Jump to ratings and reviews
Rate this book

Nilo Prem

Rate this book
New Romantic Nepali Novel by Purushottam Bajagai. 'नीलो' प्रेम नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ- कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाईं सधैँ खुलेको नीलो आकाशकी उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीभँ नीलान्य डामहरू पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफनै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगे हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

504 pages, Paperback

Published April 2, 2025

13 people are currently reading
130 people want to read

About the author

Purushottam Bajagai

1 book14 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
21 (52%)
4 stars
12 (30%)
3 stars
4 (10%)
2 stars
1 (2%)
1 star
2 (5%)
Displaying 1 - 8 of 8 reviews
Profile Image for Sabin Chhetri.
145 reviews5 followers
August 10, 2025
It’s been quite sometime since I finished reading this novel, yet the characters Aakash and Barsha still linger in my mind, refusing to let go. This has never happened to me before-never, ever before.

I’ve decided to completely discard my earlier review and start fresh. This time, I only want to talk about the good. And honestly, this book is so good that its flaws feel easy to overlook.

The novel follows the story of Aakash and Barsha, which begins back in their 11th standard, when fate brought them to the same school. It’s a storyline so familiar that many of us might have lived parts of it ourselves-and that simplicity is, in fact, the novel’s greatest strength.

This is a story of redemption. A story of love and sacrifice. A story of heartbreaks and friendships. Of family bonds and unspoken one-sided love. Of breakups, wrong turns, and bad habits. Of recovery, reunion, and the bittersweet moments of separation.

Over the span of 504 pages, the novel takes us through countless emotional highs and lows. The twists and turns of love, friendship, and loss keep the reader deeply engaged from start to finish.

That said, I wasn’t entirely convinced by the way the narrative was structured. The ending, too, didn’t quite deliver the impact it could have. For a novel so deeply rooted in romance, a sharper and more fitting conclusion might have elevated it even further.

The story feels so real that I find myself wishing it weren’t fiction-that somewhere out there, Aakash and Barsha truly exist. And if they do, I can’t help but feel an intense curiosity to know how their story really ends.

In a nutshell-readers will be swept away by the gentle flow of the story, carried along by its emotional honesty and relatable charm.

One more thing - after revisiting Subin Bhattarai’s Summer Love, I couldn’t help but notice that this novel carries a similar aura. It feels deeply influenced by Summer Love, both in tone and essence.
Profile Image for Shreeraj Sapkota.
2 reviews
May 25, 2025
नीलो प्रेम एउटा सरल भाषामा लेखिएको प्रेमकथा हो, तर यसको भाव गहिरो छ। यो कथा आकाश र वर्षाको वरिपरि घुम्छ, जसको भेट साँगा प्रहरी स्कुलमा हुन्छ। ऊनिहरुको त्यो भेट समयसँगै माया बनेर अघि बढ्छ। उनीहरूको साथ, सम्झना र भावना धेरैलाई आफ्नै अनुभव जस्तो लाग्न सक्छ।

कथाको सुरुवात सरल र शान्त छ, तर जति अगाडि बढ्दै जान्छ, उतिनै गहिरो र भावनात्मक हुन्छ। कथामा खासै ठूलो नाटकीयता छैन, तर यही सरलता नै यसको बलियो पक्ष हो। लेखकले प्रेम मात्र होइन, परिवार, दूरी, र समयले कसरी सम्बन्धलाई असर गर्छ भन्ने कुरा पनि राम्रोसँग देखाएका छन्।

काठमाडौँ बसेर पढ्ने, जागिर गर्ने युवाले त यो साँच्चै आफ्नै कथा हो भन्ने सोच्न थाल्छ। इन्जिनियरिङ पढ्ने विद्यार्थीले त झनै लेखकले कसरी मेरो कथा लेखिदिए भन्न सक्छ !

यो कथा पढ्दा कतिपय पाठकलाई आफ्नै जीवनका पुराना पानाहरू याद आउन सक्छ। कहिलेकाहीँ हामीले माया गुमाउँछौं, कहिलेकाहीँ परिस्थितिले टाढा बनाउँछ नीलो प्रेम यस्तै यथार्थहरूलाई सरल तर मार्मिक ढंगले प्रस्तुत गर्छ।

पुस्तक पढ्न सजिलो छ भाषा सहज छ, तर भाव गहिरो छन्। एकचोटि पढ्न थालेपछि कथामा डुबिन थालिन्छ। अनि जब कथा सकिन्छ, मनमा केही समयसम्म शून्यता रहन्छ एक किसिमको सोच, सम्झना र अनुभूति।

यो केवल युवा पुस्ताका लागि होइन। जसले पनि जीवनमा माया गरेका छन्, छुट्टिएका छन्, वा पुन: भेटेका छन् सबैलाई यो कथा मन पर्छ।

नीलो प्रेम कम्तीमा एकपटक सबैले पढ्नैपर्ने पुस्तक हो
1 review
April 20, 2025
Great novel ! Loved it so much!

Read it right after it was published. Felt like it is telling my story. The language is simple and the story flows like a river. Had it been my first novel, I am sure I would have read so many other novels because of it.

The story beings with a boy joining class-11 in police school. Then the story revolves around Baneshwor with the boy and his “friend” studying Engineering. After this, the story grows like the age of the characters.
In every stage of the characters’ life, I connected to them be it school life, college life, or post student life.

