4 stars
13 (23%)
3 stars
26 (47%)
2 stars
8 (14%)
1 star
4 (7%)
Displaying 1 - 7 of 7 reviews
Profile Image for Bijesh.
6 reviews5 followers
April 3, 2013
उपन्यास-अंश यायावर
व्रजेश

त्यो रेष्टूराँ ममचाको लागि खूबै प्रख्यात थियो । साँझपख त्यहाँ ममचा खानेहरूको मेला जस्तो लाग्थ्यो । एउटा लामो सोतो जस्तो कोठामा भएको त्यो रेष्टूराँमा पुछारतिर भने भेनिष्टाले बारेको र हरियो कपडाले पर्दा हालेको सानोसानो कोष्ठहरू पनि थिए । ती मध्ये एकमा भैरेले मलाई लगेर राख्थ्यो । भित्र कतै ठूलाठूला अजङ्गका भाँडाहरूमा ममचा पकाइन्थे । हरहर बास्ना बाहिरैसम्म आइरहेका हुन्थे । भैरे र ऊ जस्तै अरु केटाहरू भ्याइनभ्याई हातहातमा थुप्रै प्लेट तात्तातो ममचा बोकेर कुदिरहन्थे । यही बीचमा उसले कुनै बेला एक प्लेट ल्याएर फुत्त मेरो अगाडि राखिदिन्थ्यो । पहिलोपटक ममचा खाँदा मेरो मुखभित्रको छाला नै पोलेको थियो । त्यसको पानी फोकाले मलाई कतिदिनसम्म पिरोलेको थियो । ममचा भनेको भैंसी र राँगोको मासुले बन्दोरहेछ भन्ने कुरा मलाई दुई दिनपछि मात्र थाहा भएको थियो । पहिले नै थाहा भएको भए मलाई दिगविग लाग्थ्यो होला तर त्यसको स्वादले मेरो जिब्रोलाई जितिसकेको थियो । धेरै बेर म त्यहाँ बसेँ भने साहूले शंका गर्छ भनेर ऊ मलाई न्यूरोड घुम्न पठाउँथ्यो । म न्यूरोड, असन, इन्द्रचोक र वसन्तपुर तिर बरालिन्थेँ । अनि उसको ममचा रेष्टूराँ बन्द हुने बेला तिर खिचापोखरी आउँथेँ । हामी सँगै उसको डेरा र्फकन्थ्यौं ।

एक दिन त्यसै गरी राती हामी र्फकँदैथ्यौं । धरहरा काटेर टुँडिखेल निर आइपुग्दा केही युवाहरू अँध्यारोमा प्रकट भए । उनीहरूको हातमा चाङका चाङ कागजहरू थिए । सतर्क भएर ती कागजहरू बाटोमा छर्दै उनीहरू त्यसै गरी अँध्यारोमा अलप भए । बाटोमा धेरै मान्छेको चहलपहल त थिएन तर भएकाहरू ती कागज टिप्न थाले । भैरेले पनि दौडेर गएर एउटा टिप्यो । ल्याम्पपोष्टको बत्तीमा उसले सर्सरी त्यसलाई हेर्‍यो ।

“बिद्यार्थी आन्दोलनको पर्चा रहेछ ।” उसले भन्यो र चारैतिर सतर्क आँखाले हेर्दै त्यसलाई पट्याएर कमिज भित्र हाल्यो ।

“कोठामा गएर पढौँला । पुलिसले देख्यो भने मार्छ ।”

हामी केही नबोली फटाफट त्रिपुरेश्वरको ओरालो र्झन थाल्यौं । मलाई पनि एक किसिमको उत्साह मिश्रति उत्तेजना भैरहेको थियो । कोठामा पस्नासाथ भैरेले त्यो पर्चा निकाल्यो । हामी दुइ भाई त्यो पढ्न थाल्यौं । त्यतिबेला अहिलेको जस्तो फोटोकपी वा छपाइको विकास भएको थिएन । हातैले लेखेको मूलप्रतिलाई खै कसरी हो प्रतिलिपी बनाइएको रहेछ । त्यस्तोलाई लिथो गर्ने भन्दारहेछन् भन्ने कुरा मैले पछि मात्र थाहा पाएको थिएँ ।

