"रक्तबीज" ले नेपाल राष्ट्रका विरुद्ध षड्यन्त्र गर्ने देशी विदेशी शक्तिको मुखौटा च्यातेर फालेको छ । देशको दुर्गतिमा योगदान पुर्याउने राजतन्त्र, लोकतन्त्र, भारततन्त्र, भ्रष्टतन्त्र सबैको दोहोलो काढ्नुभएको छ लेखकले । उहाँको यो आँट सम्माननीय छ । पुस्तकमा जिब्रो टोक्न बाध्य पार्ने अनेकौं घटनाक्रम छन् र औपन्यासिक आवरणमा राजनीतिक गुह्यता छताछुल्ल भएका छन् । "रोमन ए क्लेफ" शैलीमा चिनिएका पात्रका नामको वर्णान्तरण गरेर तिनका कुकृत्यको भण्डाफोर गरिएको छ । दक्षिणी छिमेकीको "माइक्रो म्यानेजमेन्ट" त ओपन सिक्रेट नै हो नेपालमा तर यहाँ त्यसको कुरूप अनुहार थप उदांगिएको छ अनि पैसामा बिक्ने हाम्रा नेता भनाउँदाको पनि सत्यता उजागर भएको छ । हाल केही मान्छेसँग सुरक्षित रहेको गोप्य सूचना जगजाहेर भएको छ उपन्यासमार्फत । उपन्यासको कथाविकास रेखीय शैलीमा छैन र वैयाकरणीय काल पनि एकरूप छैन अनि आख्यान र गैरआख्यान मिसिन पुगेका छन् ।
This books takes you away from the allegations of Royal massacre and defines briefly how the behavior of royal families was and how their actions could lead to the massacre. Plus the involvement of RAW has been explained in such a way that it makes hard to question it isn't true. But some details are pure hypothetical and can't be believed. This makes this novel's impact weak.
This book tries to join events that lead to Darbar Hattya Kanda. One thing I like most is that this book beautifully portrays Ganandra Shah's life and thoughts, which are real and some imaginary but seems real.
I don't know from where the author got all the information. But, he's written the book in a way that one would like to devour the book as quickly as possible; or maybe because it's all based around the Royal Family and contemporary/still on-going situation of Politics in Nepal.