What do you think?

घामका पाइलाहरू [Ghamka Pailaharu]
अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति अादिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लार्इ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलार्इ यसमा राम्राेसँग देख्न सकिन्छ ।
ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलार्इ निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलार्इ मीठाे र मीठाेलार्इ अति मीठाे पारिदिएकाे छ ।

268 pages, Paperback
First published January 1, 1979
About the author
Dhanush Chandra Gautam
9 books12 followersDhanush Chandra Gautam (ध.च. गोतामे) is a Nepali literary figure. He was born on 1989 B.S. in Manharakatti village of Mahottari district to Govinda Chandra Gautam and Dipwatidevi. His genres are novels, stories and memoirs. He wrote by the pen name Dha. Cha. Gotame. He won the Madan Puraskar for his work Ghamka Pailaharu in 2035 B.S.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 22 of 22 reviews
April 26, 2022
Amazing Storytelling 🧡
This book shows the linkage between a railway station and the city beautifully. The main story revolves around the family members of Durganath, who is well reputed, witty and knowledgeable pandit.
Also, this book got 2035 BS Madan puraskar and i must say it is totally worth reading.

April 22, 2026
घामका पाइलाहरू –
मलाई घामका पाइलाहरू पढ्दा कुनै कथा मात्र पढिरहेको अनुभूति भएन मानौँ म आफ्नै अन्तरतमसँग शान्त, गहिरो संवादमा डुबिरहेको थिएँ। धनुष चन्द्र गौतम का शब्दहरू बाहिरबाट सरल देखिए पनि भित्र अतल संवेदनाको तह बोकेका छन्। यस कृतिमा डुब्दै जाँदा मैले बुझेँ जीवनका ती साना, सामान्य ठानिएका क्षणहरू नै वास्तवमा अर्थको सबैभन्दा उज्याला टुक्रा हुन्, जसले अन्ततः हाम्रो अस्तित्वलाई पूर्णता दिन्छ।
"ती दुवै एकान्तमा भएका बखत न ती तेरा बाआमा हुन्, न मेरा छोराबुहारी । ती पतिपत्नी मात्र हुन् । त्यस्तो बेला तिनको आफ्नै शैलीका कुराकानी हुन्छन् । कहिले रिसरागको, कहिले मायाप्रीतिको ।"
भन्ने पंक्ति पढ्दा म निकै समय रोकिएँ। झन्डै पाँच दशकअघि लेखिएको कृतिमा दाम्पत्य जीवनबारे यस्तो उदार दृष्टिकोण देख्दा म अचम्मित भएँ। मैले पहिलोपटक यति स्पष्ट रूपमा अनुभूति गरें पति–पत्नी केवल सामाजिक सम्बन्धमा बाँधिएका पात्र होइनन्, उनीहरू आफ्नै निजी भावनाहरू, आफ्नै संसार भएका दुई स्वतन्त्र व्यक्ति हुन्। कहिले रिस, कहिले माया त्यो सम्बन्धको स्वाभाविकता लेखकले अत्यन्त सजीव बनाएका छन्।
गणेशीको गफले मलाई बारम्बार तानिरह्यो। उसको कुरा सुन्दा लाग्थ्यो, जीवनका गहिरा सत्यहरू कहिलेकाहीँ यिनै साधारण देखिने मानिसहरूबाट प्रकट हुन्छन्। ऊ केवल पात्र होइन, एउटा जीवन–दर्शन बोकेको आवाज जस्तो लाग्यो।
डाक्टर र श्रीवास्तवबीचको कचिङ्गलले गहिरो असर गर्यो। मैले त्यहाँ महसुस गरें अपमान सहनुभन्दा ठूलो पीडा सायद अरू केही हुँदैन। तर त्यही अपमानले मानिसलाई आफूभित्र फर्केर हेर्न बाध्य पार्छ, आफ्नो मूल्य चिनाउन मद्दत गर्छ। त्यसैबाट परिवर्तन सुरु हुन्छ। मित्रता र सत्रुता स्थायी होइनन्; कहिले सत्रुताबाट प्रेम जन्मिन्छ, कहिले मित्रताले दूरी लिन्छ।
पवन र अणुको सम्बन्ध त झन् मलाई निकै मन पर्यो। लेखकले कतै पनि “प्रेम” भनेर घोषणा नगरीकनै त्यो भावना महसुस गराए। मित्रताबाट बिस्तारै प्रेमतर्फको यात्रा, अत्यन्त सूक्ष्म तर प्रभावकारी।
