What do you think?

फिरफिरे [Phirphire]
One day, Basanta hears that his house in the village is about to be demolished. Overwhelmed with nostalgia, he goes back to his village to see the house one last time after 16 long years. And then begins a journey to his past--a past that he has always wanted to forget. And thus unfolds the story of his friendship with Pawan, who falls prey to village politics and superstitions, losing his memory in the process. This story is multilayered with the stories of the loving Jethiaama, the snake killer Chilgadi, the goon Rocky Dada, the village shaman Kohinoor--all colorful characters who delight and surprise readers in equal measure.Written in a sweet, flowing language, Firfire brings back the kaleidoscopic memories of our individual pasts.
544 pages, Paperback
First published December 22, 2015
About the author
Buddhisagar
8 books362 followersBuddhisagar (Nepali: बुद्धिसागर; born 2 June 1981) is a Nepali writer. He is best known for his novel Karnali Blues and Phirphire.
Buddhisagar was born in Matera, a place in Kailali district of Nepal. Later his family moved to Katase Bazzar and finally Kalikot district. His debut and most popular novel Karnali Blues is also set in these locations. He was passionate about writing from early age. From a very early age, his poems were played on radios. He moved for Kathmandu after passing his School Level. On moving to Kathmandu, he studied journalism at RR Campus. He was a journalist of Naya Patrika and Nagarik News before he set his career as a full-time writer.

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 30 of 104 reviews
March 6, 2016
फिरफिरे पढियो । कर्णाली ब्लुज पनि पढेकै हो । कर्णाली ब्लुज पढ्दा लेखकका आफ्नै अनुभव त हुन् नि भनेर राम्रो भएको होला भनेर लागिरहन्थ्यो । आफ्नो कुरा त जसले पनि राम्रै लेख्छ भन्ने अनुमान थियो । फिरफिरे पढेपछी मेरो त्यो अनुमान गलत सावित भयो ।
फिरफिरेमा लेखकले सानै बिषय उठाएका रहेछन् । तर, उनको लेखकिय क्षमता उत्कृष्ट लाग्यो । माकुराले जालो बुने जसरी कथा बुन्ने उनको तरीका उत्कृष्ट छ । लेखकले मसिना मसीना कुरालाई पनि अन्तसम्ममा क्यारी गरेका छन् । मलाई उपन्यासको मन परेको पाटो भनेको पहिला अघिल्ला पानामा कथाका केही लिंक छाड्दै जाने, अनि पछिल्ला पृष्ठमा समेट्दै जाने हो । सबैभन्दा राम्रो पाटो जुठीआमाले कथा कल्पनु पर्छ भनेको कुराले बसन्तले अन्तसम्ममा प्रभाव पारेको छ । पवनलाइ औषधी लिन जादा ऊ आफ्ना पखेटा पलाएको कल्पना गर्छ । खोलामा पौडी खेल्दा पवनले बसन्तलाई पख् म एकदिन तँलाई पानीमा हिडेर देखाइदिन्छु भनेको हुन्छ । उपन्यासको अन्तमा साइकिलबाट लड्दा बसन्तले भम्रमा पवनलाई पानिमा हिडेको देख्छ । र, त्यही कुरा गाउलेहरुलाई सुनाउछ । गाउँलेहरुले त्यही कुरालाई थपथाप पार्दे लैजान्छन् । र, सुरुमा चन्डिकाले सुनाउने लोककथा बनेर आउँछ । यस्ता धेरै प्रसंगले फिरफिरे भरिएको छ । जुन उत्कृष्ठ लेखनिको उदाहरण हो ।
उपन्यासका सुरुमा तिन खन्ड किताव सकाएपछि फेरि पढे । अनि पो झल्यास्स भए, जुठीआमैको जग्गामा त टन्नै पक्कि घर बनेका रैछन् । र, बाटोको नाम पनि जीवाराम मार्ग भएको रैछ । लेखकले धेरै कुरा लुकाएर भनेका छन् यस्मा । जुन मन पर्यो ।
उत्कृष्ट कृतिका लागि लेखकलाई धन्यबाद ।
March 24, 2016
मूल कथामा दम छैन भन्ने धेरै देखेँ तर यो कथालाई बुद्धिसागरले जुन लय-गति, लेखकीय शैली दिन सके, एकदम ठिक लाग्यो | धेरै तडक भडक नभएको, सरल तर कल्पनाले ओतप्रोत पनि, अन्तमा के कुरामा कमी भयो-भयो जस्तो लाग्ने तर कथाले अर्कै तरिकाले पूर्णता पाएको भान हुने | पात्रको आफ्नो गामका यादहरु हुन्......किन पूर्णता पाउनै पर्ने ?, के मान्छेको जीवनले सँधै पूर्णता पाएकै हुन्छ र ? बसन्तको कथाको अधुरोपनलेनै उपन्यासलाई पूर्णता देको लाग्यो, वजन देको लाग्यो | मान्छेहरुले फितला कल्पना गरेको, र त्यै बाँसबारीका बाल्यकालका अबोध बदमासी र निर्दोष स्मृतिहरुले गर्दा होला सायद मलाई यो किताब कर्णाली ब्लुज भन्दा निकै राम्रो लाग्यो | हुन त हरेक पाठकले हरेक किताबलाई व्यक्तिगत तरिकाले अनुभूति गर्छ र मलाई सहि लागेको कुरा सबलाई सहि लाग्नैपर्छ भन्ने होइन, तर यो फिरफिरेमा कल्पना गरिएका जुठीआमै, चिलगाडी, पिच्कु-माझी, कल्लुराम, रकी दादा, मुनमुन, बसिर, सर्वजित मास्टर, कोहिनुर झाँक्री, बन्ते, पवने, जसोधा, रमाको कथा धेरैनै आत्मिय र मार्मिक लाग्यो |
October 24, 2016
A truly moving book! This book made me cry and smile so many times! I could see Pawan and Basanta carving their names! I could hear Juthiaamai's story with them. Juthiaamai's fate made me cry and realize that this is the fate of many women living in rural areas who are accused of being "boksi". All characters have their own stories and the author has justified each one's. Especially, the part where Basanta imagines Pawan walking on the river and leaving him gave me goosebumps. I was so immersed in the book that even after I finished it, this story will be stuck in my head forever. Loved it more than Karnali Blues!
