......यी सबै ती दिनका कुरा हुन्, जब उनी र म पीपलको रुखबाट सुकेका दुइटा पात टिप्थ्यौँ । दुवैमा एकअर्काको नाम लेख्थ्यौँ । एउटा पात पीपलकै फेदमा घोप्ट्याएर राख्थ्यौँ र अर्को पात घरको छतमा ढुङ्गाले थिचेर राख्थ्यौँ र भन्थ्यौँ, “हाम्रो प्रेम सफल हुन्छ ।”
यी ती दिनका कुरा हुन्, जब हामी मङ्गलबारका दिन रातो धागोमा सात वटा गाँठा पार्थ्यौँ । त्यो धागो शुक्रबार आफ्नो नाडीमा बाँध्थ्यौँ र भन्थ्यौँ, “हाम्रो प्रेम सफल हुन्छ ।”
र यी सबै ती दिनका कुरा हुन्, जब फुटेको काँचको चुरा टिपेर उनले आफ्नो पातलो सलमा बेर्थिन् । आँखा चिम्लेर केही कामना गर्थिन् र सलमा बेरिएको चुरालाई दुवै हातका बूढी औँलाले थिचेर पिटिक्क भाँच्थिन् । त्यसपछि फेरि सल फुकाएर चुरा हेर्थिन् । चुरा तीन टुक्रामा भाँचिएको हुन्थ्यो । बीचको टुक्रा सबैभन्दा ठूलो हुन्थ्यो । पद्मिनी दङ्ग पर्थिन् र भन्थिन्, “हाम्रो प्रेम सफल हुन्छ ।”.......
Nayan Raj Pandey (Nepali: नयनराज पाण्डे) is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, in a figurative style
घामकिरी पढ्न लाग्नु भएको ? इन्टरनेटको पहुँचभित्रै बस्नुहोला । यसमा उल्लेख गरिएका थुप्रै ख्यातिप्राप्त व्यक्तीहरूको ख्याति तपाईँसम्म आइपुगेको रैनछ भने गुगलको मद्दत लिनुपर्ने हुनसक्छ ।
एउटा साथीको अनुल्लेखिय स्टाटस लेखकले यो कुरा बुझ्नु पर्छ की तिनको रचना बुझ्नकैलागि भनेर पाठकले एक डोको सन्दर्भ सामग्री छेउमै राखेर पढ्न बसेको हुँदैन ।
घामकिरी उडाउने डोरी योगमायाको Guest Appearance छ उपन्यासमा । च्वास्स च्वास्स देखापर्छीन्, ठाउँठाउँमा । तर उनलाई कथासँग जोड्ने डोरी फुकालेर खै कसले घामकिरी उडाउन लगेछ कुन्नी । उनी र कथाबीचको सम्बन्ध नै भेटिनँ मैले ।
expired भएको बर्जीत फल
बर्जीत फल नखानेहरूले मायाकोलागि ज्यान दिए बरू । तर राजु भने केही गुण्डाहरूले धम्क्याउनासाथ लुसुक्क भाग्यो नि । त्यति नै हो त्यो महान् फलको असर ? हाम्रा नेता जस्तै रैछ नि त्यो फल, हल्ला धेरै काम थोरै ।
घामकिरी पढेपछी मलाई पनि एउटा त्यस्तै फल दिएका थिए अघोरी बाबले । तर एक त हजारौँ बर्ष पुरानो ओईलाएको स्याऊ, तैपनि अर्काको जुठो फेरि बाबाले कुठाउँबाट निकालेर दिएको । खान घिन लाग्यो, फालीदिएँ । छेउमै चरिरहेको बाछीले खायो त्यो फल । चार बर्षको हुँदा पनि नखेदिएको त्यो बाछीले फलको असरले गर्दा गोरू खोज्ने भयो भनेर खुशी लाग्यो । तर आजसम्म पनि खोजेको छैन । किन खोजेन ? जटिल प्रश्न । मेन्टोस चपाउँदै उत्तर खोज्दै थिएँ, दिमागको बत्ति जलिहाल्यो । पक्कै त्यो फल Expired भएको हुनुपर्छ । आहा ! कति लोजिकल एन्सर । "हो, बर्जीत फल Expired भएकै हो ।" भन्दै जोडसँग डेष्क ठटाउन पुगेछु । पढाइरहनुभएको सर र पढिरहेका साथी सवैले मतिर प्रशबाचक आँखा तेर्स्याए । तिनको आँखामा विश्मयादीबोधक चिह्न पनि पिलिक पिलिक गर्दै थियो । फोन आएको बाहाना बनाउदै क्लासबाट निस्किएँ म ।
भाग्यबस, दशैँ बिदाले गर्दा कलेज बन्द भएकाले यो घटना हुन पाएन ।
र अन्त्यमा बातै पिच्छे राजुले म निकै जान्छे छु भनेर देखाउन नखोजेको भए, चाहिनेनचाहिने जानकारी राखेर उपन्यासको इन्साइक्लोपेडियाफिकेसन नगरिएको भए, Carried away नभई स्वैरकल्पनाको प्रयोग गरेको भए, कथाबस्तु अलि नौलो र बलियो भएको भए, यसमा भएका बिछोडका कथाहरुले दुई-तीन थोपा आँशु झार्न बाध्य बनाउने सामर्थ्य राखेका भए...मलाई उपन्यास अलि धेरै मन पर्ने थियो की ?