बाजे र नातिको सम्बन्धले भने मन अलि भारी बनायो। “तेरो र मेरो उमेरको दूरीले गर्दा तँसित धेरै बस-उठ पनि कहाँ हुन पायो र ?…” भन्ने वाक्यले मलाई आफ्नै जीवनका छुटेका संवादहरू सम्झायो। कहिलेकाहीँ समय र दूरीले कति धेरै कुरा अधुरा छोडिदिन्छन् भन्ने कुरा मैले त्यहाँ गहिरो रूपमा महसुस गरें।
समग्रमा, घामका पाइलाहरू एउटा यस्तो कृति, जसको असर पुस्तक बन्द गरेपछि पनि लामो समयसम्म मनभित्र घामझैँ फैलिरहन्छ।

June 8, 2018
विशेष गरी नेपालमा रेल यातायातको विकासको इतिहासलाई समेटेर लेखिएको यो पुस्तकमा त्यसैसँगको फेरिँदै गएको समाजको चित्र समेत पढ्न पाइन्छ । २०३५ सालको मदन पुरस्कार प्राप्त यो कृतिमा प्रथम विश्वयुद्ध सकिएपछि र द्वितीय विश्वयुद्ध सुरुहुनु भन्दा पहिलेको समयावधीलाई समेटिएको छ । त्यो भनेको देशमा प्रजातन्त्र आउनु पूर्वको समय हो । यसलाई अघिल्लो शताब्दिको कथा भने पनि हुन्छ ।
full review:
https://randompilgrimat.blogspot.com/...

April 12, 2020
Read a Nepali literature after a long time and loved it. For reasons not known to me, the settings seem to be like the one in "Malgudi days" by RK Narayan which I had seen in TV. The characters are simple, for a change reading about characters that didn't live in digital age was really nice.
I loved two characters primarily, one that of Amalendu Bhattacharya and other Ganeshi. One a realistic, moral and dedicated administrator, other a simple and poor "Paan" hawker. Despite being frivolous, illiterate and rustic individual who makes his living by appeasing to the railway staffs and the passengers, his take in life and understanding comes to full display later in the novel as his validates Pandit baje's "Everyman is a philosopher of his own kind" He unknowingly reveals how he has lived a rather destitute life without any complaint is something we can ponder.
The story revolves around a small city and the characters are somehow linked to the railway except for the main characters/family.
The story revolves around a old man Durganath whose entire property was confiscated due to his loyalty to the Prime Minister Bir Shamser, who was banished by his own brothers. Durganath's son Pitamber resents to the world in general, especially to city life which he had to choose due to his father's declining health. He brings out his frustration to his family, his words are ruthless often cruel especially to his father which in reality is his mockery to his way of life, his inability to provide a quality life to his family. He is undoubtedly a devoted father, husband and son. Despite his love and immense respect for his father he is not able to express that of which the father is well aware of.
The relationship between the grandfather and the grandson is beautifully presented. Despite chronic asthma and age, Durganath attributes his love and attachment to his grandson that has kept him alive. He is wise, witty and respected.
I am so pleased to have read this book.