This entire review has been hidden because of spoilers.
June 4, 2016
'फिरफिरे' फिरफिरे घुमाउने हरुको मात्रै कथा हैन ,
खासमा फिरफिरे घुमाउनेहरु त फिरफिरे मात्रै घुमाउने हुन्छन बास्तबमा तिनीहरुलाई अरु ले नै घुमाउछन्
'फिरफिरे'ले हाम्रै समाजको एउटा त्यस्तो घटना लाई चित्रण गरेको छ जुन को भोग्ने लै मात्र थाहा हुने गर्दछ
सबैलाई बुझाउने गरि कथा कल्पिदै लेखिदिएको मा बुद्धिसागरलाई धन्यवाद
र धन्यवाद 'फिरफिरे'का पात्रहरुलाई

June 28, 2016
फिरफिरे
मन अति नै पर्यो। पढ्न थालेपछि नसिध्याई उठ्न मनैले मानेन। केही ठाउँमा त झण्डै रुवायो नै किताब ले।जूठीआमैको कथाले मनलाई चसक्क छोए पनि मूल कथामा अलि दम नभएकाले किताब सिध्याउँदा अलि खल्लो लाग्यो। कर्णाली ब्लुजभन्दा चाहि सार्है मन पर्यो। जे होस् फिरफिरे एकपटक चाहि पढ्नै पर्ने किताब छ।

March 12, 2016
Reading give you a hungover for few days. You will found mirror of yourselves in many characters. Mainly 'Pawan' and 'Basant aka Bante' friendship and childhood's mischievousness show you the same naughtiness that you have experienced in your childhood, if you are inhabitant from the downtown villages of rural Nepal. Guys grown up in high society or developed cities can get a thrilling jealousy for not having that priceless moments but love to go thoroughly.
I have grown-up in bit developed town, but the same retentivity when we (one of my cousin and a best friend) do the same way 'potty' over the mango tree branches, or swimming in a river/pond hiding from parents, roaming in bamboo bushes, scratching names in trunks to get it remembered in future, and the affectation with beautiful girls, new year greetings in 'filmy' post card etc. etc.
Fondness of Bollywood movie, act and dance like Mithun and Govinda, count every penny and save it for next release, so on.
"Firfire" not as expected from the writer of an epic fiction "Karnali Blues", though not bad to add in your bookshelves. it gives you a complete returns of your expenses of buying the book.
You found your very own story in it.
Kudos to Buddhisagar.
Good Work. Applause.

January 29, 2016
चार दिनको पढाइ पछि किताव सक्कियो, तर धंग्धंगी छोडेर गयो। लेखक वुद्दिसागर लेख्छन् लेखिसकेपछि उनलाई लाग्यो उनी रित्तै भए तर लेखक भनेकै त्यहि नै हो शायद आफु रित्तिन्छ अनि पाठकहरुलाई अनेकौँ स्मृतिले भरिदिन्छ।
कथा पवन र वसन्तको मित्रतामा घुम्छ। तर कथाका उपकथाहरुले समाज वुनेका छन् ,पाना पानामा । मलाई जुठी आमैको कथाले भने चस्स विझायो।त्यो धेरै गाउँको कथा , हाम्रो कुरितिले सामन्तवात लाई वढावा दिएको कथा !