पोष्टस्क्रिप्ट परम्परागत शैलीमा मात्र नअल्झिएर नयाँ शैलीलाई अङ्गाल्न खोज्नु यो उपन्यासको सकारात्मक पक्ष हो । धेरै कमीकमजोरीहरु भएतापनि यो कुराको चाहीँ सह्राना गर्छु म ।
स्वैरकल्पनाको उत्तम प्रयोग नेपाली साहित्यमा सायद "Roman à clef" को प्रथम प्रयोग अविश्वासयोग्य सूत्रधारको प्रयोग (पाठकलाई पनि पात्रलाई पनि छ्क्याउने) "Factoid" हरूको अनौठो र सफल प्रयोग पाठकलाई कथानकीय चटकमा भुलाउन सफल अध्यायका शीर्षकमा सिर्जनात्मकता तथ्य र आख्यानको रमाइलो मिश्रण (पद्मिनी साँच्चै नेपालगंज आएकी थिई कि क्या हो भनेर मैले त विकिपेडिया नै हेरेँ) मिथकको उल्लेखले गौरवशाली कथावाचन परम्परालाई आधुनिक युगसँग जोडेको पुँजीवादको बलियो हतियार चलचित्रको प्रभावको सशक्त प्रदर्शन मीठो भाषा शैली समाजका तल्लो तप्काका मानिसको कथा व्यथाको सुन्दर प्रस्तुति एकोहोरो/भ्रामक प्रेमको आह्लादक वर्णन यात्राबाट ज्ञानको उपलब्धि/यात्राका रोमान्च
नेपाली साहित्यमा एकदमै नौलो प्रयोग गरेर लेखेको पाएँ (मैले पढ्न थालेको धेरै भएको छैन त्यो भएर पनि हुन सक्छ, पढिसक्दा रमाइलो लागिरह्यो, लेखकको सफलता भन्नुपर्छ।प्रत्येक चोटी टेलेभिजनमा पद्मिनि कोल्हापुरीलाई देख्दा घामकिरी सँग जोड्ने वनायो यो उपन्यासले ! शुरुवात "सवैले भने प्रेम नगर, मैले टेरिन !" वाट पाठक तानीएको अन्त्यसम्म पनि किताव नछोड्ने वनाउँछ कतै कुनै स्वप्निल संसारमा हराउँछ। त्यतिखेर लेखिएको अंश " कहिँलेकाहिँ हराउनुपर्छ , मज्जा आउँछ " जस्तै साह्रै मज्जा आउने वनाउँछ कितावले। चुट्के वाक्यहरु हरुको संयोजन साह्रै रमाइलो छ। Verdict: एक चोटी पढ्नलाई रमाइलो
This book originally had 299 pages. Upon receiving criticism, Pandey edited it, reducing it to approximately 200 pages. I completed reading this revised edition in a single day.
The novel portrays the story of a financially disadvantaged boy whose love interest is a Bollywood heroine, possibly Padmini Kolhapuri. When I was younger, I used to fantasize about Audrey Hepburn, Ingrid Bergman, Grace Kelly, and Lauren Bacall because they were my favorite heroines. Therefore, I found this novel somewhat loosely connected to my own experiences.
While this book may not be as captivating as "Loo," it is evident that Pandey invested substantial effort into researching the facts used in the novel. Additionally, I must commend his imaginative prowess.
Not a must read, but is definitely a good one. This book keeps readers engaged.
It was a long journey to 80s. It took me 10 days to finish this as each chapter would make me watch bollywood movies from those days just to understand what writer is trying to express. From Anarkali to Pakeeza and even shoot out at Wadalaa, I enjoyed each of them. I didn’t know about Padmini Kolhapuri until I read this book. Neither did know about Karim Lala and Manye Survey. The whole journey of following a star crush unfolds so many wonderful stories of love and politics. It’s a book worth reading.
