What do you think?

मोक्षान्त: काठमान्डु फिभर [Mokshanta : Kathmandu Fever]
Salvage Kathmandu Fever - an anthology of short stories
265 pages, Paperback
First published January 1, 2011
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 6 of 6 reviews
January 25, 2026
'मोक्षान्त: काठमान्डु फिभर' मा कुमार नगरकोटीका बाह्र वटा कथाहरू सङ्गृहीत छन्। एकाध बाहेक कुनै कथा पनि मस्तिष्कमा सजिलै खिप्न सकिने खालका छैनन्। यी प्राय अतियथार्थवादको नजिक छन्। बाह्रवटै कथाको पृष्ठभूमि, बुक-हिलको यस संस्करणमा समावेश गरिएको छ। कथाको प्रेरणा तथा कथा लेखनताकाको नगरकोटीय मनस्थिति ती पृष्ठभूमिहरूमा लिपिबद्ध छन्। जस्तै, आफ्नो मृत्युपश्चात् कब्रमा कुँद्नका निम्ति छोटोछरितो समाधि-लेख सोच्दासोच्दैमा 'तिम्रो मृत्युको समाचार' जन्मन्छ। मृत्युशय्यामा पिताको छट्पटी देखिरहँदा 'निकास' तथा 'मेटाफिजिक्स' जस्ता अवसादी कथाहरू कोरिन्छन्। लेखन क्रममा एउटा कथाकार केकस्तो मानसिक उतारचढावबाट गुज्रन्छ, कथालेखन पछाडिको उसको प्रेरणा के हो भन्ने कुरा यसरी पृष्ठभूमिका रूपमा आउनु रोचक तथा केही अवसरमा जरुरी पनि छ। झनै कुमार नगरकोटीको हकमा त यो अनिवार्य छ। आत्मचिन्तन तथा उन्मुक्त कल्पनाको स्वप्निल उडानका निम्ति नगरकोटीको पाठक बन्न बडो रमाइलो हुन्छ।
December 16, 2023
मोक्षान्त : काठमाडौं फिभर
साथेको सल्लाहमा पुस्तकालयमा गएर borrow गरेको अक्षरगन्जले मलाई कुमार नगरकोटीसँग परिचय गराएको थियो तर फोसिल, घाटमाण्डु अनि काठमाडौं फिभर best three books लाग्छन् मलाई । यी जोगी पहिरन रुचाउने, विश्व साहित्यका अनेक आयामहरु पकडेर नेपाली दर्शकलाई एउटा फरक स्वादको कृति पस्कने र english हिन्दी नेपाली लाई blend गर्ने लेखक हुन्। अजित बरालद्वारा संपादन भएको फस्ट लभमा नगरकोटीको एउटा कथा पढेको याद छ। कसैलाई मन पर्ने, कसैलाई मन नपर्ने र पपुलरिटीले बजारमुखी भए र कति महँगो किताब ल्याएको भन्दै गाली प्लस ताली खाएका पचाएका र अहिले फेरि विशाल विराट किताब निकालेका छन् नगरकोटीले। कथा-कहानीको न्यारेटिभलाइज बुझ्न, पकड लिन र fully comprehend गर्न ट्याम लाउने गर्छ तर wow waah भन्दै अलौकिक संसारमा टिरिप मार्न मजा आउँछ यो किताब पढ्दा चै। खप्पर भेजा दिमाग डिमाख त हो है एक्दम खतरनाक यिनको भन्ने लाग्ने नि हो पटकपटक। किनकिन OG नगरकोटि यसैमा ज्यादा reflected भएका छन् यसमा भन्ने लाग्ने के।
सबै हिँडेको बाटोघाटोमा लाग्नुभन्दा आफ्नै personality, movie - music- literature- - ideology- mood- theory- belief बारे ज्ञान छाटँने गर्दछन् यसमा पनि। अरुले यात्रा गरेको बाटोमा लाग्नभन्दा तिनलाई नै base बनाएर नयाँ बाटो खन्छन् नगरककोटी। केही कथा त दोहोर्याएर पनि पढेको थिएँ यस संग्रहको। यो revisit गर्दा लाग्छ अहिलेको नगरकोटि २.० भन्दा OG नगरकोटि बहुत दमदार लेखक हुन् तर एउटा परिवर्तन नभएको चै शब्द विन्यास, अक्षर - अक्षरसँग खेल्ने र न्यारेटिभ कोहेजन र distinctive different presentation approach हुन् के।

