Jump to ratings and reviews
Rate this book

हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध [Himalpariko Huri : Ganatantra Pachi Feriyeko Nepal-Chin Sambandha]

Rate this book
२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए । उनीहरू त्यसरी सम्पन्न हुँदा नै काठमाडौं उपत्यका केही हदसम्म समृद्ध हुन पुगेको थियो । उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । त्यसको अवशेषका रूपमा रहेका उपत्यकाका ऐतिहासिक सम्पदाहरू तपाईं-हाम्रा आँखासामु नै छन् । हाम्रा यी दुई । छिमेकी फेरि विश्वशक्ति बन्दै गर्दा के नेपाल अन्द्रपोको भूमिकामा फर्कन सक्छ ? दुई ढुङ्गाबीचको 'तरुल' होइन, 'साँघु' बन्न सक्छ? यस पुस्तकले गणतन्त्रपछि फेरिएको चीनको नेपाल- नीतिलाई केन्द्रमा राख्दै यस्ता मुद्दाहरूको विश्लेषण गरेको छ । खास गरी सन् २००८ पछि बेइजिङले बढाएको विश्वव्यापी सक्रियतासँगै नेपालमा देखाएको चासो र उपस्थितिको अन्तर्य केलाएको छ । चीनले यहाँ गरेको 'साम्यवादी सहकार्यको परीक्षण र सैन्य साझेदारीको प्रयत्न' बारे पुस्तकमा खोजबीन गरिएको छ । चीनको पछिल्लो नेपाल - नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ? लेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।

280 pages, Paperback

Loading...
Loading...

About the author

Sudheer Sharma

3 books33 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
2 (66%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
1 (33%)
Displaying 1 - 1 of 1 review
Profile Image for Binod Bhatta.
31 reviews1 follower
September 5, 2026
गणतन्त्र पछि कसरी नेपाल चीन सम्बन्ध फेरिएको छ, यसको सविस्तार वर्णन गरिएको छ। नेपाल चीन सम्बन्धको बारेमा जानकारी लिने इक्छुक हुनेहरुको लागि यो पुस्तक उचित खुराक हुन सक्छ। तर जेन्जी आन्दोलन पछि समय फेरिएको छ, चीन सङ्गको सम्बन्धमा अझ पक्कै केही फेरिने पो हो? खैर यो त सरकारको डिप्लोमेसी कस्तो हुनेछ बुझ्न अलि समय लाग्ला।
Displaying 1 - 1 of 1 review