Jump to ratings and reviews
Rate this book

सिमसारा [Simsara]

Rate this book
यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।
यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।
यो कथा हो, छोरा संवत्‌को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।
अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।

282 pages, Paperback

Published October 2, 2024

Loading...
Loading...

About the author

Basanta Basnet

3 books2 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (26%)
4 stars
6 (40%)
3 stars
5 (33%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 7 of 7 reviews
Profile Image for Sabin Chhetri.
158 reviews6 followers
March 16, 2026
लेखन शैलीले पाठकको ध्यान अन्तसम्म तान्छ। एउटा वास्तु नमिलेको घर अनि त्यसमा बस्ने तीन जीवनको हालातसँगको संघर्ष, एउटा विवाहोत्तर सम्बन्धले उब्जाएको कठिनाइ, एउटा प्रेमको कोपिला जुन फूल हुन नपाई झरेर जान्छ। यीनै विषय वस्तुमा केन्द्रित यो उपन्यास समग्रमा ठीकै छ।
Profile Image for Benjana Basnet.
101 reviews2 followers
August 14, 2025
आज धेरै कुरा भन्न खोज्दा पनि शब्द नै नपाएको जस्तो महसुस भइरहेको छ।
घर ईट्टा, ढुङ्गा र खाबाले मात्र होइन, त्यहाँ बस्ने परिवारका सदस्यहरूले घरलाई घर बनाउँछन्, र कहिलेकाहीँ तोड्ने पनि उही मानिसहरू हुन्छन्। घरको चिसोपनले परिवारमा मनमा कस्तो चिसोपन छर्छ, र त्यसको प्रभावले कति ठूलो विनाश ल्याउन सक्छ भन्ने कुरा सायद यही पुस्तकले गहिराइका साथ प्रस्तुत गरेको छ। सरल रूपमा भन्नुपर्दा, यसमा यस्ता कुरा छन् जुन सिधै मुटुमै गाडिन्छन्। कथा मिठो होइन, बरु जीवनका अनेकौँ पीडा र संघर्षका पानामा बुनेका प्रसंगहरूले भरिएको छ।

यो मेरो पहिलो बसन्त बस्नेतको पुस्तक हो, र अपेक्षा भन्दा धेरै नै गहिरो र प्रभावकारी लाग्यो। धेरै कुरा अझै पनि मनन् गर्न समय लाग्छ होला मलाई। कुनै दिन यो पुस्तक फेरि पढ्नेछु।
Profile Image for Suresh Badal.
12 reviews1 follower
October 25, 2024
सुरूका पृष्ठहरू अलिक सुस्त लागे पनि कथाले गति लिँदै जाँदा पुस्तकले मज्जाले तान्यो। विवाहेत्तर सम्बन्ध, त्यसले परिवारमा ल्याउने जटिलता, प्रेमको अभावमा चिसिएको घर र पिताको बहु विवाहको मारमा परेको किशोर पुत्र र उसका बिथोलिएका सपना, रहर र जीवनका पाटाहरू समेटिएको एउटा मीठो आख्यान। कथाको अन्त्य सटिक र चित्त बुझ्दो छ। दोहोरिरहने केही शब्द, वाक्य र डिटेलिङले केही झिँजो लगाए पनि मानवीय मनको पत्र पत्र उधिन्ने कथा पढ्न पाउँदा भने सन्तुष्टि मिल्छ। अघिल्लो पुस्तक "महाभारा" भन्दा अझै राम्रो पुस्तक लेखेकोमा लेखकलाई बधाई।
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
December 2, 2024
प्राय कोलाहलमा, नभए मौनतामै पनि बहस गरिरहने दम्पती। बहसबीच च्यापिएको सन्तान। वैवाहिक डोरोमा बाँधिनुअघि चिना मिलाउँदा, हेराउनेले चिना नै उल्टो हेरिदिएछ। नतिजा देखिदै गयो। हुर्के-बढेको वातावरणले सन्तानको व्यक्तित्वलाई आकार दिँदै गयो। कुनै बिन्दुमा उसले कसम नै खायो- 'म यस्तो चाहिँ हुँदिन।'
...
धनरुप र मन्दाक्रान्ताबीच पैदा हुँदै गएको फाटोको दुवै फेर समाएर उभिएको छ छोरा संवत्। पैयुँ र गोगनको लोककथा सारा उपन्यासको बिम्ब भएर उभिएको छ। पूर्वेली भाषा, संस्कृति, रहनसहन तथा स्थानद्वारा आफ्नो आख्यानको जग बसाल्ने बसन्त बस्नेतले 'सिमसारा' मा पनि यसलाई अँगाल्नुभएको छ। तर यो यति लामो हुनै पर्थेन। लघु जोडेर छोट्याइएको भए यो केही सशक्त हुन्थ्यो कि!
उपन्यासको मुखपात्रमा त्यति धेरै चेतना थुप्रिएको देख्दा, ऊ बाह्र-तेह्र वर्षको बच्चो हो भनी पत्याउन मुस्किल परिदिन्छ। उसमा स्वयम् प्रौढ लेखक हावी भइदिएको छ। कथा पटकपटक भड्किरहन्छ। भड्किलो कथाका भड्किला वाक्यहरूले कथामा कुनै वजन थपेजस्तो लाग्दैन, केही पात्रहरू जस्तै। ती पात्रहरू पाठकमा कौतुहलता जगाउन मात्र जन्माइएकोजस्तो लाग्छ। र त्यही पनि चुकिरहेको छ। सिमसारा हतारमा जन्मिएको आख्यान हो।
Profile Image for Pransu Khakurel.
107 reviews3 followers
February 2, 2025
Simsara is a journey of a home with a tilted pillar, both literally and metaphorically. The book sheds light on a warm family separating by heart overtime, presenting complexities of life.

