Jump to ratings and reviews
Rate this book

फोसिल [Fossil]

Rate this book
हेलो सरकार !

म योगमाया हुं | नेपालको पहिलो बिद्रोही नारी |
यो कथाका सम्पूर्ण घटनाहरुको म जिम्मा लिन्छु |

यो यदि अपराध हो भने अपराध नै सही |
सजाय भोग्न तयार छु |

सक्छौ भने मलाई जेलमा कोचिदेऊ | पक्राउ आदेश जारी गर | सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरु ! क्याच मी इफ यु क्यान !

231 pages, Paperback

First published January 1, 2013

3 people are currently reading
172 people want to read

About the author

Kumar Nagarkoti

12 books90 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
17 (19%)
4 stars
26 (30%)
3 stars
30 (34%)
2 stars
10 (11%)
1 star
3 (3%)
Displaying 1 - 20 of 20 reviews
Profile Image for Jaiseri.
206 reviews15 followers
July 6, 2017
नगरकोटी सायद एकमात्र त्यस्ता लेखक हुन् जोसँग उनको कृतिको बारेमा प्रत्यक्ष छलफल गर्न पाएको छु । त्यसबेला उनको कृति पढेको थिएन । मोक्षान्तः काठमाडौँ फिवरको प्रकाशन पश्चातको छलफलको कार्यक्रममा बुकाहोलिक्सको बैठकमा उनीसँग भेट भएको थियो । उनको कथा बुन्ने शील्प र कथामा समावेश पत्र र सन्दर्भहरुका बारेमा धेरैले तारिफ गरेका थिए ।

‘सिन्डलरलाई नचिनेकोले नगरकोटीको कथाको स्वाद पाउन सक्दैन’

उनका समर्थकहरुले यस्तै यस्तै तर्क गर्थे । मैले उनलाई राम्ररी पढि नसकेकोले म उनको समर्थक हुँ कि होइन छुट्याउन सकि रहेको थिएन । त्यत्तिकैमा कुरा राख्ने पालो मेरो आयो । मलाई पुस्तकको गुदिको बारेमा थाहा नभएकाले त्यसका सन्दर्भमा बोल्ने आँटै भएन । त्यसैले पुस्तकको नाममा अलि आपत्ति जनाएँ ।

‘पुस्तकको नाममा अंग्रेजी नएर नेपाली नै भएको भए राम्रो हुन्थ्यो कि ?’

नेपाली साहित्यमा अंग्रेजी प्रयोगको म विरोधी हुँ । भाषा अंग्रेजी होस् या नेपाली शुद्ध बोलिनु पर्छ । म अंग्रेजी शुद्ध नबोल्दा पाखे हुने अनि नेपाली अशुद्ध बोल्दा ठूलो हुने भन्ने मान्यताको विरोधी हुँ । त्यसैले यो पुस्तक समिक्षामा पनि मेरो पूर्वाग्रहले केहि प्रभाव पारेको हुन सक्छ । समिक्षा भन्दा पनि पाठक प्रतिकृया भन्दा बेस हुन्छ । म साहित्य सिद्धान्तको विज्ञ नभएकोले र समिक्षा सिद्धान्तमा पनि खासै जानकारी नभएकोले नगरकोटीको लेखनीको समीक्षा गर्ने दक्षता राख्दैन ।

जस्तै मेरो पूर्वाग्रह त्यस्तै लेखक र लेखकका प्रशंसकको पनि पूर्वाग्रह थियो कि के थियो कसैले पनि शीर्षकमा आपत्ति जनाउनुलाई सहजताका साथ लिएनन् । बरु संकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ को प्रसंग अघि सारे । अर्को नपढेको पुस्तक भएकोले बोल्ने ठाउँ नै रहेन । संकर लामिछानेको भूमिका भने पढेको थिएँ । पारिजातको पुस्तकमा उनको भूमिका पढे पश्चात नै हो मैले पुस्तकहरुका भूमिका पनि नछुटाइ पढ्न थालेको । उनले ‘हुन त यो भूमिका कसले पढ्ला र !’ भनेर लेखेको वाक्यले भूमिकामा पनि महत्वपूर्ण कुराहरु आउँछन् भन्ने सोच पलायो । संकर लामिछानेलाई त्यहि भूमिकामा मात्रै चिनेको थिएँ ।

