मिस्टिका पढेपछि लाग्यो- पढ्न त पढियो तर के पढियो ? यो के को कथा हो ? कस्तो कथा हो ? यो कुन दुनियाको कथा हो ? मिस्टिका कुनै चित्रकारले केही सोचेर अथवा केही नसोची बनाएको एक एब्स्ट्राक्ट पेन्टिङ्ग हो कि क्यानभासमा जथाभावी रङ्ग छ्याप्दा बनेको एक आकृति, जसको व्याख्या जसरि गरे पनि हुन्छ, नगरेपनि हुन्छ ? खैर जे होस्, मलाई पुरा उपन्यास कसैको लामो सपनाको व्याख्या जस्तो लाग्यो । भलै यसका घटनाहरू absurd लागुन्, abstract लागुन्, यसमा पहिलो पटक नगरकोटीलाई पढ्ने पाठकलाई तान्न सक्ने खुराकहरू अवश्य छन् । उनको लेखनशैली अनि शव्दहरूसँग खेल्न/शव्दहरूलाई खेलाउन सक्ने क्षमता प्रशंसायोग्य छ । उनको लेखाइमा पाइने काव्यिकता, दार्शनिकता अरू लेखकहरूमा विरलै पाइन्छ । यद्यपि यो उपन्यास कुनै Wild Fantasy मात्र नभएर पाठकले यसकोको छेउ-टुप्पो छुट्याउन सक्ने गरिको , surreal नै सहि यसबाट केही sense निकाल्न सक्ने गरिको भए यो 'केवल एक औसत उपन्यास' बन्नबाट जोगिने थियो होला ।
Nostalgic-Narcissist-Weird-Exclusively-Beautiful-Fantastic-Fantasy-Story. This year I introduced myself with Nagarkoti and I am not turning back. I am looking forward to reading other books from Nagarkoti. I felt I would want to read this book again for the first time again, immediately after completing the book. I love this conversation between Telephone and Typewriter. What can I say about the book and about the author?? Nagarkoti is not just a name, it's a BRAND!!! :P
मुक्तलेखन भन्दा सम्म गुनासो गर्ने ठाउं हुन्थेन . उपन्यास भनेपछि त त्यसका केहि नियम कानुन मानेको हुनु पर्ने हो . खासै त्यस्तो केहि पालना गरिएको देखिएन . केहि व्यक्तिगत कुराहरु केहि राजनीतिका कुराहरु मिसाएर ४०० पाना भरिएको छ . मूल पात्र काल्पनिक पात्र हो . तर त्यसैलाई कल्पना र यथार्तमा ओहोरदोहोर गराएर नगरकोटी सैली बनाइएको छ . नगरकोटीको कौमार्य हरणको कथा पनि कसरि कसरि घुसैएको छ. सिल्विया आसक्ति पनि अटेको छ . सिल्वियाकै भूमिका निभाउन भनेर आएकी मिखाइल दानोबिच कि पुनर्जन्म लिएकी मिस्टीका शाक्यको नाम नै उपन्यासको नाम हो. पाठकले उसैको छेउ टुप्पो पत्ता लाउनु पर्ने हो . उसैसंग जोडेर कार्पेन्टर, कार पेन्टर, सिम्सरा, आदि पात्र आएका छन्. यो पुस्तकको पनि गाता चोरीको कुरा उठेको थियो . पुस्तकको गाता सुझाउने बुद्धिसागर रहेछन. हुनत उनकै फिरफिरेको गाता पनि बिबादित बनेको थियो . तर त्यो कुरालाई नजरअन्दाज गर्ने हो भने पुस्तकको ढांचा एकदमै लोभलाग्दो छ . नगर्कोटीले नेपाली साहित्यमा पाएको छुट हेर्दा इर्स्या लग्छ. ज लेख्न पनि छुट छ . जस्तै लेखे पनि छापिन्छ. त्यो पनि निकै सजधजका साथ्.
