एघार वर्षचार हजार पन्ध्र दिन दुर्इ लाख एक्काईस हजार किलोमिटर तीनवटा साइकल दुर्इ सय सत्तरीवटा टायर एक सय पन्चानब्बेवटा ट्युब सत्र सय असीपटक टायर पन्चट एक सय चालीसवटा चेन छब्बीस जोडी प्याडल चौधवटा हेल्मेट त्रिपन्न जोडी पन्जा एक सय चौध जोर साइक्लिङ ड्रेस एकासीवटा चश्मा र, असंख्य जुत्ता, मोजा, घडी, क्याप ...
संसारमा म जहाँ जहाँ पुगेँ, त्यहीँका मान्छेले दिए, प्रयोग गरेर फटाएँ । केही मेरो पसिना र धेरै हरेक दिन भेटिएका असल मान्छेहरुको असल सहयोगले मैले एक करोड सत्तरी लाख रूपैयाँ आफ्नै हातले गनेर/छामेर सिध्याएँ । जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !"
आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीँ पनि फरक थिएन । ताराहरुको रङ्ग फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । न त भगवान् बुद्धको अर्कै जून उदायो ! न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौँ भगवान् भएका हिन्दूहरुको छुट्टै संसार भेटियो ! संसारमा म जहाँ जहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ ।
हरेक आस्थाका मान्छेहरु एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ । हरेक आस्था, विचार, रङ्गका मान्छेहरुले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् । प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ । संसार एउटा घर हो ! हामी त्यसका परिवार हौँ ! विश्वमा शान्ति फैलिरहोस् !
This book recounts the phenomenal journey made by a common boy from the villages of Nepal. It is the living proof that dreams don't always have to stay as dreams.
The tales of Puskar Shah are magical. I have had an opportunity to meet him personally during that encounter his persona had touched me. During his miraculous journey, what he has achieved and experienced is hard to recount for.
About the book, he has teamed up with a lit fellow to shape his diary entries into a book so expecting a literary genius would be quite disappointing but reading it in terms of what we can really achieve as a human would be really enticing because he is a common man just like us.
सपना त सबैले देख्छन । धेरैले, धेरै थरिका सपना देख्छन । तर सबै संग देखेका सपना पुरा गर्ने अठोट, आँट र दृढ संकल्प हुँदैन । संसारमा केहि व्यक्तिहरु हुन्छन जसले आफुले देखेको सपनालाई सार्थक तुल्याउन कुनै कसर बाँकी छोड्दैनन र अनेक बाधा, अवरोधका बाबजुद पनि आफ्नो सपना पुरा गरेर नै छोड्छन; पुष्कर शाह तिनै व्यक्तिहरु मध्येका एक हुन् ।
"संसारलाई साढे पांच फन्को" पढ्ने जो कोहि पनि उनले देखाएको अदम्य साहस, अठोट देखेर नतमस्तक हुन्छ र उनको यो यात्राको प्रशंसा नगरी रहन सक्दैन ।नेपालको दोलखाको एउटा दुर्गम गाउँ देखि संसारका बिभिन्न ठाउँहरु हुँदै सगरमाथाको चुचुरो सम्मको यात्रा समेटिएको यो किताब सबैले एक चोटी पढ्नै पर्ने किताबहरु मध्येको एक हो । जीवनको ११ बर्ष बिताएर संसार घुमेको "साइकले विद्यार्थी"ले घुमेको विश्व, देखेको विश्व, बुझेको विश्व र संसार घुम्दै गर्दा बुझेको जीवनलाई एकचोटी संसारकै कुनै एउटा कुनामा बसेर अक्षरहरु मार्फत पानाहरु पल्टाउँदै जान्न पनि यो किताब पढ्नै पर्छ । जन्मिने हरेकले आफ्नो जीवनमा संसार पुरै घुम्न सक्दैनन । संसार घुम्न अझै कयौं जीवनहरुको खाँचो पर्ल्ला तर एक सय पचास राष्ट्र आफ्नो साइकलमा गुड्दै जसरी पुष्कर शाहले यो संसारको साढे पांच फन्को मार्ने गरी दुरी पहिल्याए, यति सम्मको सफलता हासिल गर्न पनि हामी मध्ये धेरैले यहि जीवनकालमा सक्दैनौं तसर्थ आफु पुग्न नसके पनि संसारलाई पानाहरु र त्यहाँ दौडिएका अक्षरहरु मार्फत नियाल्न पनि यो किताब पढ्नै पर्छ ।
