What do you think?

अलिखित [Alikhit]
It is the story of an unidentified and unacknowledged village in Terai region of Nepal. The village named Birhinpur, Barewa has not been included in any map and is neither exists in the country nor outside of it. Although the village has been there for a long time, it does not have an identity.
The book has won Madan Puraskar, the highly prestigious literary award in Nepal in B.S. 2040.

- GenresFiction
242 pages, Paperback
First published January 1, 1983
About the author
Dhruba Chandra Gautam
42 books18 followersDhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.
He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 17 of 17 reviews
February 17, 2022
Before manifesting as a book at present, Alikhit emerges as a memory - that too, in many layers. For the very reason, I am going to revisit the Alikhit in my memory before coming back to the book I read last week.
.....................
मानसपटलको कुनै अन्तरकुन्तरमा एक अद्भुत रंग र भंगिमा बोकेर घुमिरहेको अलिखितलाई म सम्झिन्छु। कहिलेकाहिँ सोच्छु, उसले सुम्निमासँग दोस्ती जमाईसकेको छ र दुबै एक अर्कासँग नया कथा बनाउने तन्दाना लिएर रल्लिईरहेका छन्।
अलिखित भन्ने बित्तिकै म त्यो जादुई तलाउ र मानिसलाई लखेट्दै आएको त्यस तलाउको किनार सम्झन्छु। जीवनशैली कठोर रहँदारहँदै पनि आगन्तुकहरूलाई भात खुवाउने त्यो गाउँको हठ सम्झन्छु र विकराल महामारीको बीचमा गाउँमै रहन चाहेका र सहयोगको रुपमा सब चक्कीहरूको धुलोलाई औषधीका नाममा पालै-पालो गाउँलेलाई बाड्ने गरेका दृष्य म सम्झन्छु।
स्पष्ट चित्र र कथाको लहरभन्दापनि बढि शताब्दियौं देखि ढुंगामा छापिएर बसेको जीवाश्म जस्तो केवल स्मृतिका अलिखित अवशेषहरू मसँग रहेछन्। तर भाव र सम्झनाका धमिला छापहरू यति बलिया भएर बसेका रहेछन् कि अहिले यो पुस्तक तेस्रो पटक पढिसक्दापनि ती पुराना भावहरू अविचलित भएर यथास्वरूपमा रहेको म पाउँछु।
यस पटक अलिखितलाई पून: शुरु गर्नु अघि पनि घेरै समयसम्म अलिखित मेरो सम्झनामा रहिरह्यो। आईरह्यो अनि गईरह्यो। मसँग भएको पुस्तक कुनै साथीले लगेको थियो र केहि हप्ता अघि पुस्तकालयमा यसको नयाँ संस्करण देख्दा म फेरि त्यो मानचित्र बाहिरको गाउँमा पुग्न लालयित भएँ।
यसपटकको पठनले धेरै नयाँ आयामहरू थपे, जुन स्वाभाविक थियो। यो यति गजबको लेखनी रहेछ भन्ने कुरा झनै राम्ररी बुझ्न सकियो। कथाको सार स्वरूप आफैमा नया जस्तो नलागेपनि कथा भित्रका उपकथाहरू र तिनमा जोडिएको व्यंग आफैमा एक विश्लेषणयोग्य आयाम हो भन्नेमा म यसपालि ढुक्क भएँ। एकै वाक्यको दुई पुछारमा कसरी त्यस नामहिन गाउँको पीडा लेखिन्छ र त्यससँगै तीखो व्यंग जोडिन सक्छ भनेर लेखकले यसमा देखाएका छन्।
चालिस वर्ष पछाडिपनि अलिखितमा चित्रित दृष्यहरू अविश्वसनीय रुपमा समकालीन लाग्नु यसको सबैभन्दा बेजोड पक्ष हो। म धेरैबेर यहि पक्षलाई नियालिरहेँ। हामी निश्चिन्त रूपमा निकै अगाडि बढिसकेका छौं, अलिखितमा मन्चन गरिएका दृष्यहरू ज्युँकात्युँ अहिले नदेखिएलान तर पनि जमिन्दारले स्वरूप बदलेर सामन्ती राजको निरन्तरता दिएझैँ भुईंमानिसहरू अहिलेपनि लगभग उहि हालतमा छन् भन्नेमा केहि शंका मान्दिन। यस अर्थमा अलिखित एक ऐतिहासिक बर्तमान पनि हो।
यो गहिरो रातको मध्यमा धेरै कुरा सजिलै भाषित हुँदैनन् तर अलिखितका नलेखिएका पाटाहरूपनि लेखकले अक्षरकृत गरेका दृष्यहरू जत्तिकै सबल छन्।
कतै बिकास त कतै स्वभाज्य राजनीतिको भंगालोमा परेर हरेक समयकालमा कतै त कतै विरहिनपूर बरेवाको जन्म त कतै न कतै अकाल अन्त्य भईरहेको हुन्छ - यो नै अलिखित ईतिहासको अलिखित कथा हो। अलिखितले लेख्न चाहेको कथा पनि शायद यहि नै हो कि?