फोसिल पढ्नु अघि नगरकोटिका थुप्रै आधा कथाहरु र थुप्रै पुरा अन्तर्वार्ताहरु पढेँ र हेरेँ । उनको पुस्तक प्रेम, घाट प्रेम, अराजकता प्रेम सबैसँग केहि परिचित भएँ । अराजकता साहित्यिक फाँटको सन्दर्भमा हो । उनलाई नियममा बाँधिएर लेख्न रुची नभएको कुरा उनले पुस्तक छलफलकै क्रममा भनेका थिए । देवकोटालाई पनि कविताको नियमले बाध्थ्यो । तर उनले जसरी तसरी त्यसलाई आत्मसात गरेका थिए । गोपाल रिमालले छन्दमुक्त कविता परम्परा सुरु गरेपछि उनले पनि पागल कवितामा उनको असहजता तोडेर कविता लेखे । पागल कविता उनका छन्दबद्ध कविता जतिकै उत्कृष्ट छन् । अझ त्यसको गहिराइमा जाने हो भने त झनै उत्कृष्ट छ । स्नातक तहको प्रथम वर्षको अनिवार्य अंग्रेजीमा उनको कविताको अंग्रेजी अनुवाद त्यसै पढाइने होइन । त्यसको सार भन्न सक्नुमा हाम्रा प्राध्यापकहरुले आफ्नो बहादुरी ठान्थे । नगरकोटी पनि सायद अलग धारमै उभिन मन पराउने लेखक हुन् । त्यसैले उनको साहित्य प्रति अनि भाषा प्रतिको खरो टिप्पणीले उनलाई छुँदैन । या उनले छुँदैन भनेका मात्रै पनि हुन सक्छन् ।

नगरकोटीसँगको साक्षात्कार सन् २०१२ तिरको कुरा हो । त्यसपछि म बाहिर आएँ र साहित्यमा रुचि हुँदा हुँदै पनि अध्ययनको मौका जुरेन । गत साल देखि कसो कसो फेरी नेपाली र अंग्रेजी साहित्यको अध्ययनम फर्किएँ । पुस्तकहरु अध्ययनको क्रममा शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याज पनि पढि भ्याएँ । लामिछाने स्वयंलाई पनि उनको साहित्यमा हुने अंग्रेजी विरोध खड्केको कुरा उनको लेखनमै पढ्न सकिन्छ । उनी आफ्नो साहित्यमा अंग्रेजी श्रष्टाको समेत ‘वीर्य’ मिसिएको ठान्छन् । नगरकोटीको हकमा पनि सायद त्यहि होला । लामिछाने सायद अंग्रेजीको कम भन्दा कम प्रयोगका लागी प्रयासरत थिए । नगरकोटीले अंग्रेजी प्रयोगलाई आफ्नो शैली बनाएका छन् । साहित्यमा अंग्रेजीको अनावश्यक प्रयोग हुनु हुँदैन भन्ने मान्यतामा कट्टर उभिएर नगरकोटि पढ्ने हो भने नगरकोटीको लेखनीको आनन्द लिन सकिँदैन । उनले प्रचुर मात्रामा अंग्रेजीको प्रयोग गरेका छन् । बदलामा नेपाली शब्द नभेटिएर र नसुहाएर भन्दा पनि लेख्नै मन लागेर लेखेको जस्तो लाग्छ । नभए शीर्षकमा गिद्धहरुको नाच अनि तलतिर ‘भल्चर’को प्रयोग त्यत्रो विधि हुने थिएन । लेखकले चाहे धेरै घटाउन सक्थे ।


