Jump to ratings and reviews
Rate this book

छापामारको छोरो [Chhapamar ko Chhoro]

Rate this book
Mahesh Bikram Shah’s Chhapamar Ko Chhoro [Son of a
Guerrilla) is a book of short stories. The anthology comprises eighteen stories presenting various facets of the maoist's insurgency in the Nepal then. “Badhsala ma Buddha” [Buddha in a Slaughter House],“Ma ra Murdaharu” [Me and Corpses], “Ekadeshma”[In a Country], “Babuko Kandh ma Chhoro Sutiraheko Desh” [The Country where the Son is Sleeping in the Father’s Shoulder],“Mero Kukur Aajhai
Bhukiraheko Thiyo” [My Dog was Still Barking], “Bandha
Dhoka ra Samaya” [Closed Door and Time], and “Bandha
Dhoka ra Sapanaharu” [Broken Door and the Dreams] and many more stories which gives a pictorial representation of brutality of maoists cadres and the rampant dreadful silence and cries of the Nepali villages and the fear in Nepali faces. A traumatic collection.

124 pages, Paperback

First published January 1, 2006

8 people are currently reading
141 people want to read

About the author

Mahesh Bikram Shah

7 books8 followers
Mahesh Bikram Shah is a Nepali short story writer. He has won prestigious award Madan Puraskar for his story collections "Chhapamar ko Choro".

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
20 (22%)
4 stars
40 (44%)
3 stars
23 (25%)
2 stars
6 (6%)
1 star
1 (1%)
Displaying 1 - 18 of 18 reviews
Profile Image for Reewaz Aryal.
47 reviews1 follower
March 18, 2026
हामीले कुनै कुराको preconception/preconceived notion बनाइरहेका हुन्छौ। चाहे त्यो सुनेर , देखेर अथवा हाम्रो interpret/deduce गर्ने क्षमताका कारण पनि हुन सक्छ । "छापामारको छोरो " नामक कृतिलाई पनि म Real life छापामारको छोरो को account मा आधारित उपन्यास होला भन्ने सोच्दथे तर जब हात पर्यो र पढ्न सुरु गरे तब कथा सङ्ग्रह रहेछ भन्ने थाहा पाए | फेरि केही कथा पढिसकेपछि लाग्यो , यो त पूर्णत: युद्धको पेरिफेरिमा आधारित कथाकृति रहेछ तर जब एकादेशमा भन्ने कथा आयो पूर्णत: युद्धको वरिपरि बुनिएका कथा हैन रहेछन् भन्ने महसुस भयो | हाम्रो preconception/preconceived notion सही छ वा छैन् भन्ने जान्नका लागि पढ्नुपर्ने रहेछ |

छापामारको छोरो महेशविक्रम शाहद्वारा लेखिएको कथाकृति हो जसमा १८ वटा कथाहरु सङ्ग्रहित छन् | यी १८ वटा कथाहरुमा वास्तविक युद्धका बारेमा लेखिएका त छन् नै तर प्रतीकात्मक युद्ध ( विकृति , विसंगति ) का बारेमा पनि उत्तिकै सशक्त तरिकाले लेखिएको छ | यस संग्रहको प्रथम कथा "वधशालामा बुद्ध " मा एक वधिक र बालकका वरिपरि बुनिएको छ | यो कथामा हिंसा र करुणाबीचको moral conflict देखाइएको छ | अनित्य र करुणाको बोधबाट वधिकमा आएको परिवर्तन र enlightenment exists in every human being even those who commit terrible acts भन्ने कथाको मूल भाव रहेको छ | यस हिसाबले हेर्दा यो कथाचाहि बौद्ध दर्शनबाट प्रेरित लाग्यो । यो कथा र चौथो कथा " युद्धविराम जिन्दाबाद " thematically parallel stories लागे किनभने जुन युद्धप्रतिको जागरण र परिवर्तन छ त्यो पहिलो कथामा वधिकमा आएको आन्तरिक परिवर्तन र पूर्णत: व्यक्तिगत छ भने चौथो कथामा चाहेको परिवर्तन सामुहिक र बाह्य छ | तर यो चौथो कथामा युद्धविराम सरकारले होइन युद्धले आक्रान्त भएका नागरिकले लाएको देखाएर युद्धको बेलाको irony पनि लेखकले प्रस्तुत गरेका छन् |