कथाका सवल पक्षमा वुद्दिसागरको शैली,उपकथा हरुको वुनाइलाई मान्नुपर्छ। उनको लोककथाहरु को प्रयोग पनि मलाई नविन लाग्यो। जुठी आमै भन्छिन " कथा वुन्न जान्नु पर्छ!" वुद्दि सागर त्यसमा पारंगत छन्।
कथा यसरी घुमीरहँदा केहि पात्रहरु भने मलाई थोरै वढी नै वुढा वनाइएका हुन् कि भन्ने भान भने पर्यो। रमा र मुनमुन किन उमेर भन्दा माथील्ला स्तरका देखिन्छन् ? १० वर्षकि केटी , १२ वर्षकी केटी जस्ता देखिन्नन् उनीहरुको संवादले ? (यो मलाई मात्र लागेको पनि हुनसक्छ)
तर समग्रमा किताव पढीरहँदा धेरै ठाउँमा आँखा रसाए। धेरै ठाउँमा खितित्त हाँसो छुट्यो। कलमलाई साधुवाद!

March 1, 2016
फिरफिरे
सुरूमा ठीकै थियो । एक दुई पल्ट आँखा रसाएको पनि हो । तर आधा पढिसके पछि झर्को लाग्न थाल्यो ।
केही उपकथाहरू राम्रा छन्, मूलकथा कमजोर । उहीँ पुरानै विषयवस्तुलाई अलिकति रंगरोगन गरेको छ । धामी झाँक्रीको कथा धेरै पल्ट हेरे/सुनेकै हो । Amnesiaको कथा पनि नेपालीमा नभएपनि धेरै अंग्रेजी उपन्यासहरूमा पढेकै हो ।
जुठीआमै र बुख्याचाहरूले आँखा रसिलो बनाइदिए । त्यसबाहेक किताबमा खासै स्मरणिय कुरा केही छैनन् । मेरो लागि उपन्यासको अन्त्य जुठीआमैको भुमिका सिद्धिनासाथ भैसकेको थियो । त्यसपछिको पाटो prologue पढेजस्तै लाग्यो । धेरै लामो अनि झर्को लाग्दो prologue ।
स्मरणशक्ति नै गुमेपनि पात्रले लेख्न चाही नबिर्सीनुपर्ने हो कि जस्तो लाग्छ । खैर यो प्रविधिक पाटो भयो, छाप्नु अघि लेखकले डाक्टरसँग सोधेरै छापेका होलान् ।
फिरफिरे 'कर्नाली ब्लुजको बिरासतमा अंशदावि गर्न मात्र आएजस्तो लाग्छ । यसले जति पाउछ, बुद्धिसागरले लेखेको उपन्यास भएको नाताले पाउछ । फिरफिरेमा आफ्नै बलबुतोमा केही उल्लेखनिय गरेर देखाउने क्षमता चाहिँ छ जस्तो लागेन ।

January 26, 2016
Really an amazing book. Couldnot get enough of The story or the Characters.
July 19, 2016
wow........amazing ,fabulous, magneficient, brilliant n praiseworthy. Read the novel Firfire - फिरफिरे really an incredible piece of art in literature. i hold my breath throughout the novel. lookz lyk an adventure....child adventure actually.i can't stop myself from thinkin about the great and endless intimate friendship between Pawane and Bante.Their naughty and mischievous acts are really hilarious n funny. forced me to believe as lively characters n very easy to imagine the characters. i reacalled the moment when i used to play firfire in the bamboo forest widz my frenz. sometime the characters made me laugh and somtime made my eyes watery.sometime it takes me in deep gloom and some incidents create hilarious spirits.this novel has a soul igniting moments.use of typical nepali language n accents.show the real rural life full of sperstitions.Great combination of comedy n emotions. it is funny to funniest and sad to saddest. i will miss the child characters Bante and Pawane. this novel binds us from the very begining to the end.Goosebumbs appeared while reading the novel.Buddhisagar won't disappoint and his charmness of Karnali Blues can easily be found in this novel. love in ummmahhh. :-)
October 15, 2016
This novel is OUTSTANDING piece of Nepali literature. Very very simple but heart touching. It gives very vivid description of village scenario. Slangs, local names of the villagers, day today psychology of villagers and tiny local politics are very nicely presented. The writer makes the reader imagine the scenarios by his magical way of writing. Though it is simple in overall but deep rooted meanings of life are very wisely revealed. Even the medical conditions are so vividly described that me being a doctor was highly impressed with writer,s knowledge. Writer has very brilliantly described the taboos and consevative traditions prevalent in rural nepal.
The writer has kept the language simple yet the use of nepali onmatopoetic words is outstanding. Once you start this novel you can,t refrain yourself from this beautiful peace of work until it is finished. Even you finish it the characters and their imaginations will keep on revolving in your mind like PHIRPHIRE.

