Jump to ratings and reviews
Rate this book

नेलकटर [Nail Cutter]

Rate this book

136 pages, Paperback

Published January 1, 2017

Loading...
Loading...

About the author

Uday Prakash

44 books50 followers
Uday Prakash is the author of poems, short stories, non-fiction, films, and documentaries. In 2010 he received the prestigious Sahitya Akademi literary award in India. He is professor-in-charge, Department of Mass Communication, Media, and Journalism, Indira Gandhi Tribal University, Amarkantak. He lives in Ghaziabad, India.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
9 (52%)
4 stars
5 (29%)
3 stars
2 (11%)
2 stars
0 (0%)
1 star
1 (5%)
Displaying 1 - 4 of 4 reviews
Profile Image for Reewaz Aryal.
71 reviews3 followers
September 13, 2025
उदय प्रकाशद्वारा लिखित पाँचवटा कथाहरुको संग्रह हो नेलकटर , जसलाई यज्ञशले अनुवाद गरेका छन् । यस संग्रहका कथाहरूमा समाजमा विद्यमान समस्याहरूको मनोवैज्ञानिक चित्रणका साथै यथार्थवाद मात्र नभएर जादुयी यथार्थवाद प्रयोग भएको छ । यस सङ्ग्रहमा सान्दर्भिक विषयको उत्थान पनि पाइन्छ । पहिलो कथा नेलकटरमा जादुयी यथार्थवादको प्रयोग गर्दै आमा र छोराको कथा बताएका छन् । दोस्रो कथा अपराधमा दुई भाइको कथा मार्फत अपराधबोधमा फसिरहेको एकविक्षिप्त युवाको मनोविज्ञानको चित्रण गरेका छन् । त्यसै गरी अर्को कथा तिरिछमा तिरिछ भन्ने प्राणीको प्रतीकात्मक चित्रण गर्दै आधुनिक युगमा बढ्दै गइरहेको संवेदनहिनताको वर्णन गरेका छन् । अरेबा परेवा शीर्षकको कथा मार्फत बाल मनोविज्ञानको बारेमा बताउन सफल भएका छन् । अन्तिम कथा दिल्लीका पर्खाल मार्फत वर्ग विभेदको कथा उत्थान गर्न सफल भएका छन् । यज्ञशले उदय प्रकाशको मोहनदास भन्ने कथा पनि अनुवाद गरेका थिए र त्यसमा जस्तै यो संग्रहमा पनि मूल कथाभाव प्रभावकारी रूपमा आएकोले यो कथा संग्रह पनि पठनीय छ ।
Profile Image for Nascent.
109 reviews2 followers
Read
August 31, 2025
खासमा म पनि अब त्यही जीवनको एउटा अङ्ग बनेको थिएँ । घर फर्किंदा छोरो र श्रीमतीको आँखामा देखापर्ने सन्तापको सामना गर्न सक्ने हिम्मत मभित्र बाँकी थिएन । राति जब मेरो छोरो मुखमा रोटीको गाँस हालेर बिस्तारै-बिस्तारै चपाउँथ्यो, मलाई लाग्थ्यो ऊ कुनै अँध्यारो भऱ्याडबाट पृथ्वीको तल-तल झरिरहेको छ र अब कहिल्यै पनि मैले उसको अनुहार देख्न पाउने छैन । मभित्र रहेको आत्माजस्तो कुनै चीज चुपचाप रून्थ्यो । यो दुर्भाग्यको कारण जान्नका लागि जतिपटक पनि म आफूभित्रका कमी खोज्ने प्रयास गर्थे, मेरो विश्वास गर्नूस्, म सबै कमजोरी यो सम्पूर्ण व्यवस्था र तन्त्रमा पाउँथे । त्यो तन्त्र, जसको निर्माणमा पक्का पनि कुनै सैतानको हात थियो । यो पक्का थियो, कुन दिनदेखि अचानक म पनि यो नुक्कड, चोकमा देखिने छैन । इज्जतदार र धनीहरूको यो सहर दिल्लीमा यसरी नै गायब हुन्छन् माग्ने, गरिब, रोगी र साधारण मानिसहरू । फेरि ती कहिल्यै फर्किन्नन्, कहिल्यै आउँदैनन् । यो सहरमा उनीहरूको स्मृतिसम्म बाँकी रहँदैन । उनीहरू कुनै अभागी फकिरको आँसुजस्तै हुन्, जो हिँडेपछि उसले टेकेको जमिनमा अरू केही रहन्न, खालि एउटा भिजेको डोबमात्र हुन्छ । त्यो आद्रता उसको समयका अन्यायले पैदा गरेका उसका मौन आँसु र थुकको आद्रता हो ।
[...]
मैले पहिले नै भनेको थिएँ- यो यस्तो जीवन हो, जहाँ जुनसुकै बेला, जुनसुकै मानिस अचानक अनुपस्थित हुन सक्छ । त्यसपछि त्यो मानिस कहिल्यै देखिँदैन । पछि उसको स्मृति पनि हराउँदै जान्छ । उसलाई सबैले बिर्सिन थाल्छन् यदि उसलाई खोज्न थाल्ने हो भने पहिले उसको अस्तित्व भएको ठाउँमा केवल एउटा आद्रता र थोरै भिजेको माटो मात्र पाइन्छ । त्यो पानी र आद्रता नै यस ठाउँमा कुनै न कुनै मानिसको अस्तित्व पक्कै थियो भन्ने कुराको प्रमाण हुन्थे, जुन मानिस अहिले थिएन । र, अब कहिल्यै रहने पनि छैन ।
Profile Image for Sushil.
83 reviews5 followers
November 21, 2020
उदय प्रकाशको नेलकटर (नेपाली अनुवाद यज्ञश) छोटो मिठो कथा संग्रह रहेछ। ६ वटा साना कथा रहेको यसमा विशेष तिरीछ र दिल्लीको पर्खाल राम्रो लाग्यो। समाजका गरीब, पीडित र रोगी भुइमान्छेको को कथा यसमा छ। यज्ञशको भुइँया र उदयप्रकाशकाे अनुवाद मोहनदास पछि यो पुस्तक पढे।
Profile Image for Shiva Gaire.
9 reviews
October 29, 2019
मन छोएको कथा "तिरिछ" , स्वयं भित्र गढेको अप्रत्याशित मृत्यु को भयलाई केही हद सम्म जिस्काएर हिड्यो कथा ले, किताब पढ्दैजादा केही अनुवादिय त्रुटिहरु भान हुने तर समग्रमा पठनिय
Displaying 1 - 4 of 4 reviews