An interesting read.
Profile Image for Sanjeev Khadka.
7 reviews
June 25, 2025
मनोवादको वरिपरि बेस्सरी फन्फन्ति घुमिरहेको कथा छ यो। तर आलस्य नभइ सहजताको उर्जा दिइरहन्छ, अन्तिम समयसम्म पनि। सललल बहेको लेखन छ, मिठास छ तर एकदमै सुसुप्त - बिस्तारै बिस्तारै बिस्तारै रस निस्किरहेको अनुभूति दिने खालको।
Profile Image for Reewaz Aryal.
46 reviews1 follower
September 6, 2025
यो कथा चारखोल स्थित खावामा बसोबास गर्ने एउटा परिवारको हो । बुबा धनरूप , आमा मन्दाक्रान्त र छोरा संवत परिवारका सदस्य हुन् । नवनिर्मित घर छेवैमा नागी छ जहाँ पैयुँ फुल्छ , त्यसभन्दामाथि चिया बगान छ र यो चित्रित वातावरणझैँ सुन्दर संवतको परिवार पनि छ । तर घरको परिधि वरिपरि यी प्राकृतिक सुन्दरता मात्र छैनन , नजिकै चिसो चिहान पनि छ र यो नवनिर्मित घरमा , शनै शनै खावाकाे आकाशमा कावा खेल्दै चाडपर्व र जाडो याम भित्रिँदै गर्दा कसरी चिहानझैँ चिसिएर पारिवारिक सम्बन्ध कसरी सिमसारमा पर्छ भन्ने कुराको चित्रण यस उपन्यासमा गरिएको छ । घर चिसिँदै गए पनि संवतले कल्पनामै भएपनि आफ्नो पहिलो प्रेमको अङ्कुरण गर्दै न्यानोपन खोज्दै गरेको छ । घरमा बढ्दै गएको यो चिसोपनले संवतको मनोविज्ञानमा परेको असरलाई चित्रण गर्न यो उपन्यास सफल भएको छ । मन्दाक्रान्त आफूमा भएको मन्द आक्रान्तले अभिप्रेरित भएर निरक्षर नै भएपनि आफ्नो लागि आवाज उठाउन सक्ने एउटा सशक्त पात्रको रूपमा प्रस्तुत भएकी छिन् । लामो समयावधि एउटा सशक्त महिला पात्रको कथा पढ्न पाउँदा निकै खुसी लागेको छ । विभिन्न जातजातिका संस्कृतिलाई समेट्दै कथानाक सलल बगेको यस उपन्यास नेपाली समाजलाई नजिकबाट नियाल्ने काम गरेको छ । नेपाली साहित्य क्षेत्रमा एउटा मीठो उपन्यास पस्किनु भएकोमा लेखकलाई धेरै धेरै बधाई र आगामी दिनका लागि शुभकामना ।
Displaying 1 - 7 of 7 reviews