Babu Aama ra Chora is famous Nepali Novel of the contemporary literature and this novel is about the three characters, father Mother and Son. The story has twist, and the novel gets hair pin turn and circulates on the family.
Bishweshwar Prasad Koirala (Nepali: विश्वेश्वरप्रसाद कोइराला) was born in Varanasi to father Krishna Prasad Koirala, was one of the greatest Nepali political and literary figure. He was the Prime Minister of Nepal from 1959 to 1960 and also the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.
While Koirala is considered one of the most charismatic political leader of Nepal, he was also one of the most well-read and thoughtful writers of Nepalese literature. He wrote short stories and novels, and some poems. Koirala began writing short stories in Hindi. His first stories were published in Banaras in Hansa, a Hindi literary magazine edited by Prem Chand (India's Tolstoy). His first Nepali short story "Chandrabadan" was published in Sharada (a Nepali literary magazine) in 1935. Koirala was very good at depicting the character and mind of women. Four other stories of Koirala were included in Katha Kusum (an anthology of Nepali stories), published in 1938 in Darjeeling. As a social realist, with good psychological insight, Koirala had established himself as one of the most important Nepali short story writers of Nepal.
The second book of BP Koirala I read this month. Another beautiful story of love, sexuality, and moral dilemma imposed by society.
A girl doesn't have the right to choose her life partner. A boy returns back to feel the absence of her lover from his city. A husband who marries after the death of her first wife because he has to, the society tells him to do so, even his beloved wife who passed away and that's 'manhood'.
Not putting any spoilers here, the story is an explanatory thought of the husband and the girl. In between their monologue, we understand what they have been through and why and it boils down to the fundamental thing-our society. They have lives that have been imposed upon them but like most of the people in the world, they learn to live and even fall in love with how things are. But what about the love that was snatched from them either by death or by family? Where does it reside?
Some people complain about the ending of the novel but for me, it's perfect the way it is. What could possibly BP Koirala pen down the ending of the story as? There can be no end to such tales.
If there could be the missing end of story then it was all 5 stars. I think the writer left the end to readers because of the then society. The father the mother and the son may have a triangular relation. The mother kanxi could be the boy's girl friend in banaras. It could be or it is a hard thing to understand or think if its the same girl. Stories or twist like this might have happened in real at that time because of the culture and social rules of that time.so the writer must have not wanted to create such confusing unacceptable mess.so the story is left uncomplete.
