Jump to ratings and reviews
Rate this book

चमेलीको फूल बैजनी रुमाल [Chameli ko Phool Baijani Rumal]

Rate this book
जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा।

Paperback

4 people are currently reading
24 people want to read

About the author

Subin Bhattarai

7 books453 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (15%)
4 stars
9 (45%)
3 stars
6 (30%)
2 stars
2 (10%)
1 star
0 (0%)
Displaying 1 - 10 of 10 reviews
Profile Image for Benjana Basnet.
94 reviews2 followers
December 28, 2025
सुविन भट्टराईका धेरैजसो पुस्तकहरू म पहिले नै पढिसकेको छु, त्यसैले उहाँको लेखनशैली कता जानेछ भन्ने मैले केही हदसम्म अनुमान गर्न सक्थेँ। तर यो पुस्तक हातमा लिएपछि भने सुरुबाटै अनुभूति फरक रह्यो।
७ वटा कथाहरू मिलेर बनेको यो संग्रह सुरुमा अलि ढिलो गतिमा खुल्छ जस्तो लागे पनि, पानाहरू पल्टाउँदै जाँदा कथा कथाबीचको स्वाद, भाव र गहिराइले क्रमशः तानिरहन्छ। मलाई व्यक्तिगत रूपमा केही कथाहरूले निकै गहिरो छाप छोडे। अर्थपूर्ण वाक्य, भित्रभित्रका द्वन्द्व, पात्रको सरल तर प्रभावशाली दृष्टिकोण यी सबैले पढ्नेक्रममा आफैंलाई कहिलेकाहीँ रोकाएर सोच्न बाध्य बनायो। प्रत्येक कथाको आफ्नै पाठ छ, र ती पाठहरू कुनै ठूलो चकचकी नभएर, जीवनले नै बिस्तारै सिकाउने किसिमका छन्।
सबै कथा एउटै रंगका छैनन्।कसैमा थोरै तीतोपन छ, कसैमा न्यानोपन, कसैमा क्षणिक हल्कापन, तर यी विविधताले नै पुस्तकलाई समग्र रूपमा रोचक बनाइदिन्छ।
Profile Image for Reewaz Aryal.
32 reviews
January 6, 2026
कथाकी पात्र कथासंग्रह मार्फत उदाएका र समर लभ , साया जस्ता उपन्यास मार्फत चर्चाका शिखरमा पुगेका सुबिन भट्टराईको सातौं कृति हो चमेलीको फूल बैजनी रुमाल ।
चमेलीको फूल बैजनी रुमाल पनि सुबिन भट्टराईको डेब्यु कृतिझैँ कथासंग्रह नै हो जसमा ७ वटा कथा छन् । सात वटा कथाहरूको शीर्षकहरू क्रमश: एक्स, चमेलीको फूल बैजनी रुमाल, अलमल, भुइँ, साँझ, २७५२ र भग्नावशेष रहेका छन् ।

पहिलो कथा 'एक्स ' मा प्रेम र प्रेमीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । कथावाचकको passionate longing र 'एक्स' पात्रको cautious restraint बीचको भिन्नता देखाउँदै आधुनिक प्रेमको अप्ठ्याराहरूको चित्रण यस कथा मार्फत गरिएको छ । यो कथा पढ्दै गर्दा कक्षा १२ को पाठ्यक्रममा पढेको Anton Chekhov को About Love भन्ने कथाको vibe कम्तिमामा मलाई चाहिँ आइरहेको थियो । Non- linear narration ले कथामा रहस्यमय बनाइरहन्छ । "भेटिनु छुट्टिनु त के हो र " र " प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ " भन्ने गीतहरू यो कथाका थीमसँग मिल्न जान्छन् जस्तो लाग्छ ।

दोस्रो र शीर्ष कथा 'चमेलीको फूल बैजनी रुमाल' गौरीका नामक पात्रको दृष्टिकोणबाट बताइएको कथा हो । यस कथा मार्फत अव्यक्त इच्छा , भावनात्मक आत्मीयता , queerness जस्ता थीमहरुको चित्रण गरिएको छ । यो कथालाई connection without confession का रूपमा लिन सकिन्छ । Recurring setting र symbols जस्तै बैजनी रुमाल , चमेलीको फूल , छाता , कोजी मम आदिले repetitive महसुस गराए पनि interpretive पनि महसुस गराउँछ । पाठकलाई spoonfeed गरिएको छैन्। Recurring setting र symbols ले गर्दा मलाई यो कथा पढिरहँदा कहीँ कतै 8 A.M Metro चलचित्रको याद आइरहेको थियो । यस कथामा मौनतालाई पनि संवादको रूपमा प्रयोग गरिएको छ । Resolution र Closure चाहने पाठकहरू केही निराश होलान् र अलमल त यो कथाको शीर्षक पो हुनुपर्ने जस्तो पनि लाग्न सक्छ ।

