Jump to ratings and reviews
Rate this book

पीत संवाद [Pit Samvad]

Rate this book

99 pages, Paperback

3 people want to read

About the author

Narayan Dhakal

15 books14 followers
नारायण ढकाल(२०१०) बाग्मती, काठमाडौँ,मूलपानी गा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उपन्यास ऐतिहासिका विषयबस्तु अ“गालेर लेखिएको उपन्यास हो । यस उपन्यासमा समाज सुधारका लागि विभिन्न पात्रहरूले सङ्घर्ष गरिरहेका छन् । पं. बालकृष्ण, दमयन्ती, मन्नोनरी साम्बे सार्कीजस्ता पात्रहरू आजसम्म पनि छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह गरि रहेका छन् तर पनि समाज सुध्रिन सकेको छैन । वर्गीय दृष्टिकोणबाट उपन्यास माक्र्सवादी कित्तामा दरिएको छ । महिला र पुरुषको हकमा देखिएको विभेदता उपन्यासमा छर्लङ्ग पारिएको छ यिनै अव्यवस्थित समाज र त्यहा“का पात्रहरूको इतिवृत्तान्त उपन्यासले प्रस्तुत गरेको छ ।

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
1 (100%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
No one has reviewed this book yet.

Can't find what you're looking for?

Get help and learn more about the design.