सैनिक कारवाहीद्वारा अपदस्थ गरिएका जुल्फीकार अली भुट्टो नामका पाकिस्तानी प्रधानमन्त्रीलाई फाँसी दिएर मारिएको थियो । संसारका अधिकांस मुलुकहरुले उनलाई अभयदान दिनका लागि गरेको अनुरोधलाई पाकिस्तानले लत्याइदिएको थियो । त्यसैको विरोधमा भोलिपल्ट बिद्यार्थीहरू महाराजगञ्ज स्थित पाकिस्तानी दूतावासमा विरोधपत्र बुझाउन जुलुस जान लागेका रहेछन् । सहभागिताको लागि आहृवान गरिएको त्यो पर्चामा फासिष्ट व्यवस्था मुर्दावाद र प्रजातन्त्र जिन्दावाद भन्ने कुराहरू लेखिएका थिए । त्यतिबेला प्रजातन्त्रको पक्षमा बोल्नु भनेको राजतन्त्रको विरोधी हुनु हो भन्ने थियो ।

पर्चा पढेर रातोपीरो अनुहार लगाउँदै भैरे बम्क्यो,

“त्रिचन्द्र कलेजमा भेला भएर जाने रे । बुझिस् बैकुण्ठे, हामी पनि जानुपर्छ ।”

“जानु र ?”

उत्तेजना त ममा पनि संचार भैसकेको थियो तै पनि मैले अलि संसयका साथ सोधेँ ।

“प्रजातन्त्र ल्याउनु परेन ? समाजवाद बैकुण्ठे समाजवाद । अनि साला ममचासाहू र हामीमा केही फरक रहनेछैन ।”

उसले स्वप्निल भएर भन्यो । त्यो सोच्दा मलाई पनि रमाइलो लाग्यो । त्यस रात हामी दुबै राम्ररी निदाएनौं । हामी पनि भोलि आन्दोलनकारी बन्न जाने भन्ने सोच नै रोमाञ्चक थियो ।

भोलिपल्ट आठ नौ बजे नै हामी त्रिचन्द्र कलेज अगाडि पुग्यौँ । कोही आइपुगेका थिएनन् । हामी यता र उति बरालिँदै बस्यौँ । बिस्तारैबिस्तारै मानिसहरू भेला हुन थाले । सबै जोशले धपक्क बलेका अनुहारहरू थिए । केटाहरू मात्र नभै केटी मान्छेहरू पनि प्रशस्तै जम्मा हुन थाले । पर्चा हाम्रो हातमा मात्रै नभै राज्य प्रशासनको हातमा पनि परेको हुनुपर्छ, प्रहरीहरू पनि तैनाथ थिए । राजदरवारको बाटो नभै महाराजगञ्ज जान मिल्दैनथ्यो । त्यसैले प्रहरी प्रशासन उच्च सतर्कतामा बसेको हुनुपर्छ । त्यतिबेला त्यस्ता कुरा मलाई के थाहा हुनु र ?

एघार बज्दानबज्दै अपार मानिसहरूको भीड जम्मा भयो । मैले त त्यत्रा मानिसहरू एकैठाममा पहिले कहिल्यै देखेको थिइनँ । भीडमा कसैले भनेको सुनेर मलाई थाहा भयो दश हजारको हाराहारीमा आन्दोलनकारीहरू जम्मा भएका छन् । त्यहाँ बिद्यार्थी मात्र थिएनन् र स्वतस्फूर्त रुपमा भेला भएका अरु सर्वसाधारण पनि थिए । एउटा कालोकालो तर अजङ्गको ज्यान भएको बिद्यार्थी नेताले बडो जोशका साथ भाषण गरेपछि सबको रगत झनै उम्लिन थाल्यो ।

“फासिस्ट पञ्चायती व्यवस्था मुर्दावाद ।”

