What do you think?

उरमाल [Urmaal]
उरमाल झर्रा आदिवासी-कथा हो। चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरुको उच्छवासको कथा हो। खासमा यो ती कमानेहरुको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन्। तर जिन्दगीमा चैन थोरै पनि छैन। सपना त लाखौं छन्। तर सुख अलिकति पनि छैन।
उरमालभित्र थुप्रै पात्र छन्। र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ। यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन्। यीमध्ये केही कथा दशकअघिका छन्। केही ब्रिटिसकालीन समयका छन्। केही लोककथाबाट सापटी लिइएका छन्। यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन्।
कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो। यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ।

378 pages, Paperback
First published January 1, 2025
About the author
Chuden Kabimo
3 books6 followersChuden Kabimo is an Indian Nepali language writer and journalist based in Kalimpong, India. He received the prestigious Madan Puraskar for his novel Urmaal in 2024. His books revolves around the Gorkhaland movement in India.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 9 of 9 reviews
February 5, 2025
'उरमाल' मार्फत छुदेन काविमो डुवर्सको चिया कमानमा काम गर्ने नेपाली तथा आदिवासी कमानेहरूको कथा लिएर उपस्थित हुनुभएको छ। उपन्यासको पहिलो र अन्तिमतिरको अध्याय वर्तमानमा घटित छ। बाँकी सबै भूतमा। कथालाई साथ दिन यहाँ थुप्रै पात्रहरू उदाउँछन्। यहाँसम्म कि, ती पात्रहरूको कथा बेलाबखत एकआपसमा जेलिएको भान हुन जान्छ। सुरुका पानाहरूमा फर्किएर पुनः निश्चित गर्नुपर्ने हुन जान्छ।
पुर्खाको सालनाल गाडिएको चिया कमानका कमानेहरू प्रत्येकको दुःख आफ्नै छ। कमानको साइरनसँगै उनीहरूको दिन सुरु हुन्छ। वर्षौँअघि पुर्खाले वन-जङ्गल फाँडेर बनाएको चिया बगानको एकै टुक्रा जमिन पनि उनीहरूको आफ्नो नाममा छैन। फेरि, काम गरे बापत प्राप्त हाजिराले पनि मुस्किलले पेट पाल्न पुग्छ। घामपानी नभनी दिनरात एक गरि काम गर्दा बिरामी हुने जोखिम उस्तै। कमानको हैकमवादी नियममा बाँधिएका कमानेहरू विद्रोह पनि गर्न सक्दैनन्। कदाचित् विद्रोह उब्जिहालेमा, उनीहरूको पेट पाल्ने कमान नै बन्द हुने डर हुन जान्छ। अनि खाने के? लाउने के? त्यसैले कमानका मरदहरू प्राय बाहिरबाहिरै हुन्छन्। परिवारका निम्ति गाँस र कपासको व्यवस्था गर्न। कमान चलाएका छन् त प्राय महिलाहरूले नै। तर पनि कमानको सरदार-बैदारजस्तो ओहदामा सबै पुरुष मात्रै किन? यसै कुराको विरोधमा उभिइरहन्छन् केही चेतनशील व्यक्तिहरू।
आफ्ना छोराछोरी पनि पढेलेखेर ठूलठूला ओहदामा पुगेको सपना पाल्छन् कमानेहरू। तर सोच अनुरूप जिन्दगी कहिल्यै चल्दैन। किनभने कमानेको छोराछोरी भएर जन्मदै, भावीले उनीहरूको निधार सुमसुम्याउँछ र दुःखका दुई अक्षर लेखिदिई सकेको हुन्छ।
छुदेन काविमो गोर्खाल्यान्ड आन्दोलनबाट ज्यादै प्रभावित देखिनुहुन्छ। उरमालसम्म पनि आन्दोलनको बतास चल्दै आएको छ। यस आन्दोलनबाट कोही अछुतो रहन सक्दैन। तर अन्त्यमा लाभान्वित हुन्छन् त शिर्षमा उभिएका नाइकेहरूमात्रै। नत्र वर्षौँदेखि मिल्दै बसिआएका जातिहरू बीच त यसले फाटोमात्र सृजना गरिदिन्छ।
उपन्यास ब्रिटिसकालीन ऐतिहासिक घटना तथा लोक कथाहरूबाट पनि प्रभावित छ। भारतको डुवर्स तथा भुटानको सेरोफेरो कथाको केन्द्रमा छ। उपन्यासमा प्रयुक्त वाक्य सरल र सुन्दर छ। पूर्व नेपालका जातिहरूको लवज यसमा दुरुस्त उतारिएको छ। र डुवर्सका आदिवासीहरूको भाषा पनि। नुनिलो आँसु घोलेर नुन चिया पिउनेहरूको कथा हो उरमाल।