May 7, 2021
कुनै पुरातात्विक वस्तुको उत्खननको लागि निस्किएको एघार जनाको टोली एउटा यस्तो गाउँमा पुग्छ जहाँ बस्दा डुल्दा हिँड्दा दुःख, गरिबी, अभाव र चरम निराशाको समेत उत्खनन हुन्छ । एउटा यस्तो गाउँ जो देशको मानचित्रबाट गायब छ, गरिब छ, चरम अभावले जेलिएको छ, जो सँग विद्रोह गर्ने न त इच्छाशक्ति छ न त सामर्थ्य नै छ त्यस्तो देहाती गाउँको कथा हो अलिखित । विद्रोह गर्ने, शिर उठाउने कसैले प्रयत्न गरिहाले पनि दबाइन्छन् त्यस्ता आवाजहरु । त्यसैले त अभिशप्त छन् गाउँलेहरु एउटा किवदन्तीको भ्रममा धनी हुने आशामा दोरहलन्तमा पोखरीमा ज्यान गुमाउन। हुन त लेखकले भनेजस्तै भ्रम पनि त भ्रममा रहुन्जेलसम्म सत्य नै ठहरिन्छ । त्यही भ्रमलाई सत्य ठानेर गरिबी र अभावसँगै बानी परेका छन् दुखनी, फुलवा, धरीछ्न र थुप्रै थुप्रै गाउँलेहरु । केहीगरी भ्रमबाट, अन्याय अत्याचारद्वारा सृजित गरिबीबाट निस्किन प्रयत्न गरे दबाइन्छन् इनरा, सुनरा र सलिमका आवाजहरु ।
‘अलिखित’ मधेशको एउटा गरिब गाउँको कारुणिक चित्र मात्र होइन शोषण र अन्याय विरुद्धको आवाज सहित राज्य प्रतिको नमीठो व्यङ्ग्य पनि हो । मैथली भाषाको प्रयोगले उपन्यासमा एउटा छुट्टै स्वाद पाइन्छ भने पात्रहरुको संलग्नतामा गरिएको अनुवादले उक्त भाषा नबुझ्ने पाठकलाई पनि सजिलो पारिदिएको छ ।
हुन त उपन्यास आज भन्दा करिब चालिस वर्षअघि लेखिएको हो तर अझै पनि देशमा यस्ता गाउँहरु छन् जो विरिहनपुर वरेवा जस्तै देशको मानचित्रबाट गायब छन्, जहाँ राज्यको न्युन उपस्थिति छ अथवा राज्य भएर पनि राज्य हुनुको कुनै आभास छैन । जसरी दोरहलन्त पोखरीले झुटो धनको लालशामा गाउँलेहरुलाई खिचिरहन्छ आज विदेशरुपी दोरहलन्तले खिचिरहेछ तर ‘जहाँ गएपनि हिउँमा अथवा हावामा, आफ्नो समस्या र स्थितिको एक टुक्रा राप त हामी अवश्य लिएर हिँड्छौ ।‘ विदेशमा पनि सुख कहाँ छ र ? आशा र उर्जा निर्यात गरेर बदलामा लाशका बाकशहरु आयात गरिरहेछौँ हामी । बिरहनपुरमा जस्तै स्रोत साधन सिमीत व्यक्तिको पहुँचमा छ र गरिबहरु गरिब रहिरहन अभिशप्त छन् । साँच्चै अभावको यो ‘अलिखित’ कथा लेखिन कहिले बन्द हुन्छ होला । कहिले हामी समुन्नति र समृद्धिको कथा लेख्न सक्षम हुन्छौँ होला । उपन्यास पढिसक्दा यो प्रश्नले अवश्य नै च्वास्स विझाउँछ ।

