Diamond Shumsher Rana (डायमनशमशेर राणा) was born at Tansen Durbar in Palpa, where his grandfather, Sher Shumshere Jung Bahadur Rana, was governor. His father Buddha Shumshere Jung Bahadur Rana was a colonel in the Royal Nepal Army.Rana enjoyed a privileged upbringing and was a captain in the Royal Nepal Army. In 1948 Rana travelled to Benaras, India and had his first novel Basanti published. In Nepal, he had aligned himself with an anti-establishment faction of the Rana regime and was arrested, court-martialled and sentenced to death but was later freed after members of the Rana family pressured the regime for his release. Rana later joined the political opposition and was a member of the Nepali Congress Party from 1954 to 1987.
'सेताे बाघ' उपन्यासले मेराे मस्तिष्क झकझकाएकाे थियो। त्यसअघि मलाई इतिहासमा, अझ भनाैँ नेपाली इतिहासमा, कुनै रूचि थिएन। सत्य घटना र सत्य पात्र बीच संवाद घुसाएर मिठो ऐतिहासिक आख्यान जन्माउन सक्नु डायमनशमशेर राणाकाे विशेषता हाे। प्रस्तुत उपन्यास 'सत्प्रयास' मा पनि डायमनशमशेरले ऐतिहासिक घटना माथि कलम चलाउनु भएको छ। उहाँ आफैंले प्रस्तुत उपन्यासलाई 'सेताे बाघ-२' काे उपमा दिनुभएको छ। 'सेताे बाघ' रणोद्दीप सिंहकाे हत्या र जङ्ग खलककाे पतनमा सकिन्छ भने 'सत्प्रयास' त्यसैकाे बिडाे थाम्दै शमशेर खलककाे शासनबाट सुरु हुन्छ। दरबारिया षड्यन्त्रमा मुछिएकाे हाम्रो इतिहासकाे भयावह रूप हाे प्रस्तुत उपन्यास। यसको अधिक, देवशमशेरले देश तथा रैतीदुनियाँकाे कल्याणका निम्ति गरेको सत्प्रयासले प्रस्तुत उपन्यासकाे जग बसालेकाे छ। जङ्गबहादुरले बसालेकाे राेलक्रम तथा सामन्ती संस्कारकाे जगलाई देवशमशेरकाे प्रगतिवादी साेचले चकनाचुर पार्ने भ्रम अन्य राेलवाला शमशेर खलकमा पर्नु स्वाभाविक हाे। यसैकारण देवशमशेरकाे हातबाट शासन सत्ता खाेस्ने षड्यन्त्र बन्छ। देवशमशेरकाे प्रगतिवादी साेचले आकार पाएकाे भए सायद नेपालको वर्तमान स्थिति उल्टिन सक्थ्यो। यति सब हुँदाहुँदै पनि उपन्यासमा केही कमीकमजोरी अवश्य छन्। लेखकले अनावश्यक घटनाक्रमलाई उपन्यासबाट निकालेर मुल विषयमात्र उठाउनुभएको भए छाेटाे-मिठो पुस्तककाे जन्म हुन्थ्यो। यसका साथै ठेट दरबारिया भाषाकाे प्रयाप्त प्रयोगले उपन्यास अझै सशक्त हुने थियो। आख्यान नै सहि, ऐतिहासिक घटनाक्रम तथा देवशमशेरकाे विकासवादी धारणाबारे जान्न उत्सुकका निम्ति 'सत्प्रयास' राेचक तथा पठनीय छ।
देव समसेरको सत्प्रयास विफल पार्ने एकै कोखका भाई को षड्यन्त्र , साथै निमुखा भाईभारदार र रैती दुनियाँको जसोतसो संघलगनता। देव स. को शासन आवधिले चन्द्रको शासम आवधिक केहि कसो गरि हत्याउन सकेको भय सायद आज हामी बिकासित मुलुकका ईमानदार वासिन्दा हुनेथियौ होला ।
This entire review has been hidden because of spoilers.