February 11, 2026
उर्माल उपन्यासले चिया कमानमा काम गर्ने नेपाली तथा आदिवासी श्रमिकहरूको जीवनलाई विभिन्न पात्र र दृष्टिकोणमार्फत जीवन्त रूपमा प्रस्तुत गर्छ। गैर-रेखीय शैलीमा अघि बढ्ने कथाले फरक–फरक समय र पृष्ठभूमिका कथाहरूलाई एकआपसमा गाँसेर पाठकलाई गहिरो अनुभव गराउँछ। बाहिरबाट विशाल देखिने चिया कमानभित्र काम गर्नेहरूको जीवन भने कति साँघुरो, पीडादायी र सम्भावनाविहीन छ भन्ने यथार्थलाई यसले मार्मिक ढंगले उजागर गर्छ।
यस कृतिको विशेषता यसको भावनात्मक प्रभाव र पात्रहरूसँग सहजै बन्ने आत्मीय सम्बन्ध हो। कतै–कतै स्थानीय भाषाले अर्थ बुझ्न समय लगाए पनि त्यसले कथाको मौलिकता झन् बलियो बनाएको छ। समग्रमा, उर्माल केवल कथा नभई शोषण, संघर्ष र आशाको मिश्रित अनुभूति दिलाउने सामाजिक यथार्थवादी कृति हो, जसले पाठकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछ।

July 27, 2025
[उरमाल - छुदेन काविमो re-read ]
फातसुङ पढेपछि जस्तो emotional connection भएको हो; यो कृतिले नि उस्तै तृप्त गर्यो। बीच बीचमा उता डुवर्सको भाषा आउँदा अर्थ के होला भन्ने खुट्याउन चै समय लागेको कारण interruption हुन्छ तर राम्रै तान्छ। कथानक, पात्र, चिया कमानमा आश्रय लिएकाहरुको दु:ख, अर्थ विना दैनिकी धान्न आउने यावत् कठिनाई अनि आवाज कसैले नसुन्ने, पार्टीहरुको निम्ति केवल भोट र जातीय पहिचानको कुरा उठाएर जुलुस आन्दोलनमा लैजाने शस्त्र, सपनाहरूको कुरा, विपनाको भोगाइ, जीवन धान्न लिनुपर्ने अनेकौं risks, सिमाना पारी गएर गर्नुपर्ने श्रम, कहानीमा आउने उतारचढाव, संवाद, आदि captivating लाग्छ।
Wonderfully penned, brilliantly captured tale of everyday stuff happening in Duvars, catchy dialogues, and captivating events make it a worthwhile read. Also, at times, you are bound to think about the plights of workers working in tea factories and tea plantation in places like Ilam in Nepal.
Full package indeed !!
Some of the fab lines from the novel :
- क्षणमै हँसाइदिन्छ। क्षणमै रुवाइदिन्छ। प्रेमले मान्छेलाई केटाकेटी बनाइदिन्छ।
- मान्छेका नजर पनि पक्षपाती हुँदा रहेछन्। नत्र किन अरूका दुःखका कथा सुन्दा चमचमाइरहने आँखा आफ्नै दुःखको कथा सुन्दा चाहिँ चिसाइदिन्छन् ? मेरा आँखा बिस्तारै-बिस्तारै चिसाउँदै गएका थिए।
- मेरी आमा पक्कै मेसिन भइसकेकी छिन् । जस्तै दुःखलाई पनि सहिदिन सक्छिन्। समस्याको भेल जत्रै किन नहोस्, उनले त टुकु-टुकु हिँडेरै तरिदिन सक्छिन्।
- आफूसँग जे हुँदैन नि, मान्छेलाई त्यसैको याद घरी-घरी आइदिन्छ।
- बगानमा काम गरेर खानेहरूको निधारमा भावीले दुःखै लेखेर पठाको हुँदो रैछ। यो दुःखलाई हामेरले त चुपचाप सहिदिनु मात्रै पर्ने रैछ।
- समस्याले मान्छेलाई दुःखी मात्रै होइन, बूढो पनि छिट्टै बनाउने रहेछ।
- जतिसुकै व्यस्त किन नभइयोस्, हरेक मान्छेका जीवनमा केही छटपटी हुन्छन् । केही पीडा हुन्छन् । केही उकुसमुकुस हुन्छन्, जसलाई पोखाउने ठाउँ कहीँ त हुनैपर्ने रहेछ।
- समुद्रमा त एक दिन त्यही पानी मात्रै पुग्ने हो, जसले आफैलाई रोक्न चाहने चप्लेटीहरूबीच पनि नयाँ बाटो खोज्न सक्छ।
........ ......... .......... हरेक खोलाको पानीलाई नदी भेट्न सम्भव छैन।
- हाम्रो जिन्दगी त खाली पन्ना जस्तै त रहेछ नि । बिलकुल खाली पन्ना जस्तै । यसमा हामीले नै सङ्घको कथा लेख्नुपर्ने रहेछ । तर यसका लागि हामीले अलि-अलि पढ्नैपर्ने रहेछ । नपढ्नेहरूले त आफ्नै दुःखको कथा पनि लेख्न नसक्ने रहेछन् है, सकिला दिदी ?
And there are more captivating lines and dialogues and vivid description scattered hither thither in the novel.