पाण्डेको अपूरो प्रेमकथाको वर्णन । पात्र किन आउँछन् र हराउँछन् थाहै हुँदैन । कति पात्र त कथा तन्काउनकै लागि आउँछन् । उलार जस्तो कृतिका स्रष्टाबाट अलि गतिलै आएको भए हुने ।
मैले नयनराज पाण्डेको उलार पछि पढेको कृति यहि हो। लु पढ्ने समय अझै जुरेको छैन।उनको कृतिहरुमा समाजिक यथार्थता उत्रिन्छन,उनको शैलीको म प्रशंशक पनि हुँ।घामकिरिको पढाइले मलाइ बेग्लै स्वाद पस्केको छ। असफल प्रेम कथाका डायरि झै लाग्छ मलाइ यो घामकिरि।पुस्तकमा छुट्याइएका च्याप्टरमा अलग अलग कथा छन ब्यथा छन। दोस्रो पटक पुस्तक पढ्दा जताबाट पनि पढ्न सकिन्छ। लेखन नै यस्तै खालको छ। कथामा गरिवि,सपना,अस्तव्यस्ता शहरमा सपनाको समाधि कसरि हुन्छन भनेर अलग अलग पात्र खडा गरि उपन्यासकारले एउटै सन्देशमा जोड दिएका छन "प्रेम सर्वव्यापि हो,यसको भोगाइमा उसको सामाजिक स्थितिले फरक पार्छ।"
नेपाली आख्यानमा यस प्रकारको शैलीले अर्कै स्वाद थपेको छ। यथार्थ झै लाग्ने पात्र,स्थान र घटाना यस पुस्तकमा उतारिएता पनि पाण्डेले आफ्नो कल्पनाशिलता र मौलिकता दमदार तरिकाले प्रस्तुत गरेको छ।राजु गाइडको कथा, राजिव गोस्वामिको कथा,मुकुलको वियोगान्त कहानी,रोहित र चारुको कहानी अहो यि दुनियाँका अजब प्रेम कहानी हुन।यि प्रेम कहानी कुनै राजाको भएको भए उनिहरुले संसार पिट्थे । म सबै भन्दा बढि चै चारु र रोहितको प्रेम कहाँनिमा डुवेको हुँ।यो कहानी पढिसकेपछि अनिकति फ्ल्यासब्याकमा पनि पुगे।धेरथोर "एसिमिलेसन" पनि भयो।एक कहानी थियो जसलाइ म आफ्नो भन्न रुचाउछु।प्रेम कहाँबाट उत्पन्न हुन्छ त्यस्को के छ नाप्ने उपाय।अडकल काट्ने बहाना त धरै छन तर मलाइ लाग्छ प्रेममा कुनै तर्क खोजिन्न,प्रेम कुनै कारण हुन्छ।यो गणित हैन जहाँ एक प्लस एक २ हुदैन एक नै हुन्छ।तर हामि सधै दुइ खोज्दछौ र त प्रेम हिन जिन्दगि जिउन बाध्य हुन्छौ।
कथा संरचना खुकुलो तरिकाले एक आपसमा जोडिएका छन।एक कथा अर्को कथाबाट छुट्टिएको छ। मुल कथा नै अन्य कथाको छाँयामा परेको छ जस्तो लाग्छ यो उपन्यासमा । म ठोकुवा गर्न सक्छु नयन र पध्मिनिको कथा भन्दा यो कथा तिनै असफल प्रेम कहानीबाट सुसज्जित छ।
घामकिरी नयनराज पाण्डेको कल्पनाशीलताको अध्याधिक प्रयोग भाको बुक हो ! उनका अघिल्ला उम्दा बुक लू ,उलार भन्दा बेग्लै कल्पनाशीलतापूर्ण लेखनि समाजका कुरा धेरै बोल्ने उनको अघिल्ला लेखनी भन्दा पृथक भएको कारण त्यहि अपेक्षा गर्ने पाठकबाट मन नपराउने खतरा हुदा हुदै उनको यो "अर्को तरिकाले समाज बोल्ने" अत्यधिक कलापनाशिल्ताको उडान प्रयोग गजब छ ! र साहित्यमा यौटै रटान भन्दा[साहित्यमा] फरक पन/प्रयोगहरु खोज्नेलाई गजब खुराक हुन सक्छ ।