Jump to ratings and reviews
Rate this book

पीत संवाद [Pit Samvad]

Rate this book

99 pages, Paperback

Loading...
Loading...

About the author

Narayan Dhakal

17 books14 followers
नारायण ढकाल(२०१०) बाग्मती, काठमाडौँ,मूलपानी गा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उपन्यास ऐतिहासिका विषयबस्तु अ“गालेर लेखिएको उपन्यास हो । यस उपन्यासमा समाज सुधारका लागि विभिन्न पात्रहरूले सङ्घर्ष गरिरहेका छन् । पं. बालकृष्ण, दमयन्ती, मन्नोनरी साम्बे सार्कीजस्ता पात्रहरू आजसम्म पनि छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह गरि रहेका छन् तर पनि समाज सुध्रिन सकेको छैन । वर्गीय दृष्टिकोणबाट उपन्यास माक्र्सवादी कित्तामा दरिएको छ । महिला र पुरुषको हकमा देखिएको विभेदता उपन्यासमा छर्लङ्ग पारिएको छ यिनै अव्यवस्थित समाज र त्यहा“का पात्रहरूको इतिवृत्तान्त उपन्यासले प्रस्तुत गरेको छ ।

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
2 (100%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Reewaz Aryal.
50 reviews1 follower
April 2, 2026
पीत संवाद नारायण ढकालको सामाजिक राजनीतिक मनोविज्ञानमा आधारित उपन्यास हो । यस उपन्यासमा नवीनकुमार , सावित्री , कपिलनाथ , सुरेश , केदार , लोकबहादुर आदि पात्रहरु चित्रित छन् । कथाको नायक नवीनकुमारले राजनीतिक र सामाजिक संरचनामा आएको विकृतिले गर्दा व्यक्तिगत एवं व्यवसायिक जीवनमा भोग्नु परेको द्वन्द यस उपन्यासको केन्द्रमा रहेको छ ।

नारायण ढकालको कृतिहरुमा ठाउँ विशेष र सोही अनुकुल विविध चरित्रका पात्र चित्रण पाइन्छ जस्तै कागतीर्थ/ हरिहरतीर्थ र देवेन्द्र , डढे साँढे, गाउँका प्रधानपञ्चजस्ता पात्र , दुःखपुर गाउँ र पण्डित बालकृष्ण , अश्विनीजस्ता पात्र आदि । यस उपन्यासमा पनि तीर्थस्थल भन्ने ठाउँ र विभिन्न चरित्रका पात्रहरुको चित्रण छ । दु:खपुर , कागतीर्थजस्ता ठाउँको नाम र चरित्रमा समन्वय थियो भने तीर्थस्थल भनेर चित्रित स्थान नाम र विशेषतामा समन्वय देखिदैन जसले गर्दा setting का मार्फत पनि लेखकले प्रतीकात्मक रुपमा title justify गर्न खोजेका छन् । वैचारिक क्षयको चित्रण गर्दै राजनीतिक घराशयीताले निम्त्याएको विचलन विविध पात्रको मनोविज्ञानबाट देखाउॅंदै विचारप्रधान शैलीकासाथ कथानक अगाडि बढ्छ ।

प्रतीक , व्यङ्ग्य , यथार्थ र दर्शनको संयोजन गर्दै तत्कालीन समयको राजनीतिक चित्रण र प्रगतिवादी स्वर र विद्रोह प्रसतुत गरेका छन् । राजनीतिक घटनाक्रम, विकृति–विसङ्गति, सामाजिक संरचना र समाजका पीडा, गरिबी, अचेतना, महिला तथा युवा वर्गका विवशतालाई सरलता , भाषिक मिठास र सशक्त वैचारिकताका साथ पीत संवादमा प्रस्तुत गरेका छन् ।
Displaying 1 of 1 review