नगरकाेटी फरक लेख्छन्र भन्ने भनाइकाे यस्ताे असर परेकाे थियाे कि हरेक फरक साहित्यकाे पठनका क्रममा मलार्इ नगरकाेटी सम्झना अाउँथे । स्यामुएल व्याकेटकाे वेटिङ फर गाेडाेट, इयान म्याकइवानकाे फर्स्ट लभ फर्स्ट राइट्स, काफ्काकाे मेटामाेर्फाेसिस् र कामुकाे द स्ट्रेन्जर लगायतका पुस्तकहरू पढ्दा मलार्इ नगरकाेटीकाे सम्झना अाउँथ्याे । नगरकाेटीलार्इ यति गहिराइमा अनि कुनै सिद्धान्त विशेषका पछाडि चाहिँ भेटेन । सायद त्याे मेराे बुझाइकाे कमीका कारण पनि हुन सक्छ ।

नगरकोटीको पुस्तक पढ्नु पनि एक वर्गमा समावेश हुनु हो । समाजमा कसले के उपभोग गर्छ भन्ने आधारमा उसको हैसियत छुट्टिए जस्तै साहित्यमा कसले के पढ्छ भन्नेले पनि पाठकहरुमाझ एक अर्काको हैसियत छुट्याउने चलन छ । आयातित र ठूला मार्काका वस्तुहरु सम्भ्रान्तले मात्रै प्रयोग गर्छन् । नगरकोटी पनि एक सम्भ्रान्त साहित्य प्रेमीको सौक हो । सम्भ्रान्त सहित्य अध्ययनको हिसाबमा । थुप्रै पढि सकेको पाठक जसले गिद्धहरुको नाचमा योगमाया, मिलेरप्पा, ग्राम्सी, आदिको सन्दर्भ आउँदा निधार खुम्च्याउन पर्दैन । कित आफूलाई सम्भ्रान्त साहित्य अध्येता बनाउन तल्लीन म जस्ताले पढ्नु पर्छ जसले नगरकोटीको एउटा कथा पढ्दा सय पटक गुगल गरेर उनले प्रयोग गरेका पात्रहरुको अस्तित्व खोज्छन् । धेरै भेटिन्छन् पनि ।

Gramsci is Dead: Anarchist Currents in the Newest Social Movements by Richard J.F. Day
Milerapa, tibetan monk, famous for his songs and poem about his realization of dharma.


नगरकोटी पढ्दाका पहिला टिपोटहरु यिनै हुन् । योगमाया, मिलेरप्पा, ग्राम्सी, लगायतका पात्र सँगै मेटाफर मानव पनि उनका कथामा प्रवेश गर्छन् । नगरकोटीलाई पढ्ने र नगरकोटीलाई पछ्याउनेले तिनलाई चिन्न उति गाह्रो मान्दैनन् । मलाई समेत त्यो मेटाफोर मानवको वर्णन पढे लगत्तै नगरकोटीकै किताव घाटमाण्डौको गाता सम्झना आएको थियो । उनी स्वयं त्यहि मेटाफर मानवको पहिरन मा बसेका थिए । त्यसै पात्र मार्फत उनले आफ्नो रुपक प्रतिको प्रेम दर्शाएका छन् ।

रुपकको प्रयोग कि त बुझिने बनाउन गरिन्छ कि त नबुझिने बनाउन प्रयोग गरिन्छ । नबुझिने भन्नाले सोझो अर्थमा नबुझिने । रुपकहरु बुझ्न सँधै सहज हुँदैन । कहिले कुन कुराको शाब्दिक अर्थमा जानु पर्ने हो कहिले तिनलाई रुपकका रुपमा बुझ्नु पर्ने हो पाठकलाई अलमल पर्न सक्छ ।

