Jump to ratings and reviews
Rate this book

लिखे [Likhe]

Rate this book
गरिवी र नेपालमा रहेको जातिय विभेदका बारेमा लेखिएको उपन्यास हो लिखे। सरल भाषा,सामान्य शैली र सचित्र वर्णन उपन्यासका उल्लेख गर्न लायक पक्ष हुन।भारत निवासि नेपालीका कथा व्यथा,नेपाली गरिबका सपना र आकांक्षा कसरि परदेशमा लथालिंग हुन्छ भन्ने कुरा उपन्यासमा वर्णित छ।2053 साल देखि 2057 साल सम्म यस उपन्यासले पुस्तकको रुप पाएन।2065 सालमा साझा प्रकासनले बजारमा ल्यायो।नेपालमा रहेको जातिय छुवाछुत,उपल्लो जातले तल्लो जात माथि गरेको दमन,यौन शोषण घटना यसमा सचित्र वर्णन गरिएको छ।पुस्तकले अलिक घटना क्रम वढि समेटि निर्णायक विषयमा आफ्नो विचारको सर्बोच्चता कायम गर्न नसकेको हो कि भन्ने भान पनि पाठकमा पर्दछ।समग्रमा उपन्यासले हाम्रै कथा हाम्रै चेतनालाइ पेश गरेको छ।भाषामा पनि वास्तविक जिवनबाट जस्ताको तस्तै उतारिएको छ।नेपाली र हिन्दि दुबै मिसिएको लवजमा बोल्ने पात्रहरुले साँचै भारतमा बस्ने नेपालीको भाषिक संकटलाइ प्रस्ट्याएको छ।

345 pages, Paperback

2 people are currently reading
38 people want to read

About the author

Sarad Paudel

2 books1 follower

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
13 (26%)
4 stars
22 (44%)
3 stars
14 (28%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 6 of 6 reviews
Profile Image for Ankit Dhakal.
61 reviews6 followers
September 24, 2019
नवयुवा मासिकका धेरै पुराना अंकहरूमा मैले लिखे भेट्टाएको थिएँ । सानै उमेरमा अर्काको घरमा काम गर्न पुगेको लिखेले भोग्नुपरेको पीडा अनि चोर दोष लाएर विष्ट मुखियाले कुट्दा मन रुन्थ्यो । बजारमा जब यो उपन्यास देखेँ, मन थाम्नै सकिनँ । झट्टै किनिहालेँ । एक त पहिलेको स्मृति थियो अनि कथा बाँकी भएको भए सक्काउने चाहना पनि ।

गरीवी र विभेदको मारले पिल्सिएका चाउरे र चाउरीले आफ्नो छोरो लिखेलाई रिजाल विष्टका घरमा काम गर्न पठाएसँगै कथा सुरु हुन्छ । सानै उमेरमा लिखेमाथि त्यहाँ दु:खको पहाड नै खस्छ । आमाबासँग बिछोडिएको उसलाई गोठमा बस्न लगाइन्छ; फोहोर पानी, यहाँसम्म कि चर्पी जाने लोटामा पानी दिइन्छ; काम एकछिन खालि हुँदैन । त्यसमाथि मुखिया र मुखिनीका वचनले ऊ आहत हुन्छ ।

सुनको गहना चोरेको आरोपमा कुटाई खाएपछि सन्चो नभएकै अवसथामा लिखेमा सानोतिनो विद्रोही चेत विकसित हुन्छ । चाउरेले पनि छोरालाई त्यहाँ नराख्ने निर्णय लिन्छ । सन्चो भएपछि निकै समय घर बस्छ लिखे । तर गरीबीले झन् थिचेपछि केही कमाउने आशमा गाउँकै अल्लारे 'लाउरे'सँग भारत ('डिल्ली') जान्छ । त्यहाँ पनि अनेक हण्डर खाएपछि उसको भेट असल परशुरामसँग हुन्छ । उसकै संगतमा लिखेले लेखपढ गर्न सिक्छ अनि दलित मुक्तिका विषयमा सिक्छ । केही भए पनि परिवर्तन ल्याउनका लागि ऊ गाउँ फर्किन्छ ।

'लिखे'मा जातीय विभेदका साथै महिला उत्पीडन, जाँडरक्सी अनि वैदेशिक रोजगारले ल्याएका सामाजिक विकृति र वैदेशिक रोजगारीको समस्यालाई पनि उजागर गरिएको छ । सरल भाषाशैली र बाग्लुङतिरको लवजलाई प्रयोग भएको उपन्यासको प्रस्तुति राम्रो छ ।