At first, I thought its a college love story. But, the story is so much more than that.
Yes, half of the novel is college life. But after that, it a story of matured people. In the second half of the novel, the characters, their thoughts and their interactions are so much matured. This a great aspect of the novel. Plus, the ending is quite surprising! Did not expect that.

With characters so real-like and story so relating, its hard to accept that it is a fictional novel. The ending of the novel and the way the narrator explains the ending, it is clear that the writer wants the readers to understand, suspect or rather accept that it is a real story.

I highly recommend it to everyone.
Profile Image for Reewaz Aryal.
28 reviews
July 22, 2025

नीलो प्रेम उपन्यासकार पुरुषोत्तम बजगाईंको पहिलो कृति हो । यो उपन्यास मुख्य पात्रहरू आकाश र वर्षाको प्रेमको पृष्ठभूमिमा बुनिएको छ । यस उपन्यासले किशोर मनोविज्ञान , सामाजिक संरचना , प्रेम , मित्रता , र अन्य सामाजिक विषयहरूको उत्थान गरेको छ । लेखकले गीतसंगीत र चलचित्रप्रतिको अभिरुचि मुख्य पात्रहरू मार्फत व्यक्त गर्ने कोसिस गरेका छन् । उपन्यासमा थुप्रै पुराना गीतका referenceहरू (नेपथ्य ब्यान्डका गीत , नारायणगोपालका गीत , पुराना हिन्दी गीतसंगीतहरु ) र चलचित्रका referenceहरू प्रशस्त रूपमा पाइन्छ । सरल भाषामा लेखिएको , प्रेमिल भावले ओतप्रोत यो उपन्यासमा कहीँ कतै नअल्झी sincerity का साथ सलल बगेको कथानक भएको हुनाले पाठकमाझ लोकप्रिय भएको होला भन्ने मलाई अनुभव भयो । Mild pace मा कथानक अघि बढिरहेतापनि फिटिक्क बोर लाग्ने ठाउँ छैन । कथानकले मज्जाले तानिरहन्छ र एकपटकमा सजिलै ४०-५० पेज छिचोल्न मुस्किल पर्दैन र जसले गर्दा लगभग ५०० पेजको उपन्यास सक्न समय लाग्दैन । सायद यो पनि उपन्यासको दोस्रो र तेस्रो संस्करण निस्किनुमा योगदान दिने कारक हुनसक्छ भन्ने मलाई लाग्यो । प्रेमिल भाव मात्र नभएर कहिले आकाश त कहिले वर्षाको पात्र मार्फत विभिन्न विम्बहरूको प्रयोग गरी जीवनप्रतिको दृष्टिकोण या भनौँ जीवन दर्शन पनि प्रस्तुत गर्न लेखक सफल भएका छन् । उपन्यास पढ्दै गर्दा कति पाठक वर्गले आफूलाई रिलेट गर्न सक्ने , आफ्नो विगतका स्मृतिहरू ताजा गराउन सक्ने , मिठासपूर्ण भाषाशैलीको प्रयोग आदि कुराहरू उपन्यासको सबल पक्ष हुन् । भावनात्मक उतारचढाव , सामाजिक चित्रण र किशोरकालीन प्रेमको समिश्रणले जन्मिएको यो उपन्यास समग्रमा पठनयोग्य छ ।
Profile Image for Laxman Gaire.
25 reviews
December 28, 2025
प्रेमले चाहेर पनि सधैं जित्न नसक्ने रहेछ। भाग्य ठानेर सबै। सहनुको कुनै अर्को विकल्प नभेट्ने रहेक प्रेमले। तर जे भयो त्यो नहुन पनि सक्थ्यो, चाईएकाे थियाे त केबल एक जिद्दिपन र विश्वास। तर, चाहेर पनि मानिस कहिले काँही आफूले चाहेको कुरा गर्न असमर्थ हुन्छ जसले केबल एक जिन्दगी नभई अनेकौं जिन्दगीमा प्रत्यक्ष असर पार्दछ।

Overall, a good read. The ending is completely unexpected and leaves a strong impact. The writer’s storytelling is exceptionally engaging, keeping the reader hooked from beginning to end.
1 review
August 2, 2025
Nilo Prem is a masterpiece that mirrors every youth’s college life!
Set around Baneshwor and its vibrant periphery, this novel weaves together love, friendship, family, college and the quiet struggles of teenage years into one unforgettable journey.

A heartfelt and immersive narrative that flows like a river. The unexpected and curious ending leaves a lasting impression long after you turn the last page.
1 review
August 8, 2025
के प्रेम सँग बग्नु सजिलो हुन्छ?
कि कसैको माया सम्झेर रोकिनु नै साँचो प्रेम हो?
आकाशको दोधारले हामीलाई आफ्नै प्रेमको चिरफार गर्न बाध्य बनायो।

कहिलेकाहीँ प्रेम जित्दैन, परिस्थिति जित्छ।
‘नीलो प्रेम’ मा आकाश जस्तै हामी पनि निर्णय नलिई बसिरहन्छौं!
Very good read.
2 reviews
December 7, 2025
Not a single character felt boring. Each one of them had their own presence and story. Aakash and Barsha ,Garima,Binod and narrator’s tale everything single thing felt like home. Interesting plot twist and suspense. Overall the book is amazingly written.
Displaying 1 - 8 of 8 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.