Jump to ratings and reviews
Rate this book

वृषभ वध [Brishav Vadh]

Rate this book
वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो । सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन् ।

286 pages, Paperback

First published March 1, 2015

2 people are currently reading
33 people want to read

About the author

Narayan Dhakal

18 books14 followers
नारायण ढकाल(२०१०) बाग्मती, काठमाडौँ,मूलपानी गा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उपन्यास ऐतिहासिका विषयबस्तु अ“गालेर लेखिएको उपन्यास हो । यस उपन्यासमा समाज सुधारका लागि विभिन्न पात्रहरूले सङ्घर्ष गरिरहेका छन् । पं. बालकृष्ण, दमयन्ती, मन्नोनरी साम्बे सार्कीजस्ता पात्रहरू आजसम्म पनि छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह गरि रहेका छन् तर पनि समाज सुध्रिन सकेको छैन । वर्गीय दृष्टिकोणबाट उपन्यास माक्र्सवादी कित्तामा दरिएको छ । महिला र पुरुषको हकमा देखिएको विभेदता उपन्यासमा छर्लङ्ग पारिएको छ यिनै अव्यवस्थित समाज र त्यहा“का पात्रहरूको इतिवृत्तान्त उपन्यासले प्रस्तुत गरेको छ ।

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (3%)
4 stars
12 (46%)
3 stars
11 (42%)
2 stars
2 (7%)
1 star
0 (0%)
Displaying 1 - 5 of 5 reviews
Profile Image for Jaiseri.
206 reviews15 followers
October 29, 2018
नारायण ढकाललाई पहिलो पटक पढेँ । पठनीय लाग्यो । राजनीति र इतिहासमा चाँसो भएकाहरूको लागी पठनीय छ । यो उपन्यास पंचायतकालीन घटनाक्रम र सामाजिक परिवेश समावेश गरेर लेखिएको छ । लेखक कम्युनिष्ट राजनीतिमा लागेकाले त्यसको थोरै प्रभाव कृतीमा पनि परेको छ ।
Profile Image for Reewaz Aryal.
48 reviews1 follower
March 19, 2025
नारायण ढकालद्वारा लिखित वृषभ वध उपन्यासमा कागतीर्थ(हाल हरिहरतीर्थ) गाउँको सामाजिक राजनीतिक अवस्था चित्रण गरिएको छ । यस उपन्यासको केन्द्रमा देवेन्द्र शर्मा नामको किशोर र डढे साँढेको कथा बुनिएको छ । देवेन्द्र र डढे साँढेको एउटा उपद्रलाई गाउँका प्रधानपञ्च लगायत अन्य राजनीतिक व्यक्तित्वले आफू अनुकूल प्रयोग गरेर अराष्ट्रिय तत्त्वको मोहर लगाएको र त्यस उपरान्त के के घटना परिघटना घटे भन्ने कुराको यस उपन्यासमा रोचक वर्णन रहेको छ । यस उपन्यासमा मनपरेको पक्षमध्ये रामप्रसाद शर्मा र प्रधानपञ्च हरिभक्त खड्काको विचारको टकराव पनि एक हो । पञ्चायती शासन व्यवस्थाको समयमा केन्द्रित यो उपन्यास अहिले अलि असान्दर्भिक रहेता पनि नारायण ढकालको कथानक शैली र राजनीतिक दाउपेचको चित्रणले उपन्यासलाई पठनयोग्य र चाखलाग्दो बनाएको छ । यो उपन्यास पढ्दै गर्दा नारायण ढकालको सामाजिक र ऐतिहासिक विषयमा कथावाचन शैली र लेखाइमा राम्रो पकड भएको महसुस हुन्छ । अन्तिम तिर आउँदा अलि stretched feel भएतापनि समग्रमा यो उपन्यास पठनयोग्य छ ।
Profile Image for Sabin Chhetri.
162 reviews6 followers
May 1, 2024
This novel unfolds the story of a village in the Kathmandu Valley some sixty to seventy years ago. After reading "Pretkalp" by the same author and seeing many positive reviews of this novel, I took a risk by reading it, unaware of how I would respond. I actually liked it.

"Vrisabh Vadh" tells the story of villagers whose lives are influenced by the Panchayat System of that time. It also depicts how politicians can turn small incidents into significant blunders deserving legal punishment.

The story is moving and keeps us curious about how it will end. The author excels at writing a novel based on history, people have lived, suffered and adored.

In a nutshell, it's a very good read.
Profile Image for Rupak Khulal.
19 reviews18 followers
August 1, 2015
I like this book very much. As his earlier work, the writer is successful bending history with fiction with very convincingly. The writer is a master of telling the story. The flow of the story is splendid, it goes on and goes and you don't want to stop.
Profile Image for Biboss Maharjan.
69 reviews26 followers
June 24, 2019
A reflection of typical Nepali Society under the time of Panchayat system.
Displaying 1 - 5 of 5 reviews