नगरकोटी बुझ्नै नसकिने लेखक पनि होइनन् ।

–गोली मार्नुस् मुचुल्का सुचुल्का
–तर साब !
–गोली मार्नूस् तर सर
–मेरो पिस्तोलमा गोली छैन साब ।
–काँ गयो त ?
–आन्दोलनकारीले लुटे ।
–खोइ आन्दोलनकारीहरु !
–माछा मार्न गए ।
–खोइ माछा ?
–खोलाले बगायो ।
–कुन खोला ? विष्णुमती कि बाग्मती ?
–बाग्मती साब ।
–खोइ बाग्मती ?
–सुक्यो साब ।
(गिद्धहरुको नाच पृ. १७)

नगरकोटिलाई पछ्याउने क्रममै हालसालै पोखरामा भएको साहित्य महोत्सवको श्रब्य–दृश्य सामग्रीहरु पनि सामजिक सञ्जालमा हेर्न भ्याए । स्वैर कल्पना र रुन्चे साहित्य (जो अलि अपमान जनक छ) को बहसमा नगरकोटि र नयनराज पाण्डेयले पनि आ–आफ्ना विचार राखे ।

‘साहित्यमा उडान हुनु पर्छ ।’ नगरकोटी भन्छन् ।

‘उड्दा बुडि आउँलाले भुइँ छुनु पर्छ ।’ नयनराज पाण्डेय प्रतिवाद गर्छन् ।

‘यो बुढि आउँलो बडो डेन्जर चिज हो । आइ युज्ड टु वन्डर ह्वाट इज दिस बुडि आउँला ? म चाहिँ बुडि आउँलै लिएर आकाशमा उड्ने । बुडि आउँला धर्तीमा छोडेर हाउ क्यान आइ फ्लाई इन दि स्काइ ? .. यो बुडि आउँला बडो डेन्जर चिज हो ।’ नगरकोटी हाँस्दै फर्काउँछन् ।

‘चरा जस्तै उडे पनि छायाँ त फेला पार्नु प¥यो ?’ दर्शकदिर्घाबाट आवाज आउँछ । नयनराज मुस्कुराउँछन् अनि नगरकोटी पनि ।

संग्रहका कथाहरु क्रमशः गिद्धहरुको नाच, बरफ, श्लोक, विनिर्वाण, कथार्सिस, पाण्डुलिपि, रिभोल्भर र फोसिल पढ्दै गर्दा चरीको छायाँ प्रशस्तै ठाउँमा भेटियो । फेरि छायाँ भेट्न घाम लाग्नु पर्छ । घाम लागेर मात्रै हुँदैन तलको भुइँ पनि समथर हुनु पर्छ । रुखमा परेको छायाँ देखिँदैन । आँगनमा परेको छायाँ देखिन्छ । घाम सन्दर्भ सामग्रीहरुसम्बन्धी जानकारी हो । भुइँ पाठकको ग्रहणशीलता हो । दुबै भयो भने नगरकोटी नबुझिने हुँदैनन् । छायाँ भेटिन्छ ।

फोसिलमा पनि छायाँ भेटिन्छ । चलनचल्तिका साहित्य जसरी सललल पढ्न गाह्रो अवश्यै हुन्छ । मैले अंग्रेजी पुस्तक पढ्दा भन्दा बढि गुगलको प्रयोग फोसिल पढ्दा गरेँ । मिलेरप्पा, ग्राम्सी, त्यतै भेटिएका हुन् । त्यस अर्थमा किताप पढ्नु नगरकोटिले दावी गरे जत्तिकै सहज नहुनु सक्छ । तर केहि नयाँ कुराहरु चाहिँ पुस्तकले अवश्यै दिन्छ । यथार्थ हो या काल्पिनिक हो छुट्याउन फेरी गुगलेश्वरको शरणमा पर्नुपर्छ ।