June 13, 2017
कुनै उपन्यास पढ़नाका लागि रोज्नु पर्यो भने तीनवटा खाले किताब जहिल्यै मेरो रोजाईमा पर्दछन | पहिलो प्रेम कथा, दोस्रो इतिहाससँग जोडिएको घटना र तेस्रो जीवन बाँच्न मार्ग देखाउने किताब | त्यसैले मैले फिरफिरे बानेश्वरमा किन्न खोज्नै लाग्दा पनि छोडेर हिडेको थिएँ | त्यसको ठिक एक वर्ष पछी बुध्दिसागर चानेचुने लेखक होइनन र यस किताव सम्बन्धि भएका टिकाटिप्पणीले गर्दा मैले फिरफिरे पढ्ने सुरु गरें | जब किताब सुरु गरेर पवन र बसन्तको भागमा पुगे | त्यसपछि म कहानीमा यति डुब्न थाले कि घर होस वा अफिस होस फिरफिरे मेरो साथमा रहन थाल्यो | पवन र बसन्तको मित्रतामा, पवन र बसन्तको कहानीमा, पवन र बसन्तले सुनेको लोक कथामा म पनि रम्न लागे | सरल शब्द, शिलशिलाबद्ध कहानी, प्रायगरी अरुले छुटाउने भाग बाल्यकाल देखि किशोर अवस्थासम्मको कहानी साह्रै मिठास शैलीमा प्रस्तुत गरिएको यस उपन्यास अब मेरो मन पर्ने किताबको लिस्टमा पर्न आएको छ |
November 25, 2016
Really awesome , well written, lets you imagine the context, feel the moment of bliss and happiness , wrench your heart and makes you sob in few moments.. lets you flow with the stories, leads you through the lives of character spectacularly.. each moment is so well written you feel it yourself. Makes your heart flutter!! Loved it..
February 2, 2016
It's awesome
This entire review has been hidden because of spoilers.
March 1, 2016
दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |
समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |
फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | 'Goodreads' मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |

Wonderful!
January 6, 2017
This is an excellent piece by Buddhisagar ji! It truly reminded my childhood.
October 14, 2017
मान्छेलाई सासले होइन, यादले बाचाउँछ ।
August 12, 2021
उपन्यास: फिरफिरे
लेखक: बुद्विसागर चपाईँ
प्रकाशक: 𝚏𝚒𝚗𝚎 𝚙𝚛𝚒𝚗𝚝 𝚙𝚞𝚋𝚕𝚒𝚌𝚊𝚝𝚒𝚘𝚗
प्रकाशित मिति :असाेज 2072 (मदनपुरस्कारकाे निम्ति छनाेटमा पर्न सफल)
कुल पन्ना:534
मुल्य: 542 मात्र
युवा सर्जक बुद्विसागर चपाईँकाे प्रस्तुति हाे, उपन्यास फिरफिरे । 𝙵𝙿 बाट प्रकाशित उनकाे याे दाेस्राे उपन्यास हाे भने उनको पहिलो उपन्यास कर्णाली ब्लुज एघार खण्डमा विभाजित छ । दैनिक मनाेवाद शैलीमा प्रस्तुत उनकाे पहिलो उपन्यास पहिलो, दाेस्राे दिन हुँदै एघारौं खण्डमा टुङ्गिएकाे छ भने यश उपन्यासमा उनले विभिन्न शिर्षककाे उपनाम दिएर उपन्यास लेखेका छन ।
कर्णाली ब्लुज उपन्यासको सुरूवात नेपालगन्ज मेडिकल शिक्षण अस्पताल काेहलपुरबाट गरिएको छ भने फिरफिरेमा पनि बाँकेलाई समेटिएको छ ।
आँपकाे पात च्यातेर पवन र वसन्तले फिरफिरे बनाइ आफ्नो बाल्यकाल बिताएकाे समय सापेक्षतामा रहि उपन्यासको शिर्षक लेखकले राखेका देखिएको भएतापनि वास्तवमा पवनकाे जिवनकाे उथलपुथलमा वसन्तले आफ्नो जीवन नै गुमाएकाे जस्तो उपन्यासले प्रस्ट देखाउछ । यसरी पवन र वसन्तकाे जीवन नै फिरफिरे झै समय चक्रमा घुम्दा उपन्यास साँच्चिकै फिरफिरे बनेकाे छ ।