गाउँमा गीतहरु गुन्जिदैनन कथामा युद्धले आक्रान्त पारेको गाउँमा कसरी बर्षौपछि आउॅंदा भौगोलिक हिसाबले उस्तै लागे पनि भावनात्मक हिसाबले टाढिएको महसुस गरेको छ भनेर देखाइएको छ । युद्ध र त्रासादीले सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पार्छ भन्ने कुरा विगत र वर्तमावको juxtaposition गर्दै smell , sound , texture को राम्रो प्रयोग गरिएको छ । यो कथामा Survival of hope amidst fear , beauty of past memories को मीठो संयोजन छ |

बाबुको काँधमा छोरो सुतिरहेको देश शीर्षकको कथामा लेखकले युद्धकालमा राज्यले आफ्ना सबैभन्दा कमजोर नागरिकहरूबाट किंकर्तव्यविमूढ़ भएको कुरालाई चित्रण गरेका छन् | यस कथाको मूल प्रश्न "आखिर राज्यले नागरिकको सुरक्षा नगरे कसले गर्छ ? नगरेको अवस्थामा के हुन्छ ? " भन्ने हो जस्तो लाग्यो | Greek mythology मा देखापर्ने Sisyphus को पात्र जो ठुलो ढुंगा पहाडको शिखरमा पुर्याउन विवश छ जो शिखर पुग्नु अघि नै झर्छ त्यै absurd struggle यो कथामा पनि देखाइएको छ आफ्नो छोराका निम्ति जति ठाउँमा धाउँदा पनि बाबुले न्याय पाउदैन | अर्को दृष्टिकोणबाट हेर्दा यस कथामा PTSD ( Post Traumatic Stress Disorder ) को चित्रण गरिएको पाइन्छ र समाज पनि युद्धले आक्रान्त भएको जसले गर्दा collective trauma पनि कथामा देखा परेको छ |

म र मुर्दाहरु शीर्षकको कथामा युद्धका बेला मानिसको मनोविज्ञानमा आएको परिवर्तन प्रस्तुत गरिएको छ | यस कथामा मूलतः कसरी मृत्युसँगको over exposure ले गर्दा मानिस कसरी detached हुँदै जान्छ जसले गर्दा उसमा सहानुभूतिमा ह्रास आउनुका साथै tragedy कसरी routine मा परिवर्तित हुन्छ भन्ने कुरा चित्रित छ | Freudian perspective बाट हेर्ने हो भने यस कथाको पात्र ego (reality , rational) कुराबाट प्रेरित देखिन्छ rather than Superego (Morality). यस कथामा आफुलाई emotionally detach गरेर trauma बाट बच्ने psychological defense mechanism को एउटा रुपको बारेमा कथावाचकको दृष्टिकोणबाट देखाइएको छ |

