Krishna Dharabasi (born in 1960) in Panchthar, Nepal is an award-winning Nepali writer and a literary critic. Dharabasi won Madan Puraskar, Nepal’s most popular literary prize, in 2005 for his bestselling novel Radha. Krishna Dharabasi moved to the United States in 2012 with his family and is said to be working on an upcoming literary project, a novel.
हाम्रो समाज र संस्कृतिमा थरि-थरिका कुरीति र अन्धबिश्वाशहरु छन् जसलाई तोडेर अगि बढ्ने हाम्रो कर्तब्य र जिम्मेवारी हो । ती अन्धविश्वासहरू मध्ये एक थियो सती प्रथा, जहाँ भर्खरै विधवा महिलाहरुलाई उनीहरूको मृत पतिसँगै जिउँदै जलाइने गरिन्थ्यो। यो पुस्तकले कृष्ण धरावासीको सुन्दर शब्दहरुमा त्यै अन्धविश्वासको कडा आलोचना र खण्डन गरेको छ। सो कथामा रहेका पात्रहरुलाई मात्र नभएर वास्तविक जीवनका पीडित महिलाहरुको लागि पनि यो पुस्तकले अवाज उठाउन सफल रहेको छ।
म जाजरकोट फिल्डका लागि गएको थिएँ | त्यतिबेला बाटो कटाउन हामीले आ-आफुले सुनेका कथा भन्दै थियौ | एकजना जाजरकोटको स्थानीय बासिन्दाले झोलाको कथा सुनाए | उनलाइ लेखकको नाम थाहा थिएन | उनलाई त झोला शिर्षकको कथा भन्ने पनि थाहा थिएन | यसरी झोला कथा लोक कथा भइसकेको छ | लोकले सुनाउने कथा | यसरी झोला कथाले जीवन्तता पाएको छ |
'झोला' कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।
पहिलो कथा 'झोला' सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा 'श्रुति संवेग'मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि 'झोला' नै हो ।
'ठेकुवाकी आमा' पनि मन परेको अर्को कथा हो । ठेकुवाकी आमाले ठेकुवा (छोरा) लिएर राजेन्द्र साहुसँग पोइल गएपछि कथा सुरु भएको छ । उसको विगत बुझेपछि उसले लिएको कदम ठीकै लाग्छ । तर पछि उसले गरेको गल्तीले ल्याएको वियोगान्तले रुवायो ।
'ती दिन कहिले आउलान ?' लेखनको दृष्टिकोणले अनौठो छ । यस्तो किसिमको कथा पहिले पढेको थिइनँ । पात्रहरूको नाम नदिई संवाद मात्रै दिइएकोछ । कसले बोलेको भन्ने बुझ्न चाहिँ बुलेट पोइन्ट हेर्नुपर्ने हुन्छ । कुनै आन्दोलन या द्वन्द्वकालको अवस्था छ भन्ने बुझिन्छ यो कथाका संवादमा तर पात्रहरूसँग कनेक्सन नभएकाले खासै मन परेन ।
चौथो कथा 'उनीहरूले कहिले गीत गाए?' म पात्रले सानैमा गरेको सोही प्रश्न र उमेर ढल्किएपछि पाएको प्रश्नमा केन्द्रित छ । यसले सामान्य कुरा देखाएर गहिरो भाव बोकेको छ । अर्को कथा 'साँघु काट्नु'ले क्रान्तिकारीहरूले साँघु (पुल) काटेको कुरालाई एउटा बच्चा ले कसरी बुझ्छ भन्ने कुरा देखाइएको छ ।
'भो छाड्नुस् ती पुराना कुरा'ले एउटी महिलाका निर्णयहरू प्रस्तुत गरेको छ । यद्यपि पात्रहरूको विकास राम्ररी गरिएको छैन । घटनाहरू कथाकै लागि मात्र भएजस्ता लाग्छन् ।
'इस्कुस' कथाले अनौठो यौन मनोविज्ञान समेटेको छ । बिहे गरेको छ महिनापछि श्रीमतीसँग भेट्न हिंडेको 'म' पात्रले इस्कुसलाई 'विशेष' देखेको कुराले हास्या सिर्जना गरेको छ । 'विश्वास' कथाले भने वर्षौंदेखि सँगै रहेका जोडीले पनि कसरी एकअर्कालाई शंका गर्न सक्छन् भन्ने देखाएको छ । यो कथामा शंकाले लंका जलाउँदैन । यो कुरा मनपर्यो ।
जातीय भेदभाव सानै उमेरदेखि कसरी सुरु हुन सक्छ भन्ने कथा हो 'एउटा सानो केटो' । 'म' पात्रले एउटा ब्राहमण केटोलाई कसैलाई पनि भेदभाव गर्न हुन्न भनेर सिकाएको यो कथा ठीकै लाग्यो ।
'मह' कथाले सोझालाई बाठाले कसरी झुक्क्याउन सक्छन् भन्ने देखाएको छ । त्यस्तै माथिल्लो पदका कर्मचारीको मूर्खता र सफाई गर्न पनि तल्लो पदका कर्माचारी पर्खिनै पर्ने "बाध्यता"लाई व्यङ्ग्य गरेको छ ।