समग्रमा अंग्रेजीको मनलागी प्रयोग र शैलीगत क्लीष्टता प्रति आफ्नो पूर्वाग्रह कायम राख्दै फोसिलका बारेमा भन्नु पर्दा यो एक अध्ययन गर्नु पर्ने पुस्तक हो । पढ्नुपर्ने पुस्तकहरुमा धेरै मिहिनेत गर्नु पर्दैन । अध्ययन गर्नु पर्ने पुस्तकमा सन्दर्भहरु खोजेर बुझ्नु पर्ने हुन्छ अनि बल्ल स्वाद पाउन सकिन्छ । त्यो चुट्किला सुनेर अरुको हाँसो देखेर हाँस्नु र बुझेर हाँस्नुमा फरक भए जत्तिकै सन्दर्भ बुझेर पढ्नु र सतही रुपमा पढ्नुमा उत्तिकै अन्तर हुन्छ । त्यस्तै नगरकोटीलाई पनि अनुरोध के भने मनोरञ्जनका लागी लेखिएकै कुरा बुझ्न घण्टौँ घोत्लिनु प¥यो भने त्यसले उस्तो मज्जा दिँदैन । नबुझिने चुट्किला पनि के चुट्कििला ? जगदीश घिमिरेले भने जस्तै ‘नबुझिने लेख्नु र नसुनिने बोल्नु उस्तै हो ।’ अझ उनकै भाषामा भन्नु पर्दा ‘नेपाली साहित्य इज मेड अफ पाठकस्, बजार्स ।’
Profile Image for Rupak Khulal.
19 reviews18 followers
October 10, 2013
यस कथा संग्रहको पहिलो कथा "गि्धहरुको नाच" बाहेक अन्य कथाहरु खासै उत्कृस्ट लागेनन् | बेपत्ता नागरिकको बारेमा लेखिएको यस कथा लगभग १०० पेजको छ, यति लामो नेपाली कथा त मैले अहिलेसम्म पढेकै थिएन | अन्य कथाहरु भने उही पुरानो स्टाइलमा लेखेका छन्, खासै नयाँ लाग्दैनन् | एकै खालका कथाहरु पढ्दा कति सकस भयो भने कतिपय पेजहरु स्किप नै गर्नुपर्यो | बिम्ब तथा कल्पनाशक्तिको भरपुर प्रयोग गर्ने कथाकारको रुपमा लिइने नगरकोटीले याँ पनि यसको उच्चतम प्रयोग गरेका छन् | कथा भन्ने शैलीमा अब्बल भएता पनि उनले अब भने आफ्नो शैलीलाई परिबर्तन गर्ने हो की ??
Profile Image for Sushant Baral.
1 review
September 17, 2017
Read Nagarkoti for the first time. His writing is really wild, and new of its kind. A good read.
Profile Image for Shashwot Adhikari.
21 reviews16 followers
July 8, 2019
This is the first book I've read by Kumar Nagarkoti and I certainly will be reading more from him. It was a unique experience.
Profile Image for Rajesh Budhathoki.
26 reviews12 followers
January 2, 2015
कुमार नगरकोटीको मोक्षान्तः काठमाण्डू फिवरले मलाई अत्याधिक तानेको थियो । सायद, १५ वर्षको अन्तरालमा लेखिएका कथा भएर हुन सक्छन् । ‘फोसिल’मा आउँदा लेखक पुस्तक छाप्न अत्तालिएका छन्, मानो प्रकाशकले उनलाई र्याखर्याख पारिरहेका छन् । उल्लेखित पुस्तकमा २/३ वटा कथा मात्रै छिमलका भेटिए ।