कुर्सीपर्व , एकादेशमा , पशुअवतार र ह्युमन फार्मिंग यी चारवटा कथाहरु प्रतीकात्मक युद्ध ( विकृति , विसंगति ) का बारेमा चित्रित छन् | यी चारैवटा कथा प्रस्तुतीकरणका हिसाबले प्रयोगवादी छन् | एकादेशमा शीर्षकको कथामा Fable र Parable शैली प्रयोग गरिएको छ | समाजलाई मनोबैज्ञानिक entity को रुपमा स्थापित गर्दै अर्को व्यक्तिले केही कदम उठाउला नि भन्ने सोचेर पुरै समाज कसरी निष्क्रिय हुँदै त्यो समाजमा Bystander's effect देखिन्छ र कोही केही गर्न अगाडि बढे पनि crowd को passivity ले गर्दा diffusion of responsibility निम्तिन्छ भन्ने कुरा व्यक्त गर्न खोजिएको छ | कुर्सीपर्व शीर्षकको कथामा satirical parable in political fable को प्रयोग गरेको पाइन्छ | यस अर्थमा यो कथा Political Satire हो | Plato ले The Republic मा "The ideal ruler is the philosopher-king — the person most capable of wisdom, most sensitive to justice, most attuned to truth. " भनेका थिए तर कुर्सीपर्व भन्ने कथामा भने ठ्याक्कै उल्टो देखाइएको छ जुन अहिलेको समयको यर्थाथ र विडम्बना पनि हो | पशुअवतार शीर्षकको कथामा मानवता जैविक प्राप्ति नभई नैतिक प्राप्ति हो र यो हराएर जान सक्छ भन्ने कुराको चित्रण भएको छ | Franz Kafka को Metamorphosis मा Gregor Samsa को giant insect मा metamorphosed भएझैँ मान्छेहरु पशुमा रुपान्तरण भएको कथा यसमा देखाइएको छ Metamorphosis मा external metamorphosis थियो भने यो कथामा ideological truth देखाएर internal metamorphosis देखाइएको छ | ह्युमन फार्मिंग शीर्षकको राजनीतिक र आर्थिक विषय प्रस्तुत गरिएको छ | कुर्सीपर्व , एकादेशमा , पशुअवतार यी कथाहरुमा प्रतीक र रुपकको प्रयोग गर्दै subtle तरिकाले Political critique प्राप्त गरिएको थियो जसले गर्दा यी कथाहरु more interpretive थिए भने ह्युमन फार्मिंगमा भने more explicity कुराहरु व्यक्त गरिएको छ झैं महसुस भयो | यस कारणले यो कथालाई experimental कम dystopian बढी भन्न उपयुक्त होला झैं लाग्यो |

छापामारको छोरो जुन यस संग्रहको शीर्ष कथा हो जसमा कसरी युद्धले बालबालिकाहरुको जीवनलाई असर पारेको छ र commander को मनोवैज्ञानिक यात्रा पनि चित्रित गरिएको छ । द्वन्द्वका वास्तविक पीडितहरू प्रायः ती बालबालिका हुन् जसले आफुले नरोजेको युद्धको भागिदार हुन्छन् भन्ने main theme हो जस्तो लाग्यो । मिसन इन नेपाल कथामार्फत युद्धले आक्रान्त देशहरुबीच parallel draw गर्दै युद्धका दुष्परिणामहरु देखाउन खोजिएको छ | एउटा अर्को खाडल , बन्द ढोका र समय , मेरो कुकुर अझै भुकिरहेको थियो , भत्केका ढोका र सपनाहरु , सडकमा गान्धीहरु , किडी जियाले कर्णालीमा फाल हालिन् र सिपाही र सालिक शीर्षकका कथाहरुमा युद्ध र द्वन्द्वले अत्याचार र आतंकमार्फत समाजका विभिन्न पक्षहरुमा भयावह असर एवं दुष्परिणामहरु निम्त्याउछन् भन्ने कुरा देखाइएको छ | छोरो गुमाएको बाबुलाई के पुरस्कार हुन्छ र? हुम्लामा एक छाक खान नपाएर भोकै मरेका जन्तालाई अब सरकारले के दिन सक्छ र? विकास बाहेक। युद्धका बारेमा लेखिने कृतिहरुमा limited narrative हुन्थे तर यस संग्रहमा भने सिपाही , छापामार , शोक सन्तप्त परिवार , समाज , विस्थापित बालबालिका , समाज , अन्तराष्ट्रिय नागरिक आदि सबै पक्षहरुलाई समेट्दै कथाहरु आएका छन् | जनयुद्धलाई विभिन्न दृष्टिकोणबाट हेरिएको देखिन्छ। हाम्रो देशले गुज्रनु परेको दु:खद स्थितिको दस्ताबेजको रुपमा आएको महत्त्वपूर्ण कृति हो |
Profile Image for Nirmal.
Author 1 book62 followers
February 2, 2015
युद्दकालमा देशमा घटेका घटनाहरुलाई यथार्थ चित्रण गरिएको 'छापामारको छोरो' कथाहरु मात्र नभएर आम नेपालीहरुले भोगेका व्यथाहरु हुन् ।
युद्दले पिडित नेपाली व्यक्तिका, परिवारका, समाजका साथै सिंगो देशका यथार्थका दुखद घटनाहरु हुन् ।