तेस्रो कथा ' अलमल ' शिक्षा क्षेत्रसँग सम्बन्धित कथा हो । यस कथामा पुराना यादहरू , पश्चाताप , institutional cruelty र पहिचानको अविश्वासनियता जस्ता थिमहरू समाहित छन् । Non- linear layered flashback कथनशैलीको प्रयोग गरेर कथा बताइएको छ । यस कथामा मनोवैज्ञानिक यथार्थवादको प्रयोग गरेको पाइन्छ । यो कथा अन्त्य हुँदै गर्दा पाठक पनि अलमलको गर्तमा पर्छन् । यो कथा पढिरहँदा ' तारे जमिन पर ' भन्ने चलचित्रको vibe आइरहेको थियो ।

चौथो कथा ' भुइँ ' हजुरबुवा र नातिको सम्बन्धमा आधारित कथा हो । यस कथाको शीर्षक ' भुइँ ' ले धेरै कुरा बताउने कोसिस गरेको छ । नितेश विदेश गएको दृश्यले भौतिक भुइँ (धरातल) छोडेको कुरालाई चित्रण गर्छ । नितेश र हर्षवीरको दूरी भौतिक भुइँ छाड्नुले निम्तिए पनि यो दृश्यमा भावनात्मक भुइँ छोडेको कुरालाई चित्रण गरिएको छ जस्तै लाग्छ । नितेशले आफ्नो आमाबुवाको बारेमा थाहा पाउँछ हर्षवीर नैतिक द्वन्दबाट मुक्त भएर नैतिक धरातल छाडेका हुन्छन् । यो कथा भावनात्मक र impactful छ ।


पाँचौँ कथा ' साँझ ' ले आखिर महिलालाई पूर्ण केले बनाउँछ त भन्ने प्रश्न गरेको छ । यस कथामा साँझ नामक पात्र MRKH Syndrome भएकी पात्र हुन्छिन् र यो syndrome ले उसको जीवनमा के कस्ता परिवर्तन लिएर आउँछन् भन्ने कुरा चित्रण गरिएको छ । यो कथा सङ्ग्रहको बलियो कथा हो तर विपश्यना नामक पात्र केवल साँझको कथा प्रस्तुत गर्ने कारकको रूपमा मात्र चित्रित भइन् तर उनको पात्र भने अविकसित हो कि जस्तो पनि लाग्यो । एक मनले Trauma को exposition dump पनि भएको हो कि साँझ पात्र माथि कथा पढिरहँदा लागेको थियो ।

छैटौँ कथा '२७५२ ' मा moral dilemma को गरिएको छ कसरी डर , पश्चाताप र कल्पनाको समिश्रणले सत्य पूर्ण रूपले उजागर हुँदैन भन्ने कुरा यस कथा मार्फत बताउन खोजिएको छ । Unresolved guilt ले सताइएको पात्रको चित्रण अन्त्यमा त गरिएको देखिन्छ तर साँच्चिकै मनोहरले न्याय पाए त भन्ने प्रश्न भने गुन्जिरहन्छ । मनोवैज्ञानिक हिसाबले यो कथा सबल छ तर justice vs conscience र accountability को प्रश्न भने unresolved नै छ ।

सातौं कथा ' भग्नावशेष ' मा छिमेकीको कथा देखाइएको छ र कसरी एउटा सानो घटनाले ठूलो मोड लिन सक्छ भन्ने कुराको चित्रण गरिएको छ । मानव सम्बन्ध मूर्त हुन्छन् यिनीहरूमा पनि बढ्ने , टुक्रिने र अन्त्य हुने प्रवृत्ति हुन्छ भन्ने कुरा कथा मार्फत बताउन खोजिएको छ । यो कथा घरको मात्र होइन घरबाट गइसकेपछि रहने अवशेषहरूको पनि हो । गुरूप्रसाद मैनालीको ' छिमेकी ' कथाको retelling जस्तो पनि अनुभव हुन्छ । यो कथाले पक्कै पनि सोचमग्न बनाउँछ र यसमा उठाएको विषय universal र relatable लाग्छन् जसले गर्दा भावनात्मक रूपमा जोडिन पनि पुग्छौं।

समग्रमा सात कथाहरू मानव अनुभवका विभिन्न आयामहरूलाई समेट्छन् । सुबिन भट्टराई आफ्ना कथाहरूमा झनै निखारिएर आएका महसुस हुन्छन् । यो किताब पक्कै पनि संग्रहणीय र पठनीय छ। लेखकलाई आगामी दिनका लागि धेरै शुभकामना ।
This entire review has been hidden because of spoilers.
Profile Image for Raju  Prassad.
1 review1 follower
November 27, 2025
आधुनिक नेपाली साहित्यमा सामाजिक वर्जना र मौनता तोड्दै गम्भीर विषयवस्तुलाई कथामा उतार्ने थोरै लेखकहरूमध्ये कथाकार सुबिन भट्टराई एक बन्न पुगेका छन् । उनको सातौँ पुस्तक, कथासंग्रह ‘चमेलीको फूल, बैजेनी रुमाल’ले परम्परागत साहित्यिक सीमालाई चुनौती दिएको छ । यस संग्रहमा उनले नेपाली समाजमा प्रायः ‘वर्जित’ वा ‘लज्जाको विषय’ मानिने महिलाको महिनावारी, प्रजनन स्वास्थ्य, र विशिष्ट चिकित्सकीय अवस्थाहरू (जस्तै: PCOS, MRKH Syndrome) लाई आफ्नो लेखनमा ल्याएका छन् ।

