स्व उपन्यासमा वर्तमान मान्छेभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तर्द्वन्द्वका एक र अनेक कथाहरू छन् । आफू आफैँसँग नहुँदा र आफू आफूजस्तो नहुँदाका घटना र दुर्घटनाहरू छन् ।
मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैलाई खोजिरहँदाका आरोह-अवरोहहरूले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ । उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै होइन, अस्तित्व खोजको नायकको रूपमा पाउनेछन् ।
सरल भाषा-शैली र जादुयी शिल्पसहितको लेखनीमा उपन्यासकार सरस्वती प्रतीक्षा प्रश्न गर्छिन्- “के तपाईंले 'स्व' भेटनुभयो?"
यदि तपाईं पहिलो पटक स्वो पढ्दै हुनुहुन्छ भने सायद त्यति धेरै निराश नहुनुहोला। तर सरस्वती प्रतीक्षा लाई पछ्याउँदै पढ्दै हुनुहुन्छ भने पक्कै पनि निराश बन्नुहुनेछ। नथिया पढ्दा नै म उहाँको प्रशंसक बनेको थिएँ त्यति सशक्त र प्रभावशाली कृति पछि त्यही स्तरको अनुभव पाउँछु भन्ने अपेक्षा थियो। तर यो पुस्तक....................................................?
अन्त्यमा भने प्रश्न यही रह्यो—“के तपाईंले ‘स्व’ भेट्नुभयो?” मेरो हकमा, त्यो खोज अधूरै नै रह्यो।
I was decided halfway already to give this book 2 star rating and after ending it felt like giving 1. But then who am I to give it? I am not an avid reader. I started reading in 2024 November, after realizing I had not even read 10 books till my life. So, I have not read different types of writings give this kind of review. However, I really want to document how I felt and keep it for future reference.
I read this book with the view to explore my Nepali readings. It has been limited to Buddhisagar only for Novel. Honestly, if I had not read this book in Dashain break, along with The Stationary Shop and The Vegetarian, I would have taken much more time to complete or infact not complete this book.
I didnot feel like this book was a novel. It was more of a half written incomplete essays of multiple topics and the second half of the book was more on short stories with mix of essays. The character introduced just felt like, they were there to summarise the events or guide reader on how to read it. It just didnot made sense. It all all over the place. The superficial over explanation of theories, using terminologies of science, Buddhishm and Spirituality like a 'chiya guff' and more on preaching manner was just not needed. It neither added the depth to the characters nor moved the story. It was just become a means to express the half though out, incomplete ideas of the writer. It honestly felt like reading through own random musings. Just bulk of half cooked ideas here and there. It was abrutly ended either through conversation or dismissing by another character or moving to another topic. So, whatever the subject matter it raised, it just was incomplete. The ideas were incomplete and the cohesion to the main story was major lacking.
The only good part was the writer's thought process that they had written before starting the ramblings. How they had mentioned this story was with them for years and needed the emotion to drive it, as the soul. How the loss that she felt during COVID times sped up her writing process. I was really looking forward to write it through this context. But, I did not feel any hint of it. Maybe, if the writer was honest and made it as a essay book or short stories book, it might have given some justice.
के तिमीले आफ्नो नश्वरता विचार गरेका छौ ? सुदूर ब्रह्माण्डका आकाशगङ्गाका मृत्युहरूबारे तिमीले कहिल्यै सोचेका छौ ? के तिमीले म्याथ्यु रिकालाई पढेका छौ ? जीवनलाई रसपूर्ण रूपमा बाँच्ने तिम्रो कुनै संभावना छ ? के तिमी डेड पोएट सोसाइटीको जोन किटिङ बन्न सक्छौ? के तिमी हारुकी मुराकामीका शब्दका तलाउमा जलविहार गर्न सक्छौ ? तिम्रा बँगैचामा कत्तिको हरियाली छ ? तिम्रा जीवनमा यस्तै बाहेक कुनै सम्झनयोग्य सम्झनाहरू छैनन् ? के तिमी दुख्दा पनि सचेत भएर दुख्ने अभ्यास गर्न सक्छौ? तिमी जीवनवादी हौ कि मृत्युवादी हौ ? तिमी भौतिक र पराभौतिकमा समन्वय गर्न सक्छौ? आदर्शको प्रथम आसनमा बस्ने नै आडम्बरको अन्तिम आसनमा पनि बसेको हुन्छ भन्ने कुरालाई ख्याल राख । अतिवादी नबन । मध्यम मार्ग अबलम्बन गर । चेतन र अवचेतन रूपी जाँताका दुई ढुङ्गाहरूमा राम्रोसँग पिसिए पछि बल्ल तिमी मसिनो र मृदु हुनेछौ । साधारणभन्दा साधारण सबाल्टर्न मानिसको जीवनमा पनि असाधारण जीवन दर्शन लुकेको हुन्छ । क्वान्टम इन्ट्याङ्गलमेन्ट र नन लोकल कोरिलेशनको रहस्य बुझ्न प्रयास गर । पुस्तकमा इन्ट्यान्गल्डमेन्ट किन छ भनेर किचकिच नगर । कथालाई फ्रेटागको सूत्र प्रयोग गरेर पाँच भागमा भाँचेर बुझ । अनगिन्ती टुक्रामा टुक्र्याएर कुहिराको काग नबन । स्वयंको नगिच जाऊ र चुपचाप बस । यी सबै कुरा जान्न पढ्नु पर्ने सरस्वती प्रतीक्षाको पुस्तक #स्व-बारे पुराना मित्रहरू भाषिक र प्रेमिककाे संवाद पढ्न तलकाे लिङ्कमा जानुहाेस् । https://www.shivasankalpa.com/2024/06...