बाँचुञ्जेल संसारभर देश बनाउने सूत्र बाँड्ने स्वतन्त्र सिंगापुरका पहिलो प्रधानमन्त्री लि क्वान युलाइ पश्चिमा मुलुकका मानव अधिकारवादी प्रजातान्त्रिक तानाशाह माने पनि सिंगापुरेहरूले उनलाइ राष्ट्रपिता मान्छन् । ९२ वर्षको उमेरमा सन्र २०१५ मा देह त्यागेका लिले ४० वर्ष प्रत्यक्ष शासन गरेर गएगुज्रेको र पिछडिएको देशलाइ एकै पुस्तामा समृद्ध बनाउने श्रेय पाए ।
सिंगापुरकाे प्रगति देख्नुअघिसम्म पनि देश विकास गर्न एउटा पुस्ता पर्याप्त छैन भन्ने सोच संसारभर थियो तर ३० वर्षमै सिंगापुरले गरेकाे अभूतपूर्व विकासले एउटै पुस्तामा विकास सम्भव छ भन्ने प्रमाणित गर्यो ।
आखिर के खुबीले लि क्वान युले सिंगापुरलाइ सम्पन्न राष्ट्र बनाए ? के सूत्र थियो उनीसँग ? एउटा प्रेरणाप्रद जीवनी ।