नाराहरू लाग्न थाले । जुलुस महाराजगञ्ज तिर अग्रसर भयो । भीडमा म र भैरै पनि मिस्सियौं । त्यत्रा मानिसहरूको जोश एउटाबाट अर्कोमा सर्दो रहेछ । दमन हुन सक्छ, प्रहरी हस्तक्षेप हुन सक्छ भन्ने कुराहरू भैरहेका थिए । तर त्यसको कसैलाई कुनै पर्वाह थिएन । मानवसागर अघि बढ्यो । केशरमहल हुँदै राजदरवारको पश्चिम गेट छिचोलेर अब हामी लैनचौर तिर अग्रसर भइरहेका थियौँ । बाटोका दुइ छेउमा तमाशा हेर्नेहरू पनि हात हल्लाउँदै जुलुसको जोश बढाउँदै थिए ।

ठ्याक्कै दुग्ध विकास संस्थानको नजीक पुगेको बेला अचानक बिना कुनै चेतावनी प्रहरी दमन सुरु भयो । उनीहरूले जुलुसलाई तीनतिरबाट घेरे । केशरमहल तिरबाट पहिलो जत्था, राजदरवारको उत्तरपटि्टको सडकबाट दोश्रो र अमृत साइन्स कलेजको तर्फबाट तेश्रो जत्थाले जुलुसमाथि आक्रमण गर्‍यो । खाकी रङ्गको लुगा लगाएका पाँचसात सयजना जति प्रहरीहरूले कठबाँसको निर्मम प्रहार गर्न थाले । हेर्दाहेर्दै त्यहाँ कोलाहलको बातावरण व्याप्त भयो । भागाभाग हुन थाल्यो । भैरे कता, म कता । म भन्दा दश गज जति पर एउटाको टाउकोमा प्रहरीको कठबाँस बजारियो । उसको टाउको नरिवल फुटे जसरी फुट्यो र भलभल रगत बगेर उसको अनुहार राताम्य भयो । दुबै हातले टाउको समातेर थचक्क बस्न भ्याएको पनि थिएन, अर्को प्रहरीको बूट उसको छातीमा बजारियो । मेरो सातो गयो । अर्कोपटि्ट एकजनालाई चारजनाले घेरामा पारेर बीचमा राखेर सिरक बनाउने बेला पुरानो रुवालाई उधिनेजसरी उधिन्दै थिए । अलि पर देखेँ एउटी केटी मान्छेलाई ढाडैढाडमा लौरो बजाउँदै थिए प्रहरीहरू । त्यो केटी भुक्लुक्कै ढली । मैले देख्दादेख्दै कति खुट्टाहरू उसैलाई कुल्चेर भागिसकेका थिए । म ज्यान जोगाएर एकातिर भागेँ । कतिजना त भाग्दा एकआर्कासँग ठोक्किएरै लडिरहेका थिए । कसैले पछाडिबाट मेरो खुट्टामा कुल्चियो, मेरो एउटा जुत्ता फुस्कियो । म एकदुइ पाइला कुदिसकेको थिएँ । जुत्ता टिप्नका लागि फरक्क फर्किएँ । तर उतापटि्टबाट बाढीको पानी जसरी मान्छेहरू भागेर आइरहेका थिए । उनीहरूको पछाडि हावामा उजाइएका बाँसका लौराहरू डरलाग्दा थिए । कति जुत्ता कति चप्पल छरपष्ट भैसकेका थिए, कहाँ खोज्न थाल्नु ? म एउटा खुट्टामा मात्रै बाँकी कपडाको जुत्ता सहित बेतोड भागेँ । कता भन्ने कुरा मलाई थाहा पनि भएन । भैरे कहाँ होला, मैले भाग्दाभाग्दै आँखा डुलाएँ । तर त्यहाँ तितरबितर भइरहेको भीडमा कहाँ देख्नु मैले भैरेलाई ?

