Jump to ratings and reviews

निलो प्रेम [Nilo Prem]

'नीलो' प्रेम नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ- कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाईं सधैँ खुलेको नीलो आकाशकी उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीभँ नीलान्य डामहरू पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफनै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगे हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

504 pages, Paperback

Published April 2, 2025

Loading...
Loading...

About the author

Purushottam Bajagai

1 book19 followers

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
46 (46%)
4 stars
33 (33%)
3 stars
9 (9%)
2 stars
7 (7%)
1 star
4 (4%)
Displaying 1 - 22 of 22 reviews
Profile Image for Reewaz Aryal.
68 reviews2 followers
July 17, 2025

नीलो प्रेम उपन्यासकार पुरुषोत्तम बजगाईंको पहिलो कृति हो । यो उपन्यास मुख्य पात्रहरू आकाश र वर्षाको प्रेमको पृष्ठभूमिमा बुनिएको छ । यस उपन्यासले किशोर मनोविज्ञान , सामाजिक संरचना , प्रेम , मित्रता , र अन्य सामाजिक विषयहरूको उत्थान गरेको छ । लेखकले गीतसंगीत र चलचित्रप्रतिको अभिरुचि मुख्य पात्रहरू मार्फत व्यक्त गर्ने कोसिस गरेका छन् । उपन्यासमा थुप्रै पुराना गीतका referenceहरू (नेपथ्य ब्यान्डका गीत , नारायणगोपालका गीत , पुराना हिन्दी गीतसंगीतहरु ) र चलचित्रका referenceहरू प्रशस्त रूपमा पाइन्छ । सरल भाषामा लेखिएको , प्रेमिल भावले ओतप्रोत यो उपन्यासमा कहीँ कतै नअल्झी sincerity का साथ सलल बगेको कथानक भएको हुनाले पाठकमाझ लोकप्रिय भएको होला भन्ने मलाई अनुभव भयो । Mild pace मा कथानक अघि बढिरहेतापनि फिटिक्क बोर लाग्ने ठाउँ छैन । कथानकले मज्जाले तानिरहन्छ र एकपटकमा सजिलै ४०-५० पेज छिचोल्न मुस्किल पर्दैन र जसले गर्दा लगभग ५०० पेजको उपन्यास सक्न समय लाग्दैन । सायद यो पनि उपन्यासको दोस्रो र तेस्रो संस्करण निस्किनुमा योगदान दिने कारक हुनसक्छ भन्ने मलाई लाग्यो । प्रेमिल भाव मात्र नभएर कहिले आकाश त कहिले वर्षाको पात्र मार्फत विभिन्न विम्बहरूको प्रयोग गरी जीवनप्रतिको दृष्टिकोण या भनौँ जीवन दर्शन पनि प्रस्तुत गर्न लेखक सफल भएका छन् । उपन्यास पढ्दै गर्दा कति पाठक वर्गले आफूलाई रिलेट गर्न सक्ने , आफ्नो विगतका स्मृतिहरू ताजा गराउन सक्ने , मिठासपूर्ण भाषाशैलीको प्रयोग आदि कुराहरू उपन्यासको सबल पक्ष हुन् । भावनात्मक उतारचढाव , सामाजिक चित्रण र किशोरकालीन प्रेमको समिश्रणले जन्मिएको यो उपन्यास समग्रमा पठनयोग्य छ ।
Profile Image for Aashruti K.C.
255 reviews65 followers
April 8, 2026
नेपाली प्रेमकथामा यो पुस्तक एक नयाँ र ताजा अनुभव जस्तो महसुस भयो। कथाको मौलिकता र वास्तविक लाग्ने पात्रहरू मेरा लागि यस पुस्तकका सबैभन्दा उत्कृष्ट पक्ष थिए।
मलाई लाग्छ हामीमध्ये धेरैजना आफ्नो जीवनको कुनै न कुनै मोडमा आफै 'आकाश, वर्षा, जागृति वा प्रभा' भएका छौँ, वा उनीहरू जस्तै कसैलाई नजिकबाट चिनेका छौँ। यो कुरामा अरू पाठकहरू पनि मसँग सहमत हुनुहुन्छ होला। सायद यही कारणले गर्दा यो पुस्तक सरल भए तापनि अत्यन्तै सुन्दर छ।

मेरो लागि एउटै मात्र निराशाजनक पक्ष भनेको यसको अन्त्य थियो। मैले पुस्तकको झन्डै पौने भाग (३.५/४) जति रमाइलो मान्दै पढे पनि अन्तिमका केही पानाहरूले मलाई लेखकलाई सोध्न बाध्य बनाए— 'के यो आवश्यक थियो?'