कुमार नगरकोटीको पहिलो उपन्यास हो मिस्टिका। मिखाइल दानोबिचकी पुनर्जन्म मिस्टिका शाक्यको नाम नै उपन्यासको नाम हो। मिस्टिकाकै सेरोफेरोमा घुमेको छ यो उपन्यास। यहाँ एउटा कथाभित्र अर्को कथा छ, कथाको कथाभित्र पनि अनेकौं कथा छन्। तीनै कथै-कथाका कथित पात्रहरु मिलेर मिस्टिकाको कथा भन्छन्। शब्दहरुसँग खेल्न नगरकोटी माहिर छन्। विभिन्न भाषाका शब्दहरूलाई काव्यिक रुपमा लेखेर उनले आफ्नो लेखनलाई अद्भूत मार्गतर्फ धकेलेका छन्।
मिस्टिकामा खुलस्त रूपमा यौन क्रियाको बारेमा चर्चा गरिएको छ। सेक्सलाई सिम्प्लिफाइड रुपमा उनले प्रस्तुत गरेका छन् जसकारण नगरकोटी प्राय पाठकमाझ छाडा लेखकका रुपमा परिचित छन्। तर यो उनको छाडापन नभइ नगरकोटीनेस हो।
साहित्यका नवैवटा रसको समिश्रण भएको मिस्टिका पढ्न जति कठिन छ बुझ्न त्यो भन्दा पनि धेरै कठिन छ। डार्क फेन्ट्यासी र सर्रियलिजमको एउटा प्लटलेस किताब हो मिस्टिका। यस किताबमा रहेका पात्रहरूको नाम पढ्दा लाग्छ त्यस्ता पात्र हामीले देखिरहेका छौं, उनीहरूको बारेमा सुनिरहेका छौं तर पात्रका क्रियाकलाप र बातचित पढ्दा लाग्छ यस्ता पात्र मानव जगतमै छैनन् ।
किताब पढिसक्दा, आफूले पढ्न त पढेँ तर के पढेँ भनेर पाठकहरु रनभुल्लमा पर्न सक्छन्। कथा त बुझिएला तर कुन कथा कता सम्बन्धित छ र कसरी यसलाई बुझ्ने भनेर पाठक कन्फ्युज हुनसक्छन् । यो लेखकलाई छुट्टै पहिचान दिने एउटा खूबी हो जस्तो लाग्छ मलाई। आर्यघाटमा कैयौँ रात बिताएर मिस्टिकाको सृजना गर्ने लेखक आफैँमा मिस्टेरियस छन्।
I am not sure what the book was actually about. Sometimes it felt like a story, sometimes just the assembly of couple of random fantasies and imaginations. There were a lot of stories within stories within stories. The writer has tried to conclude it at the end but it is so hard to keep reading till the end. The book is bulky. Wouldn't recommend to anyone unless they have finished reading all the sane novels. Also I wouldn't call it a novel, experiment maybe. :) Read at your own risk.
This entire review has been hidden because of spoilers.
नेपालमा 'जन्रा बेस्ड' लेखन नभईरहेको अवस्थामा नगरकोटी फरक धारको साहित्यको स्वाद लिन चाहने जो कोहीका लागि पनि उत्सुकताको विषय हुन् | मुराकामीको उपन्यास र तिनमा भएका सर्रियल/म्याजिकल इलिमेंटले मलाई मन्त्रमुग्ध बनाउने गर्छ | नगरकोतिको मिस्टिकामा पनि सोहि इलिमेंटहरु भेट्न सकें | उपन्यास रमाइलो र अझ रोचक लाग्यो | चेतनाको फरक पाटोलाई जोड दिएर लेखिएको यो उपन्यास मलाई प्रिय लाग्यो |
The most disappoiting thing is the use of foreign language, specially english/hindi words and sentences which kills the flow while reading. Starting is exceptionally good and grasps you but it starts to falter as you flip the pages.
नगरकोटी र मुराकामी मेरो दिलो-दिमाग छुने मेरा प्रिय फिक्सन डिजाइनर हुन् । मेरा लागि नगरकोटी र मुराकामी पर्यायवाची शब्द जस्तै हुन् । उनीहरूको सबै कुरा उस्तै लाग्छ मलाई । उनीहरूलाई कसैले नी रि��्लेस गर्न सक्दैन ।🍁
जीवन आदतहरुको सङ्ग्रहालय हो । निन्द्रामग्न अक्षरहरू । चिन्ता नगर्नुस् । केवल चिन्तन गर्नुस् ।