March 19, 2026
ओहो, कति सुन्दर कथा! कति आनन्द लाग्दो कथावाचन! यसको अनौपचारिक शैली यति आकर्षक छ कि पढ्दै जाँदा झन्-झन् लोभ लागिरहन्छ।
यो उपन्यासले तराईको एउटा “नक्सामा नै नभएको” गाउँको कथा मार्फत समाजको गहिरो यथार्थ देखाउँछ। गाउँको अस्तित्व नै अस्पष्ट हुनु, अनि त्यस भित्रका पात्रहरूको पीडा, गरिबी, शोषण र राज्यको बेवास्ता सबै कुरा निकै प्रभावशाली ढङ्गले प्रस्तुत गरिएको छ।
लेखकको लेखन शैली एकदमै प्रवाहमय छ, र पात्रहरू यति जीवन्त लाग्छन् कि उनीहरू वास्तविक संसारमै भेटिएजस्तो महसुस हुन्छ। साथै, उपन्यासमा व्यङ्ग्य र प्रतीकात्मकता (symbolism) को प्रयोगले कथा अझ गहिरो बनाएको छ।
समग्रमा, अलिखित केवल कथा मात्र होइन, यो समाजको “नलेखिएको इतिहास” हो—जुन आज पनि सान्दर्भिक लाग्छ।

June 3, 2024
गौतमको लेखाइ उम्दा छ, कतै रोकिएका छैनन्, कथा एकनासले बग्दछ। लेखाइ, कथा, विषयवस्तु र शैलीमा कुनै टिप्पणी नै छैन। पात्रहरू यसरी जिवन्त छन् कि लाग्दछ्न्, यहि कतै वरपर घुमीराखेका छन्, यति धेरै पात्रहरूलाई २२० पेजमा सुन्दर ढङ्गले समेट्नु, उनीहरूका सामाजिक, आर्थिक र मनोवैज्ञानिक पत्र पत्र यति सूक्ष्म रूपले केलाउनु कुनै चानचुने कुरो होइन।
.
अनि, नि!
अलिखित लेखिएको छ, गाउँ, समाज र दुर्गम मधेसका देहातको पञ्चकालिन चित्र छ,किंवदन्ती छ यहाँ, यहाँ द्वन्द छ, यहाँ रमिता छ, दिनचर्या छ, भोक छ, गरिबी छ, अभाव छ, छल छ,रंग भेद छ, नारी भेद छ, यौनिक जिज्ञासा छ, यौनिक उत्पिडन छ, उत्तेजना छ, कामुकता छ, र सबभन्दा मुख्य कुरो "अस्तित्वको उठिबास" छ।
अलिखितको आफ्नो अस्तित्व छैन्, यहीँको भएर पनि कहिँको नभएको पीडा छ, भग्नावशेष छ। नेपाली आख्यानहरूमा यस्ता कथाहरू थुप्रै लेखिएका छन्, देहातका मार्मिक र कारुणिक चित्रहरू छन्, तर यो कथा फरक छ, सूक्ष्म छ, गौण छ, म लेख्न सक्दिन यहाँ, तर पढ्दा थाहा हुन्छ।
.
तर....तर! यहाँ लेखकले यौन उत्पिडनलाई अलि हलुका रूपले देखाएका छन् (मान्छु कि त्यो समयको, देहातका समकालीन अन्धविश्वास र पुरुष प्रधानत्वको छाप देखाउन खोजेका छन्।) जस्तो कि पेज १९९ मा "बलात्कार" र "रसिक कार्य" एउटै प्रसङ्गमा ल्याएका छन्, जसले अलिकता पाठकलाई निरुत्साहित बनाउन खोजेको भान हुन्छ। अनि अर्को कुरा, अन्त्य तिर उपन्यासमा magical realism घुसाउने प्रयास मलाई दुष्चेस्टा लागेको छ। लगभग १९० पेज सम्म आफ्नो छुट्टै उम्दा गति पकडेको कथालाई अन्त्यतिर magic realism ले अलिकती पिरोलेको आभास हुन्छ। कथा लेख्दा लेख्दै लेखक आत्तिएका भान हुन्छ। यहाँ magic realism को प्रयोग नगरेरै पनि गजब तवरले उपन्यास अन्त्य गर्न सकिन्थ्यो। तर खै, लेखक नै जानुन यो कुरा।
.
र, साझा प्रकासनको यो पुस्तक यसपालि मलाई ठिकै लाग्यो, सम्पादन राम्रो छ, नगण्य त्रुटि होलान्। तर किताबको गुणस्तर देखेर चाहिँ उहीँ पुरानै हैरानी पलायो: मसि/प्रीन्ट उड्न लागेको मधुरो, एकदमै कमसल खाले कागज, टाँसिएका पेजहरू, र गम बाहिरै लतपतिएको बाइन्डिङ!!