यसको अन्त्य अझ राम्रो हुन सक्थ्यो...
जे होस्, लेखकप्रति धेरै धेरै सम्मान र आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा अझ धेरै पढ्न पाउने आशा गर्दछु।
Profile Image for Sundar  Parajuli.
94 reviews5 followers
March 22, 2026
Purushottam Bajagai द्वारा लेखिएको “Nilo Prem” एक भावनात्मक नेपाली love story हो, जसले युवा पुस्ताको वास्तविक प्रेम र सम्बन्धलाई देखाउँछ।
यो novel को सबैभन्दा बलियो पक्ष यसको सरल भाषा र relatable story हो। कथा पढ्दा यस्तो लाग्छ जस्तो हाम्रो आफ्नै जीवनको कुनै हिस्सा पढिरहेका छौँ। लेखकले प्रेमको खुशीसँगै दुख, misunderstanding र sacrifice पनि राम्रोसँग प्रस्तुत गरेका छन्।
कुनै पनि पात्र बोरिङ लाग्दैन। प्रत्येक पात्रको आफ्नै अस्तित्व र कथा छ। Aakash, Barsha, Garima, को कथा सबै कुरा एकदमै आफ्नै जस्तो feel हुन्छ।
कथामा खासै ठूलो नाटकीयता छैन, कथामा आउने plot twist र suspense ले reader लाई अन्तिमसम्म बाँधेर राख्छ। Overall, यो पुस्तक अत्यन्तै राम्रो तरिकाले लेखिएको छ र भावनात्मक रूपमा निकै जोड्ने खालको छ।
Profile Image for Sabin Chhetri.
173 reviews7 followers
August 9, 2025
It’s been quite sometime since I finished reading this novel, yet the characters Aakash and Barsha still linger in my mind, refusing to let go. This has never happened to me before-never, ever before.

I’ve decided to completely discard my earlier review and start fresh. This time, I only want to talk about the good. And honestly, this book is so good that its flaws feel easy to overlook.

The novel follows the story of Aakash and Barsha, which begins back in their 11th standard, when fate brought them to the same school. It’s a storyline so familiar that many of us might have lived parts of it ourselves-and that simplicity is, in fact, the novel’s greatest strength.

This is a story of redemption. A story of love and sacrifice. A story of heartbreaks and friendships. Of family bonds and unspoken one-sided love. Of breakups, wrong turns, and bad habits. Of recovery, reunion, and the bittersweet moments of separation.

Over the span of 504 pages, the novel takes us through countless emotional highs and lows. The twists and turns of love, friendship, and loss keep the reader deeply engaged from start to finish.

That said, I wasn’t entirely convinced by the way the narrative was structured. The ending, too, didn’t quite deliver the impact it could have. For a novel so deeply rooted in romance, a sharper and more fitting conclusion might have elevated it even further.

The story feels so real that I find myself wishing it weren’t fiction-that somewhere out there, Aakash and Barsha truly exist. And if they do, I can’t help but feel an intense curiosity to know how their story really ends.

In a nutshell-readers will be swept away by the gentle flow of the story, carried along by its emotional honesty and relatable charm.