December 31, 2021
सुरुमा कथा र पात्रहरुको भेऊ पाउन अलि गार्हो भएपनि पछि सलल बगेको, बेला बेलामा दार्शनिक कुराहरु टन्नै भएको यौटा आनन्ददायक कहानी हो "घामका पाइलाहरू"। पढ्दा रमाइलो लाग्यो। ♥️
Read
September 6, 2025चन्द्र शमशेरले कानुन बनाएपछि पनि हाम्रो देशमा सतिप्रथाको अन्त्य भएको छैन। ती अघि चितामा आत्मदाह गर्थे, अब भान्छामा आत्महत्या गर्न थालेका छन ।
गडा मा जोतिएका गोरूहरुले एक अर्कासित ठट्टा गरेको कसले देखेको छ आजसम्म ./
सन्तोष भन्दा ठूलो स्वस्थबर्दक महा औंषध केही रहेनछ।
अन्याय जस्तोसुकै होस्, त्यसको प्रतिकार नगर्नु मानव संस्कृति को विकास प्रक्रियालाई कुन्ठित तुल्याउन खोज्नु हो ।
जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ, कसैले करेसको बारी। केही नभएकाले गाग्री, लोटा र काचौरसमेत थाप्दछन् । सबैले आफूसित भएको पात्रअनुसार पानी पाउँछन्। थोरै पानी पाएको र धेरै पाएकोमा बादल लाई दोष दिन सकिन्न।

February 9, 2020
पहिलो पटक पढेको ८ बर्ष पछि गत हप्ता दोश्रो पटक यो पुस्तक पढ्दै गर्दा, पहिले नदेखेका आफुले जोड्न नसकेका आफ्ना कथाहरु यस पटक मज्जा संग जोडिए । नेपालमा रेल बहस चलिरहँदा, नेपालमा रेल्वेको बिकास समेटेको यो किताबले मलाई भने पटक रेल चढ्न नौतनावा जानु अघिल्लो रात भएको छटपटी, गोरखपुर र बनारसका स्टेसनमा देखेर पनि नदेखिएका धेरै कथाहरु यतिबेला बल्ल याद आउन थाले ।
यो पुस्तकमा धचले गज्जबका पात्रको निर्माण गरेका छन, रेलबाट ओर्लेकी अणु होस् या इन्जिनियर अमलेन्दु भट्टाचार्य या युबक पवन वास्तविक जस्ता लाग्ने यी पात्रहरूलाई औपन्यासिक रङ भरेर जीवन्त र अमर बनाइदिएका छन् । कल्पनाको प्रचूरता छ ।
राम्रो नेपाली साहित्य पढ्ने तलतल मेटाउन अझै पनि 'उही पुरानो बाजेको' पुस्तक नै पढ्नु पर्ने दु:ख अझै पनि उस्तै !!

May 17, 2023
यो उपन्यासले नेपालमा रेलवे सेवा सुरू हुँदाको समयमा रेलवे सेवा सुरू गर्ने सहरको परिधिभित्र बस्ने मानिसहरूको दैनिक जनजीविका वर्णन गरेको छ। उपन्यासभरी कतैपनि सहरको नाम उल्लेख गरिएको छैन तर यही सहरको वर्णन गरिएको हो भनेर पाठकले सजिलै खुट्याटाउन सक्छन्।
समय जान्नका लागि पुलिस स्टेशन वा पोष्ट अफिस धाउनुपर्ने, मिलको घण्टी वा रेलको गडगडाहटको सहारा लिनुपर्ने, सूर्य उदाएदेखि नअस्ताएसम्म घाम ढल्केको हेरेर समयको अड्कल लगाउनुपर्ने समयका स्थानीयहरूको बोलीचाली, रहनसहन, व्यवहार र भाषाको संयोजन अति नै मिठो लाग्छ।
विपन्नताको आर्तनाद कथामा स्पष्ट झल्कँदा पात्रहरूका बीच 'ह्युमरस' संवाद छिराएर लेखकले वाङ्गमयको लालिमा बढाएका छन्। जीवनको आधा भाग सोख र सम्पन्नतामा गुजारेपनि विपत्तिमा धनका लागि कहिल्यै कसैलाई धोका नदिई जीवनको सायंकाल ठूलो आर्थिक अभावको छटपटीमा काट्दै गरेका वृद्ध दुर्गानाथको परिवारको कथा यसमा पढ्न सकिन्छ।