बाटोको छेउमा एउटा सानो मन्दिर थियो । त्यहाँ निर अघि त्रिचन्द्र कलेजमा जोशले भाषण गर्ने बिद्यार्थी नेतालाई प्रहरीले च्याकुन्झ्याँइ पारेर भ्यान भित्र कोच्दै थियो । मेरो ढाडमा केही बजारिएको थाहा पाएँ । असहृय पीडा भयो । प्रहरीको लौरो भन्ने बुझ्न मलाई गाह्रो भएन । पछाडि फर्केर हेर्ने कुरै आएन । म लडेँ भने त अरु कति लौरो खाइने हो भन्ने डरले मलाई आफ्नो सन्तुलन कायम राख्न सघायो । त्यही बेला एउटा खश्रो हातले मेरो कठालो अँठ्यायो । मैले न्वारानदेखिको बल लगाएर आफूलाई मुक्त गर्ने प्रयास गरें । त्यो क्रममा मेरो ज्याकेट मलाई समाउनेको हातमा रहृयो, मेरो कमिजका केही टाँकहरु पनि छिने तर म भने उम्कें । म भएभरको बल बटुलेर भागेँ । फोक्सो फुट्ला जस्तो हुन्जेल म कतै नहेरी दौडेँ । ज्यान बचाएर भागुन्जेल पनि मलाई मेरो त्यो थोत्रो र मैलो ज्याकेटको माया लागिरहेको थियो । त्यो कुनै बेला मेरा बाले मलार्य ल्याइदिएका थिए । उनले मलाई ल्याइदिएको त्यही एउटा मात्र कुरा थियो । बाको त्यो चिनो जीवनभर साँचेर राख्छु भन्ने सोच्या थिएँ मैले । बा त रहेनन्, रहेनन्, उनको त्यो चिनो पनि मैले त्यस दिन गुमाएँ । दौड्दादौड्दा जब शरीरले साथ नदिएर गोडाहरू लूला भएर म थचक्क बसेँ, असन आइसकेको रहेछ । म एक लौरी मात्रै खाएर उम्केछु । कतिजना घाइते भए होलान्, मैले मनमनै सोचेँ । अगाडिपटि्टको मन्दिरमा नचिनेको भगवानलाई नमस्ते गर्दै मैले प्रार्थना गरें, “भैरैलाई केही नभएको होस् ।”

निकै बेर पछि सास व्यवस्थित भयो र छेउको मिठाइ पसलमा मागेर मैले एक जग पानी खाएँ । पसले साहू मलाई अचम्म मान्दै हेर्दै थियो । अनि पो मैले हेक्का गरें, मेरो कमीजको दुइतीनवटा टाँक पनि फुस्किसकेको रहेछ । म पसीनाले लथपथ भइसकेको रहेछु । मैले खिस्स हाँस्दै भनेँ,

“जुलुसमा गएर आएको । पुलिसले लखेट्यो ।”

अब उसको आँखामा म प्रति अर्कै भाव आयो । दुईवटा तात्तातो मालपुवा उसले म तिर बढायो र भन्यो,

“ना बाउचा थ्वँ ना ।”

मैले टाउको हल्लाउँदै भनेँ,

“मसँग पैसा छैन ।”

उसले मालपुवा मेरो हातमा जवर्जस्ती राखिदिंदै भन्यो,

“दाँ म्वाँ मामपाखा । कने कंस मन्ट्री जुइ धुंका पुसाँ ज्यू ।”

(पैसा पर्दैन । भोलिपर्सी मन्त्री भएपछि तिर्नू ।)

त्यतिबेला उसले भनेको केही नबुझे पनि उसको स्नेहिल स्वरलाई नकार्न नसकेर म त्यो मालपुवा चपाउँदै इन्द्रचोक हुँदै कोठा तिर फर्केँ । एउटा मालपुवा चाहिँ भैरेको लागि बचाएर राखेँ । भैरे म भन्दा पहिले नै कोठा पुगिसकेको रहेछ । मलाई देखेर दङ्ग पर्दै भन्यो,

“म त तैंले ढिंडेहरूको गोदाइ खाइस् कि भनेर डराइरहेको थिएँ ।”

