Jump to ratings and reviews
Rate this book

विषाणु रृ

Rate this book
मभित्र अनन्त भोक छ । मानौँ म अनन्तकालदेखि भोकै छु र खान हतारिरहेकी छु । मेरो वक्षमा करङहरू र मुन्तिर मेरो पेटको खोपिल्टो प्रष्ट देखिन्छ । मेरा तिघ्राहरू सुलुत्त परेका तर भित्रैबाट बलले घनिभूत छन् । मेरो योनीबाट असंख्य जीवहरू जन्मिरहेका छन् । म आफ्नै सन्तानहरूको भोग गरिरहेकी छु । मेरा पैतालामुनि पुरूष अहङ्कार लम्पसार शव भएको छ । म एक्लै सर्जक र विनाशक भएर उभिइरहेकी छु ।
***

त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल कमर्श क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएकी प्रज्ञा हाल उच्च शिक्षा अध्ययन तथा अनुसन्धानको सिलसिलामा अस्ट्रेलियामा हुनुहुन्छ । साहित्य, सङ्गीत, भ्रमण र अनुसन्धानमा विशेष रुचि राख्ने उहाँको पहिलो उपन्यास हो- विषाणु ऋ ।

160 pages, Paperback

Published January 1, 2023

2 people want to read

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (75%)
4 stars
1 (25%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 3 of 3 reviews
1 review
January 31, 2024
“Bishanu Ree” is a must-read for anyone who enjoys gripping and suspenseful novel. The author’s storytelling prowess, combined with the intriguing plot and well-developed characters, makes this book a standout in Nepali literature. Prepare to be captivated from the first page to the last in this thrilling masterpiece
1 review
January 31, 2024
धेरै रोचक र रहस्यपूर्ण उपन्यास
Profile Image for Jaiseri.
206 reviews15 followers
February 7, 2024
पुस्तकको सुरुवात गज्जब छ । “Everything, Everywhere All at Once” को झल्को दिने खालको युगौं युगको परिचय बोकेको म पात्रले आफूलाई पाठक सामु चिनाउंछ । चलचित्रमा एकै समयमा फरक व्रह्माण्डमा घटेका घटनाहरु छ्यासमिस पारामा पर्दामा देखिन्छन् भने यसमा फरक समयमा घटेका घटनाहरुको निचोड एकै छिनमा एकै पात्रले सुनाउंछन् । रामायणकी सिता देखि मानसिक सन्तुलन ठीक नभएकी महिलामाथि, जसमाथी जाई लागिएको छ, ती पात्र सबै म पात्रकै भोगाइका रुपमा प्रस्तुत हुन्छ ।
त्यसपछि लेखकले आफूले भन्न चाहेका तमाम कथाहरु पालै पालो पूर्वजीवन विशेषज्ञसंगका भेटहरुमा सुनाउंदै जान्छिन् । यी भेटहरुमा भएका कथाहरु सिलसिलावद्ध छैनन् । अनि तिनले निरन्तर एकै व्यक्तिका घटना पनि सुनाउंदैनन् । तर ती पढिरहंदा म पात्र प्रति एकदमै करुणाभाव पलाउंछ । पठन मात्रै पनि छाती भारी बनाउने खालको हुंदै जान्छ । महिला माथि हुने दुव्यवहारमा पुरुष दोषी देखिनु त सामान्य हो तर महिला बाटै समेत दुर्व्यवहार खपिएका नवीन अनुभिती म पात्रले सुनाउंछ ।

यी सबै पढि रहंदा विषाणु रृ कतै आएको हुंदैन । अन्तिम भन्दा अघिको अध्याय पुरै त्यसैको बारेमा छ । बिस्तारै किताबको गुठ्ठी खुल्छ । नखुल्न पनि सक्छ । पाठकको बुझाईको क्षमता र पूर्व -अध्ययनले पनि त्यसमा प्रभाव पार्छ ।

किताबको राम्रो पक्ष भनेको यसमा अनावश्यक शब्दको खेती गरिएको छैन । उपकथाहरु प्रचुर भएको यसलाई चाहेको भए निकै मोटो बनाउन सकिन्थ्यो । त्यतातिर लेखक लागेको देखिंदैन । बरु कसरी हुन्छ तिनलाई सुनाउने ध्याउन्नमा लेखकले मिहिनेत गरेको देखिन्छ । त्यसैले किताब पातलो पनि भएको छ । एकदमै नया पन सहितको लेखाई छ । कनि कुथी भन्दा पनि गुदी सहितको लेखाइ छ । अझ तिनमा सुधार ल्याउने र परिस्कार थप्ने ठाउंहरु भने छन् । फेरि त्यो पाठकीय अपेक्षा मात्रै पनि हुन सक्छ । जे होस् पछि सम्म सम्झन लायक किताव बनेको छ ।

कहिले काहिं भने यो सघनता पनि थिच्ने खालको छ । अलि सुस्त सबै पढ्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । पात्र र कथाको प्रचुरताका कारण सबै उपकथाहरु सम्झनै पनि गाह्रो हुन जान्छ । नारीवादि उपन्यास भनेर सुरु गरेको उन्यास विज्ञान कथा जस्तो भएर आइदिन्छ । अतियथार्थवादि अन्त्य त्यसैमा थपिईंदा पाठक अलमलमा पर्न सक्छन् । नाम विशुद्ध नेपाली भए पनि संवाद ईतरका वाक्यहरुमा पनि अंग्रेजी शब्दहरुको प्रयोगहरुले यिनको उल्था लेखेको भए हुने भन्ने बनाइरहन्छ ।

यो किताब सुरुवाती पाठकका लागि होइन । कितावमा घोत्लिने बानी परेका र पठका चुनौतीहरु छिचोल्न रहर गर्नेका लागि हो । माधवी र निलिमा प्राय क्लिष्ट लेखन भनेर जानिन्छन् । माधवी त मोटाइले नै छुन मन लाग्दैन । निलिमा भने पढेको थिएं । निलिमा जत्तिको हावादारी पनि होइन तर विवेकको परीक्षा लिने खालको किताव अवश्यै हो । पठन सुखद रहोस् ।
Displaying 1 - 3 of 3 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.