शब्दहरूलाई फिटेर र मथेर रसिक वाक्य बनाई उपन्यासको आद्योपान्त वर्णन गरिएको छ। दाम्पत्य जीवनबारे लेखकको दृष्टिकोण त्यस समयमा पनि कति उदार? भन्ने कुरा दुर्गानाथको यो भनाईबाट स्पष्ट हुन्छ:
मान्छेलाई आफूले जे गर्यो, त्यही ठीक लाग्छ तर अरूले गरेको काम ऊ हम्मेसी ठीक ठान्दैन। जस्तै: साकाहारीका लागि मांसाहार गर्नु उचित हुँदैन। तर यदि कोही VEGAN ले असली साकाहारीले दूध/दही पनि खाँदैन भन्यो भने साकाहारीलाई लाग्नेछ-त्यो चाहिँ अलि बेसी भयो। पिताम्बरले स्वाभिमान र अभिमानको साँध छुट्याउन नसकेको प्रसङ्गबाट यही बुझ्न सकिन्छ।
अत: मानिसले आखिर दृष्टिकोण बनाउने भनेको प्राय समाजमा आफ्नो स्थानबाट नै हो। आफ्नो सजिलो/सुविधामाथि संशय गर्न सजिलो छैन।
गणेशीको गफले जसलाई पनि मोहित पार्छ। उसको गफ सुनीरहुँ लाग्ने छ। उसको जीवनले पनि ठूलो दर्शन बोकेको छ।
डाक्टर र श्रीवास्तवबीचको कचिङ्गलले देखाउँछ कि मानिसका लागि अपमान सहनुभन्दा ठूलो यातना अरू केही हुँदैन। तर सँगसँगै अपमानले नै मानिसलाई आफ्नो मूल्यको पहिचान गराउँछ, त्यसले नै मानिसको हृदय परिवर्तन गर्छ। मित्रताले नै सत्रुता र सत्रुता बाट नै प्रेमको जन्म पनि हुन सक्छ।
पवन र अणु बीचको मित्रता विस्तारै प्रेममा परिणत हुँदै गएको कुरा लेखकले कतै उल्लेख नगरीकनै पाठकलाई बुझाएका छन्।
समग्रमा पुस्तक राम्रो छ र लेखकलाई खोट लगाउने कुनै ठाउँ छैन। तर साझा प्रकाशनले छपाईमा भने अति नै धेरै लापरवाही गरेको रहेछ जसका कारण पढ्न गाह्रो भयो। त्यसैले मेरो रेटिङ् ४.५/५

“यो घर साह्रै बेपर्दा छ । यो ठाउँ त नागाहरूले बस्ने हो । कुनै पतिपत्नीले यहाँ बस्नु बेइज्जती मात्र हो । दाम्पत्यको बिरुवालाई मलजल गरिरहनुपर्छ, अनि त्यो हरियोभरिलो हुन्छ र घरमा पनि सुखशान्ति हुन्छ । त्यसका लागि दम्पतीलाई एकान्त र सुरक्षित स्थान चाहिन्छ । त्यो नपाएरपनि पीताम्बरको स्वभावमा उत्तेजना र रुक्षता आएको हुन सक्छ । तँ के थाहा पाउँथिस् यो कुरा ? तेरो बिहा होला अनि थाहा पाउलास्, जब तँ स्वास्नीसित दुई वचन बोल्नका लागि चीलजस्तै मडारिरहनेछस्, त्यहीँ एकान्त र सुरक्षित ठाउँ पाऊँ भनेर । एउटा कुरा सुनिराख् । ती दुवै एकान्तमा भएका बखत न ती तेरा बाआमा हुन्, न मेरा छोराबुहारी । ती पतिपत्नी मात्र हुन् । त्यस्तो बेला तिनको आफ्नै शैलीका कुराकानी हुन्छन् । कहिले रिसरागको, कहिले मायाप्रीतिको । यस्ता कुरा हामीले सुनिरहनु ठीक होइन ।