यी कथाहरु नयाँ नेपाली पिढीका लागि हाम्रो देशले बार्ह बर्ष सम्म गुज्रनु परेको दुखद स्थितीको दस्ताबेज हुनेछ । जसबाट आउने पिढीले युद्द कुनै पनि समस्याको समाधानको बाटो कदापि हुन सक्दैन भन्ने कुरा मनन गर्ने अवसर पाउने छन् ।
Profile Image for Aashruti K.C.
235 reviews62 followers
April 7, 2019
The collection of stories are quite impressive. The stories were able to disturb me by reminding the Maoist insurgency period, many terrifying stories of the period are showcased by the author. I have no idea if the book is available in other languages or not but i felt like these kind of books must get a vast audience . Well written and deserving book.
3 reviews
May 4, 2025
ठीकठिकै कथाहरूको उत्कृष्ट संग्रह लाग्यो मलाई, मेरो विचारमा मदन पुरस्कार पाउने जत्तिको राम्रो चाहिँ पक्कै होईन तर कथाहरू राम्रोसँग प्रस्तुत गरिएका छन्। जनयुद्धलाई विभिन्न दृष्टिकोणबाट हेरिएको देखिन्छ।
Profile Image for Ashish Bhattarai.
36 reviews1 follower
June 7, 2021
द्वन्दकालिन समय कुनै देशका लागी पनि राम्रो हैन। आफ्नै देशमा भएको १0 बर्षे माहोवादी युद्धले आम-मानिसहरुमा कस्तो असर गरेको थियो, महेशविक्रम शाह ले पानामा उतारिदिनु भएको छ। धेरै कथा पढ्दा आङ्ग सिरिङ्ग हुन्छ, कतै केही समयलाई पुस्तक बन्द गरेर सोच्न बाध्य बनाउछ। बाबुले काँधमा छोराको टाउको बोकेको कुरा या किडी जियाले कर्नालिमा हाम फालेको यथार्थ कहालीलाग्दो छ। जब यति कसरत गरेर नयाँ नेपालको सृजना भएको छ तब नेपाली समाज र नेपालीहरुले सुखका दिन बाच्न पाउनु र देख्न पाउनु अरु भन्दा पनि जरुरत देखिन्छ। छोरो गुमाएको बाबुलाई के पुरस्कार हुन्छ र? हुम्लामा एक छाक खान नपाएर भोकै मरेका जन्तालाई अब सरकारले के दिन सक्छ र? विकास बाहेक। नेपाली समाज सधै बुज्न चाहाने मेरो धोको र यस्को विकास कसरि हुँदै आइरहेको छ, बुझ्न चाहाने मेरो इच्छालाई महेशविक्रम शाह जस्ता लेखकले गर्दा पूरा भएको छ। पक्कै पनि उहाँहरुको यो उपहार बद्लामा समाजलाई केही दिएरै पूरा गर्ने छु।
सबैले एक पटक पढ्नै पर्ने पुस्तकमा राखेको छु।
Profile Image for Sushil.
83 reviews5 followers
June 5, 2020
देशको द्वन्द्वकालको चित्रण गरेर कथाकार महेश बिक्रम शाहको १८ वटा कथाको संग्रह पठनीय छ। एक दशक लामो जनयुद्धका कथाहरू छन। मलाई विशेष गरी म र मुर्दाहरु, छापामारको छोरो, बन्द ढोका र समय, सडकमा गान्धी हरु र किडी जियाले कर्णालीमा फाल हालिन् मन पर्यो। देश दुखेको र जनता रोएको कथा हो। २०६३ सालको मदन पुरस्कार प्राप्त कृति सबैले एकपटक पढ्दा हुन्छ।
Profile Image for Pabitra Khadka .
6 reviews2 followers
June 30, 2022
हामीलाई काॅंधमा बन्दुक बोक्ने युवाहरूको खाॅंचो छ,तिमी जस्ती काॅंधमा बोकेर हिॅंड्नुपर्ने बुढीको होइन" यस्तो विचार भएका अग्नि जस्तै कमरेडहरूबाट हामी जनताले केही आशा राख्ने ठाउॅं पक्कै थिएन । यो किताबले फेरि सबै कुरा झलझली बनायो। मान्छले समय अनुसार बिर्सन्छ। यदि बिर्सन नसक्ने भए के हुन्थ्यो होला...
Profile Image for Sabin Chhetri.
159 reviews6 followers
May 14, 2025
भावनालाई पन्छाउने हो भने यो कथा सङ्ग्रहमा एकाध कथाहरू बाहेक बाँकी सब कथाहरू औसत भन्दा मुनी छन्। लेखन शैली पनि किन किन मलाई अपरिपक्व लाग्यो।