नगरकोटीको लेखनशैलि हालाकीदिनहरुमा बडो अराजक बन्दै गएको प्रतीत हुन् । उनी पाठकलाई संवेदनामा फसाउन माफिर छन् यद्यपि त्यो चरम संवेदना आफैं भत्काउँछन्– फोकट्या, अतिरन्जित, असान्दर्भिक सन्दर्भ राखेर । नगरकोटीले आफू कथासाहित्यमा प्रभुत्व कायम राख्न यी स–साना कुराबाट ‘उल्टीजम्प’ हान्नुपर्छ ।
Profile Image for Sushant.
4 reviews
March 1, 2021
‘फोसिल’ मैले कुमार नगरकोटी जीको पढेको पहिलो किताब हो । वहाँको लेखनशैलीसँग परिचित नभएर हो कि, कथासँग जोडिएर बस्नै सकिनँ । अनि नेपाङ्ग्रेजीको भरपुर प्रयोगले पढ्न पनि अलि असहज भा’को महसुस गरेँ । तर पुस्तकमा व्यङ्ग्यहरुको प्रयोगलाई भने पूर्णाङ्क दिनै पर्छ ।
11 reviews
August 18, 2021
2 years ago , I read this book in one sitting. I remember many thing about this book because it’s Nagarkoti’s work. This book made me read other work of Nagarkot.
I will never forget The Metaphor Man and the khuks..
Profile Image for Basanta.
9 reviews2 followers
January 17, 2020
कथाले बिचबिचमा अर्कै मोड लिए पनि लेखकले पाठकको मस्तिस्कलाई पुरानै पात्रहरूमा अत्यन्तै रोचक रूपले अल्झाएर राख्न सफल भएका छन्।
1 review
April 7, 2025
गिद्धहरुकाे नाच र फाेसिल कथाबाहेक अरु कथाहरु एकदमै औसत किसिमका छन् । यधपी कथाहरुमा एक किसिमकाे फरक अन्दाज भन्ने देखिन्छ । यसर्थ एक चाेटी पढ्नलायककाे किताब भने हाे ।
1 review
December 4, 2025
कुनै कथा इन्टेरेस्टिन्ग छन त कुनै बोरिङ्ग। नगरकोटी सरको पहिलो पुस्तक हो यो मेरा लागी। मेटाफरहरु एकदम मन पर्यो।
Profile Image for Reewaz Aryal.
28 reviews
April 16, 2025
नगरकोटीको लेखनशैलीको मुख्य बल अतियथार्थवाद र जादुई यथार्थवादमा छ। कथाहरू कल्पनाशील छन् | तिनमा समकालीन नेपाली समाजको झल्को पाइन्छ | Open ended कथाहरु भएकोले पाठकलाई सोच्न र विमर्श गर्न प्रेरित गर्छ |
Profile Image for Bindesh Dahal.
196 reviews22 followers
January 5, 2014
कुमार नगरकोटीको "फोसिल" कथासंग्रहका विसंगतिजन्य हास्यरसले ओतप्रोत कथाले राजनीतिक चेतलाई रहस्यात्मकतासँग जोडेको अनुभूति हुन्छ । "गिद्धहरूको नाच" शीर्षकको पहिलो लामो कथाले द्वन्द्वको चेपुवामा परेका सर्वसाधारण (जसले अनाहकमा ज्यान गुमाए) र शताब्दियौंदेखि पितृसत्तात्मक समाजको थिचोमिचो तथा अत्याचारमा परेका महिलाको पीडा र बदलालाई प्रस्तुत गरेको छ । फागुन ७ गते हराएको उखानविक्रम मल्लको खोजमा उसको बुवा अनुष्टुप्विक्रम मल्लले गरेको यात्रा र यस क्रममा भेटेका अनौठा पात्र तथा परिस्थिति देखाएर नगरकोटी पाठकलाई आश्चर्यचकित बनाउँछन् ।