उपन्यासमा सरल र गाँउले पाराले मिठाे भाषामा कहानी उनेका छन लेखकले । उपन्यासमा पवन र वसन्त नायक हुन भने जुठीआमैलाई नायिकाकाे पात्रमा उपस्थिति गराएका छन लेखकले यश उपन्यासमा ।नेपालगन्जबाट आएका लेखकले बाल्यकालमा आफैले पढेकाे विद्यालयमा यश कहानी भनेर उपन्यासलाई गति दिएका छन । उपन्यासमा लेखक स्वयं वसन्त पात्र बनेका छन र कतैकतै याे कहानी वसन्तकाे डायरी नै हाे कि जस्तो पनि भाव उपन्न हुन्छ, कहानीमा घुस्दै जाँदा । उपन्यासमा वसन्तकाे आमा जसाेदा, पवनकाे बाबू सर्वजित मास्टर र उसकाे बहिनी फुच्ची । उपन्यासकाे मुल पात्रसँग मुल नाता गाँसीएका पात्र हुन । पिक्कु माझी, त्रैलाेक र बिजु, अम्बरपुरमा पुगेपछि थपिएका पात्र हरूमा पवनकाे प्रेमिका मुनमुन तथा रकी दादा र उसका दलहरू बालपात्रकाे भुमिकामा उपस्थिति भएका छन । समाजकाे असल र खरावकाे चरित्र वर्णन गर्न सहयाेग पुर्याउने सहयात्रीकाे रूपमा हरिनारायण, झक्कुलाल, घुइयाराम, शान्तिराम, जीवाराम, रमलादेवी, जैमली, बाँसबारीकाे स्थान परिवेशमा घुमेका पात्र हुन भने भुल काका, देविलाल सर र बसिर अम्बरपुरकाे स्थान परिवेशमा भित्रिएका छन । र,उपन्यासमा लेखकले साैतेनी नदि,बाँसबारी,अम्बरपुर,नेपालगन्ज, मैनापुर तथा टमटाटाेलमा कहानी घुमाउदै लेखेका छन ।
लेखक वसन्त श्रीमती आस्था र छोरी जुनालाई साथ लिएर आफ्नो पूरानो गाउँ बाँसबारी जान्छ जहाँ उसका अतीतका स्मृतिहरू ताजा भएर आउँछन् । सर्वजीत मास्टरको छोरा पवनसँग बितेको बाल्यकाल; आमा जसोदाको सङ्घर्षपूर्ण जीवन; छोराको मृत्युबाट विक्षिप्त चिलगाडीको वियोगान्त अवसान; जुठी आमैमाथि बोक्सीको आरोपमा गाउँलेबाट भएको दुर्व्यवहार; एक्लो कोहिनुर झाँक्रीको दुखद् जीवनकथा; र अरूलाई सौतेने खोला तार्दातार्दै जीवनको ऊर्जा गुमाएको पिच्कु माझीका असफल रहरहरू वसन्तको स्मृतिमार्फत् उपन्यासमा कोरिएका छन् ।
उपन्यासको सबल पक्ष भनेकाे मुडुलाे टाउकाे शिर्षकमा लेखकले यति शक्तिशाली तवरले आफ्नो कलम चलाएका छन कि त्यस घटनामा स्वयं म नै त्यहाँ उपस्थिति थिए तर मैले जुठीअामैलाई बचाउन सकिन भन्ने त्यति शक्तिशाली प्रस्तुति दिएका छन । नेपाली साहित्यमा यसरी प्रस्तुति देखाउने यस्ता लेखक कमै भेटिन्छन ।
उपन्यासको मूल कथाक्रम सर्वजीत मास्टर र उसको छोरा पवनको वियोगान्त जीवनको वरिपरि घुमेको छ । स्थानीय विद्यालयको हेडमास्टर, नाम सर्वजीत, तर जीवनबाट सर्वथा हारमात्र खाएको छ । छोरा पवन इन्सेफलाइटिस रोगका कारण जीवनका सबै कलिला रहर र उमङ्गमात्र होइन, होशहवास नै गुमाउँछ, र संसारबाट गायब हुन्छ । कथामा सहायक तर सशक्तरूपमा उपस्थित छे पवनकी बहिनी रमा (फुच्ची) जसले पाठकलाई बेलाबेलामा भावुक बनाइरहन्छे । उपन्यासभरि यो परिवार कथाको केन्द्रबिन्दुमा छ ।
सँगसँगै उपन्यासमा बगेको छ पवन र वसन्त (बन्ते) को मित्रताको कथा । एउटा यस्तो मित्रता जुन दुई परिवारबीचको असहज सम्बन्धबीच पनि प्रगाढ बेनको छ र उनिहरूलाई एकअर्काको अभिन्न बनाएको छ ।
इन्सेफलाइटिस राेगबाट अाफ्ना सबै अतीत विर्सेकाे पवनलाई उसकाे साथी वसन्तले उसका अतितका दिन फर्काउने पुरापुर काेशिस गरेका छन । बाँसबारीकाे प्रतेक झाङहरूमा, बेसरमका झाडीमा लगेका छन । बालापनमा गरेका गल्तीहरू सबै स्मरण गराउने काेशिस गरेका छन । अम्बरपुरमा लगेर बसिर सँग पनि भेग गराई चलचित्र देखाएका छन । तर पवन आफ्नो अतितलाई कहिल्यै स्मरण गर्न सकेका छैनन । अन्तिम अस्त्रकाे रूपमा वसन्तले पवनकाे प्रेमिका मुनमुनलाई भेट गराउदा उसकाे स्मरण फर्कने आशामा उसलाई भगाएर अम्बरपुर लैजान्छ मुनमुनलाई भेट गराउन । पाेस्टकार्ड र कालाे चुन्नी दिएर बेग्र प्रतिक्षामा भेट त गरे तर पवनले कहिल्यै पनि आफ्नाे हराएको दिमागी हालत फेला पार्न सकेन ।