प्रेमको अधिकार ग्रहण थिएन भने के त्यसको माग पनि थिएन ?
मानवनियतिको प्रबलतम नमुना र कठोर दण्डको कलात्मक अभिव्यक्ति कोइरालाको पछिल्लो उपन्यास बाबु, आमा र छोरा हो । यस उपन्यासमा चिन्तनमूलक, तर्कपूर्ण र संस्मरणात्मक अभिव्यक्तिद्वारा नियतिको सिकार नायिकाको उमेरका तीन मनोदशाको अध्ययन गरिएको छ । उपन्यासकी मूल पात्र उमा नियति (भाग्य ?) को निर्देशनमा तीनवटा निर्णय लिन बाध्य छे । यही विषयवस्तुका आधारमा उपन्यासकारले उपन्यासको नाम ‘त्रिभङ्गा उमा’ रहेको जानकारी पनि भूमिकामा गराएका थिए तर मरणोपरान्त प्रकाशित हुँदा बाबु, आमा र छोराका नामले प्रकाशित भएको बुझिन्छ । यस उपन्यासमा पहिले उमाले बनारसमा सँगै पढ्ने समवयी केटो शिवप्रसादसँग प्रेमविवाह गर्ने निर्णय लिन्छे र गर्भधारण गर्छे । त्यसपछि विधुर ४५ वर्षीय प्रौढ बस्नेत (शिवप्रसादको बाबु) सँग उसको विवाह हुन्छ र ऊ पुत्रवती हुन्छे । अन्तमा छोराका रूपमा शिवप्रसादसँग उमाको भेट हुन्छ ।
प्रस्तुत उपन्यासमा उमाले जीवनमा भोग्न बाध्य हुनुपरेका प्रेमिका, भार्या र माताका मोडहरूलाई उसका स्वेच्छिक चाहनाका परिणति नमानेर नियतिका कठोर निर्देशन ठान्नुपर्छ किनभने नियतिले लखेटेको मानिस जीवनमा आइपर्ने सुखद दुःखद भङ्गिमाहरूलाई स्वीकार गर्न विवश हुन्छ उमाजस्तै । तसर्थ बाबु, आमा र छोरा उपन्यास कोइरालाको नियतिवादी जीवनदृष्टिलाई कलात्मक सङ्गम प्रदान गर्न सफल भएको छ ।
प्रेम यथेष्ट हुँदो रहेनछ जीवनमा । मानवसम्बन्धलाई केवल प्रेमको भावनाले मात्र सहज र प्राकृतिक बनाउन सक्दो रहेनछ कि क्या हो। प्रेम नभएको सम्बन्धको सलाई जीवनमा अनुभव भएन, त्यसो हुनाले त्यस्तो प्रेमविहीन जीवनको कुरामा म केही भन्न सक्दिनँ, तर यस कुराको त मलाई अनुभव भयो कि प्रेम यथेष्ट हुँदैन । प्रेमको अपर्याप्ततालाई म राम्ररी बुझ्न थालिरहेको छु । यसको खोक्रोपन । ४५ वर्षको उमेरको मेरो अनुभवको सार यही हो। एउटा उदासीपनले मलाई घेर्छ, जब म सोच्छु कि जीवनपर्यन्त प्रेम दिएर र स्वयम् पनि प्रेमलाई पाएर मैले अन्तमा पाएको तत्त्व हो- खोक्रोपन । कहिलेकहिले लाग्छ, सायद मेरा त्यस्ता विचार मेरो उमेरको परिणाम हो । सक्रिय जीवनको समाप्तिपछि- हो, अहिले म त्यस आयुमा पुगिसकेको छैन जस कारण म आफूलाई बूढो भन्न थालेँ, शारीरिक र सामाजिक उत्तरदायित्वको सक्रिय पूर्तिमा मैले अझै आफूलाई शिथिल पाएको छैन, तर यौवन ममा छैन । जीवनमा एक- दुई कदम चालेपछि वृद्धको श्रेणीमा परिहाल्छु… त्यसो हुनाले होला मेरो उमेरको परिणाम कि उदासीले मन सधैं ढाकिया हुन्छ । या दोस्रो बिहाको परिणाम हो, मेरो मनको उदासी । मेरो छिप्पिएको उमेरको कुरालाई त्यसैले बारम्बार सम्झाइरहन्छ । जुन दिन मैले कान्छीलाई अँगालेँ, त्यसको कोमल शरीरको स्पर्श हुनेबित्तिकै मलाई लाग्यो, म छिप्पिएछु । शय्याउपर उसको कलकलाउँदो शरीर जसको तन्किएको पुष्टतामा टल्किने त्वचासँग मेरो शरीरको त्वचा दाँजिन पुग्दा हामी दम्पतीको उमेरको फरक त्यसै स्पष्ट हुन्थ्यो । ऊ २०-२१ वर्षकी थिई । त्यसो त पुरुषको शरीरमा कहिल्यै पनि त्यस्तो कोमलता आउँदैन जस्तो कि स्त्रीको शरीरमा । जे होस्, मैले मध्यरातमा उसलाई रोएको बुझेर सोधें “कान्छी, म बूढोले तिमीलाई बिहा गरेर तिम्रा प्रति अन्याय गरेँ क्यार ?”