मान्छेलाई आफूले जे गर्यो, त्यही ठीक लाग्छ तर अरूले गरेको काम ऊ हम्मेसी ठीक ठान्दैन। जस्तै: साकाहारीका लागि मांसाहार गर्नु उचित हुँदैन। तर यदि कोही VEGAN ले असली साकाहारीले दूध/दही पनि खाँदैन भन्यो भने साकाहारीलाई लाग्नेछ-त्यो चाहिँ अलि बेसी भयो। पिताम्बरले स्वाभिमान र अभिमानको साँध छुट्याउन नसकेको प्रसङ्गबाट यही बुझ्न सकिन्छ।
अत: मानिसले आखिर दृष्टिकोण बनाउने भनेको प्राय समाजमा आफ्नो स्थानबाट नै हो। आफ्नो सजिलो/सुविधामाथि संशय गर्न सजिलो छैन।
गणेशीको गफले जसलाई पनि मोहित पार्छ। उसको गफ सुनीरहुँ लाग्ने छ। उसको जीवनले पनि ठूलो दर्शन बोकेको छ।
डाक्टर र श्रीवास्तवबीचको कचिङ्गलले देखाउँछ कि मानिसका लागि अपमान सहनुभन्दा ठूलो यातना अरू केही हुँदैन। तर सँगसँगै अपमानले नै मानिसलाई आफ्नो मूल्यको पहिचान गराउँछ, त्यसले नै मानिसको हृदय परिवर्तन गर्छ। मित्रताले नै सत्रुता र सत्रुता बाट नै प्रेमको जन्म पनि हुन सक्छ।
पवन र अणु बीचको मित्रता विस्तारै प्रेममा परिणत हुँदै गएको कुरा लेखकले कतै उल्लेख नगरीकनै पाठकलाई बुझाएका छन्।
समग्रमा पुस्तक राम्रो छ र लेखकलाई खोट लगाउने कुनै ठाउँ छैन। तर साझा प्रकाशनले छपाईमा भने अति नै धेरै लापरवाही गरेको रहेछ जसका कारण पढ्न गाह्रो भयो। त्यसैले मेरो रेटिङ् ४.५/५
January 6, 2016
बाजे पुन बिस्तारै भन्दछन् तेरो र मेरो उमेरको दूरीले गर्दा तँसित धेरै बस-उठ पनि कहाँ हुन पायो र ? अरुलाई आज अर्ती दिँदै थिए । म स्वयं मृत्युसित डराउन्नँ तर के गर्ने। मायाको सानो पोको छाडेर जानुपर्दा मन भरङ्ग हुन्छ । यसले मानिसलाई काथँर तुल्याउँदो रहेछ ।घतलाग्दाे लेखन । ध.च.गाेतमेलाइ धन्यवाद ।
March 1, 2014
Excellent example of exquisite nepali prose.
July 5, 2020
२०३५ सालको मदन पुरस्कार प्राप्त र वरिष्ठ आख्यानकार ध च गोतामेको कृति 'घामका पाइलाहरू' पढे। उपन्यास उत्कृष्ट र मन छुने छ। चर्चित युवा आख्यानकार सुविन भट्टराईको पुस्तक सुझावमा यो पुस्तक पढेको हुँ। प्रकाशन भएको ४२ वर्ष पछि पढिएछ, तपाईंहरू धेरैले अगाडिनै पढ्नु भएको होला। नेपालको तराई क्षेत्रमा अवस्थित एक सहरको कथा, रेलको कथा यस्मा छ। किताब को उत्कर्ष उत्कृष्ट छ। एउटा निम्न मध्यम वर्गीय परिवारको कथा जीवन्त छ। अहिले सम्म पढ्नु भएको छैन भने सबैलाई पढ्न म सुझाउँछु।
पुस्तकमा मन परेका केही शब्द यहाँ उल्लेख गरेको छु।
"ती दुवै एकान्तमा भएका न ती तेरा बा आमा हुन्, न मेरा छोरा बुहारी। ती पति पत्नी मात्र हुन। त्यस्तो बेला तिनको आफ्नै शैलीका कुराकानी हुन्छ्न्। कहिले रिस रागको, कहिले माया प्रीतिको।"
"उसले उच्च शिक्षा पाएको छैन, किनकि उसको निम्ति मध्यम वर्गीय परिवारको साब गासले त्यो भ्याउन सकेन। तर त्यो अनुभवी छ। अनुभव बटुल्नु पनि शिक्षा हासिल गरेजस्तै होइन र?"