बाेक्सीप्रथाकाे रहस्य भित्र उपन्यास लेखेकाले हाम्रो नेपाली समाज कत्तिको विरूप गतिमा छ त्याे यश उपन्यास बाहेक अन्य उपन्यासले कमै दिन सक्दन ।
उपन्यासको अन्तिम खण्डमा अम्बरपुरबाट मुनमुनलाई भेट गरेपछि पवन हराएकाे प्रसंग आउँछ । यश घटनाले वसन्त कति पागल बन्छ त्याे वर्णन गरेर यहाँ प्रस्तुत गर्न सकिँदैन । त्यस घटना पश्चात् पवन कहिल्यै पनि फर्केर आएकाे छैनन । यश प्रसंगमा लेखकले यति जाेडदार तवरले लेखेका छन म जुन प्रसंग हुँबहु उपस्थित गराउछु :"
सौतेनी नदीको डायन कराएजस्तो आवाज उसको कानसम्म आइरहेको थियो बिजुलीको चमकमा सारा संसार छोप्नलाई फैलिरहेजस्तो पानीको भेल देखियो । पिच्कुको झोपडीलाई अँध्यारोले खर्लप्पै निलेको थियो । ऊ यसरी काँप्यो, मानौं
एउटा भयावह भुमरीले उडाउँदै उसलाई पातालको अँध्यारो गर्तमा फालेको थियो ।
उसले साइकिल पनि थाम्न सकेन । पृथ्वी कोल्टे पर्यो । ऊ अडिन सकेन । ऊ बतासमा तैरियो । कच्याक्क । उसलाई नर्कको राक्षसले तालुमा जोडले घन बजारेजस्तो लाग्यो ।
'उठ् बन्ते । पवनले उसलाई उठाउँदै भन्यो- 'किन रोको ? म तँलाई ये त कुरिराथें ।
'तँ किन क्यै नभनी हिंडेको?'
'मलाई त्याँ बस्नै मन लाएन । हिँड्दैहिँड्दै आएँ ।'
उसले पवनको हात समायो । हिँड् घर जाम् । सप्पैले खोजिरका होलान् । तें जा बन्ते । पवनले उसको हात खुस्कायो । म बाँसबारी जान्नँ । तसित बिदा मागम् भनेर मात्र कुरेको । बिदा माग्न ? ऊ आत्तियो । 'काँ जान लाइस् र ? यस्तो अँध्यारो छ । आज घर जाम् के | भोलि म पनि तँसितै जाम्ला । होइन, तँ घर जा, पवनले मलिन स्वरमा भन्यो- 'म एक्लै जान्छु । मलाई कसैले बोला छ।
कस्ले?
अरूलाई नभन्नू भन्या छ ।' पवन अघि बढ्यो । 'मेरा स्मृतिहरू राखेको ठाउँमा पुयाउँछ रे । अनि, सप्पै फिर्ता दिन्छ रे | म लेर आइहाल्छु ।
'यस्तो अँध्यारो छ । जताततै पानी नै पानी छ । वसन्तले हात जोड्यो । नजा के।
'मलाई क्यै हुन्न । यी हेर्, म पानीमाथि पनि हिँड्न सक्छु भन्दै पवनले पानीमा टेक्यो । दुबो भरिएको चौरमा हिँडेझै ऊ मज्जाले पानीमा टेक्दै हिँडेको थियो, छप्लकछप्लक । ऊ नदीको बीचमा पुग्यो । फरक्क फों, केही भन्यो तर खोलाको सुसाइमा उसको आवाज रामरी बुझिएन ।
अनि, ऊ खोलैखोला दगुर्दै गयो ।
उपन्यासमा यति सुन्दर शब्दहरूकाे समायोजन छ त्याे अाश्चर्यचकित पारिदिने खालका छन । तर कमै पाठक तथा समिक्षकहरूले यश उपन्यासको नराम्रो तथा अन्तिम खण्डमा रहेकाे रहस्यलाई बुझ्न सकेका छैनन कि बुद्विसागरले हाम्रो अगाडि के कुरा राखेर कहानीलाई साेच्च बाध्य लुल्याएका छन भनेर । जब साैतेनी नदिबाट फर्केर बसपार्क पुग्छ वसन्त अर्थात् लेखक । त्यस समयमा बीस रूपैयाँ माग्ने व्यक्तलाई किन बीस रूपैयाँ दिएर अलिकति ठुलाे स्वरले भन्छन " बीस रूपैयाँ हाेईन तीन सय बीस रूपैयाँ ऋण लाग्याे भनेर " कारण पवन हराउनुपुर्व वसन्तले उसँगकाे अन्तिम दिनमा दुई सय रूपैयाँ खर्च गरिसकेका छन र त्यहि कुरा यहाँ लेखक स्मरण गराउदन । अर्काे कुरा जब जुठीअामैलाई बाेक्सी बुढि भनेर जुठीअामैकाे घुच्चुक समाएकाे थियाे र घिसार्दै बाहिर ल्याएको थियाे रनेले फेरि कहाँबाट थप्पड लगाउन आयाे नरे । जसरी थप्पड लगाउन नरे आयाे त्यसरी नै ऊ हरायाे ।ऊ काे थियाे त ?? या लेखकले गलत लेखेका हुन । उपन्यासले २०५२/५३ सालको घटनालाई मध्यनजर गरेकोे छ तर लेखकले त्यस परिवेशलाई समेटदा बाँके नेपालगन्ज तिरका कुनैपनि क्षेत्रिय,राष्ट्रिय तवरकाे घटनालाई समावेश गरि उपन्यासलाई अगाडि बढाउन सकेका छैनन । अर्थात् , त्यस्ता कुरालाई समावेश नै गरेका छैनन । तर उपन्यासलाई राेचक र वास्तविक बनाउन लेखकले धेरै बुँदा गाँसेका भएतापनि त्यस्ता कुरालाई देखाउन नसक्नु लेखनकलाकाे दुर्वल पक्ष हाे कि जस्ताे लाग्छ मलाई ।