नेपाली भाषामाथिको पकड राम्रो हुँदाहुँदै पनि अनावश्यक रूपमा अंग्रेजीमिश्रित नेपाली शब्दहरू भरमार प्रयोग गर्छन् नगरकोटी (यस्तो प्रयोग हामी सबै गरिरहेकै हुन्छौं, म पनि अछूतो छैन तर नगरकोटीको अलि चरम नै छ) । त्यस्तै व्याकरणमा अशुद्धता पनि प्रशस्त भेटिन्छन् । विसंगतिको कथा लेखेको भनेर नगरकोटीले भाषिक र वैयाकरण मर्यादालाई उल्लंघन गर्न चाहिँ मिल्दैन जस्तो लाग्छ । प्रकाशित लेखक हुनुको हैसियतमा उनको लेखकीय तथा सामाजिक दायित्व त होला नै तर उनी "हु केयर्स" को एटिच्युड राख्छन् ।

वसन्त ऋतुलाई पेन्टरको रूपमा प्रस्तुत गरेर बगैचा सिंगारेको कल्पना गर्ने नगरकोटीको सौन्दर्यचेत राम्रो छ । त्यस्तै दृश्यविधानमा पनि उनको दक्षता देखिन्छ, विशेषगरी चलचित्रात्मकता देखिने दृश्य कोलाज र अत्यधिक ध्वनिपश्चात् एक्कासी मौनता ल्याएर ।

नाटकका संवादजस्ता लाग्ने वानलाइनरले अर्थहीनतामा हास्य जन्माउँछन् । छोरो हराएको गम्भीर परिस्थितिमा प्रहरी निरीक्षक र अनुष्टुप्विक्रम किन हास्यास्पद वाहियात कुरा गरिरहेका होलान् भन्ने लाग्छ तर त्यो बेला काठमाडौंमा सबै बौलाएका थिए भनिएकाले बौलाएको मान्छेको बोलीमा के तर्क खोज्नु र ? डार्क ह्युमर पनि हुनसक्छ यो । तर नगरकोटी लेख्दालेख्दै बहकिएका झैँ लाग्छन् कतै । जस्तो, योगमायाको आत्मा चढेकी महिलाले "किन किन ? ह्वाई ह्वाई ? ह्वाई दिस कोलाबेरी कोलाबेरी" भनेकोमा यो पपुलर कल्चलर रिफरेन्सको के प्रयोजन होला ? त्यस्तै पात्रका अनौठा नामको निहितार्थ खुल्नेगरी कथाकारले चर्चा नगर्दा तिनको प्रयोजन पुष्टि गर्न गाह्रो हुनेरहेछ ।

नगरकोटी बिम्ब खेलाउन रुचाउँछन् र उनका दोहोरिरहने बिम्ब गिद्ध, लास, मसानघाट, रात आदि हुन् र यी सबैले उनको रहस्यवादप्रियतालाई झल्काउँछ । विगतको द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका घटनामध्ये बेपत्तालाई नगरकोटीले आफ्ना तीनवटा कथामा उल्लेख गरेका छन् किनकि बेपत्ताको अज्ञात, रहस्यमय स्थितिमा उनको स्वैरकल्पनाशीलताले गति प्राप्त गर्छ ।
नगरकोटीको आख्यानको विशेषता भनेको एट्मोस्फियर निर्माण गर्नसक्नु पनि हो । कुनै हरर फिल्मको जस्तो उनी रातका निस्तब्धता तथा मसानघाटका सुनसानमा पाठकलाई पुर्याउँछन् र झड्का दिन्छन् । उनका यी कतिपय विशेषता फ्रान्ज काफ्काका कथाहरूमा देख्न पाइन्थ्यो ।