"अभाव ग्रस्त मानिसले कसै ऊपर स्नेह र सहानुभूति देखाउनु चुहुदाेँ झरीमा धुजा धुजा भएको छाता ओढाउनु जस्तै हो।"
"मलाई मन पर्दैन हासो, ठट्टा, गिजिनु, लाडिनु, यो सब सम्पन्न मानिसलाई पो सुहाउँछ। हामी अभाव ग्रस्त प्राणी त जीवनभरि स्वयं अरूको हास्यको पात्र भइरहेछौ। अनि ठट्टाको लागि ठाउँ कहाँ हुन्छ। काम र मामको बीचमा कपर्दी खेल्दा खेल्दै हाम्रो जीवनका रमाइला क्षणहरु थाहा नपाई खुस्केर जान्छन्। गाडामा जोतिएका गोरूहरुले एकअर्कासित ठट्टा गरेको कसले देखेको छ आजसम्म।"
"हाम्रो समाजमा इमान्दारी र न्यायपूर्ण जीवनको विकल्प यही नै हो, शारीरिक श्रम गरेर अभाव ग्रस्त जीवन धान्नु ।"
"मेरो जीवन उद्येश्य रहित र दिशाहीन छ। मलाई आफै थाहा छैन म निरन्तर आफ्नो दीर्घ रोगसित केको लागि द्वन्द गर्दै एकमुठी सास धानिरहने रहर गरिरहेछु। अब कति दिन शेष छ र? तर पनि किन हो जीवन चुरोटको अन्तिम सर्कोझै झन् झन् स्वादिलो हुँदै जान्छ, धुवाँको अन्तिम शेष रहेसम्म तानिरहेजस्तो।"
"प्रत्येक व्यक्ति अपठित वा निरक्षर भएँ तापनि त्यो आफ्नो स्तरमा एक सानोतिनो दार्शनिक हुन्छ।"
"जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले करेशाको बारी। केही नभएकोले गाग्री, लोटा र कचौरा समेत थाप्दछन्। सबैले आफूसित भएको पात्र अनुसार पानी पाउँछन्। थोरै पानी पाएको र धेरै पाएकोमा जसरी बादललाई दोष दिन सकिन्न त्यस्तै कसैले थोरै बुझ्न सकेकोमा पण्डित बाजेको के दोष?"
"भारी दुवैतिर बाँडेर बोक्नु अनि बहन गर्न समर्थ होइन्छ। एक कुममा आफ्नो परिवारको र अर्को कुममा देश र समाजको भारी बोक्नु।"
"माताले शिशुलाई भरपूर दूध ख्वाउन नपाएर जसरी स्तन गानिएर आउँछ र पीडा हुन्छ त्यस्तै पीडा तँलाई छाडेर जाँदा ममा हुनेछ, किनभने आफूभित्र भएको सम्पूर्ण स्नेह त ऊपर पोख्न पाइन। त्यो रित्ताउन पाएको भए म हलुङ्गो भएर जान सक्ने थिए।"

June 28, 2017
मानवीय समवेदनाहरुलाई अत्यन्तै सूक्ष्म तवरले प्रस्तुत गर्न सफल उपन्यास | गोतामे पाठकलाई बेलाबेलामा अचाक्ली हँसाउँछन्, बेलाबेलामा उस्तै वेगसहित रुवाउछन् | पवन र उसको हजुरबुवासँगको सम्बन्ध रोचक छ | जेनेरेसन गेपका बाबजुद पनि दुवैमा गजबको तादात्म्यता छ, यो नेपाली मौलिक संस्कृतिको प्रतिबिम्ब पनि हो | अमलेखगन्ज र नेपालमा रेल चल्दाताका अफ्ट्याराहरुका पूराकथा पनि उपन्यासले ग्रहण गरेको छ | नेपाली रेलको इतिहास नै बोकेको छ उपन्यासले | मधेसी तथा निमुखा जनताको पक्षमा उपन्यासले सुत्रधार गरेको छ र साथै पहाड मधेसलाई जोड्ने भावनात्मक सेतु खडा गरेको छ | पवनको परिवार पहाडबाट आएको भएपनि उसको बाजेको पण्डित्याईलाई तथा बौद्धिकतालाई सम्मान गरेर उनको मृत्युपर्यन्त भएपनि सहरका मानिसले ठूलो सम्मान दिनु उदारता र सुसस्कृत समाजको चित्रण हो | अझ मलाई गजब लागेको कुरा भनेको उपन्यासमा खलनायकको रुपमा 'व्यक्ति' नहुनु हो | निमुखा, उत्पीडित तथा नेपालका मानिसहरु सबै मेहेनती र कर्तव्यपरायण छन् | तर गरिबी र नेतृत्वको उपेक्षा उनीहरुको लागि खलनायक भएर शताब्दीऔंदेखि उभिएको छ |
