के साँचो प्रेमले जातीय विभेद र समाजका कठोर बन्धनहरू तोड्न सक्छ? के एउटा साधारण लाहुरेको साहस र एउटी स्वाभिमानी युवतीको सङ्घर्षले सिङ्गो गाउँको मुहार फेर्न सक्छ?
कविवर कृष्णप्रसाद पराजुलीद्वारा रचित 'मनमाया' यिनै प्रश्नहरूको सेरोफेरोमा बुनिएको प्रेम, वीरता र सामाजिक परिवर्तनको ओजपूर्ण महाकाव्य हो ।
कथाको केन्द्रमा छन्]- विदेशी भूमिमा गोर्खाली वीरताको गौरव उँचो बनाउने साहसी लाहुरे मनवीर र गाउँमै अभाव, अन्याय तथा सामाजिक तिरस्कारसँग जुध्दै आफ्नै खुट्टामा उभिन सङ्घर्ष गर्ने स्वाभिमानी मायावती । उनीहरूको प्रेममा मिलनको चाहना मात्र छैन, त्याग, प्रतीक्षा, आत्मसम्मान र समाजका अन्यायपूर्ण परम्पराविरुद्ध उभिने अदम्य साहस पनि छ।
तर के उनीहरूको प्रेम सफल होला? के मनवीरको पराक्रम र मायावतीको अटल विश्वासले सामन्ती शोषणको अँध्यारो चिर्दै गाउँमा नयाँ बिहानी ल्याउन सक्ला?
यस महाकाव्यले अन्तरजातीय प्रेम, गरिबी, वैदेशिक रोजगारीको बाध्यता, नेपाली युवाको आकाङ्क्षा र जन्मभूमिप्रतिको उत्तरदायित्वलाई जीवन्त रूपमा प्रस्तुत गर्छ । सशक्त छन्दविधान, ओजस्वी भाषा र वीररसको प्रभावशाली प्रवाहले पाठकलाई प्रेमको कोमल अनुभूतिदेखि सङ्घर्ष र स्वाभिमानको उत्कर्षसम्म पुर्]याउँछ ।
'मनमाया' केवल दुई हृदयको प्रेमकथा होइन, यो अन्यायविरुद्धको साहस, मानवीय स्वाभिमान र आफ्नो माटोप्रतिको अटुट प्रेमको गाथा हो ।