अन्त्यमा उपन्यासमा प्रयाेग गरिएको भाषामाथी टिप्पणी गर्न उचित हुन्छ । उपन्यासमा प्रयाेग गरिएका शब्दहरू 'चाक,राँड, तुरी, मुजी, भ्यान्चाेद, मादरचाेध, छाैंडा ' जस्ता शब्द र अनावश्यक आमचकारी गालीकाे प्रयाेगले उपन्यासको असभ्य शैलीकाे चित्रण गर्दछ । यस्ता शब्द गाउँघरकाे परिवेश, शहरिया व्यक्तिहरूमा, बलिउड, कलिउडमा पर्याप्त पाइन्छ । तर के नेपाली साहित्यमा अाधुनिकता यस्तै शब्द प्रयाेग गरेर ल्याइन्छ त ? याे अहिले वर्तमान परिवेशकाे जल्लाेवल्दाे वहसकाे विषय हाे ।
लेखनकला र भावत्वका अाधारमा म भन्छु कि एउटा साथीले अर्काे साथीलाई उपहार दिन याेग्य नेपाली साहित्यमा लेखिएका पुस्तकहरूमध्येकाे पहिलो पुस्तक याे नै हाे र प्रत्येक आमाबाबुले आफ्ना सन्तान, सामाजिक परिवेश, अन्धविश्वासलाई बुझ्न याे पुस्तक उहाँहरूले पढ्न अनिवार्य छ । यति मिठाे कहानी बुनेर नेपाली साहित्यमा यश उपन्यासलाई ल्याउनुभएकाेमा चपाईँ बुद्विसागरलाई धन्यवाद !

April 5, 2026
“Karnali Blues पढ्दा नै लागेको हो कि बुद्धिसागर भाषाका जादुगर हुन्। बुद्धिसागरको शब्द शिल्पमा एउटा जादु छ। उनले सामान्य घटनालाई पनि यति 'मर्मस्पर्शी' ढंगले प्रस्तुत गर्छन् कि कतिपय ठाउँमा शब्दहरू धुमिल हुन पुग्छन् आँखामा टिलपिलाएका आँसुका कारण।
“फिरफिरे” एउटा भावनात्मक, सम्झनाले भरिएको र जीवनको यथार्थसँग नजिक भएको उपन्यास हो। बसन्त र पवनको कथा पढ्दा यस्तो लाग्छ, यो त समयको त्यो ऐना हो जसमा हामीले आफ्नै धूलो लागेको बाल्यकाल देख्न सक्छौँ। यो कथा हो बसन्त र पवनको निस्वार्थ मित्रताको। यो कथा हो हाम्रो समाजमा गहिरो गरी गडेको अन्धविश्वासको, जसले एउटा निर्दोष बालकको भविष्यलाई फिरफिरे झैँ अनिश्चित बनाइदिन्छ।
लेखकले 'पोस्टकार्ड युग' को त्यो समयलाई यति जीवन्त रूपमा उतारेका छन् कि पढ्दै जाँदा लाग्छ हामी पनि त्यही खुल्ला चउरमा छौँ, जहाँ चिलगाडीले सर्प समातिरहेको छ र जुठीआमैको निस्वार्थ ममताले गाउँलाई बाँधिरहेको छ।
जुठीआमै 'फिरफिरे' उपन्यासकी एउटी यस्तो पात्र हुन्, जसले पाठकको मनमा अमिट छाप छोड्छिन्। उनी केवल एउटा पात्र मात्र नभएर निस्वार्थ ममता, धैर्य र गाउँले आत्मीयताको प्रतिमूर्ति हुन्।
"यदि 'फिरफिरे' एउटा घर हो भने, जुठीआमै त्यसको जग हुन्"
'फिरफिरे' पढिसक्दा तपाईंलाई आफ्नै पुराना साथीहरूको यादले सताउनेछ। हराएका ती काँचका गोलीहरू, च्यातिएका चङ्गाहरू र माटोको बास्ना आउने ती दिनहरू सम्झेर मन भारी हुनेछ। यो पुस्तक समयले लुकाएका ती अव्यक्त भावनाहरूको एउटा सुन्दर दस्तावेज हो।

September 4, 2020
पश्चिमी नेपालको एउटा सानो गाउँको कथा हो फिरफिरे । कथाका पात्रलाई आफ्ना आँखा अगाडी देखाउन सक्ने बुद्धिसागर को यस्तो लेखन फेरी देख्न पाइयो । सरल तरिका ले बहने कथा, कहिले हसाउँदै कहिले रुवाउँदै, कतिखेर सक्कियो पत्तै भएन ।जूठिआमैका कथाले धेरै सिकायो । मुनमुनले बाल्यकालको प्रेम सम्झाईन । मान्छेलाई समय, परिस्तिथी र समाजले कता कता डोर्याउँछ भन्ने कुराको व्यतान्त विवरण हो फिरफिरे । पिच्कु माझीको डुङ्गाको कथा हो फिरफिरे। रमाको चित्रको कथा हो फिरफिरे, बन्ते र पवने को मित्रताको कथा हो फिरफिरे । पछुतो एउटा मात्र छ, मैले यो किताब पहिल्यै किन पढिन ?
