राजसी र तामसिक प्रकृतिको आचार-विचार, तनावपूर्ण वातावरण, खान-पान, अनैतिक र अस्वस्थकर व्यवहार नै रोग र रोगीको वृद्धिको कारण हो। यी कुराहरूमा असाध्य बुद्धि पुर्याउनुपर्ने बेला आइसकेको छ। प्राकृतिक जीवन पद्धतिअनुसार बाँच्ने र कतिपय रोगको निदान र उपचारका लागि प्रकृतिकै काखमा फर्कन बलियो सल्लाह यस पुस्तकले प्रदान गरेको छ।