One more thing - after revisiting Subin Bhattarai’s Summer Love, I couldn’t help but notice that this novel carries a similar aura. It feels deeply influenced by Summer Love, both in tone and essence.
Profile Image for Shreeraj Sapkota.
2 reviews
May 25, 2025
नीलो प्रेम एउटा सरल भाषामा लेखिएको प्रेमकथा हो, तर यसको भाव गहिरो छ। यो कथा आकाश र वर्षाको वरिपरि घुम्छ, जसको भेट साँगा प्रहरी स्कुलमा हुन्छ। ऊनिहरुको त्यो भेट समयसँगै माया बनेर अघि बढ्छ। उनीहरूको साथ, सम्झना र भावना धेरैलाई आफ्नै अनुभव जस्तो लाग्न सक्छ।

कथाको सुरुवात सरल र शान्त छ, तर जति अगाडि बढ्दै जान्छ, उतिनै गहिरो र भावनात्मक हुन्छ। कथामा खासै ठूलो नाटकीयता छैन, तर यही सरलता नै यसको बलियो पक्ष हो। लेखकले प्रेम मात्र होइन, परिवार, दूरी, र समयले कसरी सम्बन्धलाई असर गर्छ भन्ने कुरा पनि राम्रोसँग देखाएका छन्।

काठमाडौँ बसेर पढ्ने, जागिर गर्ने युवाले त यो साँच्चै आफ्नै कथा हो भन्ने सोच्न थाल्छ। इन्जिनियरिङ पढ्ने विद्यार्थीले त झनै लेखकले कसरी मेरो कथा लेखिदिए भन्न सक्छ !

यो कथा पढ्दा कतिपय पाठकलाई आफ्नै जीवनका पुराना पानाहरू याद आउन सक्छ। कहिलेकाहीँ हामीले माया गुमाउँछौं, कहिलेकाहीँ परिस्थितिले टाढा बनाउँछ नीलो प्रेम यस्तै यथार्थहरूलाई सरल तर मार्मिक ढंगले प्रस्तुत गर्छ।

पुस्तक पढ्न सजिलो छ भाषा सहज छ, तर भाव गहिरो छन्। एकचोटि पढ्न थालेपछि कथामा डुबिन थालिन्छ। अनि जब कथा सकिन्छ, मनमा केही समयसम्म शून्यता रहन्छ एक किसिमको सोच, सम्झना र अनुभूति।

यो केवल युवा पुस्ताका लागि होइन। जसले पनि जीवनमा माया गरेका छन्, छुट्टिएका छन्, वा पुन: भेटेका छन् सबैलाई यो कथा मन पर्छ।

नीलो प्रेम कम्तीमा एकपटक सबैले पढ्नैपर्ने पुस्तक हो
Profile Image for Nabin Gyawali.
2 reviews
August 12, 2026
I loved the story. I feel like this story will always remain in my heart. While reading it, there were moments when it felt like I was reading my own story. The writing feels very real and relatable, especially if you have ever had a crush on someone, fallen in love, been in a relationship, or experienced the pain of separation. You may find yourself connecting with the characters and remembering some of your own experiences. What I loved most is how beautifully the story shows the real definition of love—how hard it is to forget someone you truly love, and how pure love can be when you have no expectations in return. You don't want anything selfish; you simply want to love them the way you know how. Once you truly love someone, your heart only wants them. Like Aaksh and Barsha.

I really loved Purushottam Bajgai’s simple yet powerful writing style. He has written these emotions in such a natural and realistic way that they feel less like something you are reading and more like something you have experienced yourself. Although this is his debut novel, it feels like it was written by an experienced writer. The story beautifully shows the different phases of love, from having a crush on someone, to becoming friends, to being in a relationship, and finally facing separation.

I also loved the world-building around Sanga, Bhaktapur, and Kathmandu, and the characters. The names of the main characters, Aaksh and Barsha, really match, and their relationship feels beautiful in its own way—आकाश र वर्षा, वर्षा आकाश बिना अधुरो छ। I also loved the brother-and-sister relationship between Aakash and Aarati. Another sad part was Aaksh's dilemma about whom to choose between Barsha and Prabha. Prabha is also good and fits him, but she came late and at the wrong time. I have a separate feeling for Prabha too.

