What do you think?

तोरकीन
सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के-के थिए, के-के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ? हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो । रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।
325 pages, Paperback
First published September 15, 2025
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 5 of 5 reviews
May 27, 2026
हुन त उपन्यास च्यापटरहरूमा विभाजित छैन् । सायद उपन्यासमा उपल्लो मुस्ताङको समग्र जीवन , इतिहास , संस्कृति , परम्परा , मिथक जस्ता यावत कुराहरूको समष्टिगत उत्थानले गर्दा यस्तो निर्णय लिइएको हो कि कम्तीमा मलाई लागेको कुरा हो यो । उपन्यासमा पनि प्रोलग भनेर अंकित त छैन् तर जनश्रुति अनुसार जाँदा प्रोलग भनिने भएकोले प्रोलग मार्फत जसरी पाठकलाई कथामा प्रवेश गराइन्छ त्यो आफैमा सशक्त , surreal र holistic छ । यहीँ प्राेलग मार्फत लेखकले पाठकसँग उपन्यासको पात्रसँग र कथाको भाववभूमिसँग एक प्रकारको भावनात्मक र अलौकिक सम्बन्ध कायम गरिदिन्छन् जसका कारण हामी तत्क्षण कथानकमा connect हुन जान्छौं । त्यसपछि यथार्थको धरातलमा बाँध्दै लेखकले हामीलाई चराङ पुर्याउँछन् जुन मुस्ताङको उपल्लो भेगमा पर्छ । त्यहाँ हामी छुक्कीको पात्रसँग परिचय गराइन्छ । बिस्तारै त्यहाँको वातावरणसँग साक्षात्कार गराउँदै लेखक आफ्नो कथाको तानाबाना बुन्दै जान्छन् । छुक्कीलाई व्यथा लागेको दृश्यसँगै जोड्दै त्यससँगै जोडिएका थो हाल्ने परम्पराका बारेमा बताउँदै कथानक अघि बढ्छ । कथानक अघि बढ्दै जाँदा चालचलन र परम्पराका बारेमा मात्र नभएर त्यहाँको जनविश्वास र मिथकका बारेमा पनि बताएका छन् । गौरवशाली इतिहासका बारेमा बताएका छन् । सघो नमघो , रारी , सुप्टा , तिजी, फाग्नी , यारतुङ, काङ्ग्योर पूजा आदिका बारेमा बताएका छन् र पढ्दै गर्दा लाग्छ हामी यी सबैमा सहभागी छौँ ; हामी द्रष्टा हौं र यी सब हाम्रै वरिपरि घटित भइरहेका छन् । चराङ वरपर रहेका चराङ दरबार , चराङ दरबार स्थापना भएपछिको कहानी , घार गुम्बा र गुरु पद्मसम्भव र महिला राक्षसको काहानी , साम्ये गुम्बा आदिका कथा किस्साहरुले उपन्यासलाई झन् रोचक बनाएको छ । उपन्यासमा चार चाँद थपेको छ ; उपन्यासको सुनमा सुगन्ध थपेको छ । नेपालमा भएको भौगोलिक र धार्मिक सांस्कृतिक विविधताको बारेमा जान्न पाउँदा मन मखलेल/फुलेल/on cloud nine भएको छ । लेखकले बताउन खोजेको कथा र चयन गरेका पात्रहरूले कथालाई झनै जीवन्त बनाएका छन्। लेखकले बताउन खोजेको कथामा sincerity छ; पढ्दै गर्दा लाग्छ उनले यो कथा मनैदेखि बताउन चाहेका हुन् र नौ वर्ष लगाएर नै सही उनले आफ्नो सपनालाई कमाल ओ बबाल तरिकाले मूर्त रूप दिएका छन् भन्ने कुरा यो उपन्यास पढिसकेसी विश्वस्त रूपमा भन्न सक्छु । नेपालको मरुभूमि भनेर चिनिने मुस्ताङको बन्जर बन्दै गइरहेको बस्ती , सम्बन्ध र वातावरणको कथा बताएरै पनि त्यहाँको माटोको कथा बताउन लेखक सफल भएका छन् । लेखककै शब्द सापटी लिँदै कहिल्यै मूलधारमा नआएको कथा बताउन सफल भएका छन् । क्षितिज समर्पणले यो उपन्यास लेखेर पाठक वर्गलाई मुस्ताङको उपल्लो भेगको क्षितिजमा समस्त रूपले समर्पण गर्न सफल भएका छन् र त्यो epilogue सँगै holistic अन्त्य गर्दै उपन्यासको विषयवस्तु/शीर्षकलाई पूर्णत: न्याय गरेका छन् । Bookhill publication ले आफ्नो पोस्टमार्फत बताएझैँ क्षितिज समर्पण सशक्त लेखक र तोरकीन दूरगमी लेखनरूपमा उभिएको छ भन्ने कुरामा कुनै दुईमत नै छैन ।
उपन्यास सकिँदा भारी भएको मन यो पाठकीय प्रतिक्रिया लेखिरहँदा किशोर कुमारको "ख़्वाब हो तुम या कोई हक़ीक़त, कौन हो तुम बतलाओ , देर से कितनी दूर खड़ी हो, और करीब आ जाओ" भन्ने गीत याद गर्दै आफ्नो unexpected discovery मा मखलेल/फुलेल हुँदै छु ।