“प्रेम अमर कुरा हो, त्यसको एक चोटिको अनुभवले सदासदाका लागि रस बर्साइरहन्छ । हामीले त झन् अमर स्मारक नै खडा गरिदिएका छौं ।”
प्रेम जीवनमा अपर्याप्त हुँदो रहेछ । अपर्याप्त यस अर्थमा कि यसले जीवनको कुन्नि कस्तो खाल्डो हो पुर्न सक्दो रहेनछ, जतिसुकै प्रेमले ओतप्रोत भएको त्यो जीवन किन नहोस् ।
जीवनमा प्रेमको अनुभवको कुरा उसलाई पनि गर्नु छ । उसलाई पनि भन्नु छ कि प्रेमलाई सम्पूर्ण रूपले पाएर पनि त्यसको पर्याप्तता पाइँदैन- प्रेमको आफ्नो बनोटले गर्दा त्यसो भएको होइन । जीवनको बनोटमा प्रेम स्वयम्सिद्ध हुँदैन । जीवनले यौटा श्राप बोकी हिँडेको हुन्छ मृत्युको । प्रेम पनि, त्यसैले अमरसुख हुन सक्दैन । जीवनको श्रापले, | बिरुवालाई कीराले जस्तै भित्रभित्रै काटिसकेको हुन्छ । नत्र किन उमाको प्रेम त्यस्तरी एक चोटि पाएर पनि फेरि पाउने स्थितिमा रहेन ?
ऊ भन्थी- “मेरो प्रेम र सुखको अनुभव नै सायद उदास पार्ने खालको छ । नारीको प्रेम रचनात्मक भएको त्यस्तो स्वभावमा अपेक्षाकृत गम्भीरता रहन्छ कि क्या हो । आखिर रचनाको प्रक्रिया सन्तोषको भए तापनि त्यसमा श्रान्तता र उदासी रहँदैन ?”
नारी सृष्टि हो भाग्यको नियतिको अधीन, एउटा सृष्ट जीव । पुरुष- त्यस्तो सम्पूर्ण भावले नियतिको अधीन हुन्छ कि हुन्न, त्यो मलाई थाहा छैन । हाम्रो सृष्टि नै जुन रूपबाट भएको छ- पात्रको रूपमा- त्यसमा सक्रियता सम्भव छैन । त्यसैले होला शरीर र मन दुवैबाट हामी कोमल, नरम छौं, लल्याकलुलुक पर्ने जीव । तर दृढता हाम्रो स्वभाव होइन, जिद्दी हुन सक्लाऊँ, हठ पनि गरौंला, तर दृढता- अहँ त्यो नारीले पाइन, यदि म पुरुष भएकी भए ! कुन्नि, के म केवल हतबुद्धि भएर व्यग्र मात्रै भइरहन्थे र ?