August 19, 2018
एकदमै खास यात्रा थियो "फिरफिरे" मेरो लागी, धेरै पछि नेपाली पढ्ने प्रयास गरेकोले होला शायद, शुरुवाती अध्यायहरू ले त्यति अठ्याउने सामर्थ्य राखेनन्, तर जब कथा ले बहाव बढायो अनि कथा सँगै मैले, "फिरफिरे" मेरो लागी अहिले सम्मको सबै भन्दा आत्मीय यात्रा हुन पुग्यो।
धन्यवाद छ @Buddhisagar ज्युलाई।
"कर्णाली ब्लुज" पढ्न आतुर छु।
धन्यवाद छ @Buddhisagar ज्युलाई।
"कर्णाली ब्लुज" पढ्न आतुर छु।
March 2, 2017
The language is just AMAZING! I loved how Buddhisagar introduces and gives details of all of his characters, all the little things about them are inspiring. Simply LOVED the book. Thank you Buddhisagar for this kind of addition to our Nepali Literature.
January 4, 2026
"पुनर्जन्म भनेको मरेर फेरि जन्मने होइन रैछ । मान्छे त एउटै जुनीमा धेरैपल्ट मर्दो रैछ, धेरैपल्ट जन्मँदो रैछ । कसैलाई कष्टले फेरि जन्माउँदो रैछ । कसैलाई प्रेमले फेरि जन्माउँदो रैछ।"
फिरफिरे केवल पवन र बसन्तबिचको कथा नभई एक साचो मित्रता, अटुट प्रेम र भावनाको कथा हो ।पवन र बसन्त बिचमा कथा घुमे पनि कथाका उपकथाले हरेक पाना पानामा हाम्रो समाजलाई बुनेको छ । जुन पाठ अझैं पनि नेपाली समाजले बुझ्न सकेको छैन त्यो पाठ कथाका पात्रले बुझाउन खोजी रहेका छन।
जुठी आमै र पिचकु माझीको कथाले मुटु कटक्क नै खाइदियो। कथा एकदम सुंदर रूपमा बुनिएको छ। अन्त्यमा, के भयो भनेरचाहिं पाठक अन्योलमा परेका छन्। तर, के सबै कथाको अन्त्य पूर्ण रूपमा हुनु पर्दछ भन्ने छ र? पक्कै पनि छैन, त्यसैले। कथा जुन मोडमा आएर टुंगिएको छ, सायद त्यहि नै टुङ्गिनू जरुरी पनि थियो।

June 29, 2018
Katai ruwaune, katai hasaune, man chune dherai upakatha haru bhae pani katai katai ali badki tankiyeko jasto lagyo. kitab sakauna ali badi nai samaya lagyo. Juthi amaika katha harule bhane sarai man choye, aasu pani aayo.
March 25, 2019
Kite Runner's nepali version for me. Grips my heart, make it laugh, cry, happy and sad. Powerful.
April 24, 2021
Made me smile, cry multiple times. This book and the characters will stay with me for a long time.
November 7, 2017
"मान्छेहरू भन्छ, सासले जिन्दगी बचाउन्छ । म त भन्छु, यादहरूले जिन्दगी बचाउन्छ । ........ "
'फिरफिरे' पढ्ने मन भएर पनि केके नमिलेर, बल्ल हिजो किनेर,अाज सकाए,,, समाजको जल्दावल्दा विषय उठाएर सरल भाषामा लेखिएको फिरफिरे एकदिन नेपाली समाजको दस्तावेजको रूप लिनेछ भन्ने लागेको छ।

February 1, 2025
Loved it.
Read
July 31, 2025About Friendship
Displaying 1 - 30 of 104 reviews