किताब पढ्दै जाने क्रममा वास्तविक रुपमा गरिएको यात्रा र किताबमा एउटा शिलशिलामा राखिएको यात्राको क्रम बीच कहींकतै तादम्यता नमिलेको जस्तो पनि लाग्छ । साथै कतिपय अवस्थामा यात्राको बर्णन गर्ने क्रममा केहि प्रसंगहरुको चर्चा भए पनि ति त्यसै अपुरो नै भएको जस्तो भान हुन्छ जसले गर्दा पाठकमा उब्जिएको कौतुहलता त्यसै मर्छ र खल्लो पनि लाग्छ । साथै यात्राको बर्णन गर्दा केहि कुरा अझ थप्न सकिने ठाउँ पनि भेटिन्छ । तर यात्रा आफैमा शब्दमा अटाउने बिषय पनि त होइन । कति कुरा यात्रा गर्नेले मात्र बुझ्न सक्छ जुन शब्दमा बर्णन गर्न नसकिने पनि हुनसक्छ । कति यादहरु यात्रीको मानसपटलमा मात्र सुरक्षित हुँदा मात्र ति पलहरुको महत्व बचाईराख्न सकिने हुन्छ र कति आफैले यात्रा गरे मात्र बुझ्न सकिएला । सायद आफ्नो यात्रालाई किताबमा लिपिबद्ध गर्दा "पुष्कर शाह"लाई यस्तो अवस्था धेरै चोटी आइपरेको हुन सक्छ । यात्रा शब्दमा भन्दा पनि भावना बुझ्ने कुरा हुँदा पाठकले पुष्कर शाहकै ठाउँमा आफुलाई राखेर; शब्दहरुमा डुब्दै, कल्पनामा साइकलसंगै संसार घुम्न निस्किएर, ति बिभिन्न घुम्तीहरुमा वास्तविक यात्राको स्वाद चाखे, रहेका केहि गुनासाहरु पनि आफै हराउंदै जानेछन ।
विश्व शान्तिको संदेश बोकेर शुरु भएको यात्राको क्रममा बिभिन्न युद्धका प्रसंगहरु, मानिसहरुले भोगेको युद्धको चोटहरुको कथा र ठाउँ ठाउँमा मानिसहरुले मानवीयता भुल्दै देखाएको अमानवीय ब्यबहारका प्रसङ्गहरु पढ्दा मन अमिलो हन्छ भने कतै बिभिन्न ठाउँमा बिभिन्न अपरिचित व्यक्तिहरुले देखाएको परिचित ब्यबहार, आफुले दुख गरेर कमाएको रकमले गरेको सहयोग, दिएको मायाको र साइनो प्रसंग पढ्दा भने संसारमा असल मान्छेकोहरु प्रशस्तै छन् भन्ने भावना मनमा जागृत हुन्छ जसले बेला बेलामा पाठकलाई भाबुक बनाउन नि सक्छ ।
हामीलाई केहि चिजले बाँधेको छ भने मानवीय संवेदना , भावना, मानवीयताले नै हो । संसारमा हरेक व्यक्ति असल हुन नै खोज्दो हो तर बिभिन्न परिस्थितिले उसलाई खराब बनाउँदो हो तर जति सुकै कठिन अवस्थामा पनि मानवीय गुण र आफु भित्रको मानवीयतालाई मर्न नदिई आफुलाई बचाईराख्न चाहिं ठुलै त्याग र अठोट चाहिन्छ । हामी फरक छैनौं , प्रकृतिले हामीलाई फरक ब्यबहार गर्दैन । भूगोल, संस्कृति, रहनसहनले हामी फरक देखिएलाऔं तर सबै संस्कृति, धर्मको, सार विश्व शान्ति नै हो , भाइचारा नै । यो सिङ्गो संसार एउटा घर हो र हामी त्यसका परिवार । यो किताबबाट रोमान्चक यात्राको बर्णन संगै हामीले सिक्ने पाठ यहि हो । संसार ठुलो छ र जीवनमा हामीले सिक्नुपर्ने, गर्नुपर्ने कुरा पनि धेरै नै होला । यसको लागि हामीलाई चाहिने भनेकै अनुशासन, दृढ संकल्प र साहस हो ।हार मान्न सजिलो छ तर हरेस नखाई आफुलाई संधै यो जीवन यात्रामा हिडाईराख्न दह्रो मुटु चाहिन्छ र सायद ! जीवनले सार्थकता यहि यात्रा बीच नै भेट्टाउँछ ।
पुष्कर शाहलाई उनले सिकाएको यो पाठको लागि धेरै धेरै धन्यवाद ।।
"जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !"
आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीँ पनि फरक थिएन । ताराहरुको रङ्ग फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । न त भगवान् बुद्धको अर्कै जून उदायो ! न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौँ भगवान् भएका हिन्दूहरुको छुट्टै संसार भेटियो ! संसारमा म जहाँ जहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ ।
हरेक आस्थाका मान्छेहरु एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ । हरेक आस्था, विचार, रङ्गका मान्छेहरुले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् । प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ । संसार एउटा घर हो ! हामी त्यसका परिवार हौँ ! विश्वमा शान्ति फैलिरहोस् "
'पुष्कर शाह - संसारलाई साढे पाँच फन्को' एक उत्कृष्ट यात्रा संस्मरण हो। नेपालका गौरवशाली विश्व साइकलयात्री को ११ वर्षको १५० देश भ्रमणको कथा हो। यात्रा क्रमका रमाइला र तथ्यपरक जानकारी लेखकले प्रस्तुत गरेका छन्। यति लामो यात्रा गर्न ठूलै साहस र आँट चाहिन्छ। उनले किताबको सुरुमै भनेका छन् पैसा हुँदैमा सबै घुम्ने हुँदैनन्। दोलखा मकैबारीबाट आमाको हात को १०० रुपैयाँ लिएर संसारलाई नाप्न हिँडेका शाहले यात्राको क्रममा धेरै मानिसको साथ, सहयोग र सद्भाव बाट १ करोड ७० लाख खर्च गर्न सक्षम हुन्छन्। यात्रामा रोमान्चक भएँ पनि जोखिम त्यतिकै छ। ठाउँ ठाउँमा लुटिएका र ज्यानै जोखिममा परेको घटना पनि छन। मदिरा र यौवन जो संसारभरको नसा हो, उनले राम्रै चाखेका छन्। उनको यात्रा संस्मरण पठनीय छ। पुष्कर शाहले बाचेको जीवन साँच्चिकै लोभ लाग्दो छ। सबैले एकपटक पढ्नै पर्ने पुस्तक जस्तो लाग्छ।
पढिसके पछि मलाई पनि घुम्न जाम जाम लागेर ल्यायो त, अब केगरुङ परियो फसादमा 😂😂 गोजिमा सुको मरु, भखर ३ देश मात्रै घुमेको छु, अध्यारोहरुको देश जानै पो डर लाग्यो त कस्ता कस्ता ठगहरु हुदा रचन हैट, कस्तो कस्तो बहानामा लुट्दा रचन बाइ, पढ्दा हासाउने भए पनि अाङ सिरिङ्ङ बनाउने पिसाचहरुको लुट्ने शैलीले ।
घरको आँगनभन्दा बाहिरी विश्व जान्न, घुम्न रहर गर्ने मान्छेलाई पुष्कर शाह एउटा रहर हो, एउटा सपना हो, एउटा उदाहरण हो । पुष्कर जस्तै बन्ने रहरले कयौँलाई समाजप्रति, विश्वप्रति बफादार हुन सिकाएको छ, उत्तरदायी हुन प्रेरणा दिएको छ । रेडियोपत्रिकामा शहिद भयो भनेर समाचार छापिएको मान्छे, माइतिघरको भट्टीमा छ्याङ तानिरहेको(इँटा थपिरहेको) मान्छे कसरी विश्वलाई साढे पाँच फन्को मार्न सफल भयो होला, त्यो पनि साइकलमा ? कथाले जो कोहिलाई लोभ्याउँछ । जो कोहिलाई पुष्कर बन्ने रहर लाग्छ । थपः https://kirrkur.com/book-view/puskars...
यात्रा संस्मरण त्यसै पनि मलाइ पढ्न मन पर्छ, तर यो यस्तो यात्रा संस्मरण हो जहाँ प्रकृति, सस्कृती, भेसबुसा ,भासा, युद्द, शान्ती, हासो, रोदन, विभिन्न मानिस का कथा, प्रकृति का कथा, बिबिध मानबिय सम्बेग ..... हर चिज समाबेस छ त्यो पनि एउटा कुनै निश्चित भुगोलको होइन सारा सन्सारकै । धन्यवाद पुष्कर सरलाइ यति राम्रो अनुभबहरुलाइ पुस्तकको रुप दिनुभएको मा ।
this is the best book I have read till date. Every page is fill with adventure. You can feel that you are travelling to the world with the writer at the backseat of his cycle
It didnot take many days to finish it, the book is smooth , their are intresting incidents that makes you feel you are there. It would have been a fivve star for me if the book was as traveled , you find that he had been to some countries of Africa before Asia and you need to read asian countries before before Africa with the link with Africa, that way thing gets confusing, Pushkar , had lost his cycle in Mexico too , but there is nowhere stated that he got his cycle back or did he buy it or anything like that, most of the chapter starts with the person , Pushkar or the writer he narrated to might understand or know the person but we dont so general introduction would have been better the book was a bestseller in Nepal, i bought and read it because i wanted to feel Puskhar but that was not what i felt . some extra pages would have been better.
This book is simply a collection of different experiences of the interesting fellow world cyclist Puskar Shah, while he travels around the world in his bicycle.
It is written in a form of short sections(each couple of pages) of random experiences, throughout the book, so it can be enjoyed wether one has few hours or just few minutes to read. This was my go-to book for reading pleasure while getting heavy headed reading other books. It almost feels like listening to a friend telling stories of his experiences. It is a light read and written in unique yet very simple way so that it could be enjoyed by anyone interested.
I think this book is written as it is, it's raw . There is very less fancy add_ons. When writer described about the places, you feel you are there, no doubt on that. Definitely a good read