जीवनमा पराभूत भएपछि हृदयको निर्जनतामा उठिरहने तर्कहरू- किन यसो गरिनँ, किन उसो गरिनँ- आगो मरिसकेको त्यस्तो चिसो खरानी हो जसलाई म बसीबसी उल्टीपाल्टी गरिरहन्थे यो जानेर पनि कि तत्त्वहीन थुप्रो हो त्यो जसमा अब आगोको सानो फिलिङ्गो पनि बाँकी छैन । यस्ता तर्कनाहरू आइरहन्छन् मनमा तर कहिले पनि विश्वास गराउँदैनन्- तर्कको प्रमाणले विश्वास हुँदैन । लाग्छ, म अरू केही गर्न सक्दिनथें जे गरेँ त्योभन्दा अतिरिक्त ।
आँखामा जाली लागेको जस्तो- एकनासको अँध्यारोले छोपेको जस्तो जगत्, | भित्र मनमा पनि – चेतनाको आकाशमा त्यही कालो धमिलो बादल टम्म छाएको- प्रत्येक क्षणको योगपछि त्यसको ध्वाँसिएको अनुभव भएको जस्तो, कालो छानामा | झुन्ड्याइएका सुकुटीका साँप्राजस्ता प्रत्येक क्षण, प्रत्येक अनुभव, प्रत्येक घटना मेरो जीवनको धुकधुकी पनि एउटा कालिमामय शून्यतामा चुर्लुम्म भएको ।
यता केही दिनदेखि मलाई लाग्दै आएको थियो- मेरो विरोध पनि त एक प्रकारको भावुकता हो । भावुकता मैले बुऊदै आउन थालेकी थिएँ कि कस्तो छिपछिपे हुन्छ । आँसु कस्तो निष्फल; पीडा नै कस्तो निष्प्रयोजन । जीवनको यात्रामा केही काम आउँदो रहेनछ, केवल समयले लाइदिने गरेको मलमबाहेक, त्यसको मृदुताबाहेक । दर्शनको निरर्थकता, सङ्गीत, कविता, कला, धर्म- त्यो त पराजित व्यक्तिको ऊहापोह मात्र हो । तमाम कुरा निष्प्रयोजन रहेछन् । होला, जीवनलाई रङ्गिन तुल्याउँदैनन् तिनले तर तिनबाट जीवनलाई पोषण प्राप्त हुँदो रहेनछ, ती त्यस्ता भोज्य पदार्थ होइनन्, जसबाट प्राण धान्न सकियोस् । काल मात्र ठूलो ओखती रहेछ ।
मेरो जीवनको शून्यसँग टाँसिएको अर्को शून्य पनि रहेछ । तर जुन कुराको अनुभव मलाई यस अर्धवयस्कमा हुन थालेको छ त्यो हो प्रेमको निस्सारता… । प्रेमले जीवनका कमजोरीहरू, बाधा, विग्रह र चोटहरूलाई निको पार्न सक्दैन रहेछ ।… कि प्रेमको अभावको अनुभव हो ? कि उमा, यो मेरो उदासी मेरो उमेरको असर हो ।
भन्छन्, जीवन अज्ञानमा भोगिंदै जान्छ; भोगका क्षण बित्दै गएपछि तिनको सम्झनामा भोगको ज्ञान हुँदै जान्छ । अनुभव अज्ञानमा प्राप्त हुन्छ, ज्ञान अनुभवको समाप्तिपछि ।
प्रेम के हो ? जीवनपर्यन्त प्रेम- त्यसको चरम प्राप्ति र त्यसको निःशेष शून्यताको अनुभव गर्दागर्दै पनि मेरो मनमा यो प्रश्न उठिरहन्छ- प्रेम के हो ? यस्तै गन्थन लेखेर म आजकाल दिन बिताउँछु- यसो हेरेर ल्याउँदा मेरो जीवन नै सानासाना दैनिक चर्याको एउटा गुजुल्टो रहेछ । घटनाको यसमा कम छैन- घटना नै घटेन यसमा; केवल दैनिक चर्याले सानो स्पन्दन जगाइराख्यो मेरो जीवनमा । सायद प्रत्येक नारीको यस्तै जीवन हुन्छ । प्राय: पुरुषको पनि त यथार्थ जीवन दैनिक चर्याकै क्रम हो; बहादुरीका कुरा, कलाका प्रेरणा, साहस, बलिदान या त्यस्तै घोर स्वार्थ र कायरताका उल्लेखनीय कार्यकलापले कतिको जीवनलाई भन्थ्यो होला र ? वास्तवमा मानिस दैनिकताको होचो आकाशतलको सास फेर्ने प्राणी हो र आफ्नै अनुभवले अर्काको जीवनलाई आँक्छ । यदि कसैले आफ्नो जीवनलाई यसरी नै केलाएर बस्यो भने उसलाई पनि मेरै जस्तो अनुभव हुनेछ कि वास्तवमा ऊ बाँचिरहेको रहेछ जीवनका सानासाना दैनिक घटनामा । नाटकका सिन त उसको आत्माको रंगमन्चमा उधिरहन्छन्- घटना केही घट्छ भने त्यहीँ घट्छ ।