February 15, 2025
चिया कमानको फराकिलो पृष्ठभूमिमा विभिन्न पात्रहरूको दृष्टिकोणले बुनिएको उपन्यास हो उरमाल । अनेकथरी पात्र, प्रत्येक पात्रको पृष्ठभूमि, फरक-फरक समयको कथा अनि कथा शैलि क्रम बेगरको (non-linear) । चिया कमानको भूगोल जति ठूलो भएपनि त्यसमा काम गर्ने नेपाली र आदिवासीहरुको जिन्दगी कति साँघुरो र सम्भावना बिहिन छ भन्ने कुरा उपन्यास पढ्दा बुझिन्छ । फतासुङमा जस्तै पहिचानको आन्दोलन र पहाडको राजनीति यस पुस्तकमा पनि प्रसस्त भेटिन्छ ।
किताबको मोटाइले गर्दा यसपटक पात्रहरू अझ खुल्न सकेका हुन् कि जस्ताे लाग्यो । हरेक अध्ययले किताबको भूगोललाई अझ जीवन्त बनाउँछन् । उपन्यासले वर्तमानबाट निकालेर पाठकलाई कुनै पात्रको विगतमा लैजान्छ र अध्यायको अन्तिममा फेरि वर्तमानमै ल्याएर छाडिदिन्छ । बेलाबेलामा आउने यि उपकाथाहरुले मूल कथालाई सन्दर्भ दिने काम गर्छन् । मुल कथालाई अझ बलियो बनाइदिन्छन् । कथा भित्र नपसी धेरै कुरा भन्न नसकिएला । भन्न नपर्ला पनि । यति हो, चिया कमानमा कामदारहरुको कथा भएपनि, कथामा पहिचान र न्याय प्राप्तिको राजनीति स्वतः आएपनि, यो उपन्यास केवल पोलिटिकल टेक्स्ट होइन । नितान्त एक साहित्यिक उपन्यास हो । नेपाली समकालीन लेखकले पात्र निर्माण र कथाको संसार निर्माणबारे सिक्न सक्ने धेरै कुराहरु यस उपन्यासमा छन् ।
मलाई छुदेन काविमोको लेखनमा मनपर्ने कुरा इमान्दारिता (sincerity) हो । उनले लेखेका दुइ पुस्तकमा उनले आफ्ना पात्र र घटनालाई जुन सम्मानका साथ लेखेका छन् त्यसको प्रभाव पाठकसम्म पनि पुगेको छ । मृदुभाषी लेखकको यही पाटो उनको कमजोरी पनि हो । कहिलेकाहीँ भावुक कथा भन्दा कथाशैली नै अति भावुक भैदिन्छ । कमानेका सपनाहरु फुलेर फुट्नु पहिले नै पठकलाई थाहा हुन्छ- सपना तुहिनेछ । हरेक अध्यायको सुरुवात अति रोमान्टिक लाग्छ । यो शैलि अमर न्यौपाने, र बुद्धिसागरको किताबमा पनि देख्न सकिन्छ । यसरी अध्याय सुरु गर्दा कहिले राम्रो लाग्यो तर प्राय अति भावुक र क्लिसे पनि लाग्यो ।
हाम्रो साहित्यमा घटना कम र घटनाबारे पात्रको घोतल्याई बढी पाइन्छ । यसले कथालाई लेखकको व्याख्याबाट इतर हुन दिँदैन । पाठकलाई आफैं सोच्न दिँदैन । यस मानेमा उरामाल अछुतो छैन । तर छुदेन् कविमोको सरल र कोमल भाषा निष्ठाहीन (insincere) नलाग्नुले नै उपन्यासलाई पट्यारलाग्दो हुनबाट जोगाएको छ ।
फराकिलो क्षितिज भएपनि उपन्यासको भूगोल दुम्सिपाडा बगान र दुई परिवारको कथा हो । कथालाई मिहिनतासंग बुनिएको छ । उपन्यासमा कमजोरि छ भने त्यो कमजोरी भाषाको प्रयोगमा छ । कथा र कथनमा उपन्यास बालियो छ । कथा संरचनामा जुन कुरा फात्सुङमा खटकिएको थियो त्यो कुरा उरमालमा राम्रो भएर आएजस्तो लाग्यो ।

