What do you think?

मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान [Mukam Ranamaidan : Nepal- Angrej Yudhhako Bakhan]
देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् ।
यस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता भएका छन् । अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन् । थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका छन् ।
यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।

285 pages, Paperback
Published November 25, 2023
About the author
Mohan Mainali
7 books8 followersMohan Mainali (Nepali: मोहन मैनाली) is a freelance journalist based in Kathmandu, Nepal and specializes in Nepal Rural Development, Peace and Conflict studies.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 6 of 6 reviews
July 15, 2025
We are used to reading history from the perspectives and analysis for historians. This one is different, it gives the actual synthesis of the Anglo-Nepal war from the accounts and the archives.
Absolute Masterpiece! Amazingly collated
Absolute Masterpiece! Amazingly collated
September 25, 2024
ऐतिहासिक दस्ताबेजहरुको राम्रो अध्ययन गरेर लेखिएको किताब 'मुकाम रणमैदान' पढेपछि मैले इतिहास जति सुनेको/पढेको थिएँ ति मध्य केहिमा प्रष्टता आएको छ भने केहि माथी प्रश्न खडा भएको छ। हाम्रो इतिहासमा दर्शाउने भन्दा पनि प्रष्ट्याउने कुरा धेरै थिए, अध्ययन गरेका दस्तावेजहरुको पनि विवरण प्रशस्तै छन्, यतिका अध्ययन गरेर हाम्रो इतिहासको यथार्थ लेखिदिनु भएकोमा धन्यबाद लेखक मोहन मैनाली ।
June 5, 2025
सैनिक इतिहासको एक महत्वपूर्ण कालखण्डलाई, प्राप्त भएका तात्कालिक चिठीहरु र बर्तमानमा विभिन्न इतिहाविदहरुद्वारा तयार गरिएका तथ्यगत लेखहरुद्वारा, पुस्ट्याइँ सहित रचना गरिएको यस उपन्यासले यस अघि अङ्ग्रेज-नेपाल युद्ध सम्बन्धि पढिआएको/सुनिआएको घटनाहरूलाई तथ्यपरक तवरले पेश गरेको छ।
नेपाल राज्यको विस्तारक्रम कहाँ र कुन समयबाट रोकियो र यस पश्चात नेपाल कसरी खुम्चन बाध्य भयो भन्ने प्रश्नको उत्तर यस उपन्यासमा छ।
महाकाली पश्चिमका भुभागमा नेपाली वीरहरुले लडेको इतिहास पढ्दा छाती ढक्क फुलेर आउँछ। र पुस्तक पढ्दै गर्दा केही मोडमा नेपाली शाषक तथा लडाईँमा स्थान विशेषमा खटिएका नेपाली कमाण्डरहरुले तेसो नगरिकन येसो गरिदिएका भए हाम्रो भु-भाग हार्नु पर्ने थिएन की भन्ने पनि लाग्दछ। तर जे होस् इतिहासलाई सम्झेर वर्तमानमा थकथकाएर बस्नु पनि उचित नहोला।
पुस्तक लेखक मोहन मैनाली ज्यूलाई यति मिहिनेत गरेर यतिको पुस्तक हामी जस्ता पाठक माझ ल्याइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद।

April 14, 2025
यो किताब लेख्न लेखकले निकै मेहेनत गरेका छन्। यो यस्तो किताब हो जुन नपढ्ने हो भने पनि सङ्ग्रह गरेर राख्नै पर्ने खालको किताब हो। यसमा त्यो बेला विभिन्न ठाउँमा भएको अंग्रेज र नेपाली बीचमा भएको युद्धको बखान गरिएको छ। यो पुस्तक एउटा यस्तो ऐतिहासिक दस्तावेज हो, जुन हामीले अहिले सम्म पढेका थिएनौं। लेखकले हरेक घटनाको रिफरेन्स दिएर लेखेकोले यो पुस्तक अझ अथेन्टिक बनेको छ।
यो पुस्तक हरेक नेपालीले पढ्नु पर्ने, सङ्ग्रह गर्नु पर्ने खालको छ।
यो पुस्तक हरेक नेपालीले पढ्नु पर्ने, सङ्ग्रह गर्नु पर्ने खालको छ।
January 12, 2025
An important book for understanding Nepal’s history.
July 11, 2025
Great insight
Displaying 1 - 6 of 6 reviews