September 23, 2021
यौटा काल्पनिक समाजको तिता यथार्थ हरुको व्यङ्ग्यात्मक चित्रण गरिएको र छुट्टै प्रयोग गरिएको रमाइलो उपन्यास। पढ्न मज्जा आयो। ♥️
July 15, 2022
This book shows different aspects of society, different kinds of people living in society, and how their life is intertwined.Whole story doesnot revolve around a single protagonist but different people of a society. Illetrare society ma kk hunchha bhanera majjale explain gareko cha.
October 29, 2020
मैले (नेपाली) साहित्यमा अहिलेसम्म पढेका मध्यको उत्कृष्ट कृति हो 'अलिखित' । यस्तै उपन्यासहरु छन् र त पढ्नुमा आनन्द छ। "बिरहिनपुर बरेवा"को सृष्टि र संहार दुवै गरेर "दॊरहन्तल पोखरा"को कथा ध्रुवचन्द्र गौतमले अमर गरि दिए। लेख्नकै लागि जन्मिएकाहरुले लेखेका कृतिहरु सायद यस्तै हुन्छ होला ।
May 28, 2020
अलिखित नेपाली समाजको विभेदको कथा हो। वरिष्ठ आख्यानकार ध्रुव चन्द्र गौतम द्वारा लिखित र २०४० सालको मदन पुरस्कार प्राप्त यस उपन्यासमा तराई भूभागमा रहेका गरीब समुदायको कथा हो। अन्याय, अत्याचार, उत्पीडन, गरिबी, विभेद को कथा हो। ११ पात्रहरू विरीहनपुर बरेवा मा आए पछि त्यस गाउँका मानिस र परिस्थितिको कथा हो। मैथिली भाषाको धेरै प्रयोग गरिएको छ जसले गर्दा त्यस परिवेशमा आफू पुगेको महसुस हुन्छ। निकै मन छुने शब्दको प्रयोग भएको छ। सबैले एकपटक पढ्नै पर्ने उपन्यास।
October 16, 2021
देशको मानचित्रबाट गायब‚ गरिबी‚ चरम अभावले जेलिएको गाउँ, जो सँग विद्रोह गर्ने न त इच्छाशक्ति छ न त सामर्थ्य नै छ। देहाती गाउँ बिरहिनपुर बरेवा को कथा हो अलिखित । दुःख रोग भोक शोक अभाव विरह पिडा अत्याचार संसारमा नर्क हुन आवश्यक सबथोक बाट प्रताडित गाउँको कथा ।
लेखकले एउटा सजिलो के गरिदिए भने अन्त्यमा गाउँ नै गायव गरेर उपन्यासको बिट मारे । यसैगरी साच्चिकै जीवनमा पनि गायव हुने हो भने यो संसार स्वर्ग बन्न धेरै समय लाग्ने थिएन ।

