Jump to ratings and reviews
Rate this book

झोला [Jhola]

Rate this book

68 pages, Paperback

First published January 1, 2010

24 people are currently reading
598 people want to read

About the author

Krishna Dharabasi

32 books124 followers
Krishna Dharabasi (born in 1960) in Panchthar, Nepal is an award-winning Nepali writer and a literary critic. Dharabasi won Madan Puraskar, Nepal’s most popular literary prize, in 2005 for his bestselling novel Radha. Krishna Dharabasi moved to the United States in 2012 with his family and is said to be working on an upcoming literary project, a novel.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
244 (47%)
4 stars
185 (35%)
3 stars
60 (11%)
2 stars
14 (2%)
1 star
13 (2%)
Displaying 1 - 18 of 18 reviews
Profile Image for Himanshu Karmacharya.
1,148 reviews113 followers
October 7, 2022
हाम्रो समाज र संस्कृतिमा थरि-थरिका कुरीति र अन्धबिश्वाशहरु छन् जसलाई तोडेर अगि बढ्ने हाम्रो कर्तब्य र जिम्मेवारी हो । ती अन्धविश्वासहरू मध्ये एक थियो सती प्रथा, जहाँ भर्खरै विधवा महिलाहरुलाई उनीहरूको मृत पतिसँगै जिउँदै जलाइने गरिन्थ्यो। यो पुस्तकले कृष्ण धरावासीको सुन्दर शब्दहरुमा त्यै अन्धविश्वासको कडा आलोचना र खण्डन गरेको छ। सो कथामा रहेका पात्रहरुलाई मात्र नभएर वास्तविक जीवनका पीडित महिलाहरुको लागि पनि यो पुस्तकले अवाज उठाउन सफल रहेको छ।
Profile Image for Suchana Timalsina.
25 reviews8 followers
September 22, 2019
म जाजरकोट फिल्डका लागि गएको थिएँ | त्यतिबेला बाटो कटाउन हामीले आ-आफुले सुनेका कथा भन्दै थियौ | एकजना जाजरकोटको स्थानीय बासिन्दाले झोलाको कथा सुनाए | उनलाइ लेखकको नाम थाहा थिएन | उनलाई त झोला शिर्षकको कथा भन्ने पनि थाहा थिएन | यसरी झोला कथा लोक कथा भइसकेको छ | लोकले सुनाउने कथा | यसरी झोला कथाले जीवन्तता पाएको छ |
Profile Image for Ankit Dhakal.
61 reviews6 followers
March 29, 2020
'झोला' कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।

पहिलो कथा 'झोला' सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा 'श्रुति संवेग'मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि 'झोला' नै हो ।

'ठेकुवाकी आमा' पनि मन परेको अर्को कथा हो । ठेकुवाकी आमाले ठेकुवा (छोरा) लिएर राजेन्द्र साहुसँग पोइल गएपछि कथा सुरु भएको छ । उसको विगत बुझेपछि उसले लिएको कदम ठीकै लाग्छ । तर पछि उसले गरेको गल्तीले ल्याएको वियोगान्तले रुवायो ।

'ती दिन कहिले आउलान ?' लेखनको दृष्टिकोणले अनौठो छ । यस्तो किसिमको कथा पहिले पढेको थिइनँ । पात्रहरूको नाम नदिई संवाद मात्रै दिइएकोछ । कसले बोलेको भन्ने बुझ्न चाहिँ बुलेट पोइन्ट हेर्नुपर्ने हुन्छ । कुनै आन्दोलन या द्वन्द्वकालको अवस्था छ भन्ने बुझिन्छ यो कथाका संवादमा तर पात्रहरूसँग कनेक्सन नभएकाले खासै मन परेन ।

चौथो कथा 'उनीहरूले कहिले गीत गाए?' म पात्रले सानैमा गरेको सोही प्रश्न र उमेर ढल्किएपछि पाएको प्रश्नमा केन्द्रित छ । यसले सामान्य कुरा देखाएर गहिरो भाव बोकेको छ । अर्को कथा 'साँघु काट्नु'ले क्रान्तिकारीहरूले साँघु (पुल) काटेको कुरालाई एउटा बच्चा ले कसरी बुझ्छ भन्ने कुरा देखाइएको छ ।

'भो छाड्नुस् ती पुराना कुरा'ले एउटी महिलाका निर्णयहरू प्रस्तुत गरेको छ । यद्यपि पात्रहरूको विकास राम्ररी गरिएको छैन । घटनाहरू कथाकै लागि मात्र भएजस्ता लाग्छन् ।

'इस्कुस' कथाले अनौठो यौन मनोविज्ञान समेटेको छ । बिहे गरेको छ महिनापछि श्रीमतीसँग भेट्न हिंडेको 'म' पात्रले इस्कुसलाई 'विशेष' देखेको कुराले हास्या सिर्जना गरेको छ । 'विश्वास' कथाले भने वर्षौंदेखि सँगै रहेका जोडीले पनि कसरी एकअर्कालाई शंका गर्न सक्छन् भन्ने देखाएको छ । यो कथामा शंकाले लंका जलाउँदैन । यो कुरा मनपर्यो ।