May 8, 2025
सादरी वा नागपुरी भाषामा फुस्रो झोलालाई "उरमाल" भनिन्छ । यो उपन्यासको कथावस्तु भारतको जलपाईगुडीको सेरोफेरोमा अल्झिएको छ। उरमाल मार्फत छुदेन काविमोले त्यहाँको चिया बगानको श्रमजीवि आदिवासी र नेपालभाषीहरुले भोग्नु परेको बेथिति, लाचारीपन र सामन्तीहरुको थिचलोको कथा भन्न खोजेका छन्।
त्यहाँको चिया बगान जति ठूलो र अथाह छ, त्यति नै सङ्कुचित र अरट्ठिएको छ त्यहाँ काम गर्ने गरिब निमुखा कामदारहरुको जिन्दगी। हो यहि सत्यसँग साक्षात्कार गराउन खोजेका छन् लेखकले। अतल अभाव बीच अल्झिएको जिन्दगी, माया, प्रेमका कथाहरुले भरिएको छ उरमाल।
यो उपन्यासमा कथालाई उन्न लेखकले ब्रिटिशकालको घटना देखि लिएर केही वर्ष अगाडिसम्मको घटनालाई साभार गरेका छन्। लेखन शैली बेला-बेलामा कुनै कुनै ठाउँमा नयन राज पाण्डेको शैलीलाई पछ्याएको जस्तो लाग्यो। भाषामा सरलता र मिठास छ।
समग्रमा मलाई उपन्यास धेरै राम्रो लाग्यो।

September 23, 2026
मेरो लागि काविमो का पुस्तकहरूको विशेषता भनेकै उनको लेखाइ हो । उनको सरल लेखाइले गम्भीर सोचतर्फ दोहोर्याउने गर्छ। उरमाल चिया कमाने हरुको कथा हो । उनीहरू माथि हुने अप्रत्यक्ष हुने शोषणको कथा हो । उनीहरुले देख्ने सपना को कथा हो । अनि ती सपना पूरा नहुने तीतो यथार्त हो । सामान्य पढाइ लेखाइ का कुरा पनि कसैका लागिन् सपना हो है भन्ने कुरा यो पुस्तक ले ऐना देखाए सरी देखाएको छ । यो पुस्तक एक कथा नभई सामाजिक यथार्त हो ।
September 29, 2025
so many characters, so many stories.. the characters connected well enough but did the story do so? i don't know.. its a 3.5 for me .. not even full 4 actually.. its a good read but it could have been better..
May 27, 2025
धेरै पछि यत्तिको सशक्त र मनोहारी नेपाली उपन्यास पढ्न पाइयो !
September 5, 2026
A touching story based on the lives of people who pick tea leaves for a living near the Bhutan-India border. Very well written. Hard to put the book down once started.
Displaying 1 - 9 of 9 reviews