राजकुमार श्रेष्ट टु कुमार नगरकोटीको यात्रा अक्षरगन्जमा पढेकोले दोचामा कुन स्मृति लेख्लेन् भन्ने लागेको थियो । तर मान्छेको जीवनमा बाँचुन्जेल स्मृतिहरु थपिँदै जान्छन्, झन् कुमार नगरकोटी जो फिक्सन डिजाइनरको रुपमा चिनिन्छन्, तिनलाई समृतिको अभाव हुने कुरै भएन । यसमा तिनै नयाँ स्मृति छन् । जयपुर साहित्य महोत्सब देखि लिएर डेराको झ्यालबाट देखिने छिमेकीको छानोमा गुड बनाएर बसेका परेवा जोडिलाई सुनाएको कविता, गित र संसार बदलिने महत्वपूर्ण समाचार शीर्षक सबै अटेका छन् । अहिलेलाई यति भनौं । मिलेछ भने लामै लेखौंला । छोटोमा भन्दा पठनीय छ । नगरकोटी पढ्न चाहनेले अक्षरगन्ज र दोचाबाट सुरु गर्नु दिमागको लागि फाइदाजनक हुन्छ ।
Nagarkoti is getting repetitive and certainly market minded as forced by his publisher. This book is average at best. And his personal stories are so getting repetitive. Disappointed with my favourite writer.