Aaksh and Barsha's love especially stayed with me because it shows that true love does not simply get distracted or fade when distance occurs. When Aaksh says, “म त्यो गरिमाको रूपक जस्तो हुँ र टाढा जादैमा भुल्ने ? किन मलाई फोन गरिनौ ?” it really touched me. And i also loved how the writer showed his love towards the nation through his writings.

There is only one thing I felt while reading the novel. I think the story would have felt more interesting or complete if the ending had been revealed more clearly. But at the same time, I understand that sometimes writers leave certain things open for readers to complete with their own thoughts and imagination.

An incomplete ending does not always mean there is no happy ending. In real life too, some stories remain incomplete, some incidents are left unexplained, and sometimes we simply do not get to know what happened next. Maybe the writer intentionally left it that way.

Or maybe there will be a sequel. Who knows?

Some lines from the book that I loved:

> “निःस्वार्थ प्रेम, कुनै अपेक्षाबिनाको प्रेम, नसोधी गरिएको प्रेम ।”
“कसैलाई प्रेम पनि सोधेर गरिन्छ र ? मान्छेले हिमाललाई सोधेर प्रेम गर्छ र ? हिमालबाट केही अपेक्षा नराखी नै मान्छेले हिमाललाई माया गर्छ । हिमाललाई सधैं सुन्दर देख्न चाहन्छ । हिमाल हाँसिरहेको हेर्न चाहन्छ किनकि हिमाल हाँसेको देख्दा मान्छे पनि खुसी हुन्छ । अनि, एक व्यक्तिलाई प्रेम गर्दा चाहिँ किन सोध्नु ?
》मलाई लाग्छ, आकर्षण र प्रेममा भिन्नता छ । आकर्षित हुनु र प्रेम गर्नुमा अन्तर छ । यसै पनि मलाई यो प्रस्ताव राख्ने, स्वीकार वा अस्वीकार गर्ने भन्ने चिजलाई प्रेमसँग जोडेकै मनपर्दैन कसैलाई प्रेम पनि सोधेर गरिन्छ र ? मान्छेले हिमाललाई सोधेर प्रेम गर्छ र ? हिमालबाट केही अपेक्षा नराखी नै मान्छेले हिमाललाई माया गर्छ । हिमाललाई सधैं सुन्दर देख्न चाहन्छ । हिमाल हाँसिरहेको हेर्न चाहन्छ किनकि हिमाल हाँसेको देख्दा मान्छे पनि खुसी हुन्छ । अनि, एक व्यक्तिलाई प्रेम गर्दा चाहिँ किन सोध्नु ?”
आजकल मान्छेहरू प्रेम प्रस्ताव प्रेम गरेर राख्दैनन् । प्रेम गर्नु अगावै राख्छन् । प्रेम गरूँ कि नगरुँ भनेर सोध्छन् । त्यसरी सोध्दाखेरि नै अत्यधिक प्रेम गरिसकेको भनेर दाबी पनि गर्छन् । मलाई त्यो प्रेमको होइन, आकर्षणको प्रश्न हो जस्तो लाग्छ । एकले अर्कालाई 'के तिमी मप्रति आकर्षित छौ ?' भनेर सोधेजस्तो । अनि, छु वा छैन भन्ने उत्तरबाट निर्धारण हुने कुनै कार्य जस्तो । तिमीले भनेझैँ, लुगा राम्रो छ वा छैन भनेर सोध्दा यदि छ भने किन्ने नत्र नकिन्नेजस्तो त्यो त प्रेम होइन, कुनै सम्झौता हो जस्तो लाग्छ । प्रेम त त्यो हिमाललाई गरेजस्तो होस् । निःस्वार्थ प्रेम । कुनै अपेक्षाबिनाको प्रेम । नसोधी गरिएको प्रेम अनि नभनिएको प्रेम ।”

> “यो झरी पनि निकै मीठो बनेको छ । उनी छाता कहिल्यै ल्याउँदिनन्, म लैजान कहिल्यै भुल्दिनँ ।”

> “मौका सबै फर्केर आउने भए
मनले चाहेको सबैले पाउने भए
औंसी पनि पूर्णिमाझैँ उज्यालो रात हुन्थ्यो होला
अभागी जिन्दगीको पनि अर्कै बात हुन्थ्यो होला”