June 1, 2026
तोरकीन—अर्थात् हराउँदै जानु, बिस्तारै लोप हुँदै जानु। शीर्षकले बोकेको यही अर्थलाई उपन्यासले आफ्नो कथ्यको केन्द्रमा राखेर हराउँदै गएको हिमाली समाज, संस्कृति, सभ्यता र मानवीय सम्बन्धहरूको मार्मिक आख्यान बुनेको छ।
माथिल्लो मुस्ताङको चराङ गाउँलाई आधारभूमि बनाएको यस कृतिले समयको परिवर्तनसँग संघर्षरत एउटा समाजको जीवित दस्तावेज प्रस्तुत गर्छ। पग्लिँदै गएका हिमालहरू, रित्तिँदै गएका गाउँहरू, चिसिँदै गएका सम्बन्धहरू र बसाइँसराइ तथा सहरीकरणले गाउँको संरचनामा पारेका गहिरा प्रभावहरू उपन्यासका प्रमुख संवेदनात्मक पक्ष हुन्। आधुनिकताको तीव्र भेलले बगाउँदै लगेका संस्कार, परम्परा र सामुदायिक जीवनको क्षयलाई लेखकले अत्यन्त सूक्ष्म र संवेदनशील ढंगले चित्रण गरेका छन्।
मुख्य पात्र छेवाङ र उनका बुबाको सम्बन्ध उपन्यासको भावनात्मक केन्द्र हो। त्यससँगै प्रेमी–प्रेमिकाबीचको प्रेम, दुई साथीबीचको आत्मीयता, परिवारभित्रका सम्बन्धहरू र तिनमा समयले ल्याएका उतारचढावलाई लेखकले अत्यन्त स्वाभाविक र मन छुने शैलीमा प्रस्तुत गरेका छन्। गरिबीका कारण शिक्षा अधुरै छाडेर बनारसदेखि मलेसियासम्म भौंतारिन बाध्य युवापुस्ताको यथार्थले कथालाई अझ जीवन्त र विश्वसनीय बनाएको छ।
उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष यसको सांस्कृतिक दस्तावेजीकरण हो। जन्म, विवाह, धर्म, संस्कृति, चाडपर्व, गुम्बा, गुरु परम्परा तथा हिमाली जीवनशैलीका विविध आयामहरूलाई लेखकले यति जीवन्त ढंगले उतारेका छन् कि पाठकले मुस्ताङको भूगोल मात्र होइन, त्यहाँको आत्मासँग पनि साक्षात्कार गरेको अनुभूति गर्छ। एकातिर शव गिद्धलाई अर्पण गर्ने प्राचीन सांस्कृतिक परम्पराको जीवन्त चित्रण छ भने अर्कोतिर विदेशी सपनाको मोहमा नक्कली विवाहसम्म गर्न बाध्य बनाउने समकालीन सामाजिक यथार्थको पीडादायी प्रतिबिम्ब पनि छ।
तोरकीन केवल एउटा गाउँको कथा होइन; यो परिवर्तनको तीव्र गतिमा आफ्नो पहिचान गुमाउँदै गएको सम्पूर्ण हिमाली सभ्यताको कथा हो। हराउँदै गएका संस्कारहरूको पीडा, सम्झनामा मात्र बाँकी रहन थालेका सम्बन्धहरूको न्यानोपन र समयको प्रवाहमा ओझेल पर्दै गएको जीवनपद्धतिको मर्मस्पर्शी चित्रणका कारण यो उपन्यास लामो समयसम्म स्मृतिमा रहिरहन्छ।