गोतामेलाई पहिलोपल्ट पढ्दा उनको लेखनशैली र मानवीय अनुभूतिहरुलाई अतिसुक्ष्म ढंगले प्रस्तुत गर्नसक्ने क्षमता अद्भूत लाग्यो | उपन्यास मनपर्यो |

January 30, 2023
रेलेवेका कारण अस्तित्वमा आएको र विकसित हुँदै गएको अधकल्चो सहरको कथा हो घामका पाइलाहरु । यसका पात्रका पाइलाहरुमा अभाव भेटिन्छ, आक्रोश भेटिन्छ तर सँगसँगै दैनिक सामाजिक व्यवहारमा उनीहरु विभिन्न वहानामा रमाइरहेका देखिन्छन् र समग्रमा जीवनप्रति आशावादी देखिन्छन् ।
आख्यानको सुन्दरता के हो भने पढ्दा पढ्दै त्यसकै एक पात्र भएर जिउने अवसर मिल्दछ । घामका पाइलाहरुसँग यात्रा गर्दा रेलको कर्णभेदी चित्कार कयौँ पटक मेरा कानमा पनि गुञ्जिएको छ । वंशीको पसलमा पान खान उभिँदा मैले देखेको छु आक्रोसित मुद्रामा साइकलमा साइडिङतिर बत्तिरहेका पिताम्बर, रेलको प्लेटफर्ममा अलग अन्दाजमा पान बेचिरहेको गणेशी, रेलको व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आफ्ना स्टाफहरुलाई गाली गरिरहेका अमलेन्दु भट्टाचार्य, पुरानो घरको कठबारभित्र खोकिरहेका दुर्गानाथ बाजे र घराएसी कामको बन्धनमा अलमलिएकी पवनकी आमा । बंगालीको पसलमा चिया खाँदा मैले अनुभुत गरेको छु पवन र अणुको अव्यक्त प्रेम ।
घामका पाइलाका पात्रहरु सजीव छन् रङ्गीन छन् तर साधारण छन् । उनीहरु निकै परिपक्व र सुझबुझपूर्ण देखिन्छन् । पवन र अणुका बिचका सम्वाद सुन्दा लाग्दैन कि उनीहरु भर्खर किशोरावस्थामा प्रवेश गरेका प्रेम जोडी हुन् । दुर्गानाथ बाजे र अमलेन्दु भट्टाचार्यका सम्वादले उपन्यासको वैचारिक तथा दार्शनिक भावलाई बोकेको छ भने रेलवेका स्टाफकाहरुको अन्तर्क्रियाले समाजको यथार्थ परिवेशलाई चित्रण गरेको छ । उपन्यास केही हदसम्म आदर्शवादी छ, कतिपय ठाउँमा लामा वर्णनात्मक अनुच्छेदहरु पनि छन् तर पाठकलाई कथामा बाँध्न र पात्रहरुसँग पाठकलाई घुलमिल गराउन उपन्यास सफल छ ।

October 25, 2025
A masterpiece that beautifully captures human emotions, memory, and the passage of time. Gautam’s storytelling blends realism with deep symbolism — a train moving through smoke becomes a metaphor for life itself: uncertain, transient, yet full of meaning.
Every character feels alive, their struggles mirroring the social and emotional realities of Nepal. The language is poetic yet grounded, making you pause and reflect after every chapter.
