उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।
मलाई एकदमै फरक अनुभुति भयो यो किताब पढेपछि। किताब आएको केही समय बीचका हल्का केही पाना पढेको थिएँ तर उल्का मजा तृप्ति नै अनुभव भएन त्यो बेला। Pending मा रहेको केही किताब पढेर सकाएपछि यो कृतिको पालो आयो। किताबको आवरण सार्वजनिक हुँदा छुटेका अनुहार जस्तो मजेदार किताब लेख्ने , र म उपन्यास लेख्दिन भन्ने लेखकले किन बोली फेरे भन्ने जिज्ञासाले यो किताबतिर ध्यान गयो। पढ्ने क्रममा विविध लाइन highlight गर्दै , emotionally connect हुँदै र full on impress हुँदै पढेँ।
किताबको सुरुवातमा silent पाठकको प्रसङ्ग , intro दिने unique style र शब्दको कथा - लेखक एक कलम अनि प्रशंसाबारेको स्वीकारोक्ति ले ध्यान खिच्यो। उपन्यास पढ्दै जाँदा कहीँ कतै पट्यास लागेन , बरु पात्रले बयान गरेको कुरा, मनका भावना, अनुभव र अनेक aspects सँग खुब relate गर्न सकेँ आफूलाई। शब्दले जस्तै मृत्यु / आत्म-हत्या / self - harm / stress / trauma अनि आफू लाई स्थापित गर्न - पहिचान बलियो बनाउन संघर्ष गर्दागर्दै झण्डै हार खाएर , जीवनसँग हारेर आएको भएकाले कथानक relatable लाग्यो।
शब्दलाई LGBTIQA समुदायका प्रतिनिधित्व गर्ने बलियो पात्र पाएँ। यो समुदायबारे बहुत कम लेखिएको छ नेपाली साहित्यमा --- शायद , अलेली गर्दै समुदायप्रतिको भावनामा अलेली परिवर्तन आउँदै गरेकाले हो। बदलिँदो समय र परिवेश अनि वैश्विक ज्ञान - सचेतना सँगै धेरै कुरा बदलिँदै आएको अनुभव हुन्छ। तर अझै पनि आफ्नो समलैङ्गिकताको पहिचान खुल्ला रुपमा भन्न सकिरहेका छैनन् कतिपयले डरले गर्दा। अस्वीकार हुने, अपमान हुने, नाता- सम्बन्ध बिच्किने, अपहेलित हुने आदि डरले मान्छे भएर पनि मान्छेका रुपमा बाँचिरहेको महसुस गर्दैनन् --- डर लाग्छ मनको भित्री कुनादेखी नै। मनमा डर त्रास र हिम्मत कमजोर पारेर बस्ने जति छन् , त्यति नै आफू lgbtiqa भनेर खुलस्त पार्न सक्ने र एक दुई साथेको आड - भरोसा र हिम्मत पाउने कम। ।
मनका कुरा, आफ्नो शरीरसँग खेल्नु - स्पर्श गर्नु, माया र यौनका कुरा साथीभाइसँग गर्नु, किशोरावस्थामा आउने मादक उन्माद र मायाप्रेमको हाउगुजी, विपरीत लिङ्गीप्रती उब्जने अँकुराउने प्रेम (अनि infatuation) को कुरा , ऐनाअगाडि आफैँलाई हेर्ने आदि कुरा जिज्ञासा र आदत बन्छन्। शब्दको मध्यरातसम्म पढ्ने बानी, मनका कुरा सहजै अरुसामु नभन्ने, अध्ययनमा कक्षामा सधैँ प्रबल र उत्तम रहने बानी अनि कुरा तौलेर बोल्ने बानी र shyness - nervousness- anxiety सँग आफू लाई relate गरेँ।
बाबु , आमा र छोराछोरी बीचको पवित्र नाता, पढाईका लागि राजधानी शहर आउने क्रम र आएपछिको दु:ख, आफू ले साकार गर्न नसकेको सपनाहरू छोराछोरी मार्फत् पूरा भएको देख्ने चाहना, धेरै बोल्ने , कम बोल्ने र मौन रहने आमा- बाबुको बानी, सम्बन्धका आयामआदि मजेदार छन्। आफ्नै परिवार सामु खुल्न नसक्ने शब्द, त्यसले निम्त्याएको चिसो सम्बन्ध, कुराकानी कम हुने कुराले मन चिसो बनायो।