मेरो विचारमा मदन पुरस्कार प्राप्त गर्न लायकको कृति भने पक्कै होइन यो।
3 reviews
February 23, 2026
very well written book, describes the true intensity of terror of the civil war of nepal and leaves the question "who lost what and who gained what ? "
Profile Image for Binay Dahal.
11 reviews1 follower
August 7, 2021
जनयुद्धका घाइते, बिस्थापित, शहिद, बेपत्ताहरु। यी सबै शब्द हरु केबल एउटा क्लिसे जस्तो लाग्थ्यो मलाई, तर छापामरको छोरोले यी शब्द हरु मा मेरा लागि भावना भरिदियो। तत्कालिन ग्रामीण नेपाललाई कथित जनयुद्धले पारेको प्रभाब, एउटा आमा, एक बा, एक श्रीमती, एक अनाथ छोरो र अन्य कैयौँ सम्बन्धहरु बीचको कहालीलाग्दो अवस्था चित्रण सजीब लाग्छन। कती कथाहरु सामान्य छन् भने कती कथाहरु ले मुटुको भित्री भागमा छोए जस्तो लाग्छ। यो कथा सङ्रह पढिसक्दा र अहिले को वर्तमान अवस्था हेर्दा १० बर्षे युद्धको सार्थकता भेट्टाउन निकै मुश्किल पर्छ।
Profile Image for Rajan.
47 reviews20 followers
December 26, 2014
This book represents the true facet of the country during the maoists insurgency in Nepal. A collection of short stories by Mahesh Bikram Shah, a superintendent of police of then, it is a sorrowful read. TO read this book, one would require a heart of immense strength. While reading this book, one undergoes much pain, shock and fear and even feels the brutality and cruelty of maoist cadres under his/her nerves. Some of the stories are truly political, some represent the situation in the villages remote from the city area and the condition of people living down there. Some are written using a masses of people as protagonist while some are written as personified experience of peoples who went under these traumatic condition. A true eye-witness story of the trembling of a country down from its roots, failing to stand on its own, this book could be one of the most horrifying book in one's life. But then, Its not the book, those were the situation under which people lived, survived waiting for the hour of their death to engulf them which came to some while other were left to bear much more pain between the corpses and mass killing of innocent villagers.
Profile Image for Róshán Népál.
10 reviews
July 24, 2015
A tear-jerker, heart-wrencher and un-biased reflection of civil-war of Nepal that took more than 15K innocent lives.
Book (story-collection) that touched the core of my heart after Palpasa Cafe. One of the BEST NepLit.
Displaying 1 - 18 of 18 reviews