> “दिमाग उसको ठीक छैन, पागल म बनिरहेछु
बोली उसको फुटेको छैन, लाटो म भइरहेछु
कस्तो अन्याय हो दैव यो मेरो भागमा ?
मन उसको जीवित छैन, मरी म रहेछु”

> “ऊसँग दुई-चार वर्ष सँगै बिताएर उसलाई प्रेम गरेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सोच्नु वाहियात हुन्थ्यो । मनपरेपछि प्रेम त भइहाल्छ नि ! प्रेम भएपछि मात्र विवाह हुनुपर्छ भन्ने पनि त छैन । यसै पनि प्रेम हुँदैमा विवाह हुन्छ नै भन्ने पो कहाँ छ र ?”

> “भाग्य लेख्ने सामर्थ्य कोहीसँग पनि हुँदैन । जे लेखिएको छ, त्यो भोग्नै पर्छ । तर, चाह्यो भने भोगाइ लेख्न सकिन्छ”

>अरुको मनको त कुरै छोडौं, आफ्नै मनको कुरा बुझ्न पनि सजिलो हुन्न ।

> पीर र समस्या अरु लाई सुनाउनु भनेको आफुलाई कमजोर देखाउनु हो।

> अरूले आफूलाई जेजस्तो गरे पनि आफु खुसी हुने कि दुःखी हुने भन्ने आफ्नै हातमा हुन्छ ।

> : 'तिमीसँग भेट भएदेखि आजसम्मका हरेक पल मीठा बने । म छुट्टिने बेलामा नमीठा पल बनाउन चाहन्न आकाश !'
: छुट्टिनुभन्दा नमीठो पल कुन हुन्छ ?

> तिमी गयौ थाहा भयो, म कहा जाउ थाहै भएन ।

> मान्छेको मन बुझ्न पनि कठिन हुन्छ कहिलेकाही । अरुको मनको त कुरै छोडौं, आफ्नै मनको कुरा बुझ्न पनि सजिलो हुन्न।

> कोही यसै मनपर्छन् बिनाकारण, कोही सबै कुरा मिल्दा पनि मनपर्दैनन् ।

> देखाउनु भन्दा लुकाएकै राम्रो चाहें आँखाको आसु होस् या कसै प्रतिको माया ।


1 review
April 20, 2025
Great novel ! Loved it so much!

Read it right after it was published. Felt like it is telling my story. The language is simple and the story flows like a river. Had it been my first novel, I am sure I would have read so many other novels because of it.

The story beings with a boy joining class-11 in police school. Then the story revolves around Baneshwor with the boy and his “friend” studying Engineering. After this, the story grows like the age of the characters.
In every stage of the characters’ life, I connected to them be it school life, college life, or post student life.

At first, I thought its a college love story. But, the story is so much more than that.
Yes, half of the novel is college life. But after that, it a story of matured people. In the second half of the novel, the characters, their thoughts and their interactions are so much matured. This a great aspect of the novel. Plus, the ending is quite surprising! Did not expect that.

With characters so real-like and story so relating, its hard to accept that it is a fictional novel. The ending of the novel and the way the narrator explains the ending, it is clear that the writer wants the readers to understand, suspect or rather accept that it is a real story.

I highly recommend it to everyone.
1 review
August 8, 2026
Great read ! Ekdamai Man paryo.

I generally don't write reviews, but came across this book's reviews here while searching it online.

Read a book after a while and it was such a refresher. Now I am wanting to read more even in my busy schedule of scrolling screen.

I think simplicity of the story and the natural language is the prime reason why I liked it so much.
Oftentimes we find writers trying to use literary language unnecessarily. But that's not the case in this book.

Book's size had triggered me at first, but completed it in few sitting over the weekend. That was a surprise for me as a slow and lazy reader.

And what a masterpiece ending ! I see other reviewers calling the ending not satisfactory. But if it would have a regular ending like we are used to, I don't think the book would become the talk of the town.