मलाई उपन्यास पढिरहेको भन्दा शब्द को निजी डायरी पढेरहेको जस्तो भान भयो। यसमा स्वीकार - अस्वीकार, माया - हेला , भौतिक प्रेम - अभौतिक प्रेम, आकर्षण - विकर्षण, सम्मान - अपमान, जीवन - संघर्ष आदि बाहेक तितो - सत्य पाएँ। स्थिति - परिस्थिति- मनस्थिति जे जस्तो होस् अमन जस्तो हर हालमा साथ गाथ र अगाडि बढ्न साथ दिने साथे त चाहिन्छ चाहिन्छ ! बोध गरायो। सन्तान जे जस्तो होस् , रुप - रङ्ग - बानीबेहोरा- आनीबानी विविध होस् , लैङ्गिक पहिचान सोचाइ विपरीत होस् तर जन्म दिने आमाको प्रिय हुन्छ नै -- र स्वीकार गर्ने आमा वास्तविक जीवनमा कम।
घरबाट टाढा एक्लै बस्नुका दु:ख, पैसा जोगाउने संघर्ष , कमाई गर्न यत्न प्रयत्न बारे बुझेँ। गाउँबाट राजधानी पहिलोपटक आउँदाको अनुभुति र आफ्नो पहिचान बलियो गर्ने साहस र प्रयासको कथा पाएँ। सुरुका कथानक पढ्दा आफ्नो स्कुले जीवन , सहपाठीप्रति नौ पुग्दा अनायास जागेको मयाप्रेमको भोक, होमवर्क गर्ने rush, होमवर्क भन्दा ज्यादा हुने खानपिन र गफगाफ, घर- टोलमा चलेका हल्ला ( जस्तो हृषमान बौलाहा भएको कारण) चकलेट र फलफूल खाने आदत, साइकलमा कुद्ने कुदाउने बानी र प्रेमपत्र लेख्ने लेखाउने , दिने पठाउने प्रयासले nostalgic महसुस गरायो। उपन्यास - डायरी पढ्दै जाँदा गति सुस्त मन्द बाट मदमस्त अनि तीव्र व्यस्त हुँदै जान्छ।
पाठकका रुपमा म जति डुबेँ कथानकमा त्यती नै line paragraph हरुलाई highlight गर्दै सोचविचार गर्दै डुबेँ। बा-आमाको मुखमा सुन्ने आफ्नो बखान र प्रशंसा, राख्ने आशा अपेक्षा , देखेका भनेका सपनाहरू र सपनाहरू पछ्याउँदै जान मिल्ने आड - भरोसा अनि आफ्नो पहिचान बारे घरमा चिट्ठीमार्फत् बताएपछि चिसिएको सम्बन्ध , मन्द मन्द हुँदै बन्द भएको बोलचाल, बिरामी नै पर्दासम्म पनि बाबुले गरेको स्वीकार, आत्महत्या आत्मसात् गर्ने प्रयास, गाँजाको कुलत, अनि अन्तिम तिरको ग्याजुएसन स्पीच, बीच बीचमा आउने साइकोलजिकल - फिलोजोफिकल doctrines लगायत प्रयुक्त भाव- प्रभाव - स्वभाव - व्यक्ति - अभिव्यक्ति आदि सब शानदार लाग्यो मलाई।
नयनराज पाण्डेजीकै पुरानो र हाल अप्राप्य जस्तै रहेको कृति अतिरिक्त पढेजस्तै तितो - टरो - मिठो - अमिलो अनुभव भयो फरक- फरक तवरले। अत्यन्तै मिठो उत्कृष्ट र engrossing read छ यो। र , किताबको नाम "अन्तर" लाई मजासँग न्याय गरेको छ।
लेखकको मेहनत -- शब्दको हिम्मत - बलियो कथा शैली, युवावस्थामा पाइला टेक्दा नटेक्दै अँकुरण हुने प्रेमको आशा आकांक्षा अनि फरक अनुभव भएपनि आफ्नो प्रेम अनुभव गर्ने - महसुस गर्ने र व्यक्त अभिव्यक्त गर्ने सुस्त तीव्र चाहना सबैमा हुन्छ -- चाहे त्यो व्यक्ति आफू लाई पुरुष , महिला वा lgbtiqa का रूपमा चिनाओस्। फेमिनिज्म , विश्वविद्यालयमा विविध विषयका र कारण उब्जने उम्लने विध्यार्थी राजनीति, slc पास हुनासाथ काठमाडौं हानिनेको लर्को, पहिचानको लागि आवाज बुलन्द गर्ने कोही कसैको खाँचो आदि कुरा पनि मज्जाले अटाएका छन्।
केही प्रश्न र गुनासा उब्जिएका हुन् बीचमा अगाडिका पाना नै शब्दको व्यवहार र मनोविज्ञान केलाउँदा ठम्याएको पहिचान र उसले पछिल्लो पानामा गर्ने बोधबारे; तर overall मा भन्नुपर्दा किताब गजप नै लाग्यो हौँ।
अत: यो किताब पुरै भरियो आफ्नो त marks र highlights गर्दा गर्दा।
अन्तरले उठाएको विषयवस्तु र विषयवस्तुको प्रस्तुतीकरण र प्रस्तुतीकरणमा सायन दाजुले देखाएका झर्रो शैलीसँग लगाव बसेको छ ! यस उपन्यासको मूल पात्रका वरिपरीका सहायक पात्रको चरित्र चित्रण मलाई घत परेको पाटो हो ! यसबारे लामै पठन संस्मरण लेख्छु भनेको, भ्याएकै छैन !