74p, ills. Sections with photos of dozens of artists and their creations in contemporary painting, traditional painting, contemporary sculpture, traditional sculpture, folk art, handicraft, architecture, and photography.
Lekhnath Paudyal (Nepali: लेखनाथ पौड्याल) is regarded as the founding father of modern Nepali poetry literature (Kabi Shiromani) in the twentieth-century. His most important contribution is believed to be to the enrichment and refinement of the language rather than to its philosophical breadth. The best of Lekhnath's poems adhered to the old-fashioned conventions of Sanskrit poetics (kavya). Lekhnath, the first modern Nepali poet, wrote in the classical style of Nepali poetry. His poems possessed a formal dignity that had been lacking in most earlier works in Nepali; many of them confirmed in their outlook with the philosophy of orthodox Vedanta, although others were essentially original in their tone and inspiration. His poems are very popular, and often mentioned in contemporary social and political issues.
Beautiful poetry with lots of allegory used. The poet shows life through a viewpoint of a tree - From its lean and thin birth state till it reaches the height where everybody takes its shade. He describes every season that the tree faces, be it cold winter or scorching sun, rain, wind or a beautiful spring. It endures all and survives as a victor There is also poet's favourite living creature, bird, and its hardships. Their innocent behaviour and their purity. He compares it with human or any other animal like mouse or bee who lives their life simply collecting things for tomorrow.
It is definitely a lovely read. I am sure to enjoy this a second and many more reads as well.
---------------------- Some stanzas for a revisit:
1 न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा। न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण खडा छू एकाकी जमिनबिच टेकेर चरण।।30।।
2 म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो कलीला रौं जस्ता पयरs: अडिने शक्ति फितलो। चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा।।3।।
3 कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो। कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति।।9।।
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल चरामाथी गर्छन् हरतरहको बन्धनछल। यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा।।18।।
4 निशाले जो मेरो उपर तमको चादर धरी उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी। बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा परीहालें मानू पछि त म कठै मृत्युमुखमा।।2।।
म तेही वासन्ती मधुर छविको रङ्गरसमा डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा। डटें चौबाटोमा पथिक जनको आश्रय बनी सबै लागे मेरो प्रणयवश भै गर्न सह्रनी।।24।। त्यहाँदेखी मेरा जति जति बिते जीवनघडी उती खुल्दैआये क्रमसित विपत्का हतकडी। यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो उताको खातामा s:तरुण तपसीs: नाम दरियो।।25।।
5 तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै। तिनैलाई ठान्थें परिजन तथा जीवन पनि तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।18।।
6 न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन न शक्छौ मासूले दिनभर अघायेर जिउन। न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।।4।।
9 नहेरी अर्काको मलिन मुख, लोभीपन धरी समेटी सोहोरी सब खचित पारी घर भरी। भनी मेरो मेरो कति कति बिते व्याकुल बनी अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।26।।
13 कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने। कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।6।।
15 न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा। न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।।33।।
16 म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकें झुकें माने सृष्टिस्थितिनियम भन्दा पर लुकें। कसो भो? के के भो? फगत म थियें गद्गद अति अहो मैले मेरै उस बखतको सम्झिनँ गति।।31।।
18 ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा डुबेका छन्? भन्ने सरल हँसिलो तर्कवशमा। परी हेरें फेरी सबतिर हँसीलो मुख गरी सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि।।2।।
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा। पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी जवानी झन् हाँस्यो मुसुमुसु s:म को हूँ चिनs: भनी।।15।।
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू। भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी।।28
19 विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य, उस तरुवरको त्यो फेदको वास धन्य। अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य।।26।।