This isn’t just a novel; it’s a quiet journey through love, loss, and the footprints we leave behind in the smoke of time.
✨ A must-read for anyone who loves Nepali literature with soul and depth.

August 13, 2018
completed reading two weeks then.... a remarkable novel with story of generation intertwined within their own aspirations and horrors of life.... books gives historical account rana of oligarchs of Nepal..... wow storytelling.....
November 20, 2021
कथा सुन्दर छ पात्र आफ्नै जस्तै लाग्छन् लेखाइ ले तानिरहन्छ। तर कता कता sexism को गन्ध पनि आउँछ जुन हाम्रा नेपाली लेखकलाई घर चलाउन धन्दा भएको छ दुई चार वाक्य नारीको स्तन, कपाल बारे टिप्पणी नगरी खाएको पच्दैन पनि होला।
June 8, 2019
Wonderfully Written
January 17, 2021
Daami chh
This entire review has been hidden because of spoilers.
December 31, 2023
छोटो तर खँदिलो उपन्यास, मनोरञ्जनात्मक शैलीमा ओजपूर्ण कथाको निर्माण गरिएको रहेछ लेखकद्वारा। रेलको माध्यमबाट मानिसको व्यवहारको व्याख्या पाएँ मैले यस उपन्यासमा।।
April 20, 2020
यस कथा साहित्यले नेपालको पूर्वी-तराई भूगोलमा निर्मित रेलवे स्टेसनको सेरोफेरो, आधारित पात्रहरूको व्यवहार तथा मनोविज्ञानका साथसाथै लेखकको उच्च काल्पनिक शक्तिको स्पष्ट विचारोक्ति गरेको छ ।
यस किसिमको अद्भुत लेखनद्वारा लेखक पाठकहरूको मस्तिष्कमा एउटा उत्कृष्ट रचना गरिएको नाटकको दृश्य-स्मृति छोड्न सफल भएका छन् ।
लेखक गोतामेजी लाई लाखौं धन्यवाद ।

July 15, 2023
दशैँको मुखमा नयाँ किताबको दरकारले गर्दा , मैले यो उपन्यास पुन: पढ्ने निधो गरेँ। पहिलोपल्ट पढ्दा जति रोमान्चकता, जति उत्सुकता थियो, त्यो दोश्रो पटक पढ्दा पनि कायम नै थियो।
यो उपन्यासमा लेखकले कथा बिरगंज र त्यसको सेरोफेरोमा भएको घटनालाई उनेर लेखेका छन्। हुन त उनले शहरको नाम किटेर लेखेका त छैनन्, यद्यपि संकेत भने अवश्य दिएका छन्। करिब ४७ वर्ष अघि लेखिएको र मदन पुरस्कार प्राप्त यो उपन्यासमा राणाकालीन समयमा घटेको घटनाहरु छन्। त्यो बेलाको रेल्वे सेवा, त्यहाँ काम गर्ने कामदार , रेल्वे सेवालाई उकास्ने उत्सर्गित भावना भएको इन्जिनियर, शहरको धुलौटे माहोलको बीच अङ्कुराउन लागेको प्रेम, आदी घटनालाई उत्कृष्टसँग लेखेका छन् लेखकले।
कुनै पनि नेपाली साहित्य लेखनमा रुचि भएको मान्छेलाई यो उपन्यास राम्रो खुराक हुनसक्छ। शब्द र तिनका प्रयोग, सन्दर्भ, वाक्य संरचना, सब एकदम मिलाएर लेखेका छन् लेखकले। त्यसैले यो उपन्यास पहिलो पटक पढ्दा नै म लेखकको ठूलो फ्यान भएको थिएँ।
एउटा साधारण कथालाई असाधारण तवरले वाचन गरेकोले यो उपन्यासको जति तारिफ गरे पनि कम छ।
यदि कसैले यो उपन्यास पढिसक्नु भएको छ भने, यसको दोश्रो भाग "यहाँदेखि त्यहाँसम्म " पनि पढ्नु होला। घामका पाइलाहरु जहाँ सकिन्छ, यो उपन्यास त्यहिँबाट शुरु हुन्छ।