डार्लिङ हार्बर निष्प्रभ सजीको पहिलो उपन्यास हो । डार्लिङ हार्बरको कथाले नेपालको ग्रामिण जीवन र अष्ट्रेलियाको पाश्चात्य जीवन शैलीलाई समानान्तर रुपमा समेटेको छ । प्रेमको परिभाषा समय, स्थान र जीवनशैलीसँगै बदलिँदै गएको हो वा मानिसको प्रेमप्रतिको अनुभूति बदलिएको हो ? उपन्यासभित्र यस्तै प्रेम र सम्बन्धका उकाली ओरालीहरू छन् ।
यस अघि निष्प्रभ सजीका दुई कविता संग्रह (भूपरिवेष्टित खुट्टाहरू र इजलासमा लाहुरे फूल) प्रकाशित छन् ।
भारतमा चेतन भगतको 'फाईव पोइंट सम्वान्' ले ख्याति पाए लगत्तै अरू लेखकहरू पनि थुप्रै जन्मिए । यो किताब पढ्दा कता-कता सुबिन भट्टराईका 'समर लव' र 'शांया' को सफलताले 'डारलिङ हारबर' को जन्म सम्भव हुन सकेको आभाष हुन्छ । 'सुबिन भट्टराई' को लेख रोचक लाग्ने हुनाले 'निष्प्रभ सजी' लाई सुबिनसँग दांजन म बिवश भएँ ।
निष्प्रभको लेखन शैली राम्रो लाग्यो । सरल र सहज भाषाको प्रयोग बाट धेरै रोचकताका साथ 'डारलिङ हारबर'लाई पेश गरिएको छ । कथा पढ्दा पाठकलाई अन्तिम सम्मै उत्साहित बनाईराख्नसक्नु लेखकको खुबि सरहानिय छ । बेग्ला बेग्लै समयका प्रसंग लाई एक पछि अर्को गर्दै सँगै अगाडि बडाउदै बडो रोचक र पृथक ढङ्गबाट पेश गरिएको छ यो उपन्यास ।
Eye catching stories of two cites Pokhara and Australia.Tragedy of Anita-Madhu caused by Maiost Attack to Anita and Madhu-Aava caused by marriage of Aava before they met each other.
I tried to relate myself to the book in many contexts.
I am from the same part of Nepal from where the lead character is. Also, I have been living in Australia for the last 8 yrs.
I appreciate the writer's effort to bring along a character into two totally different scenarios.
However, for me, the writer is struggling to create a stage where the the characters can portray their roles freely. There wasn't enough description of the place which could click a feel of being related to the character somehow.
Similarly, the writer was in a rush to connect the characters and end the book. This made the book like a highlights of some other book.