पुरुष लेखकका रूपमा यी संवेदनशील र विशिष्ट महिलाकेन्द्रित विषयलाई गहिरो संवेदनशीलता र वैज्ञानिक यथार्थताका साथ प्रस्तुत गर्नु आजको सामाजिक आवश्यकता पनि हो । उनका कथाले महिनावारीलाई सामाजिक विभेदको सुरुवातका रूपमा चित्रण गर्दै, युवा पुस्तालाई यसलाई ‘प्राकृतिक र चिकित्सकीय’ प्रक्रियाका रूपमा हेर्न प्रेरित गर्दछन् ।
Profile Image for Sachit Pandey.
8 reviews
November 2, 2025
Read[Chaeli ko Phool Baijani Rumal] few days ago, this was my first time reading the author, Few chapters in the book I really enjoyed and was on a emotional journey, In my view rather than short stories writer could have just write a novel from few chapters of his short stories. I felt that the stories ending were incomplete in most of the chapters ' like what next? but the chapter is over'
For me personally it was not that I found this book boring rather a very incomplete story ending took the joy at the last but some of the chapters I felt I was the character.
Profile Image for Himal Kunwar.
35 reviews1 follower
November 3, 2025
After a long time, i really read a masterpiece book. I loved it. The story are touching with different genera.
Profile Image for zealreads.
13 reviews2 followers
November 9, 2025
कथाहरुको सङ्ग्रह "चमेलीको फूल बैजनी रुमाल" मा ७ कथाहरु ७ उपशिर्षक क्रमश: 'एक्स', 'चमेलीको फूल बैजनी रुमाल', 'अलमल', 'भुइँ', 'साँझ', '२७५२', 'भग्नावशेष' रहेका छन् । पहिलो कथामा कथा छिटोछरितो रुपमा बुनिएको भएता पनि साहित्यिक लेखनका नाममा धेरै बर्णन गरिनु, अधिक रुपकहरुको प्रयोग गरि वाक्य निर्माण गरिनुले पाठकबर्गलाई झिंजो लगाउँछ। दोस्रो कथा "चमेलीको फूल बैजनी रुमाल" समलैंगिक आकर्षणका बारेमा बोल्छ। यधपी, कथानकको बुनाइ निकै फितलो छ। यस पुस्तकमा समेटिएका प्राय कथाहरु चियागफ सिवाय केही लाग्दैनन्। कथाहरु पढ्दै गर्दा यस्तो लाग्छ कथाको "सस्पेन्स" लुकाउने नाउँमा कथाकारले कथानकलाइ कुरुप बनाएका छन्। कथाहरुमा यथोचित "क्लाइमेक्स" नहुनु र कथाको "रिजोजुसन" जबर्जस्त गाँस्न खोज्नुले कथाहरू गिजोलिएका छन्। सातौं पुस्तकका रुपमा सुबिन भट्टराईले बजारमा ल्याएका यो पुस्तक कथानकका दृष्टिले पहिलो आख्यानसँग दाँज्न नमिल्ने स्तरको छ। लेखनीमा सुधार ल्याएका भएपनि आवश्यकताभन्दा बढी वर्णन पस्किनाले पाठकलाई तितो अनुभूति पक्कै हुन्छ।

For a more detailed review, watch:
https://youtu.be/PgeKokslCqI
Profile Image for Bhupal Bhattarai.
4 reviews2 followers
February 16, 2026
‘चमेलीको फूल बैजनी रुमाल’ सुबिन भट्टराईको कथा संसारमा एउटा गहिरो डुबुल्की हो, जसले शब्दको शक्ति र संवेदनशीलतालाई अनौठो रूपमा उजागर गर्छ। सातवटा फरक कथा मार्फत लेखकले प्रेम, पहिचान, र समयको जटिल गाँठोमा रहेका मानवीय अनुभवहरूलाई अन्वेषण गरेका छन्। हरेक पात्रको मनोविज्ञान अत्यन्त जटिल छ, जसले उनीहरूका भित्री द्वन्द्व, आशा र डरलाई पाठकसँग प्रत्यक्ष रूपमा जोड्छ। यो पुस्तक आत्मचिन्तन र आत्मपरीक्षणको एउटा यात्रा हो; यसले पाठकलाई आफ्नै जीवनका सूक्ष्म तर महत्वपूर्ण क्षणहरूमा आफ्नो पहिचानको खोज, र समयसँगको जटिल सम्बन्धमा गहिरो गरी सोच्न बाध्य पार्छ। म यो पुस्तक ति पाठकहरुलाइ सिफारिस गर्छु, जो जीवनका गहिरा र सूक्ष्म मनोवैज्ञानिक पक्षहरूमा डुबुल्की मार्न मनपराउँछन् र अन्ततः आफु हुनुको अर्थ र आफ्नो पहिचान खोज्न चाहन्छन्।
#ChameliKoPhoolBaijaniRumal
#SubinBhattarai
Displaying 1 - 10 of 10 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.