म बी.पी. कोइरालाको ठूलो प्रशंसक हुँ, उहाँका अधिकांश पुस्तकहरू पढिसकेको छु। हिटलर र यहुदी पनि धेरै अपेक्षाहरू राखेर पढ्न थालेको थिएँ। तर, मैले सोचेजस्तो होइन, पुस्तक बिल्कुलै फरक लाग्यो। मैले हिटलर र यहुदीको कथालाई गहिरोसँग बुझ्न सकूँला भन्ने आशा गरेको थिएँ, तर पुस्तकमा अरू थुप्रै कुराहरू थिए।
क्रुजको भाग राम्रो लाग्यो, तर कथाको विकास ठीकसँग भएको जस्तो लागेन। कथा राम्रोसँग बुझ्न नपाउँदै किताब सकिएको अनुभूति भयो। कतिपय ठाउँमा अनावश्यक रूपमा कथा तानिएको जस्तो पनि लाग्यो। जति गहिरो र प्रभावशाली कथा हुनेछ भन्ने अपेक्षा थियो, त्यो जस्तो महसुस भएन।
समग्रमा, पुस्तकले धेरै कुरा बुझाउँछ, तर जति ठूलो आशा थियो, त्यति प्रभाव पारेन। बी.पी. कोइरालाका अन्य पुस्तकहरू जस्तो बलियो प्रभाव छोड्न सकेन।