उसले चाहिँ एक लौरो पनि खाएनछ । मेरो ढाडमा भने सुम्लो उठेको थियो । तीन दिनसम्म त बेस्मारी दुख्यो । त्यसपछि हामी दुबैलाई जुलुसमा जाने आँट आएन । भैरे र म परिवर्तन तिर उन्मुख समाजको मूक दर्शक मात्र भयौँ ।
Profile Image for Bindesh Dahal.
196 reviews22 followers
October 8, 2013
ब्रजेशको "यायावर" पुरुष यौन मनोविज्ञानको कलाविहीन प्रस्तुतियुक्त साधारण उपन्यास लाग्यो । वैकुण्ठ भन्ने मूलपात्रले जीवन भोगाइका क्रममा सँगालेका अनुभूतिलाई कम्प्युटरमा लिपिबद्ध गरेकोमा उसको दुर्घटनामा मृत्‍यु भएपश्चात् प्रहरी निरीक्षक प्रतापले उसबाट पेनड्राइभ फेला पारेर पढेको देखाइएको छ । मिलनलाई फ्रेम स्टोरीमा राख्नुको औचित्य मैले चाहिँ देखिनँ । यो पात्र नभएको भए पनि उपन्यासलाई केही फरक पर्दैन । रह्यो वैकुण्ठको कुरा : धादिङ जिल्लाको कुनै गाउँको साधारण परिवारको यो मानिसको बाल्यकालका घटना, उसका एकतर्फी प्रेम, यौन भावनाको जागरण, उसमाथि थोपरिएको विकृत यौनको अनुभवको वर्णन गरिएको छ । कालो राम भन्ने खलपात्रले वैकुण्ठको मनोविज्ञानमा पारेको आघातमय अनुभवले वैकुण्ठलाई जीवनपर्यन्त पच्छ्याइरहन्छ । यसैकारण उ यौनको मामलामा सधैं चुक्छ । यौन तृप्तिको अभावका साथसाथै वित्ताभावमा भौंतारिएको वैकुण्ठ शीर्षकको यायावर हो । तर उसको यायावरी अस्तित्व खासै करुणोत्पादक देखिँदैन किनकि लेखकले कथानकमा दु:खको मूलका रूपमा रहेको यौनको प्रस्तुतिमा शिल्प प्रदर्शन गर्न सकेका छैनन् । अल्लि भद्दा बनेको छ यो । रक्सी र यौनका अनगिन्ती दृश्यावली पढ्दा घरिघरि त दिक्क लाग्यो मलाई । अनि कथामा विप्लवोन्मुख पंचायती राजनीतिक विकासक्रम देखाइएको छ तर त्यसको सान्दर्भिकता कथाले प्रस्ट्याएको जस्तो लागेन र समकालिकताको अभावले उपन्यास कमजोर भएको जस्तो लाग्यो मलाई (बहुदल, जनयुद्ध, गणतन्त्र एउटै अनुच्छेदमा टुंग्याइदिएका छन् लेखकले) । सम्राट उपाध्यायले "बुद्धज अर्फन्स" मा साधारण मानिसको कथा देशको राजनीतिक विकासक्रमसँग जोड्न गरेको असफल प्रयासकै झझल्को यसमा पनि देखिन्छ । उपन्यासका केही प्रसंग भने बलिया छन् । वैकुण्ठले केशरको घरमा भान्से भएर काम गर्दा भोगेका तीता अनुभवलाई यथार्थपरक रूपमा संवेदनालाई झंकृत गर्दै वर्णन गर्न लेखक सफल भएकै हुन् । जीवन धान्न उसले गरेका जागिरका सन्दर्भ राम्रै लागे । केही प्रश्नको उत्तर भने पाइएन । वैकुण्ठ काठमाडौंमा बस्दा उसकी पत्नी जुनेलीले कसरी जीवनयापन गरिन् भन्ने कुरा उपन्यासमा खुल्दैन । हिन्दी फिल्मी शैली घुसेको छ कथामा, खलपात्रलाई चुटेको दृश्यलगायतमा । फ्ल्यासब्याकका दोहोरिएका वाक्यमा त ठ्याक्कै बलिउडी झलक पाइन्छ । उपन्यास पठनीय भने छ । भाषा सुललित नै लाग्यो । हास्य प्रसंगहरू मन परे । सानो कलेवर पनि उचित छ । उपन्यास मैले एकदिनमै पढिसिध्याएँ । अझै मेहनत गरेर परिमार्जन गरेको भए उपन्यास अब्बल बन्नसक्थ्यो ।
Profile Image for Richa Bhattarai.
Author 1 book204 followers
January 4, 2019
Often times, we come across a dish that looks delicious, and tastes amazing. But then, it lacks something that we cannot put a finger upon – perhaps it was a little bland, or missing a hint of vinegar or just a tad overcooked. It makes you realize that the dish could have been better than it was. Brazesh Khanal’s Yayavar is just such a novel. At first glance, it seems to have everything needed to rouse readers — saucy childhood tales, a fair dose of dramatics, interesting romantic angles, lustful titillation, plots of revenge, a shred of mystery. It is relatively well-written and smartly packaged. However, you are always left with the feeling that it could have been much, much more than it currently is.