जातीय भेदभाव सानै उमेरदेखि कसरी सुरु हुन सक्छ भन्ने कथा हो 'एउटा सानो केटो' । 'म' पात्रले एउटा ब्राहमण केटोलाई कसैलाई पनि भेदभाव गर्न हुन्न भनेर सिकाएको यो कथा ठीकै लाग्यो ।

'मह' कथाले सोझालाई बाठाले कसरी झुक्क्याउन सक्छन् भन्ने देखाएको छ । त्यस्तै माथिल्लो पदका कर्मचारीको मूर्खता र सफाई गर्न पनि तल्लो पदका कर्माचारी पर्खिनै पर्ने "बाध्यता"लाई व्यङ्ग्य गरेको छ ।

'मास्टरबाबु' पनि मन परेको कथा हो । यसमा बाहिर एउटा र भित्र अर्को रुप भएको एउटा पात्रको बयान छ । यसको आश्चर्यजनक अन्त्यले मास्टरबाबुप्रतिको हेराइ नै परिवर्तन हुन्छ ।

संग्रहको अन्तिम कथा 'बसकी केटी'मा बस यात्राका दौरान 'म'पात्र र उसकी छेउमा बसेकी एउटी केटीको बारेमा छ । 'म'पात्रका मनमा खेल्ने कुराहरूमा पुरुष मनोविज्ञान देखिन्छ ।

समग्रमा, ३.५/५

Profile Image for pepper.
47 reviews
December 14, 2020
A beautifully crafted art.The audiobook by Achyut Ghimire just gave more feels to this one for me.I would recommend audiobook over reading the actual book because that made a huge difference for me atleast.I made my grandpa listen to this book and woww he was crying and that’s huge.Nobody saw my grandpa cry like ever.This book needs more recognition and love.I’ve read this book like 5 times and i can never get enough of it.
Profile Image for Sagar Kc.
4 reviews1 follower
February 6, 2017
reflect the true status of Nepal. heart touching true story.. salute the man who eradicate the sathi partha.
Profile Image for Sabin Chhetri.
142 reviews5 followers
April 9, 2024
यस पुस्तकमा झोला सहित कुल 12 कथाहरू संग्रहित छन्। झोला त निकै चलेर सिनेमा सुद्ध बन्न भ्याइसकेको कथा हो। यो बाहेक केही कथाहरू फिकसनल छन्, केही संस्मरण जस्तो तरिकाले वाचन गरिएको छ। कथाहरू कुनै झुर, कुनै राम्रो, कुनै औसत लाग्यो। समग्रमा भन्दा ठीकै लाग्यो।
Profile Image for Bishnu Prasad Pokhrel.
17 reviews
August 11, 2020
विगतमा बिकराल रुपमा रहेको सामाजिक कुसंस्कारको बारेमा लेखिएको उत्कृष्ट रचना!
Profile Image for Amrit Sharma.
45 reviews1 follower
December 5, 2020
All the stories in this book are lively.
Remarkable work from the author!
Profile Image for SIRI.
36 reviews
January 6, 2025
Book that broke my heart in million pieces. 🥹
Profile Image for Hang Mangpahang.
56 reviews
February 11, 2022
हैट यस्तो सति प्रथा पनि थिएछ, कसरी जिउदो मान्छेलाई जलाइ मार्न सक्या हुन ? भारतमा ब्रिटिसले अन्त्य गरेका रहेछ, नेपालको आर्य समुदायमा प्रचलित सति प्रथा अन्त्य गर्ने चन्द्रशम्सेर तिमी महान हौ ।।
1 review1 follower
March 16, 2016
Based on the true story of the nepali culture . It dipicts the original status of the women who are the living godess.I was very much impressed with the way of presenting though i have wathed movie earlier also I feel aquite impressive to read it.
2 reviews
September 6, 2015
Tells you a lot about how Nepalese tradition were in the past, when wives used to be burned alive after their husband dies.
Profile Image for Barun Ghimire.
97 reviews88 followers
December 12, 2015
झोला भएक अरु खासै कथाहरु वजनदार लागेनन् .... धरावासीजीको लेखनको विविधता भने यस कथा संग्रहमा देखिन्छ...लेखकले कथाहरुको पूर्ण रुप बुझ्न पाठकलाई दिने स्वतन्त्रता कथामा बिशेषताको रुपमा रहेको छ ...
Profile Image for Bishnu Bhatta Buttowski.
55 reviews31 followers
December 31, 2016
Sensational writing. A must read book. In the end, was to my surprise that the boy later on to be the Chandra Shumsher.
Displaying 1 - 18 of 18 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.