'मास्टरबाबु' पनि मन परेको कथा हो । यसमा बाहिर एउटा र भित्र अर्को रुप भएको एउटा पात्रको बयान छ । यसको आश्चर्यजनक अन्त्यले मास्टरबाबुप्रतिको हेराइ नै परिवर्तन हुन्छ ।
संग्रहको अन्तिम कथा 'बसकी केटी'मा बस यात्राका दौरान 'म'पात्र र उसकी छेउमा बसेकी एउटी केटीको बारेमा छ । 'म'पात्रका मनमा खेल्ने कुराहरूमा पुरुष मनोविज्ञान देखिन्छ ।
A beautifully crafted art.The audiobook by Achyut Ghimire just gave more feels to this one for me.I would recommend audiobook over reading the actual book because that made a huge difference for me atleast.I made my grandpa listen to this book and woww he was crying and that’s huge.Nobody saw my grandpa cry like ever.This book needs more recognition and love.I’ve read this book like 5 times and i can never get enough of it.
“झोला” कथा संग्रहभित्र झोला सहित कुल १२ वटा कथाहरू छन्, जसले नेपाली समाजको यथार्थ चित्रण अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेका छन्। यस संग्रहको शीर्षक कथा “झोला” ले सती प्रथाको अमानवीयता देखाउँदै गहिरो भावनात्मक प्रभाव पार्छ। कथा पढ्दा पाठकले केवल घटना मात्र होइन, पात्रहरूको भित्री पीडा पनि महसुस गर्न सक्छ। त्यसैगरी, “ठेकुवाकी आमा” कथा पनि अत्यन्त हृदयस्पर्शी छ, “ती दिन कहिले आउलान?” “इस्कुस” (अनौठो यौन मनोविज्ञान प्रस्तुत गरिएको) “मास्टरबाबु” यी सबै कथाहरूले देखाउँछन् कि कृष्ण धरावासी का कथाहरू केवल मनोरञ्जनका लागि मात्र नभई, समाजको यथार्थ बुझाउने सशक्त माध्यम पनि हुन्।
When i was a child, jhola movie was really popular, people would setup tents to watch it, i watched it briefly...as i recall the woman in white walking to the pyre... now listening to this short audiobook, it was really really good and moving.. I cant imagine how they would force someone to die in that burning wood. And the fact that guys would be much older than girl....urgh..i doing this mural art , making ankhi jyal in swostishree and ahh, it was brutual..
Women were once forced to burn alive alongside their deceased husbands and that horrifying reality makes Jhola even more heartbreaking. The book powerfully portrays the cruelty of patriarchal traditions and how women were stripped of their freedom, identity and right to live. It’s painful to read yet deeply important because it reflects the dark realities hidden behind certain customs and cultural norms.
यस पुस्तकमा झोला सहित कुल 12 कथाहरू संग्रहित छन्। झोला त निकै चलेर सिनेमा सुद्ध बन्न भ्याइसकेको कथा हो। यो बाहेक केही कथाहरू फिकसनल छन्, केही संस्मरण जस्तो तरिकाले वाचन गरिएको छ। कथाहरू कुनै झुर, कुनै राम्रो, कुनै औसत लाग्यो। समग्रमा भन्दा ठीक�� लाग्यो।
हैट यस्तो सति प्रथा पनि थिएछ, कसरी जिउदो मान्छेलाई जलाइ मार्न सक्या हुन ? भारतमा ब्रिटिसले अन्त्य गरेका रहेछ, नेपालको आर्य समुदायमा प्रचलित सति प्रथा अन्त्य गर्ने चन्द्रशम्सेर तिमी महान हौ ।।
Based on the true story of the nepali culture . It dipicts the original status of the women who are the living godess.I was very much impressed with the way of presenting though i have wathed movie earlier also I feel aquite impressive to read it.
झोला भएक अरु खासै कथाहरु वजनदार लागेनन् .... धरावासीजीको लेखनको विविधता भने यस कथा संग्रहमा देखिन्छ...लेखकले कथाहरुको पूर्ण रुप बुझ्न पाठकलाई दिने स्वतन्त्रता कथामा बिशेषताको रुपमा रहेको छ ...