The novel’s plot is, well, a bit unusual. Suffice it to say that it chronicles the life of a seemingly normal but apparently sexually frustrated individual in his fifties. He is neither impotent nor lacking in desires, as we find out plenty of times. Why, then, is he unable to give in to his amorous desires even in the presence of beauties the like of which are only known to prance in Fashion TV? That is what the tale is all about. The reason is not unconvincing, either. To some, it might appear to be slight, but that one incident (and the chain of events leading from it) has shaped the protagonist’s life, not unlike what Amir experiences in The Kite Runner.

Yayavar’s strength lies in the ease of narration, and the remarkable use of cause and effect. The story is actually read through the eyes of a character, and it reverts to the past before jumping to the present, but it is easy enough to follow, understand, and accept. One incident leads to the other, and the reader is gradually drawn into the world of Baikuntha, a normal Nepali youth whose fate has strange things in store. At times the plot gets engrossing, such as when an extraordinary twist of events leads Baikuntha’s Juneli right into his arms, or when stranger events drive her out of his life. Of course it is not always interesting, there are inconsequential sub-plots and annoying characters that just bore readers, but the narrative tries its best not to lose direction.

Another commendable fact about the novel is that it does not infantilize childhood, nor adolescence. There is no sugarcoating of roaring teenage hormones and escapades, many times threatening to spill over into the explicit and the obscene. It is quite reminiscent of Dhruba Chandra Gautam’s childhood exploits in Daapi, which would be quite sober compared to the lingo of Baikuntha’s mates, particularly Kalo Ram. In fact, the Terai-fuelled, rustic, warmly hilarious portions of the novel will bring to mind Nayan Raj Pandey’s excellent prose, particularly Lu, while sections of childhood revelry, especially Baikuntha's relationships with his parents. will remind readers of Karnali Blues. This could be intolerable to purists, who might think of the ruse as a caricature of popular fiction. But it is likely to appeal to readers who do not mind too much of a good thing.
Readers might also fall for the casual tone of the novel, which does not profess to be high-sounding, and keeps itself anchored to the grassroots. However, at times, it does seem as if the author is trying too hard to be flippant, the struggle to simplify dialogues or descriptions can be noticed. As a result of this, dialogues are mostly good but rarely brilliant. The characters are believable and dynamic, and Juneli as the female protagonist is particularly lovable, if too shackled by traditional dogma. The most perfect portion of the book, which readers are sure to appreciate for its sheer beauty and pathos, is the climax. It is not a new technique by any means, but it is only one of the two endings that could have done justice to the novel. You hope against hope that the novel has a different ending and yet, when it does end the way you fear, you are satisfied. The thread of longing, of unfulfilled yearning, that runs through the entire novel comes together to explode at this point.

At times it seems as if the novel tries to include everything within its restless spirit, suffocating readers with the deluge of information and incidents and characters, the mash-up threatening to melt into a homogenous lump. Other times, the author can be seen to be hurrying through the pages, paying scant attention to details, just to get to a certain point. That definitely takes away from the charm.. But then, all at once, the tangled wires begins to make sense, and Yayavar returns to being what it set out
Profile Image for Rajit Ojha.
15 reviews4 followers
August 28, 2014
Nice Book, easy to read and smooth flow.The way the charecter is described and the woven women around them is nice.Protagonist goes through lot of ups and downs. Book keeps the audience binding.Thanks to Brazesh for creating such crafty work.The कालेराम with lots of sholay's dialogue was amazing touch as I have also watched sholay lot of times. It reminded me Brazesh's one serial where he changes his name from Tirthamani to Timoty.will like to read more from brazesh. and if someone thinking of buying this My recommendation will be if you like simple language,flow in the story then your search is bang on "यायावर,The roamer??"stops you from roaming in search of a book.
Profile Image for PJ.
22 reviews2 followers
April 2, 2016
an awesomely recited fiction, a must read for all who love reading nepali literature, special bravo to the publisher for accuracy.
Displaying 1 - 7 of 7 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.