आखिर मेरो बाइस वर्षको जीवनकालको सोझो रेखामा गोडा चालेर हिँड्यो । माथि आकाशमा देउताले हेर्दा मेरो जीवनको यो यात्रा त्यही कालको सोझो पटरीमा चलेको लाग्दो हो- देउताले मात्र के, मानिसलाई पनि मेरो यात्रा समयको सतहमा बग्दै हिँडेको लाग्दो हो, रेखाको दुई आयात मात्र लाग्दो हो मेरो जीवन । तर मेरो जीवन त कालको त्यस्तो नाम मात्र होइन- मुख्य कुरा त त्यसमा मेरा अनुभवहरू हुन्, जो अहिले स्मृतिको रूपमा ममा अटीनअटी खाँदाखाँद गरेर बसेका छन् । तिनले मेरो कालयात्राको पदचिह्नको बीस वर्ष लामो रेखा खजमज्याइदिएका छन्- कालका उपर सवार भएर । कालशृङ्खला टुट्न गएको छ, त्यस कारण स्मृतिहरूको प्रभुत्व व्यञ्जक दाबी छ- काल केही होइन; जो जे छ हामी मात्र छौं जीवनमा । यी सब कुरा त म मान्दछु र त्यसैले त अघिदेखि भनिरहेकी छु बाइस वर्षको उमेरमै कालले भर्खरै उकालेको यौवनमा म बूढी भइसकेकी छु – इतिहासको ध्वंसावशेषको गह्वरभित्र टिकिरहेको प्राचीन प्राणी । म पनि त स्मृतिलाई नै महत्त्व दिएर तिनको विवेचना गर्न बसिरहेकी छु- दिनहुँ दिउँसोको एकान्तमा बार्दलीमा आएर ।
A very powerful writing from Bishweshowr P. Koirala. Book reflects an in-depth perception of a father, son, mother, step-mother, and wife. I especially enjoyed reading the mother's perception - a thought very different and intriguing than what can be seen in today's Nepalese society.
BP koirala is Genius.... his physiological and Sexual way of writting is Atmost Perfect ...This book beautifully portrays the Character in sexual and psychobabble way..and the incomplete ending let us think to ourselves... what Might have happened next?
“बाबु, आमा र छोरा” विश्वेश्वरप्रसाद कोइरालाको कथा पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर मनोवैज्ञानिक गहिराइ प्रकट गर्ने उत्कृष्ट रचना हो। तर यो कथा केवल प्रेम, माया र दायित्वको रोमान्टिक प्रस्तुति मात्र होइन, परिवारभित्र लुकेका अपेक्षा, असमानता र टकरावलाई पनि उजागर गर्दछ। बाबु, आमा र छोराको सम्बन्धलाई लेखकले केवल भावनात्मक वा जैविक दृष्टिले होइन, सामाजिक मूल्य, संस्कार र मानसिक द्वन्द्वसँग गाँसेर देखाएका छन्। यसले परम्परागत सोच र आधुनिक चेतनाबीचको द्वन्द्वलाई जीवन्त बनाउँछ। आलोचनात्मक दृष्टिले हेर्दा, कथामा परिवारलाई मानव जीवनको केन्द्र मानिए पनि त्यसकै कारण पात्रहरू व्यक्तिगत स्वतन्त्रता र आकांक्षाभन्दा बढी दायित्वमा बाँधिएका देखिन्छन्। बाबुको अधिकार, आमाको सहनशीलता र छोराको आकांक्षाबीच सन्तुलन मिलाउन खोज्दा भावनात्मक असन्तोष र निराशा प्रकट हुन्छ। यसले नेपाली समाजमा परिवारलाई पवित्र संस्थाको रूपमा महिमा गरिएको भए पनि, त्यही संरचनाभित्र दबिएका भावनात्मक पीडा, लुकाइएका चाहना र अधूरा स्वप्नलाई पनि प्रकट गर्दछ। यस अर्थमा कथा पारिवारिक सम्बन्धको सौन्दर्य मात्र होइन, त्यसमा निहित द्वन्द्व र विसंगतिलाई समेत उजागर गर्ने गहिरो मनोवैज्ञानिक र सामाजिक दस्तावेज हो।
B. P. Koirala is a master of psychological stories. This novella is a psychological monologue featuring two people: a middle-aged man who remarries after the death of his first wife, and the woman he marries. The story has a twist that keeps you engaged until the end. It might seem a bit incomplete, but I believe the author left some details for us to imagine ourselves. The novella explores a deep analysis of love, sex, and compromise from the perspective of both the husband and wife. In short, it's a very good novella; concise yet engaging.