कथा संरचना: ४/५ (केही कथानक अघि बढ्छन् कि भन्दाभन्दै त्यसै टुंगिन्छन् ।)
भाषा प्रयोग: ५/५ (बागलुङे लवजको मिठास छुट्टै छ । ठेट शब्दहरूले उपन्यासको परिवेशलाई न्याय गरेका छन् ।)
भाषिक शुद्धता: ४.५/५
पात्रहरू: ४.५/५
औसत: ४.५
Profile Image for नरहरी .
8 reviews
August 12, 2021
One of the very few Nepali novels that discusses the prejudice of being an upper class and a lower class in such details. Not only did reading Likhe made me think of how we treat people based on their dynamic of haves and have nots, it took me back to my youth when I would watch episodes of "Dalan" and get fueled with anger and an urge to do something about it. Little did I know, एक थुकी सुकी, सयौं थुकी नदी has a historical significance in our communities.
Profile Image for Sabin Chhetri.
141 reviews5 followers
July 4, 2025
अशिक्षा, रुढिवादी अनि अन्धविश्वासमा रुमलिएका गरिब र कथित दलितहरुको जीवनमा आउने उतार-चढाव, आरोह-अवरोह, उनीहरुले गर्ने सङ्घर्ष, आदि , के छैन यो उपन्यासमा ? कुकुर पशु भएर, कथित उपल्लो जातीको भान्छा देखि बेडरुम सम्म धाउन पाउँछ , चिया खाने ग्लास देखि खान खाने थालमा समेत जुठो हाल्न पाउँछ। तर गरिब कथित दलित भएको कारणले, मान्छे भएर पनि कथित उपल्लो जातिको आँगनमा समेत राम्रो ठाउँ पाउँदैन। यो उपन्यासमा आफ्नै देशमा छुवाछुतको पराकाष्ठा नाघेर कथित दलितले भोगेका दुखको मात्र कहानी छैन , यसमा गरिब भएपछि भारतमा गए पनि कसरी हेपिन्छन् , कसरी अपहेलित हुन्छन अनि कसरी लावारिस पशु झैं मर्न विवश हुन्छन् भनेर देखाउन पनि खोजिएको छ।

यो उपन्यासको राम्रो पाटो भनेको भाषाको मीठास हो। पात्रहरुले बोल्ने वार्तालाप ठेट गण्डकी तिरको गाउँलेहरुले बोल्ने शैली नै बिशेषता हो। यो उपन्यासमा लेखकले निकै मेहेनत गरेका छन्। शुरु गरेपछि नसकेसम्म छोड्न मन लाग्दैन।

मलाई एकदम राम्रो लाग्यो यो उपन्यास । यो उपन्यासले मलाई यसको शायद दोश्रो भाग "तपन" पढ्न उत्प्रेरित गरेको छ।
Profile Image for Ram Hari .
46 reviews22 followers
Read
June 10, 2015
गरिवी र नेपालमा रहेको जातिय विभेदका बारेमा लेखिएको उपन्यास हो लिखे। सरल भाषा,सामान्य शैली र सचित्र वर्णन उपन्यासका उल्लेख गर्न लायक पक्ष हुन।भारत निवासि नेपालीका कथा व्यथा,नेपाली गरिबका सपना र आकांक्षा कसरि परदेशमा लथालिंग हुन्छ भन्ने कुरा उपन्यासमा वर्णित छ।2053 साल देखि 2057 साल सम्म यस उपन्यासले पुस्तकको रुप पाएन।2065 सालमा साझा प्रकासनले बजारमा ल्यायो।नेपालमा रहेको जातिय छुवाछुत,उपल्लो जातले तल्लो जात माथि गरेको दमन,यौन शोषण घटना यसमा सचित्र वर्णन गरिएको छ।पुस्तकले अलिक घटना क्रम वढि समेटि निर्णायक विषयमा आफ्नो विचारको सर्बोच्चता कायम गर्न नसकेको हो कि भन्ने भान पनि पाठकमा पर्दछ।समग्रमा उपन्यासले हाम्रै कथा हाम्रै चेतनालाइ पेश गरेको छ।भाषामा पनि वास्तविक जिवनबाट जस्ताको तस्तै उतारिएको छ।नेपाली र हिन्दि दुबै मिसिएको लवजमा बोल्ने पात्रहरुले साँचै भारतमा बस्ने नेपालीको भाषिक संकटलाइ प्रस्ट्याएको छ।
Displaying 1 - 6 of 6 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.