April 28, 2023
“वास्तवमा विद्रोह नभएकाले त्यो गाउँ नष्ट भयो । जुन जातीमा विद्रोह मर्छ, त्यसको क्रूरताविरुद्ध प्रतिरोधकता समाप्त हुन्छ, एक दिन त्यो नष्ट हुन वाध्य हुन्छ । बरेवामा विद्रोह थिएन भने पनि भयो ।”
४० बर्ष आगाडी लेखिएको भए पनि यो किताव पुरानो भएको छैन । धेरै जसो नेपाली किताव अन्त्यमा अली फिक्क हुन्छन् तर यो कितावको लय र तीब्रता किताव भरि एकैनासको छ सारै मन पर्यो ।

June 17, 2026
एउटा यस्तो उपन्यास जसले गाउँको सामान्य जीवनभित्र लुकेका असंख्य कथा, पीडा र भावनालाई उजागर गर्छ। यसमा ग्रामीण समाजका मानिसहरूको दैनिकी, उनीहरूका सोच, सम्बन्ध र परिस्थितिसँगको संघर्षलाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ। पुस्तक पढ्दै जाँदा गाउँको परिवेश, त्यहाँका मानिसहरूको सरलता र जीवनका अनकहा पक्षहरू नजिकबाट महसुस गर्न सकिन्छ। यो कृति समाजको एउटा मौन तर गहिरो चित्रण जस्तो लाग्छ।
May 15, 2020
मन निकै सन्तुष्ट भएको अनुभूति भएको छ यस किसिमको नेपाली साहित्य पढेर सिध्याउन पाउदा ।
लेखक गौतमले उपन्यासमा ११ जना पात्रहरुमा आधारित ११ वटा अध्यायहरु र मुख्य पात्र भन्नमिल्ने 'जिम्दार' मा आधारित एउटा छुट्टै अध्यायले उनको उपन्यास-लेखनमा प्रयोग गर्नुभएको कथा-वर्गीकरण को तरिका प्रशंसिय छ ।

October 21, 2022
Combination of many stories of a village unmapped in the country
The sad sarcasms used are very weighty
How gloomy the village must be, that, among a year-round of stories, the writer could not find a single happy story! Or maybe to be engulfed by Dorantar is their ultimate happiest story!

May 12, 2026
Dorhantal pokhari is one of the best metaphors i have ever seen in Nepalese literature. The downside for this book is the anthological nature of the book which does not let us extend our sympathy for majority of the characters beyond one chapter.
January 7, 2019
Must read.
August 4, 2017
अलिखित तरार्इलार्इ परिवेश मानेर लेखिएकाे सशक्त रचना हाे । अलिखित त्याे समाजकाे कथा हाे जाे प्रशस्त लेखिएकाे छैन । त्याे नलेखिएकाे र नदेखिएकाे समाजका बारेमा लेख्ने क्रममा प्रशस्त स्वैर कल्पना मिसाएर विभिन्न प्रयाेगहरूका साथ अाञ्चलिकताकाे अाभार पनि दिने गरेर लेखिएकाे छ । सबैले पढ्नै पर्ने उपन्यास हाे । तरार्इकाे दुःख मिथक हाेइन भन्ने प्रमाण याे उपन्यासले दिन्छ । हुन त काल्पनिक कथालार्इ पनि प्रमाण मान्न सकिएला र भन्ने तर्क पनि अाउला । त्यसका जवाफमा अरून्धती राेयकाे कथन सान्दर्भिक ठान्दछु । राेय भन्छिन, "जतिबेला लेख्दा उद्धरण र सन्दर्भ सामग्री जुटाउन गाह्राे हुन्छ त्यतिबेला साहित्यकाे बाटाे राेजिन्छ ।"
थप पढ्न लिंक क्लिक गर्नुहाेस्ः https://ramanpaneru.blogspot.de/2017/...

July 29, 2023
लेख्ने तरिका एकदम उम्दा छ। यो उपन्यास तराई को यस्तो गाउँको कथा हो जुन देश भित्र त छ तर देशको बृहत से बृहत मानचित्रमा सो गाउँको अस्तित्व हुँदैन।
यो उपन्यास पढ्दा भोजपुरी मज्जाले सिक्न पाइन्छ। अन्त्य अन्त्य तिर उपन्यास हल्का पट्यार लाग्दो हुन्छ, तर समग्रमा यो मदन पुरस्कार विजेता उपन्यास नीकै राम्रो छ।