तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु -
डायन आर्मस्ट्रङ
( जनवरी २७, १९९६ मा अस्ट्रेलियाली पत्रिका 'सिड्नी मर्निङ् हेराल्ड' मा प्रकाशित 'Visions splendid of Annapurna's most intrepid' लेखबाट )
महावीर पुनको संघर्षको कथा समावेश यो किताबका सुरुका २०० पाना एकदमै प्रेरक प्रसंगहरुले भरिएका छन् । विशेषगरी उमेर ढल्किसक्दा पनि अमेरिका पढ्न जाने आफ्नो रहरलाई पुरा गप्न उनले गरेको मिहिनेतले जो कसैलाई पनि असम्भव लाग्ने आफ्ना सपनाहरुका लागि काम गर्ने प्रेरणा दिन्छ । पर्यटन प्रवर्धनको क्षेत्रमा गरेका काम, कोरोना कालमा आव्ष्कार केन्द्रले गरेको काम लगायतका कुराहरु पनि किताबमा आएका छन् । साथै आलोचकका कुराहरुलाई पनि उनले स्थान दिएका छन् ।
अलिकति कसोकसो लागेको भनेको देश विकासको सिद्धान्त हो । उनले अनुशन्धानमा गरेको खर्चका आधारमा देश विकसित भएका हुन् भन्ने कुरामा सहसम्बन्ध र कारण र परिणामको सम्बन्ध फरक कुरा हो भन्ने कुरा भुलेका छन् । प्राथनिकताका आधारमा विकसित देशले अनुशन्धानका लागि बढि रकम छुट्याउन सकेको पनि हुन सक्छ । अनि स्थापित मान्यतामा देशको संस्थागत संरचनालाई देश विकासको बलियो आधार मानिएको छ भने अर्को अवधारणाले देशको मानव संशाधनलाई देश विकासको आधार मानेको छ । यद्यपी दोश्रो अवधारणाले उपनिवेशमा रहेका देशको उदाहरण दिंदै त्यहां युरोपियन दक्ष मानवसंसाधनको उपस्थितिले विकास भएको हो भन्छ जुन मलाई नश्लीय कुरा लाग्छ । बरु मलाई श्रोत साधन भएका ठाऊंमा उनीहरु चोर्न पसेका हुन् भन्ने लाग्छ । चोर पस्ने धनी घरहरुमै हुन् । केहि नभएकाहरुमा चोर पस्छ नै केका लागि ?
अर्को अलि चित्त नबुझेको भनेको पुस्तकको मूल्य लचिलो राखेको भए सायद एकै पाठकले पनि बढि रकम जम्मा गर्नका लागि सहयोग गर्न सक्थ्यो । जस्तो भगवान कोइरालाको हकमा भएको छ । नपढ्ने प्रति संकलन गरेर श्रोत साधनको दुरुपयोग पो भएको हो कि भन्ने लागेको थियो । जे होस् प्रेरक व्यक्तिको प्रेरक किताब पठनीय र संग्रहणीय छ । पठन सुखद रहोस् ।
देश समाजलाई जीवन समर्पित गरेका एक जुझारु व्यक्ति हुन् महावीर पुन । महावीर पुन कुनै ठूलो व्यक्ति हैनन्, एक सामान्य साधारण व्यक्ति हुन । तर उनको समाजप्रतिको योगदान असामान्य छ, अतुलनिय छ । आफ्नो समाज र आफ्ना मान्छेहरूलाई सहयोगका पाइलाहरू चाल्दै ती पाइलाहरू कही नविसाइ सातौं दशकको उमेरमा पनि देशको केही गर्नुपर्छ भनेर मरिमेटेर लागेका पुन साच्चै नै सराहनीय छन् । पुस्तकमै लेखेका छन्, जीवनी लेख्ने सोचेकै थिइएन तर हतारमा लेख्नु पर्दा धेरै कुराहरू अझ मिहिन रुपमा लेख्दा नयाँ पुस्तालाई उनको स-साना प्रयत्नका बारे पनि जान्ने मौका पक्कै मिल्ने थियो ।
Most of the autobiography by Mahabir Pun is a written documentation his interviews. He declares that he published this book to gather fund for National Innovation Center, a foundation for carrying out technical research in Nepal.
In this book, he describes how he jumped from one field to another without having any clear plans in most part of his life. Importantly, he gives a whole chapter to describe about the failures, which most other authors barely describes.
Its a real life struggle of one boy from small village of Nepal Mahabir Pun. He shares the story of struggle in village life to study in US and running National Innovation Centre.