विश्वेश्वरप्रसाद कोईरालाको पहिलो उपन्यास पढियो । लागिरहेको थिएन कि एक राजनीति गर्ने मानिसले यतिसम्मको साहित्यिक रचना निर्णाण गर्छ भनेर तर यथार्थ त्यस्तै बनाईदिए। किताब पढ्दै जाँदा छोराको प्रखाई गरिरहेको मन किताब सकिदाँ पनि छोरा शीर्षक आउन सकेन सायद त्यतिबेलाको सामाजिक र राजनीति अवस्था पनि त्यस्तै थियो! यदि छोराको कहानी आएको भए समाजमा विश्वेश्वरप्रसादको सामाजिक प्रतिष्ठामा आँच पुर्याएको भनेर दोषी देखाउने सम्मको काम हुन्थ्यो! जुन अहिलेका रचनाकारहरुले पनि मनन गर्नुपर्ने बिषय छ।
This entire review has been hidden because of spoilers.
यो किताब साहित्य नभएर सायद कुनै काल्पनिक घटनाको सामान्य वृत्तान्त मात्र हुन्थ्यो यदि एती मिठो गरी नलेखिएको भए। विशेष गरी अन्त्य अन्त्य जस्तो नहुनुले केही रिक्तता छोडेको छ... तर पनि सबै कुरा थाहा हुँदा हुँदै पनि अन्त्य सम्म पठन योग्य हुनु ले नै सायद यो किताब यति चर्चित छ। वि पि का साहित्य मन पराउनेले पढ्नै पर्ने किताब रहेछ यो।
Depiction of the then society. Apart from his extraordinary political career what a writer he has been especially in terms of love, lust, sexuality, and spiritualism. A must read.........................................
I can't help but feel bad for the aama character. I remember reading this book young, and retelling my non-reader college roommates. I used to retell all his novels and they enjoyed hearing rather than reading. And I loved telling stories. Win-Win
Typical BP. Psychology of human relationships, sexual as well as spiritual. Interesting story of father and son ending up loving the same woman. But the end was not conclusive. It was abrupt.
बाबु, आमा र छोरा [Babu, Aama ra Chora] 2049 B.S(1989) Novel Nepali B.P Koirala 71 Pages
BP Koirala depicts the relationship of the three characters by name: father, mother and son. The novel depicts the psychological and sexual psychoanalysis of all three characters. In this novel, there is the operation of sexual problems along with the triangularity of love.
Writer BP Koirala has conveyed through this novel that a person's oppressed feelings, desires, emotions and passions should be allowed to make independent self-decisions.
This is one of the self-explanatory book describing the relation of love in the prospect of each character (Babu, Ama and Chora). BP koirala as one of the great writer successfully presented the story which end with a message to continue the end by the reader itself. He worked on sex-psychology and presented the different views on same matter according to his character.
Just this excellent book and you just so much go into the character but is sooooo disappointed by the thought of incompleteness of the book that i have the love hate situation with the book...