I would definitely recommend it. A must read in Nepali romantic fiction.
Profile Image for Laxman Gaire.
32 reviews
December 28, 2025
प्रेमले चाहेर पनि सधैं जित्न नसक्ने रहेछ। भाग्य ठानेर सबै। सहनुको कुनै अर्को विकल्प नभेट्ने रहेक प्रेमले। तर जे भयो त्यो नहुन पनि सक्थ्यो, चाईएकाे थियाे त केबल एक जिद्दिपन र विश्वास। तर, चाहेर पनि मानिस कहिले काँही आफूले चाहेको कुरा गर्न असमर्थ हुन्छ जसले केबल एक जिन्दगी नभई अनेकौं जिन्दगीमा प्रत्यक्ष असर पार्दछ।

Overall, a good read. The ending is completely unexpected and leaves a strong impact. The writer’s storytelling is exceptionally engaging, keeping the reader hooked from beginning to end.
1 review
August 2, 2025
Nilo Prem is a masterpiece that mirrors every youth’s college life!
Set around Baneshwor and its vibrant periphery, this novel weaves together love, friendship, family, college and the quiet struggles of teenage years into one unforgettable journey.

A heartfelt and immersive narrative that flows like a river. The unexpected and curious ending leaves a lasting impression long after you turn the last page.
Profile Image for Aishwarya Khatiwada.
41 reviews
September 13, 2026
समग्रमा भने मलाई यो एकदमै mediocre लाग्यो। कतिपय ठाउँमा अनावश्यक रूपमा लामो तानिएको छ र कथा खासै रोचक नहुँदा पढ्दा दिक्क पनि लाग्छ। धेरैपटक अब केही राम्रो मोड आउला कि भन्ने अपेक्षा गरेँ, तर खासै आएन।

यो किताबको कथा भन्दा पनि यसले जगाएको feeling मलाई मन पर्‍यो। प्रेमसँग जोडिएका पुराना याद, अधुरा भावना र नोस्टाल्जियासँग relate गर्न सकेँ, तर कथा आफैंले भने खासै गहिरो छाप छोडेन।

किताबभन्दा किताबले सम्झाइदिएका आफ्नै केही यादहरू बढी मन परे। 💙
1 review
August 8, 2025
के प्रेम सँग बग्नु सजिलो हुन्छ?
कि कसैको माया सम्झेर रोकिनु नै साँचो प्रेम हो?
आकाशको दोधारले हामीलाई आफ्नै प्रेमको चिरफार गर्न बाध्य बनायो।

कहिलेकाहीँ प्रेम जित्दैन, परिस्थिति जित्छ।
‘नीलो प्रेम’ मा आकाश जस्तै हामी पनि निर्णय नलिई बसिरहन्छौं!
Very good read.
2 reviews
December 7, 2025
Not a single character felt boring. Each one of them had their own presence and story. Aakash and Barsha ,Garima,Binod and narrator’s tale everything single thing felt like home. Interesting plot twist and suspense. Overall the book is amazingly written.
Profile Image for SIRI.
39 reviews1 follower
March 11, 2026
You are missing out smthng if u haven't read it
4 reviews
Read
July 26, 2026
Classic lovestory starting from teenage days ....
Profile Image for KAPPY.
6 reviews
September 5, 2026
अब आकासलाई कता खोज्नु अनी थाहा पाउनु के भयो?
55 reviews
August 25, 2026
समर लभ लाई हल्का तन्काएर लेखिएको जस्तो मात्रै लाग्यो । Best seller हुनुको कारण चाहिँ हल्का nostalgia feel हुने भएर जस्तो लाग्यो । त्यस्तो wow भन्ने खालको कथा लागेन । सायद धेरै माया पिरती का कथा यस्तै हुने भएर पनि होला ।
Profile Image for Thegirlwiththebook.
34 reviews
April 22, 2026
I don't understand what the hype was all about. Honestly,I didn't like the book. I felt the ending was forced, and the book was so boring at times. I skipped very much of it.. I felt many things were unnecessarily written had it been cut, and it would have been short read.
Displaying 1 - 22 of 22 reviews