February 3, 2015
कथा सकियो भन्ने भ्रम तपाईंमा परेको हुन सक्छ । हुन त सबै मान्छे भ्रम मै बाँचेका छन् । जस्तो कि तपाइँलाई अहिले कुनै एउटा महत्वपूर्ण लेख पढ्दै छु भन्ने भ्रम । यो सब लफडा दायक दुनियाँमा एउटा लेखबाट सन्तुष्टि पाउन खोज्नु तपाईंको भ्रम हो ।
हेर्नुस्, कथा यसरी नै अघि बढ्दै थियो । लेखकले लेख्दै थियो, पाठक पढ्दै थिए । दुवै सन्तुस्ट थिएनन् । खासमा यो असन्तुष्टिको कारक न लेखक थियो, न पाठक । जब त्यो पुतलीको आत्मा/भन्नाले कुमारको आत्मा नै दुषित छ त तपाइँ त्यसबाट के आशा गर्नु हुन्छ ।
बाँकी यहाँ पढ्नुहोला - http://blog.nirmal.com.np/2015/02/mok...

August 3, 2022
मोक्षान्त: काठमान्डु फिभर
उपन्यास होला भन्ने सोचेर पढ्न सुरू गरेपछि पो थाहा भयो — यो त कथासङ्ग्रह पो रहेछ!
पहिलो कथा पढें। बुझिन!
दोस्रो पढें। त्यो पनि त्यति बुझिन!
तेस्रो पढें। अहँ ! बुझ्दै बुझिन।
तर पढ्न पनि छोडिन किनकी किताबको अन्त्यतिर लेखकले हरेक कथाका backyard प्रसङ्गहरू अथवा Inside story लेखेका रहेछन्। तिनै 'ईन्साइड स्टोरी'हरूको लोभले मेरा हातका औंलाहरू अर्को पन्ना पल्टाउन सलबलाए, आँखाहरूले अक्षरहरूलाई लखेटिरहे।
तर मैले जस्तो कथा पढ्नका लागि यो पुस्तक सुरू गरेको थिएँ, त्यसलाई भेट्न मैले २०२ वटा पृष्ठ छिचोल्नु पर्यो। र मेरा सामुन्ने देखा पर्यो — पृथ्वी।
यो कथाले मेरो मनमा साम्राज्य स्थापित गर्यो। पृथ्वी चराहरूको चर्को चिरबिर र मीठो कलरव जस्तै छ। पृथ्वी यो पुस्तकभरिकै सर्वोत्तम कथा हो।
त्यसपछि "हेलो, ज्याक्स डेरिडा !" ले मलाई मग्न बनायो।
नगरकोटी आफैँले यो किताबभित्र राख्न नचाहेको 'अरूको फूल' मलाई विशेष लाग्यो।
'खप्पर' पढीसकेपछी नगरकोटीको खप्पर चानचुने चिजले चाहिँ बनेको छैन है भन्ने थाहा भयो। थाहा भयो... उनका फिक्सनमा फेन्टासी मात्र होईन 'फिलिङ्स' पनि हुँदा रहेछन्।
बुझिने कथा त जसले पनि लेख्छ, नबुझिने कथा कमैले लेख्छन्। नबुझिने कथा लेखेर पनि पाठकलाई 'अब के हुन्छ?' भनेर उत्तेजित अनि रनभुल्ल पार्ने गजबको काम चैं नगरकोटीले मात्र गर्न सक्छन् होला।

January 24, 2022
Good read., Nagarkotian way of writing is simply good.
September 28, 2022
निकै समय लाग्यो यो सर्ट स्टोरीहरुको सङ्ग्रह पढ्न।
यद्यपि स्वादिलो नै लाग्यो यो रचना पनि!!
यद्यपि स्वादिलो नै लाग्यो यो रचना पनि!!
Displaying 1 - 6 of 6 reviews