तर नगरकोटीका कथा बुझ्न अलि हम्मे नै पर्छ आम पाठकलाई । मैले पनि "बरफ", "कथार्सिस", "रिभोल्भर", "फोसिल" लगायतका उनका कथाले भन्नखोजेको कुरा बुझ्न सकिनँ । यथार्थ र कल्पनाको सम्मिश्रण, जीवित र मृत पात्रको संवादजस्ता अयथार्थिक घटनाले के इंगित गर्नखोजेका हुन् भन्ने खुट्ट्याउन मलाई गाह्रो भयो । हास्यरसले सिक्त कथानक नहुन्थ्यो भने नगरकोटी पढ्नै नसकिने कथाकार हुन्थे । नगरकोटीले सरलताको बाटो हिँडेको संकेत भने दिएका छन् पाठकलाई प्रत्यक्ष सम्बोधन गरेर अनि कतिपय घटनाको स्वव्याख्या गरेर (जस्तो, "पाण्डुलिपि" कथामा बाघ पुरुष अहंकारको प्रतीक हो भनी गरेको व्याख्या) तैपनि उनका कथा बुझ्न गाह्रै छन् । तर त्यही पुरानै विषयलाई रिप्याकेजिङ गरेर सूत्रबद्ध र झिँझोलाग्दो कथा पढिरहिएकोमा "ब्राकेटबाहिर" का लेखक नगरकोटीको वैकल्पिक हस्तक्षेप नै होला उनीप्रतिको आकर्षण । उनको उदासीन, आउटसाइडर, फकिर व्यक्तित्वले पनि युवा पाठकलाई उनीप्रति श्रद्धावनत बनाएको हुनसक्छ ।
Profile Image for Pragyan Thapa.
15 reviews22 followers
January 5, 2014
Kumar Nagarkoti's stories are absurd, bizarre, satirical and absolutely entertaining. He gives his characters quirky names: Ukkhan, Anusthup, Adhim - unfolds existential events that break the barrier of time and space.

TRIPPY NAGARKOTI.

Nagarkoti's tales are philosophical riddles and revolve around diverse backgrounds. There's the civil war, the never-ending-process of having the Sambidhan written, violence against women, history and surreal dilemmas. He's experimental all the time, be it talking directly to his readers or parodying the plot with his witty off-line statements. And I find his style similar to the sketches from Monty Python.

This anthology of short stories contains some high quality dope that easily absorbs you.
Profile Image for Ram Hari .
46 reviews23 followers
Read
March 1, 2015
कुमार नगरकोटिका कथा पढ्नुमा मज्जा बेग्लै छ।उनका कथामा पात्रको चयन देख्दैमा एक चिल खान्छु।लेखन शैली र भाषामा उनको "एब्सर्ड च्वाइस" नै उनको प्रमुख विशेशता हो।समकालिन सबै विषयमा उनको कलम चलेको छ। बर्तमान लथालिङ्ग समयलाइ उनले लथालिङ्ग भाषामा समेटेका छन। कथाका पात्र मुर्त अमुर्त सबै किसिमका छन।साहित्य आनन्दका लागि हो भन्ने मान्यतालाइ अनुसरण गर्दै नगरकोटिले नेपाली साहित्यलाइ समिश्रण युक्त बनाएका छन। मन मस्तिस्कलाइ चक्कर लाउने खालका कथाहरु समेटिएको "फोसिल" पढ्ने क्रम सकिएको छ।
November 1, 2014
Most of the stories are pretty hard to understand but the ones you can understand are simply amazing. Nagarkoti's writing style is fantastically casual with a touch of humour. The first story 'Giddha haru ko nach' is indeed majestic. it is a dark-themed fantasy that revolves around political and social despair of Nepal.
13 reviews
June 18, 2014
totally represents Kumar sir's ideas and all the bizzare concepts
Profile Image for Saurav.
32 reviews30 followers
October 11, 2014
Kumar Nagarkoti tries to touch the various aspect of the society by his bizarre unorthodox mystical writing; which in some instances in the writers word seems like hyper imaginative bullshit.


Profile Image for Bhaskar Dhakal.
22 reviews12 followers
January 4, 2016
A great read. Love it or hate it, Nagarkoti's creations are one of a kind.
Profile Image for Sangharsha.
147 reviews1 follower
October 13, 2015
Its different. Bizarre, interesting and definitely different. Not great but I definitely want to try Nagarkoti few more times.
Displaying 1 - 20 of 20 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.