June 11, 2026
माथिल्लो मुस्ताङको चराङ गाउँलाई पृष्ठभूमि बनाएर लेखिएको यस उपन्यासमा स्थानीय संस्कृति, चाडपर्व, रहन सहन र त्यहाँका बासिन्दाले भोगेका आरोह-अवरोहहरू निकै रोचक ढंगले प्रस्तुत गरिएको छ। पुस्तकको भाषा सरल र मिठासपूर्ण छ।
यद्यपि, यसको एउटै कमजोर पक्ष भनेको 'काल सङ्गति' (Tense Consistency) नमिल्नु हो। कथामा विनासन्दर्भ र अस्वाभाविक रूपमा सामान्य भूतकालबाट वर्तमान कालमा वाक्यहरू परिवर्तन भइरहन्छन्, जसले गर्दा कथाको लय र प्रवाहमा बाधा पुग्छ। नियात्रा वा संस्मरण विधामा यस्तो प्रयोगलाई छुट दिन सकिए पनि, आख्यानमा कालको एकरूपता भएन भने पूरै कथाको पठन-प्रवाह खल्लो हुन पुग्छ।

September 19, 2026
तोरकिन हिमालको कथा हो। गाँउको, साथिको, परिवारको र समाजको कथा पनि हो।
कथा छेवाङ र पेम्बाको मित्रता उनिहरुको बाल्यकाल र जवानी सङै उनिहरुको जिवनको उतारचढाव लाई लिएर बुनिएको छ।
उमेर अनुसारको परिवर्तन, समय अनुसारको गाँउमा आएको परिवर्तन, जलवायु म आएको परिवर्तन ले कसरी हिमाली गाँउमा गाँउनै रित्तिन पुग्यो भन्ने कुरा निकै नै सरल तरिकाले लेखिएको छ।
रित्तिदै गएको गाउँ, नयाँ अवसरको खोजिमा गाउँ छाडेर सहर र सहर छाडेर बिदेश जाने जस्ता घटनाहरु कथामा पाईन्छ।
माथिल्लो मुस्ताङको चाड पर्व , जन्म संस्कार, मृत्यु संस्कार मेला सबै कुराहरु एकदमै सरल तरिकाले लेखिएको छ।
लेखकले पात्रहरुको कुरालाई नेपाली लवज दिएर लेखेको कुरा चाहिँ मलाई एकदै मन पर्यो।
स्थानीय सामान वा चिजको नाम पनि स्थानीय भाषा मै लेखेको कुरा पनि मलाई राम्रो लाग्यो।
आकि - बुबा
ऊ - काका
यस्ता पढ्दा खास्सै ख्याल नगरे पनि केही नयाँ जान्न खोज्ने पाठकलाई यस्ले छुट्टै रामाईलो दिन्छ।

April 29, 2026
तोरकीनले भावुक बनायो।
Displaying 1 - 5 of 5 reviews